Connect with us
Advertisement

गर्भवती महिलालाई वरिष्ठ स्त्री तथा प्रसुती रोग विशेषज्ञ डा. जागेश्वर गौतमका २२ सुझाव

Published

on

गर्भवती हुनु आफैमा एक संवेदनशील र महत्वपूर्ण कुरा हो । सर्वप्रथम कुनै पनि महिलाले गर्भ बोक्नु भनेको के हो त्यो बुझ्न आवश्यक हुन्छ ।

गर्भवती हुनु एक प्राणबाट अर्काे प्राणलाई जीवन दिनु आफैमा अद्भुतमय तथा आनन्दको पाटो हो । प्राकृतिक रुपमा नै यो देन महिलाहरुलाई प्राप्त छ । त्यही कारण महिलाहरु पुरुषको तुलनामा पृथक छन् ।महिलाको जीवनमा गर्भावस्थालाई सबभन्दा महत्वपूर्ण अवस्था मानिन्छ । कुनै पनि महिला गर्भवती भई शिशुलाई जन्म दिने प्रक्रिया प्रक्रिया जति आनन्दमय छ, त्यति नै जटिल पनि । गर्भवती हुँदाका दौरानमा महिलाको पाठेघरमा शिशुको विकास हुने भएकोले यस समयमा महिलाको स्वास्थ्य अवस्था तुलनात्मक रुपमा अन्य समयको भन्दा बढी संवेदनशील र कमजोर हुन्छ । त्यसकारण यो अवस्थामा महिलाको स्याहार र सुरक्षाको विशेष ध्यान दिनु पर्दछ ।

कुनै पनि शिशुको जन्मपश्चात् उसले हरेक क्रियाकलाप समाजमा नै गर्ने भएकोले महिलाको गर्भावस्था महिला सँगसँगै सम्पूर्ण घर, परिवार, समाज र राष्ट्र सबैसँग सम्बन्धित हुन्छ । तसर्थ हामीले गर्भवती महिलालाई आवश्यक उचित स्याहार सुसार प्रदान गर्नुपर्दछ । गर्भावस्थामा महिलाले उचित स्याहार सुुसार नपाएको खण्डमा शिशुको विकासमा समस्या त देखा पर्छ नै, सँगसँगै यसले गर्भवती महिलामा समेत समस्या देखा पर्न सक्छ । एकपटक गर्भ खेर गएको महिलाको पुनः गर्भ बस्न लामो समय लाग्ने वा नबस्ने पनि हुन सक्छ । यसका साथै गर्भवस्था र सुत्केरी अवस्थामा महिलाको उचित स्याहार सुसारको अभावमा यसले आमा शिशु दुवैमा दीर्घकालीन समस्या देखिन सक्छ । तसर्थ, यस्तो समस्या देखा नपरोस् भन्नको निमित्त निम्न कुरामा विशेष ध्यान दिनुपर्दछ ।

१)सर्वप्रथम कुनै पनि महिला आफ्नै स्वइच्छाले गर्भवती भएको हुनुपर्छ ।

२) नेपालमा उल्लेखित नीतिअनुसार गर्भवती महिलाले २ महिना, ४ मनिा, ६ महिना र ८ महिना गरेर कम्तिमा पनि चार पटक जचाउनु पर्छ । अझ पहिलो ३ महिनामा पनि जचाउँदा आमा शिशु दुवैको निम्ति यो प्रभावकारी र फाइदाजनक हुन पुग्दछ ।

३) डाक्टरको सललाह अनुसार औषधिको सेवन गर्नुपर्छ ।

४) गर्भवतीको दौरानमा विभिन्न समस्या देखा पर्ने भएता पनि महिला खुसी हुनुपर्छ ।

५) गर्भवती महिलाको श्रीमान् र अन्य परिवारको सदस्यको भूमिका गर्भवती महिलाप्रति सकारात्मक हुनुपर्छ ।

६) उचित खानपिन, सरसफाइमा विशेष ध्यान दिनुपर्दछ ।

७) पर्याप्त आराम गर्ने ।

८) छिटोछिटो तथा थोरै—थोरै गरेर पनि पौष्टिकयुक्त तथा तागतिलो खानाहरु खान प्रयास गर्ने ।

