फोटो फिचर
माउण्ट मकालुको रजत जयन्ती सम्पन्न
विराटचोकः सुन्दरहरैंचाको गछियामा रहेको माउण्ट मकालु आवासीय माध्यमिक विद्यालयको रजत जयन्ती आइतबार सम्पन्न भएको छ ।
रजत जयन्ती अन्तर्गत दोस्रो दिन भएको प्यारेन्टिङमा राष्ट्रिय उत्प्रेरक रबिन कटुवालले अभिभावकमा उत्प्रेरणा जगाएका थिए । ८ सय भन्दा बढी अभिभावक सहभागी भएको कार्यक्रममा दम्पत्ति नै उपस्थित भएका ७ जोडी अभिभावकलाई सम्मान गरिएको थियो ।
कार्यक्रममा विद्यालयका पूर्व सञ्चालक तथा प्रिन्सिपल डा. वेणु सिटौला, उत्कृष्ट विज्ञान सामग्री प्रदर्शन गर्ने विद्यार्थीलगायतलाई सम्मान गरिएको थियो ।
कार्यक्रममा विद्यालयका पूर्व विद्यार्थी अमेरिकाको हार्बर्ड विश्वविद्यालयमा कार्यरत डा. अभिषेक निरौलाले पठाएको शुभकामना मन्तव्य वाचन गरिएको थियो ।
कार्यक्रममा उद्योग वाणिज्य सङ्घ सुन्दरदुलारीका अध्यक्ष किशोर कार्की, प्याब्सन मोरङका उपसचिव देवी सिटौला, वडा नम्बर ३ का अध्यक्ष जीवनप्रसाद ढुङ्गाना, विद्यार्थीद्वय तिलस्मा बर्देवा र अर्पण घिमिरेले आफ्नो भनाइ राखेका थिए ।
रबिन भण्डारीले सञ्चालन गरेको कार्यक्रम विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दामोदर बस्नेतको अध्यक्षतामा भएको थियो । विद्यालयका प्रिन्सिपल हेमन्त कार्कीले स्वागत मन्तव्य प्रस्तुत गरेका थिए ।
विद्यार्थीले कौरा, मारुनी, झ्याउरे तथा अन्य लोकनृत्य र सांस्कृतिक नृत्य प्रस्तुत गरेका थिए ।
Facebook Comment
Banner
एमाले अध्यक्ष ओलीमाथि धनकुटाको लेगुवामा मुक्का प्रहारको प्रयास
धनकुटाः मध्यपहाडी लोकमार्गमार्फत् महाकालीदेखि मेचीको यात्रामा निस्किएको एमालेको सङ्कल्प यात्राको टोलीमाथि धनकुटाको लेगुवामा मुक्का प्रहारको प्रयास भएको छ ।
सङ्कल्प यात्रा टोली भोजपुरबाट धनकुटा प्रवेश गर्ने क्रममा महालक्ष्मी ५ लेगुवामा ओलीलाई स्वागत गर्ने क्रममा लाइनमा बसेका व्यक्तिको बीचबाट प्रवेश गरेर ओलीमाथि मुक्का प्रहारको प्रयास भएको थियो । मुक्का हान्न प्रयास गर्ने लेगुवाका महेश राईलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
उनले मादक पदार्थ सेवन गरेको प्रहरीले जनाएको छ ।
Banner
जन्मदिनको अवसर पारेर निवर्तमान मेयर ढकालकी छोरीले आश्रममा बाँडिन् न्यानो कपडा
विराटचोकः सुन्दरहरैंचा नगरपालिकाका निवर्तमान नगरप्रमुख शिवप्रसाद ढकालकी छोरी सायनाले आफ्नो जन्मदिनमा न्यानो कपडा वितरण गरेकी छिन् ।
सायनाको १३ औ जन्मदिनको अवसर पारेर सुन्दरहरैंचा – ९ मा रहेको श्रीकृष्ण प्रणामी मन्दिरमा आश्रित बालबालिकाहरुलाई न्यानो कपडा वितरण गरिएको हो । पाथीभरा स्वतन्त्र महिला समाजको ब्यानरमा आयोजित कार्यक्रममा उनले न्यानो कपडा वितरण गरेको समाजकी अध्यक्ष सुनिता पोखरेलले बताइन् ।
कार्यक्रममा पाथीभरा स्वतन्त्र महिला समाजकी पूर्व अध्यक्ष, निवर्तमान अध्यक्ष लगायतका पदाधिकारीहरु उपस्थित थिए ।
Banner
बुद्धोदय साकाेसको अध्यक्ष र लेखा संयोजकमा पुनः क्रमशः खनाल र निधी
विराटनगरः विराटनगर –३ बुद्धचोकमा रहेको बुद्धोदय बचत तथा ऋण सहकारी संस्थाको नयाँ कार्यसमिति सर्वसम्मत चयन भएको छ । संस्थाको सञ्चालक समिति अध्यक्षमा पुनः राजेन्द्रप्रसाद खनाललाई चयन गरेको हो । खनालको अध्यक्षतामा ९ सदस्यीय नयाँ कार्यसमिति र पुनः अविनाशकुमार निधिको संयोजकत्वमा तीन सदस्यीय लेखा समिति समेत सर्वसम्मत चयन भएको हो ।
कार्यसमितिको उपाध्यक्षमा प्रेमबहादुर खड्का , सचिवमा सन्तोष वराल, कोषाध्यक्षमा यज्ञप्रसाद खतिवडा चयन भएको निर्वाचन समितिले जनाएको छ । त्यसैगरी समितिको सदस्यहरुमा उद्धव घिमिरे, भोजराज निरौला, दिपेश चौधरी, यादवप्रसाद पोखरेल र सीतादेवी खड्का सर्वसम्मत चयन भएका निर्वाचन समितिका संयोजक गोविन्दप्रसाद दाहालले जानकारी दिए ।
लेखा समितिको सदस्यमा टीकाप्रसाद कोइराला र झनकुमारी निरौला चयन भएका छन् ।
-
अर्थ5 years ago
समाचारमार्फत् आफ्नो चरित्रहत्या गरिएको भन्दै कानेपोखरीका युवा व्यवसायीले गरे पत्रकार सम्मेलन
-
Banner2 years ago
साउनदेखि कुन तहका कर्मचारीको कति तलब ?
-
खेलकुद5 years ago
रंगशालाको अवलोकन
-
मुख्य5 years ago
शेयर बजारमा झिनो अंकको गिरावट
-
अर्थ5 years ago
गोर्खा डिपाटमेन्ट स्टोर विराटचोकलाई ५० हजार जरिवाना
-
मुख्य5 years ago
सुन्दरहरैंचामा चोरले बोरामा हालेर लादैं गरेको बच्चालाई आमाले खोस्न सफल
-
मुख्य5 years ago
पुस १० गते खण्डग्रास सूर्यग्रहण लाग्ने भएकाले मोरङका संस्थागत विद्यालय बिदा
-
Banner5 years ago
गोठगाउँमा पूर्वाञ्चल विश्वविद्यालय सर्ने, गोठगाउँमा आज साँझ दीप प्रज्वलन गरिने
You must be logged in to post a comment Login