Connect with us
Advertisement

सुन्दरहरैंचा– काठमाडौं सम्पर्क समाज गठन

Published

on

काठमाडौंः सुन्दरहरैंचा नगरपालिकामा स्थायी बसोबास भई विभिन्न सिलसिलामा काठमाडौंमा रहने नगरवासीको काठमाडौंमा भएको भेलाले सुन्दरहरैंचा–काठमाडौं सम्पर्क समाज गठन गरेको छ ।

सुन्दरहरैंचा नगरपालिकाका प्रमुख शिवप्रसाद ढकालको अध्यक्षतामा काठमाडौंको बत्तीसपुतलीस्थित अनुपम फुडल्याण्ड एण्ड बैंक्वेटमा बुधबार भएको भेलाले समाजको गठन गरेको हो । राष्ट्रिय सभाका सांसद रमेशजंग रायमाझीको विशेष आतिथ्यमा भएको कार्यक्रममा सुन्दरहरैंचा नगरपालिकाकी उपप्रमुख धनमाया तामाङ, स्थानीय विकास प्रशिक्षण प्रतिष्ठानका कार्यकारी निर्देशक पीतकुमार श्रेष्ठ, नगरकार्यपालिकाका सदस्य कार्यक्रममा उपस्थित थिए ।

कार्यक्रममा नगरपालिकाले गरेका कार्यक्रमका बारेमा छलफल भएको थियो । काठमाडौंमा बसोबास गरिरहेका सुन्दरहरैंचावासी व्यवसायी, सञ्चारकर्मी, अभियन्ता, पेशाकर्मीलगायत १ सय जनाको उपस्थिति थियो ।

बुधबार गठित सो समाजको संयोजकमा सुन्दरहरैंचा निवासी प्रेमप्रसाद लुइँटेल रहेका छन् । समाजको कार्यसमितिमा अन्य १० जना सदस्य रहेका छन् । काठमाडौंमा छरिएर रहेका नगरवासी र सुन्दरहरैंचा नगरपालिकाबीचका गतिविधि आदानप्रदान गर्ने र सङ्घीय सरकारसँग समन्वय गरी समाजले आफ्नो नगरपालिकामा विकासका कार्यक्रम लैजान पहल गर्ने संयोजक लुइँटेलले बताए ।

छलफलमा उठेका प्रश्नको जवाफ दिँदै लुइँटेलले काठमाडौं बस्ने सुन्दरहरैंचा नगरवासीको चाहना आगामी कार्यक्रममार्फत् नगरपालिकालाई जानकारी गराइने बताए । कार्यक्रममा सुन्दरहरैंचा नगरपालिकाकी उपप्रमुख धनमाया तामाङले स्वागत मन्तव्य व्यक्त गरेकी थिइन् ।

 

Continue Reading

Facebook Comment

12 Comments

You must be logged in to post a comment Login

Leave a Reply

Banner

अमेरिका र इरानबीचको तनाव चर्कियो

Published

on

मध्यपूर्वमा अमेरिका र इरानबीचको तनाव फेरि चर्किएको छ । अमेरिकी सेनाको केन्द्रीय कमान्डले इरानको हर्मुज जलमार्गमा रहेको क्युशिम टापुमा ‘आत्मरक्षाका लागि’ सैन्य कारबाही गरेको जनाएको छ ।

कतारी सञ्चारमाध्यम अलजजीराका अनुसार इरानले कुवेत र बहराइनतर्फ ब्यालिस्टिक क्षेप्यास्त्र तथा ड्रोन प्रहार गरेको छ । कुवेतको वायु प्रतिरक्षा प्रणालीले आकाशमै ती आक्रमण निष्क्रिय पारेको र बहराइनमा पनि अमेरिकी तथा बहराइनी सुरक्षा संयन्त्रले मिसाइलहरू अवरोध गरेको अमेरिकाको दाबी छ ।

