Connect with us
Advertisement

प्रदेशको नाम लिम्बुवान किरात नभए आन्दोलनको चेतावनी

Published

on

इटहरीः प्रदेश नम्बर १ को नाम लिम्बुवान, किरात नराखिए आन्दोलन गरिने संयुक्त सङ्घर्ष समितिले जनाएको छ ।

सङ्घर्ष समितिमा नेकपा सम्बद्ध लिम्बुवान राष्ट्रिय मोर्चा र किराती राष्ट्रिय मुक्ति मोर्चा, सङ्घीय समाजवादी सम्बद्ध लिम्बुवान राष्ट्रिय परिषद, नेपाल आदिवासी जनजाति महासङ्घ प्रदेश नं. १ लगायतका २१ समूह आबद्ध छन् ।

बुधबार इटहरीमा पत्रकार सम्मेलनको आयोजना गरी समितिले लिम्बुवान, किरात नाम नराखिए आन्दोलन गर्ने जनाएको हो । अन्य प्रदेशमा जस्तो निम्छरो र लाचारीपन यस प्रदेशमा नहुने उल्लेख गर्दै आदिवासी जनजाति महासङ्घ प्रदेश नम्बर १ अध्यक्ष धु्रवकुमार लिम्बूले आदिवासी जनजातिको पहिचानलाई चासो नदिइएको बताए ।

नेकपा सम्बद्ध लिम्बुवान राष्ट्रिय मोर्चाका संयोजक मुक्सामहाङ मेन्याङ्बोले संयुक्त पहिचानमा आधारित नाम लिम्बुवान, किरात नै उपयुक्त हुने बताए । साझा पहिचानको आधारमा यो नाम उपयुक्त हुने उनको भनाइ थियो । अन्य प्रदेशको नाम गणित (बहुमत)को आधारमा राखिएको बताउँदै उनले प्रदेश १ मा त्यस्तो काम भए त्यो बलमिच्याइँ हुने र आदिवासी जनजातिलाई मान्य नहुने बताए ।

‘अन्य प्रदेशमा गणितको आधारमा नाम राख्ने काम भयो, जनताको भावनाअनुसार काम भएन,’ उनले भने, ‘प्रदेश १ मा चाहिँ त्यस्तो गर्न दिइँदैन । जबर्जस्ती त्यसरी नाम राखिए सङ्घर्ष भइरहन्छ ।’ आदिवासी जनजातिले आत्मनिर्णयको अधिकार वा अग्राधिकारको माग नराखिएको उनको भनाइ थियो ।

जनमत प्राप्त सांसदले राखेको प्रदेशको नामलाई जनमतको आधारमा राखिएको भन्न मिल्दैन र भन्ने सञ्चारकर्मीको प्रश्नमा उनले जनताले प्रदेशको नाम राख्नको लागि जनमत नदिएको बताए । सांसदले पार्टीको ह्वीप मान्नुपर्छ नि भन्ने प्रश्नमा उनले प्रदेश सार्वभौमसत्ता सम्पन्न भएकाले केन्द्रले दिने ह्वीपको कुनै औचित्य नहुने उल्लेख गरे ।

देश बनाउनुभन्दा पहिले जनताको मन बनाउनुपर्ने उल्लेख गर्दै उनले जनताको मन जनप्रतिनिधिले बुझ्न नसकेको उल्लेख गरे । राजधानी घोषणा गर्दाको जस्तो सहिष्णु भएर नामको विषयमा जनता नबस्ने उल्लेख गर्दै उनले जबर्जस्ती गरिए १ हजार वर्षसम्म पनि आन्दोलन चलिरहने उल्लेख गरे ।

Continue Reading

Facebook Comment

24 Comments

You must be logged in to post a comment Login

Leave a Reply

Banner

कांग्रेस देउवा समूह आज सर्वोच्च अदालत जाने

Published

on

नेपाली कांग्रेसको शेरबहादुर देउवा समूह पार्टीको आधिकारिकता दाबीका लागि आज सर्वोच्च अदालत जाने भएको छ ।

