कोशी प्रदेश
नेवि संघ सुकुनाद्वारा क्याम्पसलाई डस्बिन हस्तान्तरण
विराटचोकः नेपाल विद्यार्थी संघ सुकुना बहुमुखी क्याम्पस इकाइ समितिले क्याम्पस हातामा प्रयोग गर्नको लागि आइतबार ६ थान डस्बिन प्रदान गरेको छ ।
डस्बिन हस्तान्तरण कार्यक्रममा क्याम्पस प्रमुख चन्द्रमणि राई, सहायक क्याम्पस प्रमुख अर्जुनराज अधिकारी, शिक्षक, कर्मचारीलगायतको उपस्थिति रहेको थियो ।
कार्यक्रममा नेवि संघका क्षेत्रीय सभापति होमनाथ पोखरेल, सुकुना बहुमुखी क्याम्पस इकाइ समितिका निवर्तमान सभापति सुमन ढकाल, पूर्व उपसभापति विनोद भट्टराई, नेवि संघ केराबारी गाउँपालिका अध्यक्ष एवम् सुकुना स्ववियु सदस्य संगीता पोखरेललगायतको उपस्थिति थियो ।
कार्यक्रममा नेवि संघ आबद्ध विद्यार्थीको पनि उपस्थिति थियो । विद्यार्थी नेताले संयुक्त रूपमा क्याम्पस प्रमुखलाई डस्बिन हस्तान्तरण गरेका थिए ।
डस्बिन हस्तान्तरण कार्यक्रममा बोल्दै क्याम्पस प्रमुख राईले नेवि संघले सदैव रचनात्मक कार्यक्रम गर्दै अघि बढेको बताए । विद्यार्थीको सर्वाङ्गीण विकासको लागि विभिन्न तालीम लगायतका काम गर्दै अघि बढेकोमा उनले सो विद्यार्थी संगठनलाई धन्यवाद दिएका थिए ।
विभिन्न विद्यार्थी सङ्गठनबाट यस्तै रचनात्मक कार्यक्रम भइरहने अपेक्षा क्याम्पस प्रशासनले गरेको राईले बताए ।
नेवि संघ सुकुना इकाइ सभापति विजय तोलाङ्गीले क्याम्पसमा नेवि संघले विभिन्न रचनात्मक र व्यक्तित्व विकासका कार्यक्रम गरिरहने बताए । विद्यार्थीको हक हितका लागि लड्दै अघि बढिरहेको सङ्गठन विद्यार्थीहरुले पाउने सेवा सुविधाको लागि सदैव लागिपर्ने उनको भनाइ थियो ।
आगामी दिनमा पनि यस्ता रचनात्मक कार्यक्रम गरी क्याम्पसलाई नमूना क्याम्पस बनाउन आफ्नो तर्फबाट प्रयास जारी राख्ने उनले सो अवसरमा बताए ।
Facebook Comment
Banner
एमाले अध्यक्ष ओलीमाथि धनकुटाको लेगुवामा मुक्का प्रहारको प्रयास
धनकुटाः मध्यपहाडी लोकमार्गमार्फत् महाकालीदेखि मेचीको यात्रामा निस्किएको एमालेको सङ्कल्प यात्राको टोलीमाथि धनकुटाको लेगुवामा मुक्का प्रहारको प्रयास भएको छ ।
सङ्कल्प यात्रा टोली भोजपुरबाट धनकुटा प्रवेश गर्ने क्रममा महालक्ष्मी ५ लेगुवामा ओलीलाई स्वागत गर्ने क्रममा लाइनमा बसेका व्यक्तिको बीचबाट प्रवेश गरेर ओलीमाथि मुक्का प्रहारको प्रयास भएको थियो । मुक्का हान्न प्रयास गर्ने लेगुवाका महेश राईलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
उनले मादक पदार्थ सेवन गरेको प्रहरीले जनाएको छ ।
