बुढासुब्बा गोल्डकपमा नयाँ प्रविधिः नेपालमै पहिलो पटक भीएआरको प्रयोग गरिने

धरानः नेपालमै पहिलोपटक बुढासुब्बा गोल्डकपमा भीएआर (भिडियो असिस्टेन्ट रेफ्री) प्रयोगमा ल्याउन लागिएको छ ।

विदेशी ठूला प्रतियोगितामा यस प्रविधिको प्रयोग हँुदै आएको बताइएको छ । रेफ्रीले नदेखेका वा दोधार भएको दृश्यमा भीआरएको माध्यमबाट थाहा पाउन सकिने बताइएको छ ।

बुढासुब्बा गोल्डकपको २२ औँ संस्करण आगामी फागुन १० गतेदेखि धरानमा हुने भएको छ । आयोजक धरान फुटबल क्लबले बिहीबार पत्रकार सम्मेलन गर्दै प्रतियोगितामा ८ ओटा टोलीको सहभागिता रहने जानकारी दिएको छ ।

मोफसलको ठूलो सो फुटबल प्रतियोगिताको आयोजक क्लबका अध्यक्ष तथा अखिल नेपाल फुटबल सङ्घ (एन्फा)का प्रदेश अध्यक्ष किशोर राईका अनुसार एन्फाले बुढासुब्बालाई ‘क’ श्रेणीमा राखेपछि प्रतियोगिताको पुरस्कार राशि बढाइएको छ ।

उनका अनुसार अब विजेतालाई १० लाख र उपविजेतालाई ५ लाख रुपैयाँ दिइनेछ । अघिल्लो संस्करणमा विजेतालाई ८ लाख र उपविजेतालाई ४ लाख दिइएको थियो । यसपटकको प्रतियोगितामा मनाङ मस्र्याङ्दी क्लब, मच्छिन्द्र क्लब, नेपाल पुलिस क्लब, युके एफसी भारत, जापान फुटबल लिग टिम, बेलबारी फुटबल क्लब, मेची नेत्रालय काँकरभिट्टा फुटबल ट्रेनिङ सेन्टर र आयोजक धरान फुटबल क्लब सहभागी हुने भएका छन् ।

Spread the love



Leave a Reply

Your email address will not be published.