कोशी प्रदेश
बाल सञ्जाल सुन्दरहरैंचाको आयोजनामा बस्ती स्तरमा नाटक प्रदर्शन
विराटचोकः सुन्दरहरैँचा नगरपालिकाका मेयर शिवप्रसाद ढकालले आफूमा आत्मविश्वासको कमी भएमा दुव्र्यवहार र हिंसाका घटना बढी हुने बताएका छन् ।
नगर बाल सञ्जालको आयोजनामा बिहीबारदेखि सुन्दरहरैंचामा भएको सडक नाटकको उद्घाटन कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अतिथि मेयर ढकालले यस्तो बताएका हुन् । बालबालिकालाई आत्मविश्वासयुक्त बनाउन र दक्षता प्रदान गर्न यस्ता नाटकले सहयोग गर्ने उनको भनाइ थियो ।
सरकारले ल्याएको ‘म अघि बढ्छु’ कार्यक्रमले बालबालिकाको चौतर्फी विकासमा सहयोग गर्ने उनले सो अवसरमा बताए । बालबालिकामा आत्मविश्वासको कमी हुँदा नै श्रम तथा अध्ययनको बहानामा विदेशिने क्रम बढेको उल्लेख गर्दै त्यस्तो प्रवृत्तिलाई निरुत्साहित गर्न बाल सञ्जालले महत्वपूर्ण भूमिका निर्वाह गर्नुपर्ने मेयर ढकालले सुझाव दिए ।
बालबालिकाको क्षेत्रमा काम गर्न सजिलो होस् भनी आगामी वर्ष बढी बजेट विनियोजन गर्ने उल्लेख गर्दै बालमैत्री नगरपालिका बनाउन काम भइरहेको पनि उनले उल्लेख गरे ।

कार्यक्रमलाई सम्बोधन गर्दै कार्यक्रमकी विशिष्ट अतिथि सुन्दरहरैंचा नगरपालिकाकी उपमेयर धनमाया तामाङले बालबालिका भविष्यको कर्णधार मात्र नभई वर्तमानको साझेदार पनि भएको बताइन् । परिवारदेखि नै निर्णयात्मक भूमिका पनि बालबालिकाले निर्वाह गर्नुपर्ने बताउँदै परिवारमा हुने निर्णयमा बालबालिकाले आफू पनि सहभागी हुने र अभिभावकसमक्ष पनि आफूलाई निर्णयमा सहभागी गराउन अनुरोध गर्नुपर्ने बताइन् । बालबालिकालाई परेको अप्ठ्यारोमा सञ्जालले ध्यान दिनुपर्ने उनको सुझाव थियो ।
साजीलाल माविका प्रधानाध्यापक कल्याण सिटौलाले बाल सडक नाटक बस्ती स्तरमा आयोजना हुनु खुशीको कुरा भएको बताए । आफ्नो कर्तव्य के हो भन्ने बारेमा अहिलेदेखि नै बालबालिका सचेत हुनुपर्ने उनको भनाइ थियो । पछिल्लो समय बाल हिंसा र र बालश्रम घटिरहे पनि दुव्र्यसन भने बढिरहेको हुनाले बाल सञ्जालले यसतर्फ ध्यान दिनुपर्ने उनको भनाइ थियो ।
कार्यक्रमको औचित्यमाथि प्रकाश पार्दै नगर बाल सञ्जाल सुन्दरहरैंचाका पूर्व अध्यक्ष टेकराज तिम्सिनाले लागूपदार्थ दुव्र्यसन र बाल विवाहको विषयमा नाटक केन्द्रित हुने बताए । कार्यक्रममा सञ्जालका सदस्य दिलीप बस्नेतले स्वागत मन्तव्य राखेका थिए ।

