कोशी प्रदेश
नागबेली लघुबित द्वारा नि:शुल्क स्वास्थ्य शिबिर
हरैचा: मोरङको बुढिगंगा गाउँपालिका -७ मा रहेको लक्ष्मी माध्यमिक बिधालयमामा बुधबार नि:शुल्क स्वास्थ्य शिबिर संचालन भएको छ। समाजप्रती उतरदायित्व बहन गर्ने उद्देश्यले नागबेली लघुबित बितिय संस्था झापाको आयोजनामा गरिएको थियो।
नोबेल मेडिकल शिक्षण अस्पतालको प्राबिधिक सहयोगमा १ हजार ३४ जना बिरामीले नि:शुल्क स्वास्थ्य लाभ लिएका थिए। जेनरल मेडिसिन तथा मुटु रोग,प्रसुति तथा स्त्रीरोग, बाल रोग, ल्याब प्रयोगशाला, मानसिक तथा नसा रोग, हाड जोर्नी, नाक,कान,घाँटी, आँखा परिक्षण तथा उपचार, भिडियो एक्सरे, इसिजी, न्युरो सर्जरी, दन्त सेवा तथा शल्य क्रिया लगायतको सेवा नि:शुल्क उपलब्ध गराएको थियो।

बुढिगंगा गाउँपालिका लगायत छिमेकीसंग सिमाना जोडिएको ग्रामथान गाउँपालिका र सुन्दरहरैंचा नगरपालिका आसपासका जनताले समेत स्वास्थ्य सेवा लिएका थिए। ९२ बर्ष एक वृद्ध आमाले समेत शिविरमा सहभागी भएको थियो भने स्थानीय समाजसेवी चनकलाल चौधरीले स्वास्थ्य शिविरमा आफू पनि उपचार गर्दै आयोजक संस्थालाई धन्यवाद समेत ज्ञापन गर्दै ग्रामीण क्षेत्रमा यो किसिमको कार्यक्रमले पैसाको अभावमा अस्पताल सम्म पुग्न नसेको र उपचार गर्न आर्थिक अवस्था कम भएकोले नि:शुल्क सेवा पाउनु भनेको ठूलो राहत पाउनु बताउनुभयो। प्राबिधिक सहयोग गरेका नोबेल शिक्षण अस्पताल बिराटनगरका प्रबन्धक डा. नारायण प्रसाद दहालले सबै डिपार्टमेन्टका चिकित्सक मार्फत नि:शुल्क सेवा दिएको जानकारी दिदै स्थानीय जनताले धेरै राहत पाएको छ, नोबेलको अगामी कार्यक्रम प्रदेश १ को १४ जिल्लामै नि:शुल्क स्वास्थ्य शिबिर सन्चालन गरेको र अगामि फागुन १३ गते देखि २१ गते सम्म भोजपुर र संखुवासभाको विभिन्न स्थान शिविर संचालन गर्ने जाकारी दिनुभयो ।

