कोशी प्रदेश
सुन्दरहरैंचाका होटललाई स्तरीकरण गर्न स्वच्छता मापक स्टीकर वितरण
विराटचोकः खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय विराटनगरले होटललाई खाद्य स्वच्छता स्तरको प्रमाणपत्र दिन शुरु गरेको छ ।
शुक्रबार सुन्दरहरैंचा नगरपालिका वडा नम्बर १० मा रहेको स्वाद होटलबाट सो अभिायन शुरु भएको हो । सुन्दरहरैंचाका नगरप्रमुख शिवप्रसाद ढकालले होटलमा स्टीकर टाँसेर सो कार्यक्रमको शुभारभ्भ गरेका थिए ।
खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयका प्रविधिक, सुन्दरहरैंचा नगरपालिकाका प्रतिनिधि, कोशीहरैंचा उद्योग वाणिज्य सङ्घका प्रतिनिधि, पत्रकार लगायतको सहभागितामा होटलको अनुगमनपश्चात् मूल्याङ्कन गरी सञ्चालकलाई खाद्य स्वच्छता स्तरको प्रमाणपत्र दिइएको हो ।
सुन्दरहरैंचाका स्वाद र प्लानेट लाउन्जले हरियो कलर भएको डबल स्टार (ख) वर्गको स्टीकर पाएका छन् । एक सय पूर्णाङ्कमा ९० देखि १ सय अङ्क ल्याएमा अतिउत्तम मानी ३ ओटा स्टार (क), ८० देखि ९० ल्याएमा उत्तम स्तर मानी २ ओटा स्टार (ख), ७० देखि ८० ल्याएमा सन्तोषजनक मानी (ग) र ५० देखि ६९ अङ्क ल्याएमा पहेँलो रङको स्टीकर टाँसिने खाद्यप्रविधि तथा गुण नियन्त्रण कार्यालयका प्रमुख राजकुमार रिजालले बताएका छन् ।
अनुगमनपछि व्यवसायीलाई प्रतिबद्धता पत्र समेत प्रदान गरिएको छ । होटल, रेष्टुरेन्ट, भोजनालय, मिठाई पसल, चिया पसल, क्याफे, क्याटरिङ निरीक्षण गर्दा न्यूनतम मापदण्ड पूरा गरी अति उत्तम र उत्तम स्तरको लोगोसहितको स्टीकर प्रदान गरेकोमा सो स्तरीयता कायम राख्न प्रतिबद्ध गराइएको हो ।
जसमा गुणस्तरीय सेवा ग्राहकलाई उपलब्ध गराउने, खानेकुरालाई राम्ररी पकाएर सुरक्षित तापक्रममा राख्ने, काँचो र पकाएको खानेकुरा छुट्टाछुट्टै राख्ने, स्वच्छ पानी र स्वच्छ कच्चा पदार्थ प्रयोग गर्ने, प्याकिङ गरिएको खाद्यवस्तुको उपभोग्य मितिभित्र प्रयोग गर्ने, ढाँटी झुक्याई कम गुणस्तरको खाद्यवस्तु बिक्री नगर्ने शर्तसहित प्रतिबद्धता लेखिएको पत्र खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयले व्यवसायीलाई प्रदान गरेको छ ।
Facebook Comment
अर्थ
स्थानीयले पेट काटेर जम्मा गरेको पूँजी मासेर ऋण माफी दिन सकिँदैन : अर्थमन्त्री
अर्थमन्त्री डा. प्रकाशशरण महतले स्थानीयको पेट काटेर जम्मा गरेको पूँजी मासेर ऋण माफी गर्न नसकिने बताएका छन् ।
सहकारी र लघुवित्त पीडितलाई उपयोग गरेर केही मानिसले राजनीतिको रोटी सेकाउन थालेको भन्दै अर्थमन्त्रीले भने, ‘ऋण तिर्नुपर्दैन भन्ने समूहमा कोही लाग्नु हुँदैन ।’
Banner
नेपाल राष्ट्र बैंकले शनिबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ ।
काठमाडौं । नेपाल राष्ट्र बैंकले शनिबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ ।
राष्ट्र बैंकका अनुसार, आज अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ ५३ पैसा र बिक्री दर १३३ रुपैयाँ १३ पैसा कायम भएको छ ।
यस्तै, युरो एकको खरिद दर १४२ रुपैयाँ ७७ पैसा र बिक्री दर १४३ रुपैयाँ ४२ पैसा रहेको छ । बेलायती पाउण्ड एकको खरिद दर १६६ रुपैयाँ ८९ पैसा र बिक्री दर १६७ रुपैयाँ ६४ पैसा रहेको छ । कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ३४ पैसा र बिक्री दर ३६ रुपैयाँ ५१ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।
Banner
यी हुन् सिटिजन लाइफ इन्स्योरेन्सका ठूला शेयरधनी, कान्तिपुर पब्लिकेसनको हिस्सा ७.४३ प्रतिशत
सिटिजन्स लाईफ ईन्स्योरेन्समा १ प्रतिशत बढी स्वामित्व भएका लगानीकर्ताहरुको संख्या २२ जना रहेको छ । यो व्यक्तिगत र संस्थागत लगानीकर्तासहितको विवरण हो ।
कम्पनीमा कान्तिपुर पब्लिकेसन र सुमित कुमार अग्रावलको समान ७.४३ प्रतिशत शेयर स्वामित्व रहेको छ । दुबैको शेयर संख्या समान १९ लाख ५० हजार रहेको छ । त्यसैगरी प्रदिपजंग पाण्डेको ५.२४ प्रतिशत रहेको छ । उनको १३ लाख ७५ हजार कित्ता शेयर रहेको छ ।
यस्तै, विक्रम जेबि राणा, सुष्मा राणा र यति वल्ड ईन्भेष्टमेन्टको समान ५.१४ प्रतिशत हिस्सा छ । कम्पनीमा एयर डाईनाष्टी हेली सर्भिसको ३.०६ प्रतिशत शेयर रहेको छ भने ज्योति प्रकाश पाण्डे, ललिता अग्रवाल र उर्मिला पाण्डेको समान २.२९ प्रतिशत शेयर रहेको छ । यसैगरी, राजेन्द्र प्रसाद श्रेष्ठको २ प्रतिशत , राम अग्रवालको १.८९ प्रतिशत, तथा गुडविल फाईनान्स र प्रिमियर वायर्सको समान १.७१ प्रतिशत स्वमित्व रहेको छ।
-
अर्थ5 years ago
समाचारमार्फत् आफ्नो चरित्रहत्या गरिएको भन्दै कानेपोखरीका युवा व्यवसायीले गरे पत्रकार सम्मेलन
-
Banner2 years ago
साउनदेखि कुन तहका कर्मचारीको कति तलब ?
-
खेलकुद5 years ago
रंगशालाको अवलोकन
-
मुख्य5 years ago
शेयर बजारमा झिनो अंकको गिरावट
-
अर्थ5 years ago
गोर्खा डिपाटमेन्ट स्टोर विराटचोकलाई ५० हजार जरिवाना
-
मुख्य5 years ago
सुन्दरहरैंचामा चोरले बोरामा हालेर लादैं गरेको बच्चालाई आमाले खोस्न सफल
-
मुख्य5 years ago
पुस १० गते खण्डग्रास सूर्यग्रहण लाग्ने भएकाले मोरङका संस्थागत विद्यालय बिदा
-
Banner5 years ago
गोठगाउँमा पूर्वाञ्चल विश्वविद्यालय सर्ने, गोठगाउँमा आज साँझ दीप प्रज्वलन गरिने
You must be logged in to post a comment Login