कार्यक्रममा वडा नम्बर ४ का अध्यक्ष शैलेन्द्र श्रेष्ठ, वडा नम्बर ७ का कार्यवाहक अध्यक्ष विष्णुप्रसाद घिमिरे, आदिवासी जनजाति महासङ्घ सुन्दरहरैंचाका अध्यक्ष सुमन राई, झोराहाट नाट्य समूहका निर्देशक सुदीपजंग शाही, सुन्दरहरैंचाको महिला तथा बालबालिका शाखा प्रमुख सुशीला अधिकारी, ओरेक नेपालकी प्रतिनिधि सुशीला सुवेदीलगायतको उपस्थिति थियो । सञ्जालका अध्यक्ष मदन भण्डारीको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सञ्जालका सचिव विशाल तामाङले गरेका थिए ।
झोराहाट नाट्य समूहको समन्वयमा १ साता सम्म हुने सडक नाटकको सहयोगी संस्थामा सुन्दरहरैंचा नगरपालिका रहेको छ । विराट मिडिया एण्ड एड्भरटाइजिङ प्रालि सहआयोजक रहेको छ । सडक नाटक सुन्दरहरैंचाका १२ ओटै वडाको २–२ ठाउँमा मञ्चन गरिने अध्यक्ष भण्डारीले बताए । उद्घाटन कार्यक्रममा विभिन्न सामुदायिक विद्यालयका विद्यार्थीको उपस्थिति थियो ।

Facebook Comment
Banner
होटल जलेर खरानी भए पनि समाजसेवा रोकिएन, दुलालले बनाए नमुना ज्येष्ठ नागरिक चौतारी
मोरङको सुन्दरहरैँचा नगरपालिका–९ गोविन्द मार्गमा समाजसेवी भोलेश्वर दुलालले मौलिक नेपाली संस्कृति र धार्मिक महत्व झल्काउने ज्येष्ठ नागरिक चौतारी (फल्चा) निर्माण गरी समुदायलाई हस्तान्तरण गरेका छन्।
दुर्गादेवी दुलाल एकल महिला प्रतिष्ठानमार्फत निर्माण गरिएको उक्त चौतारी दुलालले आफ्नै निजी १२ धुर जग्गामा करिब १ करोड रुपैयाँको लागतमा निर्माण गरेका हुन्। उपत्यकाबाहिर विरलै देखिने मौलिक शैलीको चौतारी निर्माणका लागि काठमाडौंलगायत विभिन्न स्थानबाट कालीगढ तथा निर्माण सामग्री ल्याइएको थियो।
इँटा र काठमा आकर्षक बुट्टा कुँदेर निर्माण गरिएको चौतारीले पुरानो नेपाली मौलिक संस्कृति र वास्तुकलाको झल्को दिन्छ। चौतारी निर्माणका क्रममा भक्तपुरमा पूजाआजा गरी देवीझोडाको माटो र मास प्रयोग गरेर इँटा जडान गरिएको दुलालले बताए।
दुलाल दम्पतीको परिकल्पनामा निर्माण भएको चौतारीको निर्माण कार्य प्रमिला दुलाल इन्द्रपुर लायन्स क्लबको अध्यक्ष रहेका बेला अघि बढाइएको थियो। निर्माण सम्पन्न भएपछि यसको मर्मतसम्भार तथा संरक्षणको जिम्मेवारी इन्द्रपुर लायन्स क्लबलाई दिने गरी समुदायलाई हस्तान्तरण गरिएको हो।

होटल जलेर खरानी भए पनि समाजसेवा निरन्तर
दुलालले सञ्चालन गर्दै आएको नेपालीरिका होटल गत वर्षको जेनजी आन्दोलनका क्रममा आगलागीबाट पूर्ण रूपमा ध्वस्त भएको थियो। होटल जलेर ठूलो क्षति व्यहोर्नुपरे पनि दुलाल परिवारले सामाजिक सेवाको अभियानलाई निरन्तरता दिएको हो।
