Connect with us
Advertisement

गर्भवती महिलालाई वरिष्ठ स्त्री तथा प्रसुती रोग विशेषज्ञ डा. जागेश्वर गौतमका २२ सुझाव

Published

on

गर्भवती हुनु आफैमा एक संवेदनशील र महत्वपूर्ण कुरा हो । सर्वप्रथम कुनै पनि महिलाले गर्भ बोक्नु भनेको के हो त्यो बुझ्न आवश्यक हुन्छ ।

गर्भवती हुनु एक प्राणबाट अर्काे प्राणलाई जीवन दिनु आफैमा अद्भुतमय तथा आनन्दको पाटो हो । प्राकृतिक रुपमा नै यो देन महिलाहरुलाई प्राप्त छ । त्यही कारण महिलाहरु पुरुषको तुलनामा पृथक छन् ।महिलाको जीवनमा गर्भावस्थालाई सबभन्दा महत्वपूर्ण अवस्था मानिन्छ । कुनै पनि महिला गर्भवती भई शिशुलाई जन्म दिने प्रक्रिया प्रक्रिया जति आनन्दमय छ, त्यति नै जटिल पनि । गर्भवती हुँदाका दौरानमा महिलाको पाठेघरमा शिशुको विकास हुने भएकोले यस समयमा महिलाको स्वास्थ्य अवस्था तुलनात्मक रुपमा अन्य समयको भन्दा बढी संवेदनशील र कमजोर हुन्छ । त्यसकारण यो अवस्थामा महिलाको स्याहार र सुरक्षाको विशेष ध्यान दिनु पर्दछ ।

कुनै पनि शिशुको जन्मपश्चात् उसले हरेक क्रियाकलाप समाजमा नै गर्ने भएकोले महिलाको गर्भावस्था महिला सँगसँगै सम्पूर्ण घर, परिवार, समाज र राष्ट्र सबैसँग सम्बन्धित हुन्छ । तसर्थ हामीले गर्भवती महिलालाई आवश्यक उचित स्याहार सुसार प्रदान गर्नुपर्दछ । गर्भावस्थामा महिलाले उचित स्याहार सुुसार नपाएको खण्डमा शिशुको विकासमा समस्या त देखा पर्छ नै, सँगसँगै यसले गर्भवती महिलामा समेत समस्या देखा पर्न सक्छ । एकपटक गर्भ खेर गएको महिलाको पुनः गर्भ बस्न लामो समय लाग्ने वा नबस्ने पनि हुन सक्छ । यसका साथै गर्भवस्था र सुत्केरी अवस्थामा महिलाको उचित स्याहार सुसारको अभावमा यसले आमा शिशु दुवैमा दीर्घकालीन समस्या देखिन सक्छ । तसर्थ, यस्तो समस्या देखा नपरोस् भन्नको निमित्त निम्न कुरामा विशेष ध्यान दिनुपर्दछ ।

१)सर्वप्रथम कुनै पनि महिला आफ्नै स्वइच्छाले गर्भवती भएको हुनुपर्छ ।

२) नेपालमा उल्लेखित नीतिअनुसार गर्भवती महिलाले २ महिना, ४ मनिा, ६ महिना र ८ महिना गरेर कम्तिमा पनि चार पटक जचाउनु पर्छ । अझ पहिलो ३ महिनामा पनि जचाउँदा आमा शिशु दुवैको निम्ति यो प्रभावकारी र फाइदाजनक हुन पुग्दछ ।

३) डाक्टरको सललाह अनुसार औषधिको सेवन गर्नुपर्छ ।

४) गर्भवतीको दौरानमा विभिन्न समस्या देखा पर्ने भएता पनि महिला खुसी हुनुपर्छ ।

५) गर्भवती महिलाको श्रीमान् र अन्य परिवारको सदस्यको भूमिका गर्भवती महिलाप्रति सकारात्मक हुनुपर्छ ।

६) उचित खानपिन, सरसफाइमा विशेष ध्यान दिनुपर्दछ ।

७) पर्याप्त आराम गर्ने ।

८) छिटोछिटो तथा थोरै—थोरै गरेर पनि पौष्टिकयुक्त तथा तागतिलो खानाहरु खान प्रयास गर्ने ।

९) पेटभरि खाना खाने ।

१०) सन्तुष्ट रहने ।

११) टिटनाशक औषधिको सुई लगाउने ।

१२) अस्पतालमा जचाउने ।

१३) रगतको जाँच गर्ने ।

१४) प्रेस बढ्ने, शरीर सुन्निने, ज्वरो आएमा, रगत वा पानी बगेको खण्डमा तुरुन्त चिकित्सकको सरसल्लाह लिने ।शिशुलाई जन्म दिने समय वा जन्म दिइसकेपछि ध्यान दिनुपर्ने कुराहरुः

१५. डेलिभरिको समयमा कुन अस्पताल जाने, कोसंग जाने कुराको निक्यौल गरी आवश्यक रकमको पनि जोहो गर्ने ।