इरानको इस्लामिक रिभोलुसनरी गार्ड कोप्र्स (आईआरजीसी) ले अमेरिकी कारबाहीको जवाफ स्वरूप ड्रोन र मिसाइल आक्रमण गरेको जनाएको छ । इरानी सञ्चारमाध्यमहरूका अनुसार अमेरिकी सेनाले होर्मुज जलमार्ग नजिकै रहेको एक इरानी तेल ट्याङ्कर तथा केश्म टापुको दक्षिणी क्षेत्रमा रहेको सञ्चार टावरमा प्रहार गरेको थियो ।

आईआरजीसीले त्यसपछि अमेरिकी तथा इजरायली हितका जहाज र क्षेत्रीय सैन्य अड्डाहरूलाई निशाना बनाएको दाबी गरेको छ । मध्यपूर्वमा बढ्दो सैन्य गतिविधि र आक्रमणका कारण क्षेत्रीय सुरक्षा अवस्था थप जटिल बन्दै गएको विश्लेषण गरिएको छ ।

Continue Reading

Banner

प्रतिनिधिसभाको बैठकमा आजदेखि बजेटमाथिको छलफल शुरू हुँदै

Published

on

प्रतिनिधिसभाको बैठकमा आजदेखि बजेटमाथिको छलफल शुरू हुँदैछ । सरकारले आर्थिक वर्ष २०८३/०८४ को लागि प्रस्तुत गरेको बजेटमाथि आजदेखि दफाबार छलफल शुरू हुने संघीय संसद् सचिवालयले जनाएको छ ।

यसैबीच प्रतिनिधिसभा नियमावली, २०८३ पारित भएको छ । प्रतिनिधिसभाको हिजोको बैठकबाट नियमावली पारित भएको हो ।

बैठकमा प्रतिनिधिसभा नियमावली मस्यौदा समितिका सभापति गणेश पराजुलीले ‘प्रतिनिधिसभा नियमावली मस्यौदा समितिको प्रतिवेदन, २०८३ लाई पारित गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्नुभएको थियो । प्रस्तावलाई सभाको बहुमतले पारित गरेको हो ।

सभामुख डोलप्रसाद अर्यालले प्रतिनिधिसभा नियमावली मस्यौदा समितिको प्रतिवेदन, २०८३ को नियम २ देखि २६३ सम्म र अनुसूची १ देखि ७ सम्म नियमावलीको अङ्ग बनेको घोषणा गर्नुभयो । बैठकले नियमावली मस्यौदा समितिको प्रतिवेदनका सम्बन्धमा सभापति पराजुलीले जवाफ दिने क्रममा स्वीकार गर्नुभएको संशोधन स्वीकृत गरेको थियो ।

Continue Reading

Banner

आज पनि सुनचाँदीको भाउ घट्यो

Published

on

आज सुनचाँदीको भाउ घटेको छ । आज सुन तोलामा ५ हजार ५०० रुपैयाँ घटेर २ लाख ८५ हजारमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

हिजो सुन तोलामा २ लाख ९० हजार ५०० मा कारोबार भएको थियो । आज चाँदीको भाउ पनि २१५ रुपैयाँ घटेको छ । आज चाँदी तोलाको ४ हजार ८६५ रुपैयाँमा कारोबार भइरहेको छ ।

हिजो तोलाको ५ हजार ८० रुपैयाँमा कारोबार भएको महासङ्घले जनाएको छ ।

Continue Reading
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

Trending

सम्पर्क

विराट मिडिया एण्ड एड्भरटाइजिङ प्रालिद्वारा सञ्चालित
निष्पक्ष खबर डट कम

सुन्दरहरैँचा, मोरङ

सूचना विभाग दर्ता नं. १६४२ ०७६।७७

प्रेस काउन्सिल दर्ता नं. ३४३ ०७६।०७७
कम्पनी दर्ता नं. २२७६३९।०७६।०७७
स्थायी लेखा नं. ६०९६५३९४६

सम्पर्क

९८५२०७८८९९,९८४२०३५१६२,९८४२११३१५४

ई–मेल

[email protected]
हाम्रो टिम
सम्पादक ज्ञाननाथ ढकाल
प्रबन्धकः महेश उप्रेति
हाम्रो फेसबुक