आफ्नो व्यक्तिगत पीडाका बाबजुद दुलालले जग्गासहित करिब १ करोड रुपैयाँ बराबरको संरचना निर्माण गरी समुदायलाई हस्तान्तरण गरेका छन्।
चौतारी हस्तान्तरण कार्यक्रममा सुन्दरहरैँचा नगरपालिकाका नगरप्रमुख केदारप्रसाद गुरागाईंले दुलाल परिवारले देखाएको सामाजिक संस्कार र सेवाभावबाट सबैले सिक्नुपर्ने बताए।
उनले पछिल्लो समय समाजमा सामाजिक तथा नैतिक संस्कार कमजोर हुँदै गएको उल्लेख गर्दै मानवीय र नैतिक शिक्षालाई व्यवहारमा उतार्नुपर्नेमा जोड दिए। दुलालले निर्माण गरेको चौतारीले नेपाली मौलिकपनलाई जीवन्त राख्नुका साथै ज्येष्ठ नागरिकबीच अनुभव आदानप्रदान गर्ने महत्वपूर्ण थलोका रूपमा भूमिका खेल्ने उनको भनाइ थियो।
निःशुल्क स्वास्थ्य परीक्षणको व्यवस्था
चौतारी परिसरमा शौचालय, खानेपानीको धारा र किचनसमेत निर्माण गरिएको छ। साथै, दुलालको आफ्नै उद्योग पीएलओ ल्युब आयल प्रालिमा कार्यरत स्वास्थ्यकर्मी तथा नर्समार्फत हरेक मंगलबार ज्येष्ठ नागरिकसहित समुदायका लागि निःशुल्क स्वास्थ्य परीक्षणको व्यवस्था गरिएको दुलालले जानकारी दिए।
चौतारीको संरक्षण, संवर्द्धन तथा रेखदेखको जिम्मेवारी सुन्दर नमुना टोल विकास संस्थाले लिने अध्यक्ष गोपाल दाहालले बताए। समुदायका सबै पक्षको सहकार्यमा संरचनाको संरक्षण गर्दै आगामी पुस्ताका लागि समेत उपयोगी बनाइने उनको भनाइ छ।
हस्तान्तरण कार्यक्रममा वडा नं. ९ का अध्यक्ष प्रकाश श्रेष्ठ, कार्यपालिका सदस्य रूजा घिमिरे, इन्द्रपुर लायन्स क्लबका अध्यक्ष योजना शर्मा, इन्द्रपुर जेसीजका अध्यक्ष समीर बस्नेत तथा सुन्दरहरैँचा उद्योग वाणिज्य संघका अध्यक्ष नारायण कार्कीलगायतको उपस्थिति थियो।
दुलाल परिवारले विगत ३६ वर्षदेखि सुन्दरहरैँचा क्षेत्रमा विभिन्न सामाजिक कार्यमा सहयोग गर्दै आएको जनाइएको छ। व्यक्तिगत कठिनाइ र क्षतिका बीच पनि सामाजिक सेवामा निरन्तर सक्रिय रहेको दुलाल परिवारको कार्यक्रममा उपस्थित अतिथिहरूले प्रशंसा गर्दै आगामी दिनमा समेत सेवाकार्यलाई निरन्तरता दिन शुभकामना दिएका थिए।
Banner
पूर्वाञ्चल विश्वविद्यालयको बजेट १ अर्ब ९९ करोड
पूर्वाञ्चल विश्वविद्यालयले आर्थिक वर्ष २०८३/८४ का लागि १ अर्ब ९९ करोड १६ लाख ९७ हजार रुपैयाँको बजेट स्वीकृत गरेको छ ।
सिंहदरबारस्थित शिक्षा मन्त्रालयमा शिक्षा तथा खेलकुदमन्त्री एवं विश्वविद्यालयका सहकुलपति सस्मित पोखरेलको अध्यक्षतामा बसेको विश्वविद्यालयको ४३औँ सभाले रजिस्ट्रार प्राडा पन्नाबहादुर थापाले प्रस्तुत गरेको आय–व्यय विवरण तथा नीति तथा कार्यक्रम सर्वसम्मतिले पारित गरेको हो ।