१६. सेवा उपलब्ध अस्पताल वा स्वास्थ्य केन्द्रमा मात्र डेलिभरी गर्ने ।

१७. दुर्गम ठाउँमा स्वास्थ्य संस्थाको अपर्याप्तताका कारण नेपाल सरकारले ३४ जिल्लाबाट निःशुल्क हेलिकप्टरबाट उद्धार गरी उपचार केन्द्रसम्म लैजाने व्यवस्था गरेको छ । उचित स्वास्थ्य केन्द्र नभएको खण्डमा वा यस्ता आवश्यक सुचना सम्बन्धि जानकारी राखी पूर्व व्यवस्था गरी राख्ने ।

१८. आमा शिशु दुवैको निम्ति कपडाको व्यवस्था गर्ने ।

१९. डेलिभर भैसकेपछि शिशुलाई राम्ररी स्तनपान गराउने ।

२०. पर्सनल हाइजिन मेन्टेन गर्ने ।

२१. सुत्केरी अवस्थाको ६ हप्तासम्म गह्रौ सामान नउचाल्ने ।

२२. ६ हप्ता पुगेपछि आवश्यक परिवार नियोजनको साधनको प्रयोग गर्ने ।

यो समाचारलाई हेल्थ आवाज बाट लिएको हो

Continue Reading

Facebook Comment

Click to comment

You must be logged in to post a comment Login

Leave a Reply

Banner

गोठगाउँ–विश्वविद्यालय सडकखण्डको निर्माण ७५ प्रतिशत सम्पन्न

Published

on

तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गरेको चन्द्रनगर–विश्वविद्यालय–गोठगाउँ र महेश्वर सुब्बा मार्ग सडकखण्डहरूको निर्माण कार्य ७५ प्रतिशत सम्पन्न भएको छ ।

अब एक महिनाभित्र काम सम्पन्न गर्ने लक्ष्य भएकाले नगरपालिकाले दैनिक रूपमा अनुगमन र खबरदारी गरिरहेको नगरप्रमुख केदारप्रसाद गुरागाईंले बताउनुभयो । २०८१ वैशाखमा उक्त सडक निर्माणका लागि लामा बानियाँ जेभीले ठेक्का पाएको थियो ।

नगरप्रमुख गुरागाईंले तोकिएको समयमै गुणस्तरीय काम गराउन नगरपालिकाले दैनिक रूपमा स्थलगत निरीक्षण गरिरहेको र निर्माण कम्पनीलाई कडाइका साथ काम गर्न निर्देशन दिइरहेको बताउनुभयो ।

सो सडक निर्माणका लागि नगरपालिकासँग ४५ करोड ८५ लाखमा सम्झौता भएको थियो ।
चन्द्रनगर–विश्वविद्यालय–गोठगाउँ सडकखण्ड ४ किलोमिटर ७३७ मिटर तथा महेश्वर सुब्बा मार्ग–लाटीझोडा सडकखण्ड ५ किलोमिटर ७५ मिटरको सडक निर्माण हुनेछ ।

लामो समयसम्म धुलो–धुँवा सहिरहेका स्थानीयवासी कालोपत्रे सडक बनेपछि दैनिक आवागमन सहज हुनेमा विश्वस्त छन् ।

Continue Reading

Banner

हिँडौ केराबारीले अभियानमा जोड्दै पदयात्रीहरू

Published

on

 

मोरङको केराबारी गाउँपालिकामा रहेको केराबारी हाईकर्सको आयोजनामा पर्यटन स्वास्थ्य र साहित्यको प्रबर्धनका लागि नियमित हुने पदयत्रामा स्थानियको उल्लेख्य सहभागिता हुने गरेको छ ।

गतवर्षको तिहारदेखि सुरु भएको पदयात्रामा स्थानियका साथै अन्य ठाउँबाट समेत पदयात्रीहरू पदयात्रामा सहभागि हुन आउन थालेका छन । उत्तरि मोरङको तराई र पहाडी भूभागमा अवस्थित केराबारी गाउँपालिकामा धेरै पर्यटकीय स्थलहरु रहेका छन् । केराबारीको वडा नं. १,२,४ वार्ड पूर्णरुपमा पहाडी भूभागमा पर्छन् भने अन्य तराई र पहाडमा पर्छन् ।पहाडको जेफाले याङ्सिला, पाटिगाउँमा यो गर्मिको मौसममा समेत चिसो हावापानी भएकाले पर्यटकको रोजाईमा पर्ने गरेका छन् । पर्यटन प्रबर्धनका लागि केराबारी हाईकर्शको आयोजना अहिलेसम्म विभिन्न ७ स्थानमा पदयात्रा सम्पन्न गरिएको छ ।