Banner
जन्मदिनको अवसर पारेर निवर्तमान मेयर ढकालकी छोरीले आश्रममा बाँडिन् न्यानो कपडा
विराटचोकः सुन्दरहरैंचा नगरपालिकाका निवर्तमान नगरप्रमुख शिवप्रसाद ढकालकी छोरी सायनाले आफ्नो जन्मदिनमा न्यानो कपडा वितरण गरेकी छिन् ।
सायनाको १३ औ जन्मदिनको अवसर पारेर सुन्दरहरैंचा – ९ मा रहेको श्रीकृष्ण प्रणामी मन्दिरमा आश्रित बालबालिकाहरुलाई न्यानो कपडा वितरण गरिएको हो । पाथीभरा स्वतन्त्र महिला समाजको ब्यानरमा आयोजित कार्यक्रममा उनले न्यानो कपडा वितरण गरेको समाजकी अध्यक्ष सुनिता पोखरेलले बताइन् ।
कार्यक्रममा पाथीभरा स्वतन्त्र महिला समाजकी पूर्व अध्यक्ष, निवर्तमान अध्यक्ष लगायतका पदाधिकारीहरु उपस्थित थिए ।
Banner
बुद्धोदय साकाेसको अध्यक्ष र लेखा संयोजकमा पुनः क्रमशः खनाल र निधी
विराटनगरः विराटनगर –३ बुद्धचोकमा रहेको बुद्धोदय बचत तथा ऋण सहकारी संस्थाको नयाँ कार्यसमिति सर्वसम्मत चयन भएको छ । संस्थाको सञ्चालक समिति अध्यक्षमा पुनः राजेन्द्रप्रसाद खनाललाई चयन गरेको हो । खनालको अध्यक्षतामा ९ सदस्यीय नयाँ कार्यसमिति र पुनः अविनाशकुमार निधिको संयोजकत्वमा तीन सदस्यीय लेखा समिति समेत सर्वसम्मत चयन भएको हो ।
कार्यसमितिको उपाध्यक्षमा प्रेमबहादुर खड्का , सचिवमा सन्तोष वराल, कोषाध्यक्षमा यज्ञप्रसाद खतिवडा चयन भएको निर्वाचन समितिले जनाएको छ । त्यसैगरी समितिको सदस्यहरुमा उद्धव घिमिरे, भोजराज निरौला, दिपेश चौधरी, यादवप्रसाद पोखरेल र सीतादेवी खड्का सर्वसम्मत चयन भएका निर्वाचन समितिका संयोजक गोविन्दप्रसाद दाहालले जानकारी दिए ।
लेखा समितिको सदस्यमा टीकाप्रसाद कोइराला र झनकुमारी निरौला चयन भएका छन् ।
-
अर्थ5 years ago
समाचारमार्फत् आफ्नो चरित्रहत्या गरिएको भन्दै कानेपोखरीका युवा व्यवसायीले गरे पत्रकार सम्मेलन
-
Banner2 years ago
साउनदेखि कुन तहका कर्मचारीको कति तलब ?
-
खेलकुद5 years ago
रंगशालाको अवलोकन
-
मुख्य5 years ago
शेयर बजारमा झिनो अंकको गिरावट
-
अर्थ5 years ago
गोर्खा डिपाटमेन्ट स्टोर विराटचोकलाई ५० हजार जरिवाना
-
मुख्य5 years ago
सुन्दरहरैंचामा चोरले बोरामा हालेर लादैं गरेको बच्चालाई आमाले खोस्न सफल
-
मुख्य5 years ago
पुस १० गते खण्डग्रास सूर्यग्रहण लाग्ने भएकाले मोरङका संस्थागत विद्यालय बिदा
-
Banner5 years ago
गोठगाउँमा पूर्वाञ्चल विश्वविद्यालय सर्ने, गोठगाउँमा आज साँझ दीप प्रज्वलन गरिने
You must be logged in to post a comment Login