समाजिक उतरदायित्व बहन गर्दै समाजमा परिवर्तनमुखी र चेतनामुखी हिसाबले कार्यक्रम गरिएको बताउदै बर्षै पिच्छे यस किसिमको कार्यक्रम गर्दै आएको जानकारी दिदै आयोजक संस्थाका डंग्राहा शाखा प्रमुख सडेन्द्र प्रसाद त्रिखत्रीले बताउनु भयो। जेनरल मेडिसिन तथा मुटु रोग तर्फ ४७५ जना , प्रसुति तथा स्त्रीरोग तर्फ ८५ जना , हाड जोर्नी तर्फ १५३ जना , नाक, कान, घाँटी तर्फ १०५ जना , आँखा परिक्षण तथा उपचार तर्फ ८५ जना , छाला तर्फ २५ जना, सर्जरी तर्फ २३ जना, न्युरो सर्जरी ५ जना , दन्त सेवा ५५ जना, बाल रोग तर्फ २० जना गरि १ हजार ३१ जनाले स्वास्थ्य लाभ लिएका थिए । जस मध्ये एक्सरे , इसिजी, युएसजी , भिडियो एक्सरे, ल्याब टेष्ट गरि ५५० जनाले निशुल्क परिक्षण गराएका थिए ।
Facebook Comment
Banner
कांग्रेस देउवा समूह आज सर्वोच्च अदालत जाने
नेपाली कांग्रेसको शेरबहादुर देउवा समूह पार्टीको आधिकारिकता दाबीका लागि आज सर्वोच्च अदालत जाने भएको छ ।
निर्वाचन आयोगले गत शुक्रबाट विशेष महाधिवेशनबाट निर्वाचित गगन थापा नेतृत्वको कार्यसमितिलाई मान्यता दिएपछि उक्त निर्णयविरुद्ध देउवा समूह आज सर्वोच्च जान लागेको हो ।
गत पुस २७ देखि माघ १ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा भएको कांग्रेसको दोस्रो विशेष महाधिवेशनले गगन थापाको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको थियो ।
Banner
रास्वपा केन्द्रीय समितिको बैठक, प्रत्यक्ष उम्मेदवार टुंगो लाग्ने
प्रत्यक्ष निर्वाचनतर्फ उम्मेदवार टुंगो लगाउन राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समिति बैठक आज बस्दैछ। बैठक दिउँसो २ बजे पार्टी केन्द्रीय कार्यालय, वनस्थलीमा बस्नेछ।बैठकले फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनका लागि १६५ क्षेत्रका प्रत्यक्ष उम्मेदवारको नाम टुंगो लगाउने बताइएको छ। निर्वाचन आयोगले आगामी माघ ६ गते प्रत्यक्षतर्फको उम्मेदवारी पेस गर्न समय तोकेकोको छ। उम्मेदवारी दर्ताका लागि आफ्नो निर्वाचन क्षेत्रमा उम्मेदवार पुग्नुपर्ने भएकाले आजै उम्मेदवारको टुंगो लगाउनुपर्ने बाध्यतामा दल रहेका छन्।
नेकपा (एमाले)ले केही क्षेत्रबाहेक अधिकांश उम्मेदवारको नाम टुंगो लगाएको छ भने कांग्रेसमा विवाद जारी छ। पार्टी आधिकारिकताको प्रमाणपत्र विशेष महाधिवेशन पक्षले पाएपछि कांग्रेसमा विवाद चर्चिएको हो।
Banner
आधिकारिकता विवादबीच निर्वाचन जाने विशेष महाधिवेशन कांग्रेसको निर्णय
विशेष महाधिवेशनबाट निर्वाचित भएको कांग्रेसले आधिकारिकताको दाबी गर्दै निर्वाचन आयोग जाने निर्णय गरेको छ । गएराति गगन थापा सभापतिमा निर्वाचित भएपछि आज ललितपुरको कुपण्डोलमा बसेको पहिलो बैठकले निर्वाचन आयोग जाने निर्णय गरेको हो ।
-
अर्थ6 years agoसमाचारमार्फत् आफ्नो चरित्रहत्या गरिएको भन्दै कानेपोखरीका युवा व्यवसायीले गरे पत्रकार सम्मेलन
-
Banner4 years agoसाउनदेखि कुन तहका कर्मचारीको कति तलब ?
-
खेलकुद6 years agoरंगशालाको अवलोकन
-
मुख्य6 years agoशेयर बजारमा झिनो अंकको गिरावट
-
अर्थ6 years agoगोर्खा डिपाटमेन्ट स्टोर विराटचोकलाई ५० हजार जरिवाना
-
मुख्य6 years agoसुन्दरहरैंचामा चोरले बोरामा हालेर लादैं गरेको बच्चालाई आमाले खोस्न सफल
-
मुख्य6 years agoपुस १० गते खण्डग्रास सूर्यग्रहण लाग्ने भएकाले मोरङका संस्थागत विद्यालय बिदा
-
Banner6 years agoगोठगाउँमा पूर्वाञ्चल विश्वविद्यालय सर्ने, गोठगाउँमा आज साँझ दीप प्रज्वलन गरिने













You must be logged in to post a comment Login