केराबारी राङ्चासम्मको यात्राबाट सुरुभएको अभियान, समला झोलुङेपुल, केराबारी मुख्यचोक, लामिडाडा माथिल्लो हचुवा, केराबारी श्रम अभियान वार्ड नं ५, पाथिभरा पन्चकन्या शाहिडाडा, र केराबरी हुदै लेटाङको राजारानी सम्मको पदयात्रा सम्पन्न भैसकेको छ । यो अभियानमा जोडीएर सँगै पदयात्रा गर्नका लागि पथरी बिराटनगरबाट समेत पदयात्रीहरू आउनुभएको केराबारी हाईकर्शका संयोजक गोकुल थापाले बताउनुभयो । स्थानिय पर्यटन प्रवर्द्धनका साथै केराबारीलाई अन्य स्थानमा चिनाउन यस्ता अभियानले महत्वपूर्ण भूमिका खेल्नुका साथै स्थानिय सरकारको सधैँ साथ रहने केराबरी गाउँपालिकाका अध्यक्ष सुमन मिरिङ्चिङ्ले बताउनुभयो ।

Continue Reading

Banner

आज – २६ माघ २०८० शुक्रवार को राशिफल

Published

on

मेष

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज शुभ कार्य तथा सामाजिक क्षेत्रमा धन खर्च हुनसक्छ, तर प्राविधिक विषयमा बढी सफलता मिल्नेछ । सामाजिक क्षेत्रबाट मान मिल्नेछ ।

मिथुन

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) मन खिन्न हुने स्थिति आउनेछ । मालसामान हराउन सक्छ । आफूलाई कमजोर भएको अनुभूति हुनेछ, तर वैदेशिक क्षेत्रको काम बन्नेछ ।

सिंह

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) आफन्त र मित्रवर्गको सहयोग पाइने नै छ । बन्दव्यापार र साझेदारीबाट राम्रो प्रतिफल प्राप्त हुनेछ । साङ्गीतिक क्षेत्रमा रुचि बढ्नेछ ।

तुला

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) आज अधिकार प्राप्तिका लागि संघर्ष गर्नु पर्ला । दुष्ट व्यक्तिको सङ्गतिले आत्मघाती काम गर्न पुगिएला सचेत रहनुहोला । अल्छीपना पनि बढ्नेछ ।

धनु

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) बुद्धिको उपयोगले लक्ष्य पहिल्याउन सकिनेछ । धर्मकर्म तथा समाज सेवामा मन लाग्नेछ । रमाइलो र टाढाको यात्राको सम्भावना समेत छ ।

कुम्भ

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) स्वास्थ्य क्षेत्र निर्बल रहने भएकाले सजगता अपनाउनु नै उचित हुनेछ । काम बिगार्नेको सक्रिय रहने देखिन्छ । नियमित खर्चसमेत बढ्ने योग छ ।

बृष

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) आज आफ्नै दक्षतामा विभिन्न कार्यहरू सम्पन्न हुनसक्छ । धार्मिक तथा समाजसेवामा मन लाग्नेछ । नजिकको व्यक्तिबाट सहयोग पाइनेछ ।

कर्कट

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) समस्या दर्साउँदा सुखदुःखमा साथ दिनेहरू भेटिनेछन् । छोटो दुरीको लाभदायी यात्रा हुनेछ । अरुलाई प्रभावित पारेर काम पनि बन्ला ।

कन्या

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) आज मिष्ठान्न भोजनको अवसर प्राप्त हुने योग छ । पराक्रम बढ्नुका साथै धन लाभका योग पनि देखिन्छन् । प्रेम जीवन पनि सफल रहनेछ ।

बृश्चिक

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) लामो समयदेखि रोकिएको कामको गाँठो फुक्नेछ । अरूको भर नपरी निर्णय लिन सके थप अवसर प्राप्त होला । स्वादिष्ट भोजन पनि पाइएला ।

मकर

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) आज आँटेको र ताकेको कार्य पुरा होला । प्रेमसम्बन्ध र प्रणयप्रसङ्गका लागि पनि श्रेष्ठ समय रहेको छ । साहित्यिक क्षेत्रमा रुचि बढ्नेछ ।

मीन

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) आज रोकिएका अधुरा कामहरू पुरा हुनेछन् । भाग्यले साथ दिनेछ । मनमा हर्ष, उमङ्ग र उत्साह छाउनेछ । शिक्षामा पनि सफलता पाइएला । राशिफल जे जस्तो भएपनि तपाईंको दिन मङ्गलमय रहोस् । – ज्यो.प. नारायणप्रसाद दुलाल

Continue Reading
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

Trending

सम्पर्क

विराट मिडिया एण्ड एड्भरटाइजिङ प्रालिद्वारा सञ्चालित
निष्पक्ष खबर डट कम

सुन्दरहरैँचा, मोरङ

सूचना विभाग दर्ता नं. १६४२ ०७६।७७

प्रेस काउन्सिल दर्ता नं. ३४३ ०७६।०७७
कम्पनी दर्ता नं. २२७६३९।०७६।०७७
स्थायी लेखा नं. ६०९६५३९४६

सम्पर्क

९८४२११३१५४, ९८०४३९४५४७, ९८०४०५३७९९

ई–मेल

[email protected]
हाम्रो टिम
अध्यक्ष टेकराज तिम्सिना
प्रधान सम्पादक ज्ञाननाथ ढकाल
सम्पादक पवन तिम्सिना
प्रबन्धकः शम्भु धमला
हाम्रो फेसबुक