९) पेटभरि खाना खाने ।

१०) सन्तुष्ट रहने ।

११) टिटनाशक औषधिको सुई लगाउने ।

१२) अस्पतालमा जचाउने ।

१३) रगतको जाँच गर्ने ।

१४) प्रेस बढ्ने, शरीर सुन्निने, ज्वरो आएमा, रगत वा पानी बगेको खण्डमा तुरुन्त चिकित्सकको सरसल्लाह लिने ।शिशुलाई जन्म दिने समय वा जन्म दिइसकेपछि ध्यान दिनुपर्ने कुराहरुः

१५. डेलिभरिको समयमा कुन अस्पताल जाने, कोसंग जाने कुराको निक्यौल गरी आवश्यक रकमको पनि जोहो गर्ने ।

१६. सेवा उपलब्ध अस्पताल वा स्वास्थ्य केन्द्रमा मात्र डेलिभरी गर्ने ।

१७. दुर्गम ठाउँमा स्वास्थ्य संस्थाको अपर्याप्तताका कारण नेपाल सरकारले ३४ जिल्लाबाट निःशुल्क हेलिकप्टरबाट उद्धार गरी उपचार केन्द्रसम्म लैजाने व्यवस्था गरेको छ । उचित स्वास्थ्य केन्द्र नभएको खण्डमा वा यस्ता आवश्यक सुचना सम्बन्धि जानकारी राखी पूर्व व्यवस्था गरी राख्ने ।

