कोशी प्रदेश
प्रदेश १ सरकारको दोस्रो वार्षिकोत्सव: प्रदेश प्रमुख भन्छन्, ‘सीमान्तकृत जनताको खाद्यान्नमा पहुँच पुगेको छ’
विराटनगरः मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले प्रदेश नंं १ सरकारको दोस्रो वार्षिकोत्सव समारोहमा सरकारले हासिल गरेको प्रगतिको संक्षिप्त किताब विमोचन गरेको छ ।
सो कार्यक्रमलाई सम्बोधन गर्दै प्रदेश नं १ का प्रदेश प्रमुख सोमनाथ अधिकारी ‘प्यासी’ले प्रदेश सरकारले शिक्षा, स्वास्थ्य र विकासका क्षेत्रमा उल्लेखनीय उपलब्धि हासिल गरेको बताए । मुख्यमन्त्री युवा उद्यमशीलता तथा सीमान्तकृत जनताको खाद्यान्नमा पहुँच पु¥याउनु सरकारको ठूलो उलब्धि भएको उनको भनाइ थियो । प्रदेश प्रमुख अधिकारीले नेपाल भ्रमण वर्ष २०२० मा प्रदेश सरकारले लिएको अपेक्षा पूरा हुने विश्वास व्यक्त गरे ।
कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री शेरधन राईले संरचनाविहीन अवस्थामा खडा भएको प्रदेश सरकारले विभिन्न चुनौती र अप्ठ्यारालाई पार गर्दै अवसरको रूपमा प्रयोग गरेको उल्लेख गरे । जनताका असीमित चाहनालाई पूरा गर्न पर्याप्त समय भए पनि जनताका न्यूनतम आवश्यकता प्रदेश सरकारले सम्बोधन गरेको उनको भनाइ थियो ।
सङ्घीयता कार्यान्वयनका लागि प्रदेश सरकारले ३९ वटा कानन बनाइसकेको उनले जानकारी दिए । सहमति र सहकार्यको अनुपम नमूना प्रदेश सरकारले देखाएको र आगामी वैशाखमा लगानी सम्मेलन गर्ने तयारी गरिरहेको पनि उनले जानकारी दिए ।
Facebook Comment
Banner
कांग्रेस देउवा समूह आज सर्वोच्च अदालत जाने
नेपाली कांग्रेसको शेरबहादुर देउवा समूह पार्टीको आधिकारिकता दाबीका लागि आज सर्वोच्च अदालत जाने भएको छ ।
निर्वाचन आयोगले गत शुक्रबाट विशेष महाधिवेशनबाट निर्वाचित गगन थापा नेतृत्वको कार्यसमितिलाई मान्यता दिएपछि उक्त निर्णयविरुद्ध देउवा समूह आज सर्वोच्च जान लागेको हो ।
गत पुस २७ देखि माघ १ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा भएको कांग्रेसको दोस्रो विशेष महाधिवेशनले गगन थापाको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको थियो ।
Banner
रास्वपा केन्द्रीय समितिको बैठक, प्रत्यक्ष उम्मेदवार टुंगो लाग्ने
प्रत्यक्ष निर्वाचनतर्फ उम्मेदवार टुंगो लगाउन राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समिति बैठक आज बस्दैछ। बैठक दिउँसो २ बजे पार्टी केन्द्रीय कार्यालय, वनस्थलीमा बस्नेछ।बैठकले फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनका लागि १६५ क्षेत्रका प्रत्यक्ष उम्मेदवारको नाम टुंगो लगाउने बताइएको छ। निर्वाचन आयोगले आगामी माघ ६ गते प्रत्यक्षतर्फको उम्मेदवारी पेस गर्न समय तोकेकोको छ। उम्मेदवारी दर्ताका लागि आफ्नो निर्वाचन क्षेत्रमा उम्मेदवार पुग्नुपर्ने भएकाले आजै उम्मेदवारको टुंगो लगाउनुपर्ने बाध्यतामा दल रहेका छन्।
नेकपा (एमाले)ले केही क्षेत्रबाहेक अधिकांश उम्मेदवारको नाम टुंगो लगाएको छ भने कांग्रेसमा विवाद जारी छ। पार्टी आधिकारिकताको प्रमाणपत्र विशेष महाधिवेशन पक्षले पाएपछि कांग्रेसमा विवाद चर्चिएको हो।
Banner
आधिकारिकता विवादबीच निर्वाचन जाने विशेष महाधिवेशन कांग्रेसको निर्णय
विशेष महाधिवेशनबाट निर्वाचित भएको कांग्रेसले आधिकारिकताको दाबी गर्दै निर्वाचन आयोग जाने निर्णय गरेको छ । गएराति गगन थापा सभापतिमा निर्वाचित भएपछि आज ललितपुरको कुपण्डोलमा बसेको पहिलो बैठकले निर्वाचन आयोग जाने निर्णय गरेको हो ।
-
अर्थ6 years agoसमाचारमार्फत् आफ्नो चरित्रहत्या गरिएको भन्दै कानेपोखरीका युवा व्यवसायीले गरे पत्रकार सम्मेलन
-
Banner4 years agoसाउनदेखि कुन तहका कर्मचारीको कति तलब ?
-
खेलकुद6 years agoरंगशालाको अवलोकन
-
मुख्य6 years agoशेयर बजारमा झिनो अंकको गिरावट
-
अर्थ6 years agoगोर्खा डिपाटमेन्ट स्टोर विराटचोकलाई ५० हजार जरिवाना
-
मुख्य6 years agoसुन्दरहरैंचामा चोरले बोरामा हालेर लादैं गरेको बच्चालाई आमाले खोस्न सफल
-
मुख्य6 years agoपुस १० गते खण्डग्रास सूर्यग्रहण लाग्ने भएकाले मोरङका संस्थागत विद्यालय बिदा
-
Banner6 years agoगोठगाउँमा पूर्वाञ्चल विश्वविद्यालय सर्ने, गोठगाउँमा आज साँझ दीप प्रज्वलन गरिने













You must be logged in to post a comment Login