निर्वाचन आयोगले गत शुक्रबाट विशेष महाधिवेशनबाट निर्वाचित गगन थापा नेतृत्वको कार्यसमितिलाई मान्यता दिएपछि उक्त निर्णयविरुद्ध देउवा समूह आज सर्वोच्च जान लागेको हो ।

देउवा समूहको शनिबार सानेपामा बसेको बैठकले आयोगको निर्णयविरुद्ध राजनीतिक प्रतिवादसँगै कानुनी उपचारका लागि सर्वोच्चमा जाने निर्णय गरेको थियो । कांग्रेसको देउवा समूहलाई वरिष्ठ अधिवक्ता खम्मबहादुर खाती, शेरबहादुर केसीलगायतले कानुनी परामर्श दिइरहेका छन् ।

गत पुस २७ देखि माघ १ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा भएको कांग्रेसको दोस्रो विशेष महाधिवेशनले गगन थापाको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको थियो ।

Continue Reading

Banner

रास्वपा केन्द्रीय समितिको बैठक, प्रत्यक्ष उम्मेदवार टुंगो लाग्ने

Published

on

प्रत्यक्ष निर्वाचनतर्फ उम्मेदवार टुंगो लगाउन राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समिति बैठक आज बस्दैछ। बैठक दिउँसो २ बजे पार्टी केन्द्रीय कार्यालय, वनस्थलीमा बस्नेछ।बैठकले फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनका लागि १६५ क्षेत्रका प्रत्यक्ष उम्मेदवारको नाम टुंगो लगाउने बताइएको छ। निर्वाचन आयोगले आगामी माघ ६ गते प्रत्यक्षतर्फको उम्मेदवारी पेस गर्न समय तोकेकोको छ। उम्मेदवारी दर्ताका लागि आफ्नो निर्वाचन क्षेत्रमा उम्मेदवार पुग्नुपर्ने भएकाले आजै उम्मेदवारको टुंगो लगाउनुपर्ने बाध्यतामा दल रहेका छन्।

नेकपा (एमाले)ले केही क्षेत्रबाहेक अधिकांश उम्मेदवारको नाम टुंगो लगाएको छ भने कांग्रेसमा विवाद जारी छ। पार्टी आधिकारिकताको प्रमाणपत्र विशेष महाधिवेशन पक्षले पाएपछि कांग्रेसमा विवाद चर्चिएको हो।

Continue Reading

Banner

आधिकारिकता विवादबीच निर्वाचन जाने विशेष महाधिवेशन कांग्रेसको निर्णय

Published

on

विशेष महाधिवेशनबाट निर्वाचित भएको कांग्रेसले आधिकारिकताको दाबी गर्दै निर्वाचन आयोग जाने निर्णय गरेको छ । गएराति गगन थापा सभापतिमा निर्वाचित भएपछि आज ललितपुरको कुपण्डोलमा बसेको पहिलो बैठकले निर्वाचन आयोग जाने निर्णय गरेको हो ।​​​​​​

Continue Reading
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

Trending

सम्पर्क

विराट मिडिया एण्ड एड्भरटाइजिङ प्रालिद्वारा सञ्चालित
निष्पक्ष खबर डट कम

सुन्दरहरैँचा, मोरङ

सूचना विभाग दर्ता नं. १६४२ ०७६।७७

प्रेस काउन्सिल दर्ता नं. ३४३ ०७६।०७७
कम्पनी दर्ता नं. २२७६३९।०७६।०७७
स्थायी लेखा नं. ६०९६५३९४६

सम्पर्क

९८४२११३१५४, ९८०४३९४५४७, ९८०४०५३७९९

ई–मेल

[email protected]
हाम्रो टिम
अध्यक्ष टेकराज तिम्सिना
प्रधान सम्पादक ज्ञाननाथ ढकाल
सम्पादक पवन तिम्सिना
प्रबन्धकः शम्भु धमला
हाम्रो फेसबुक