विश्वविद्यालयले आगामी वर्ष शैक्षिक रूपान्तरण, प्रविधिमैत्री पूर्वाधार र चिकित्सा शिक्षाको विस्तारलाई मुख्य प्राथमिकतामा राखेको छ । विश्वविद्यालयका अनुसार गोठगाउँस्थित ८०५ बिघा जग्गामा गुरुयोजनाअनुसार एकीकृत भौतिक संरचना विकास गरिनेछ ।
त्यस्तै, कृत्रिम बुद्धिमत्ता (एआई), डाटा साइन्स र साइबर सेक्युरिटीलगायतका क्षेत्रमा नयाँ तथा विशिष्टीकृत पाठ्यक्रम तयार गरी सञ्चालन गर्ने योजना अघि सारिएको छ । चिकित्साशास्त्र र इन्जिनियरिङतर्फ पनि विशिष्टीकृत पाठ्यक्रम विकास गर्ने नीति विश्वविद्यालयले लिएको छ ।
विश्वविद्यालयका प्रशासनिक तथा शैक्षिक सेवाहरूलाई एकीकृत डिजिटल इकोसिस्टममार्फत सञ्चालन गरी सेवा प्रवाहलाई सहज, पारदर्शी र प्रविधिमैत्री बनाउने लक्ष्य राखिएको छ ।
चिकित्सा शिक्षातर्फ गोठगाउँ परिसरमा निर्माणाधीन १०० शय्याको मातृ–शिशु अस्पताल निर्माण सम्पन्न गर्ने योजना छ । साथै, कोशी अस्पतालसँगको सहकार्यमा चिकित्सा शिक्षाको गुणस्तर सुदृढ गर्ने कार्यक्रम अघि बढाइएको छ ।
सभामा बोल्दै शिक्षामन्त्री पोखरेलले बदलिँदो प्रविधि र विश्वव्यापीकरणको मागअनुसार उच्च शिक्षालाई रूपान्तरण गर्नुपर्ने बताए । विश्वविद्यालयले विद्यार्थीलाई रोजगारी खोज्ने जनशक्तिमा मात्र सीमित नराखी रोजगारी सिर्जना गर्न सक्ने उद्यमशील जनशक्तिका रूपमा विकास गर्नुपर्नेमा उनले जोड दिए ।
उनले पारित नीति तथा कार्यक्रम प्रभावकारी रूपमा कार्यान्वयन गर्न स्पष्ट कार्ययोजना, जिम्मेवारी र समयसीमा निर्धारण गर्न निर्देशनसमेत दिए ।
शिक्षा मन्त्रालयका सचिव चूडामणि पौडेलले बजेटको प्रभावकारी कार्यान्वयन गर्दै शैक्षिक प्रणाली सुधारमा केन्द्रित हुनुपर्ने बताए । अर्थ मन्त्रालयका सचिव घनश्याम उपाध्यायले विश्वविद्यालयले प्रस्तुत गरेको बजेट तथा नीति कार्यक्रम सकारात्मक रहेको बताए ।
Tap TapRoyal enfield
सभामा शिक्षामन्त्रीका प्रमुख सल्लाहकार शैलेन्द्र झा, विभिन्न विश्वविद्यालयका उपकुलपति, मन्त्रालयका उच्च अधिकारीलगायतको उपस्थिति थियो ।
विश्वविद्यालयले जलवायु परिवर्तन तथा विपत् जोखिम न्यूनीकरणसम्बन्धी विशेष अनुसन्धान केन्द्र स्थापना गर्ने, विदेशी विश्वविद्यालयसँग संयुक्त डिग्री तथा विद्यार्थी आदान–प्रदान कार्यक्रम सञ्चालन गर्ने र पछाडि परेका वर्गका लागि समावेशी छात्रवृत्तिको पहुँच विस्तार गर्ने कार्यक्रम पनि अघि सारेको छ ।
