कोशी प्रदेश
नागबेली लघुबित द्वारा नि:शुल्क स्वास्थ्य शिबिर
हरैचा: मोरङको बुढिगंगा गाउँपालिका -७ मा रहेको लक्ष्मी माध्यमिक बिधालयमामा बुधबार नि:शुल्क स्वास्थ्य शिबिर संचालन भएको छ। समाजप्रती उतरदायित्व बहन गर्ने उद्देश्यले नागबेली लघुबित बितिय संस्था झापाको आयोजनामा गरिएको थियो।
नोबेल मेडिकल शिक्षण अस्पतालको प्राबिधिक सहयोगमा १ हजार ३४ जना बिरामीले नि:शुल्क स्वास्थ्य लाभ लिएका थिए। जेनरल मेडिसिन तथा मुटु रोग,प्रसुति तथा स्त्रीरोग, बाल रोग, ल्याब प्रयोगशाला, मानसिक तथा नसा रोग, हाड जोर्नी, नाक,कान,घाँटी, आँखा परिक्षण तथा उपचार, भिडियो एक्सरे, इसिजी, न्युरो सर्जरी, दन्त सेवा तथा शल्य क्रिया लगायतको सेवा नि:शुल्क उपलब्ध गराएको थियो।

बुढिगंगा गाउँपालिका लगायत छिमेकीसंग सिमाना जोडिएको ग्रामथान गाउँपालिका र सुन्दरहरैंचा नगरपालिका आसपासका जनताले समेत स्वास्थ्य सेवा लिएका थिए। ९२ बर्ष एक वृद्ध आमाले समेत शिविरमा सहभागी भएको थियो भने स्थानीय समाजसेवी चनकलाल चौधरीले स्वास्थ्य शिविरमा आफू पनि उपचार गर्दै आयोजक संस्थालाई धन्यवाद समेत ज्ञापन गर्दै ग्रामीण क्षेत्रमा यो किसिमको कार्यक्रमले पैसाको अभावमा अस्पताल सम्म पुग्न नसेको र उपचार गर्न आर्थिक अवस्था कम भएकोले नि:शुल्क सेवा पाउनु भनेको ठूलो राहत पाउनु बताउनुभयो। प्राबिधिक सहयोग गरेका नोबेल शिक्षण अस्पताल बिराटनगरका प्रबन्धक डा. नारायण प्रसाद दहालले सबै डिपार्टमेन्टका चिकित्सक मार्फत नि:शुल्क सेवा दिएको जानकारी दिदै स्थानीय जनताले धेरै राहत पाएको छ, नोबेलको अगामी कार्यक्रम प्रदेश १ को १४ जिल्लामै नि:शुल्क स्वास्थ्य शिबिर सन्चालन गरेको र अगामि फागुन १३ गते देखि २१ गते सम्म भोजपुर र संखुवासभाको विभिन्न स्थान शिविर संचालन गर्ने जाकारी दिनुभयो ।

