कोशी प्रदेश
विपन्नलाई उद्यम गर्न नगरपालिका र ओरेकको सहयोग
विराटचोकः वैदेशिक रोजगारीमा गएर आउने महिलाको क्षेत्रमा काम गर्ने संस्था ओरेक नेपालले गठन गरेको वैदेशिक रोजगारबाट फर्केका दिदीबहिनीहरुको सञ्जाल आरएमडब्लुकी सदस्य अम्बिका कार्की र त्यही सञ्जालको तर्फबाट ३ हजार र नगरपालिकाबाट १० हजार बराबरका तरकारी पसलको लागि आवश्यक सामग्री हस्तान्तरण गरेको छ ।

कार्यक्रमलाई सम्बोधन गर्दै उपप्रमुख धनमाया तामाङलाई काम गरेर खान केही न केही पेशामा सबै लाग्नुपर्ने बताइन् । वैदेशिक रोजगारीमा गएर फर्किएका तर आर्थिक अवस्था कमजोर भएका व्यक्तिको खोजी गरी व्यवसायमा लाग्न सहयोग गर्ने उपमेयरले बताइन् ।
निःशुल्क पाएको भनेर पाइएको सामानको बेवास्ता नगरी सदुपयोग गर्नुपर्ने उनले बताइन् । व्यवसायमा लाग्न बोली र व्यवहार राम्रो हुनुपर्ने उनको भनाइ थियो ।
ओरेक नेपालकी सुशीला सुवेदीले व्यवसाय गर्न सहज होस् भनेर संस्थाले ३ हजार रुपैयाँको तरकारी किनेर व्यवसायको लागि दिइएको र नगरपालिकाले १० हजार रुपैयाँबराबरको डिजिटल तराजु, क्रेटलगायतका अन्य सामग्री सहयोग गरेको बताइन् ।
सहयोग पाएकी अम्बिका कार्कीले आफू कुबेतमा २ वर्ष बसेर आए पनि कमाएको सबै सम्पत्ति सकिएपछि दुःख पाएको बेला पाएको सहयोगको सदुपयोग गर्ने बताइन् । ऐलानी जग्गामा बसिरहेकी बताएकी उनले थोरै नाफा भए पनि यही व्यवसायलाई निरन्तरता दिने बताइन् । वैदेशिक रोजगारीमा पाएको दुःखलाई व्यवसायी बनेर बिर्सिने प्रयास गरेको उनको भनाइ थियो ।
सामग्री हस्तान्तरण कार्यक्रममा ओरेक नेपालकी सुशीला सुवेदी, सुन्दरहरैंचा नगरपालिकाकी उपप्रमुख धनमाया तामाङ, प्रमुख प्रशासकीय अधिकृत गणेशप्रसाद दाहाल, वडा नम्बर १० का अध्यक्ष राजेन्द्रबहादुर थापा, सुन्दरहरैंचा नगरपालिकाका कृषि शाखाका कर्मचारीलगायतको उपस्थिति थियो ।
Facebook Comment
Banner
डा. सुनील शर्माले सम्हाले गिरिजाप्रसाद कोइराला फाउन्डेसनको नेतृत्व, १ हजार विपन्न बिरामीको निःशुल्क शल्यक्रिया गर्ने घोषणा
गिरिजाप्रसाद कोइराला फाउन्डेसनको सभापतिको जिम्मेवारी पाएसँगै डा. सुनील शर्माले फाउन्डेसनलाई जनसेवा, लोकतन्त्र र सामाजिक उत्तरदायित्वको प्रभावकारी माध्यमका रूपमा अघि बढाउने प्रतिबद्धता व्यक्त गरेका छन्।
नयाँ जिम्मेवारी प्रदान गरेकोमा फाउन्डेसन परिवारप्रति आभार व्यक्त गर्दै डा. शर्माले निवर्तमान सभापति सुजाता कोइरालाप्रति विशेष धन्यवाद ज्ञापन गरे। कार्यक्रममा प्रमुख अतिथिका रूपमा उपस्थित नेपाली कांग्रेसका सभापति गगनकुमार थापाप्रति पनि उनले कृतज्ञता व्यक्त गरे।
पितातुल्य राजनीतिक अभिभावक स्वर्गीय गिरिजाप्रसाद कोइरालाको नाम र आदर्शसँग जोडिएको संस्थाको नेतृत्व गर्नु आफ्ना लागि केवल पद नभई ठूलो जिम्मेवारी र भावनात्मक क्षण भएको डा. शर्माले बताए।
“आफ्नो विवेक, क्षमता र सामर्थ्यले भ्याएसम्म फाउन्डेसनलाई जनसेवा, लोकतन्त्र र सामाजिक उत्तरदायित्वको प्रभावकारी माध्यम बनाउनेछु,” उनले भने।