सभाले कार्यकारी परिषद्का लागि (तीन वर्षका लागि) तीन जनालाई मनोनयन गर्ने निर्णयसमेत गरेको छ । डिनबाट चिकित्साशास्त्र संकायकी डिन प्रा.डा. परिचा उपाध्याय ढुंगेल र कला, कानुन तथा शिक्षाशास्त्र संकायका डिन प्रा.डा. कृष्णप्रसाद पाण्डे तथा शिक्षकबाट पू.वि. स्कुल अफ म्यानेजमेन्ट, विराटनगरमा कार्यरत प्राध्यापक मोहनबहादुर बस्नेतलाई मनोनयन गरिएको विश्वविद्यालयले जनाएको छ ।
पारित नीति, कार्यक्रम तथा बजेटमार्फत विश्वविद्यालयलाई गुणस्तरीय, प्रतिस्पर्धी, अनुसन्धानमुखी, प्रविधिमैत्री तथा आत्मनिर्भर शैक्षिक संस्थाका रूपमा विकास गर्ने लक्ष्य लिइएको छ ।
Banner
निलम कार्की निहारिकाको ‘राजमाता’ले पायो कविडाँडा राष्ट्रिय आख्यान पुरस्कार
कविडाँडा साहित्य समाज, चितवनले ‘कविडाँडा राष्ट्रिय आख्यान पुरस्कार–२०८२’ नीलम कार्की निहारिकाको उपन्यास ‘राजमाता’लाई प्रदान गर्ने निर्णय गरेको छ।
समाजले बुधबार नारायणगढमा पत्रकार सम्मेलन आयोजना गर्दै यस वर्षको पुरस्कार ‘राजमाता’लाई दिने निर्णय सार्वजनिक गरेको हो।
समाजका अध्यक्ष एलबी क्षेत्रीका अनुसार पुरस्कारको राशि २ लाख १६० रुपियाँ रहेको छ। पुरस्कार आगामी कात्तिक १४ गते भरतपुरमा विशेष कार्यक्रम आयोजना गरी प्रदान गरिनेछ।
यस वर्ष पुरस्कारका लागि सुरुमा १६ आख्यानकृति विस्तारित सूचीमा परेका थिए। तीमध्ये केशवराज ज्ञवालीको ‘अज्ञात’, केशव दाहालको ‘इथा’, क्षितिज समर्पणको ‘तोरकीन’, सीमा आभासको ‘महायुग’, नीलम कार्की निहारिकाको ‘राजमाता’, लक्ष्मण वियोगीको ‘सत्यम्’, श्रवण मुकारुङको ‘सलह’ र शंकरप्रसाद गैरेको ‘सूतपुत्र’ उत्कृष्ट आठमा छनोट भएका थिए। उत्कृष्ट आठबाट अन्तिम तीनमा ‘तोरकीन’, ‘महायुग’ र ‘राजमाता’ पुगेका थिए। ती तीनमध्ये ‘राजमाता’लाई सर्वोत्कृष्ट आख्यानकृतिका रूपमा पुरस्कार प्रदान गर्ने निर्णय गरिएको हो।
-
अर्थ7 years agoसमाचारमार्फत् आफ्नो चरित्रहत्या गरिएको भन्दै कानेपोखरीका युवा व्यवसायीले गरे पत्रकार सम्मेलन
-
Banner4 years agoसाउनदेखि कुन तहका कर्मचारीको कति तलब ?
-
खेलकुद7 years agoरंगशालाको अवलोकन
-
मुख्य7 years agoशेयर बजारमा झिनो अंकको गिरावट
-
अर्थ6 years agoगोर्खा डिपाटमेन्ट स्टोर विराटचोकलाई ५० हजार जरिवाना
-
मुख्य7 years agoसुन्दरहरैंचामा चोरले बोरामा हालेर लादैं गरेको बच्चालाई आमाले खोस्न सफल
-
मुख्य7 years agoपुस १० गते खण्डग्रास सूर्यग्रहण लाग्ने भएकाले मोरङका संस्थागत विद्यालय बिदा
-
धर्म / संस्कृति7 years agoगुरुङको थर नै गोत्र















You must be logged in to post a comment Login