१८. आमा शिशु दुवैको निम्ति कपडाको व्यवस्था गर्ने ।

१९. डेलिभर भैसकेपछि शिशुलाई राम्ररी स्तनपान गराउने ।

२०. पर्सनल हाइजिन मेन्टेन गर्ने ।

२१. सुत्केरी अवस्थाको ६ हप्तासम्म गह्रौ सामान नउचाल्ने ।

२२. ६ हप्ता पुगेपछि आवश्यक परिवार नियोजनको साधनको प्रयोग गर्ने ।

यो समाचारलाई हेल्थ आवाज बाट लिएको हो

Continue Reading

Facebook Comment

Click to comment

You must be logged in to post a comment Login

Leave a Reply

Banner

समयले जन्माउनेछ डा. शर्माको कर्म लेख्ने अर्को भानुभक्त

Published

on

समयले जन्माउनेछ डा. शर्माको कर्म लेख्ने अर्को भानुभक्त
घाँसी दरिद्र घरको तर बुद्धि कस्तो,
मो भानुभक्त धनी भई किन यस्तो ।।
आदिकवि भानुभक्त आचार्यका यी हरफहरूले आज पनि सम्झाइरहेका छन्,—मानिस पद, सम्पत्ति वा चुनावी जितले होइन, अरूका दुःखमा साथ दिएर ठूलो बन्छ । यस्ता कर्म तत्काल चर्चामा नआउन सक्छन्, तर समयले तिनको मूल्य अवश्य लेखेर राख्नेछ ।
मोरङको पथरी शनिश्चरे–८ स्थित पौडेल चौकमा देखिएको दृश्य यस्तै सन्देश बोकेको थियो । वर्षौंदेखि खोलाको धमिलो पानी पिउन बाध्य स्थानीयहरू पहिलो पटक धाराबाट आएको सफा पानी थाप्दै मुस्कुराइरहेका थिए । कतिपय वृद्धवृद्धाको आँखामा खुसीका आँसु टल्किरहेका थिए ।
पूर्व–पश्चिम महेन्द्र राजमार्गबाट करिब १० किलोमिटर दक्षिणमा रहेको यो बस्तीमा लामो समयदेखि खानेपानीको चरम समस्या थियो । खोलाको पानी नै जीवनको आधार बनेको थियो । तर केही समययता त्यो पानीमा पनि लेदो मिसिन थालेपछि समस्या झन् जटिल बन्दै गएको थियो । पिउने पानी नै असुरक्षित भएपछि स्थानीयहरू चिन्तित थिए ।
स्थानीय बबिता पौडेल भन्छिन्, “हामीलाई खानेपानीको धेरै दुःख थियो । खान मात्रै होइन, लुगा धुन पनि उत्तिकै गाह्रो थियो । हामीले गाउँको समस्या डा. सुनील शर्मालाई सुनायौं । त्यसपछि उहाँले हाम्रा लागि इनार बनाइदिनुभयो । अहिले धेरै सहज भएको छ ।” अर्की स्थानीय यशोदा थापा खत्रीका अनुसार गाउँमा कल भए पनि त्यसका लागि ५५–६० फिटसम्म खन्नुपथ्र्यो । त्यहाँबाट आउने पानी रातो र प्रयोग गर्नै नसकिने खालको थियो । “चिया पकाउँदा समेत हेर्न नसक्ने हुन्थ्यो, एक रात राख्दा कालो बन्थ्यो,” उनी भन्छिन् । “यो समस्या सुनाएपछि डा. शर्माले इनार खनिदिनुभयो । चुनाव हारेर गए पनि उहाँले गाउँ बिर्सनुभएन । हामी पनि उहाँलाई कहिल्यै बिर्सिने छैनौं ।”
स्थानीय चन्द्रप्रसाद पौडेल भन्छन्, “हामीले २०३५ सालदेखि खोलाकै पानी खाइरहेका थियौं । कल पनि गाड्यौं, तर राम्रो पानी आएन । पानीको व्यवस्था गरिदिन धेरै ठाउँ धायौं, तर कसैले वास्ता गरेनन् ।” गाउँलेको यो पीडा डा. शमले टुलुटुलु हेरेर मात्र बस्न सकेनन् । गाउँ पुगे । चुनाव हारिसकेपछि धेरैले जनताबाट दूरी बनाइरहेका बेला उनले भने गाउँलेका पीडा बिर्सेनन् । राजनीतिक जित–हारभन्दा माथि उठेर स्थानीयका लागि इनार निर्माणमा सहयोग गरे ।
आज त्यही सहयोगको परिणाम स्वरूप पौडेल चौकमा धाराबाट सफा पानी झरिरहेको छ । गाउँलेहरू भेला भएर उनलाई धन्यवाद दिइरहेका छन् । लामो प्रतीक्षापछि आफ्नै गाउँमा सफा पानी पिउन पाउँदा पौडेल चौकमा अहिले खुसी छाएको छ ।
डा. सुनील शर्मा अहिले चर्चा खोजिरहेका छैनन्, बस्, आफ्नो कर्म गरिरहेका छन् । समयले यस्ता कर्म कहिल्यै बिर्सँने छैन । आज उनी सेवा गर्दैछन्, भोलि उनका यिनै कर्म देख्न र लेख्न फेरि अर्को भानुभक्त अवश्य जन्मिनेछ ।

Continue Reading

Banner

गोठगाउँ–विश्वविद्यालय सडकखण्डको निर्माण ७५ प्रतिशत सम्पन्न

Published

on

तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गरेको चन्द्रनगर–विश्वविद्यालय–गोठगाउँ र महेश्वर सुब्बा मार्ग सडकखण्डहरूको निर्माण कार्य ७५ प्रतिशत सम्पन्न भएको छ ।

अब एक महिनाभित्र काम सम्पन्न गर्ने लक्ष्य भएकाले नगरपालिकाले दैनिक रूपमा अनुगमन र खबरदारी गरिरहेको नगरप्रमुख केदारप्रसाद गुरागाईंले बताउनुभयो । २०८१ वैशाखमा उक्त सडक निर्माणका लागि लामा बानियाँ जेभीले ठेक्का पाएको थियो ।

नगरप्रमुख गुरागाईंले तोकिएको समयमै गुणस्तरीय काम गराउन नगरपालिकाले दैनिक रूपमा स्थलगत निरीक्षण गरिरहेको र निर्माण कम्पनीलाई कडाइका साथ काम गर्न निर्देशन दिइरहेको बताउनुभयो ।