समाजिक उतरदायित्व बहन गर्दै समाजमा परिवर्तनमुखी र चेतनामुखी हिसाबले कार्यक्रम गरिएको बताउदै बर्षै पिच्छे यस किसिमको कार्यक्रम गर्दै आएको जानकारी दिदै आयोजक संस्थाका डंग्राहा शाखा प्रमुख सडेन्द्र प्रसाद त्रिखत्रीले बताउनु भयो। जेनरल मेडिसिन तथा मुटु रोग तर्फ ४७५ जना , प्रसुति तथा स्त्रीरोग तर्फ ८५ जना , हाड जोर्नी तर्फ १५३ जना , नाक, कान, घाँटी तर्फ १०५ जना , आँखा परिक्षण तथा उपचार तर्फ ८५ जना , छाला तर्फ २५ जना, सर्जरी तर्फ २३ जना, न्युरो सर्जरी ५ जना , दन्त सेवा ५५ जना, बाल रोग तर्फ २० जना गरि १ हजार ३१ जनाले स्वास्थ्य लाभ लिएका थिए । जस मध्ये एक्सरे , इसिजी, युएसजी , भिडियो एक्सरे, ल्याब टेष्ट गरि ५५० जनाले निशुल्क परिक्षण गराएका थिए ।
Facebook Comment
Banner
मनसुनी वायुको प्रभाव: देशका केही स्थानमा भारी वर्षाको सम्भावना
हाल देशभर मनसुनी वायुको प्रभाव छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा उत्तरतर्फ छ ।
विभागका अनुसार देशभर अधिकांश बादल लागेको छ । देशका हिमाली भू–भागका केही स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्मको वर्षा/हिमपातको सम्भावना छ । देशको पहाडी भू–भागका धेरै स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ ।
विभागद्वारा मौसम ‘बुलेटिन’का अनुसार कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका केही स्थान तथा मधेश प्रदेशका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ । कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागको एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।
महाशाखाका अनुसार आज राति देशभर साधारणतया बादल लाग्नेछ । कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भू–भागका केही स्थानमा तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भू–भागका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्मको वर्षा/हिमपातको सम्भावना छ ।
कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी र तराई भू–भागका केही स्थानमा, मधेस प्रदेश तथा कर्णाली पहाडी भू–भागका र सुदूरपश्चिम प्रदेशका पहाडी र तराई भू–भागका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी र तराई भू–भागका एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।
Banner
गछिया खोला भ्याट भ्रष्टाचार प्रकरण : तिलक आलेविरुद्ध अख्तियार सर्वोच्चमा
आन्तरिक राजस्व कार्यालय, धरानका तत्कालीन कर अधिकृत तिलक आलेसमेतका प्रतिवादी रहेको भ्रष्टाचार मुद्दामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सर्वोच्च अदालतमा पुनरावेदन दर्ता गरेको छ।
आयोगका अनुसार सुन्दरहरैँचा नगरपालिकास्थित गछिया खोलाबाट आर्थिक वर्ष २०७६-०७७ मा नदिजन्य पदार्थ उत्खनन् गर्ने क्रममा प्राप्त हुने राजस्वमध्ये आन्तरिक राजस्व कार्यालयमा दाखिला गर्नुपर्ने मूल्य अभिवृद्धि कर (भ्याट) रकम दाखिला नगरी भ्रष्टाचार गरिएको आरोपमा तिलक आलेसमेतका प्रतिवादीविरुद्ध मुद्दा दायर गरिएको थियो।
उक्त प्रकरणमा आयोगले प्रतिवादीहरूबाट रु. १ करोड २३ लाख ६९ हजार ६४९ रुपैयाँ ६९ पैसा बिगो कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ९ र १७ बमोजिम कसुर ठहर गरी कैद तथा बिगो बराबर जरिवानासहितको सजाय माग गर्दै विशेष अदालत, काठमाडौंमा आरोप पत्र दायर गरेको थियो।
तर विशेष अदालतले मिति २०८२।१२।१० मा गरेको फैसलाबाट प्रतिवादीहरूलाई आंशिक सफाइ दिएको थियो। उक्त फैसलाप्रति चित्त नबुझेपछि आयोगले मिति २०८३।०४।०४ गते सर्वोच्च अदालतमा पुनरावेदनको निवेदन दर्ता गरेको जनाएको छ।
आयोगले विशेष अदालतको फैसलाको कानुनी परीक्षण आवश्यक रहेको भन्दै अभियोगमा प्रस्तुत प्रमाण र तथ्यका आधारमा पुनरावेदन प्रक्रिया अघि बढाएको हो।
Banner
लायन्स क्लब अफ गाेठगाँउ राेयल सिटिद्वारा वृक्षारोपण तथा डस्बिन हस्तान्तरण कार्याक्रम सम्पन्न
लायन्स क्लब अफ गाेठगाँउ राेयल सिटि का अध्यक्ष अनुराेध शाह का अध्यक्षतामा तथा प्रमुख अथिति लायन्स 325 C का डिस्ट्रिक गभर्नर लिला चिमरिया ज्यु लायन्स लिडर Pmcc राजन खत्रि लायन्स लिडर हरु नगेन्द्र दाहाल ,खिल .बिक स्कुल प्रशासन तथा शिक्षक कर्मचारी हरु का उपस्थिति मा लायन्स क्लब अफ गाेठगाँउ राेयल सिटिको २०२६ काे पहिलाे कार्यक्रम बृक्षा राेपण र डस्बिन हस्तान्तरण गरि सम्पन्न गरियाे !
बृक्षा राेपण मा विभिन्न जात चिउरि , म्याङ्गाे किट्स ,अनार,फणिण जामुना,अमला,साथै निम धुपि लगायत विभिन्न जात का १००थान बिरुवा राेपि कार्यक्रम सम्पन् गरियाे ! कार्यक्रम सञ्चालन क्लब का सेक्रेटरि नरेन रायाले सञ्चालन गर्नु भएकाे थियो
यश कार्यक्रम ले बिधालय परिवार लाभान्वित हुने छ साथै खुशियालि महसुस गरेकाे छ !
-
अर्थ7 years agoसमाचारमार्फत् आफ्नो चरित्रहत्या गरिएको भन्दै कानेपोखरीका युवा व्यवसायीले गरे पत्रकार सम्मेलन
-
Banner4 years agoसाउनदेखि कुन तहका कर्मचारीको कति तलब ?
-
खेलकुद7 years agoरंगशालाको अवलोकन
-
मुख्य7 years agoशेयर बजारमा झिनो अंकको गिरावट
-
अर्थ6 years agoगोर्खा डिपाटमेन्ट स्टोर विराटचोकलाई ५० हजार जरिवाना
-
मुख्य7 years agoसुन्दरहरैंचामा चोरले बोरामा हालेर लादैं गरेको बच्चालाई आमाले खोस्न सफल
-
मुख्य7 years agoपुस १० गते खण्डग्रास सूर्यग्रहण लाग्ने भएकाले मोरङका संस्थागत विद्यालय बिदा
-
Banner6 years agoगोठगाउँमा पूर्वाञ्चल विश्वविद्यालय सर्ने, गोठगाउँमा आज साँझ दीप प्रज्वलन गरिने
















You must be logged in to post a comment Login