सो सडक निर्माणका लागि नगरपालिकासँग ४५ करोड ८५ लाखमा सम्झौता भएको थियो ।
चन्द्रनगर–विश्वविद्यालय–गोठगाउँ सडकखण्ड ४ किलोमिटर ७३७ मिटर तथा महेश्वर सुब्बा मार्ग–लाटीझोडा सडकखण्ड ५ किलोमिटर ७५ मिटरको सडक निर्माण हुनेछ ।

लामो समयसम्म धुलो–धुँवा सहिरहेका स्थानीयवासी कालोपत्रे सडक बनेपछि दैनिक आवागमन सहज हुनेमा विश्वस्त छन् ।

Continue Reading

Banner

हिँडौ केराबारीले अभियानमा जोड्दै पदयात्रीहरू

Published

on

 

मोरङको केराबारी गाउँपालिकामा रहेको केराबारी हाईकर्सको आयोजनामा पर्यटन स्वास्थ्य र साहित्यको प्रबर्धनका लागि नियमित हुने पदयत्रामा स्थानियको उल्लेख्य सहभागिता हुने गरेको छ ।

गतवर्षको तिहारदेखि सुरु भएको पदयात्रामा स्थानियका साथै अन्य ठाउँबाट समेत पदयात्रीहरू पदयात्रामा सहभागि हुन आउन थालेका छन । उत्तरि मोरङको तराई र पहाडी भूभागमा अवस्थित केराबारी गाउँपालिकामा धेरै पर्यटकीय स्थलहरु रहेका छन् । केराबारीको वडा नं. १,२,४ वार्ड पूर्णरुपमा पहाडी भूभागमा पर्छन् भने अन्य तराई र पहाडमा पर्छन् ।पहाडको जेफाले याङ्सिला, पाटिगाउँमा यो गर्मिको मौसममा समेत चिसो हावापानी भएकाले पर्यटकको रोजाईमा पर्ने गरेका छन् । पर्यटन प्रबर्धनका लागि केराबारी हाईकर्शको आयोजना अहिलेसम्म विभिन्न ७ स्थानमा पदयात्रा सम्पन्न गरिएको छ ।

केराबारी राङ्चासम्मको यात्राबाट सुरुभएको अभियान, समला झोलुङेपुल, केराबारी मुख्यचोक, लामिडाडा माथिल्लो हचुवा, केराबारी श्रम अभियान वार्ड नं ५, पाथिभरा पन्चकन्या शाहिडाडा, र केराबरी हुदै लेटाङको राजारानी सम्मको पदयात्रा सम्पन्न भैसकेको छ । यो अभियानमा जोडीएर सँगै पदयात्रा गर्नका लागि पथरी बिराटनगरबाट समेत पदयात्रीहरू आउनुभएको केराबारी हाईकर्शका संयोजक गोकुल थापाले बताउनुभयो । स्थानिय पर्यटन प्रवर्द्धनका साथै केराबारीलाई अन्य स्थानमा चिनाउन यस्ता अभियानले महत्वपूर्ण भूमिका खेल्नुका साथै स्थानिय सरकारको सधैँ साथ रहने केराबरी गाउँपालिकाका अध्यक्ष सुमन मिरिङ्चिङ्ले बताउनुभयो ।

Continue Reading
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

Trending

सम्पर्क

विराट मिडिया एण्ड एड्भरटाइजिङ प्रालिद्वारा सञ्चालित
निष्पक्ष खबर डट कम

सुन्दरहरैँचा, मोरङ

सूचना विभाग दर्ता नं. १६४२ ०७६।७७

प्रेस काउन्सिल दर्ता नं. ३४३ ०७६।०७७
कम्पनी दर्ता नं. २२७६३९।०७६।०७७
स्थायी लेखा नं. ६०९६५३९४६

सम्पर्क

९८५२०७८८९९,९८४२०३५१६२,९८४२११३१५४

ई–मेल

[email protected]
हाम्रो टिम
सम्पादक ज्ञाननाथ ढकाल
प्रबन्धकः महेश उप्रेति
हाम्रो फेसबुक