गिरिजाप्रसाद कोइरालाको आदर्श र योगदानलाई आत्मसात् गर्दै काम गर्ने प्रतिबद्धता व्यक्त गर्दै डा. शर्माले आफूले गर्ने कामबाट स्वर्गीय गिरिजाबाबुको चित्त प्रसन्न हुने गरी अघि बढ्ने प्रयास गर्ने बताए।
यसै अवसरमा डा. शर्माले स्वास्थ्य सेवामार्फत सामाजिक उत्तरदायित्व पूरा गर्ने महत्वपूर्ण घोषणा पनि गरेका छन्। उनले यस वर्ष काठमाडौं मेडिकल कलेज (केएमसी), दुवाकोट र नोबेल मेडिकल कलेजमार्फत गरिब, असहाय तथा उपचारको पहुँचबाट वञ्चित १ हजार बिरामीको निःशुल्क शल्यक्रिया गर्ने घोषणा गरेका हुन्।
फाउन्डेसनको नेतृत्वसँगै स्वास्थ्य सेवामार्फत विपन्न तथा असहाय नागरिकलाई प्रत्यक्ष राहत पुर्याउने अभियानलाई समेत अघि बढाउने डा. शर्माको घोषणाले सामाजिक सेवाप्रतिको प्रतिबद्धतालाई व्यवहारमै रूपान्तरण गर्ने संकेत गरेको छ।
Banner
मनसुनी वायुको प्रभाव: देशका केही स्थानमा भारी वर्षाको सम्भावना
हाल देशभर मनसुनी वायुको प्रभाव छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा उत्तरतर्फ छ ।
विभागका अनुसार देशभर अधिकांश बादल लागेको छ । देशका हिमाली भू–भागका केही स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्मको वर्षा/हिमपातको सम्भावना छ । देशको पहाडी भू–भागका धेरै स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ ।
विभागद्वारा मौसम ‘बुलेटिन’का अनुसार कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका केही स्थान तथा मधेश प्रदेशका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ । कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागको एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।
महाशाखाका अनुसार आज राति देशभर साधारणतया बादल लाग्नेछ । कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भू–भागका केही स्थानमा तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भू–भागका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्मको वर्षा/हिमपातको सम्भावना छ ।
कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी र तराई भू–भागका केही स्थानमा, मधेस प्रदेश तथा कर्णाली पहाडी भू–भागका र सुदूरपश्चिम प्रदेशका पहाडी र तराई भू–भागका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी र तराई भू–भागका एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।
Banner
गछिया खोला भ्याट भ्रष्टाचार प्रकरण : तिलक आलेविरुद्ध अख्तियार सर्वोच्चमा
आन्तरिक राजस्व कार्यालय, धरानका तत्कालीन कर अधिकृत तिलक आलेसमेतका प्रतिवादी रहेको भ्रष्टाचार मुद्दामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सर्वोच्च अदालतमा पुनरावेदन दर्ता गरेको छ।
आयोगका अनुसार सुन्दरहरैँचा नगरपालिकास्थित गछिया खोलाबाट आर्थिक वर्ष २०७६-०७७ मा नदिजन्य पदार्थ उत्खनन् गर्ने क्रममा प्राप्त हुने राजस्वमध्ये आन्तरिक राजस्व कार्यालयमा दाखिला गर्नुपर्ने मूल्य अभिवृद्धि कर (भ्याट) रकम दाखिला नगरी भ्रष्टाचार गरिएको आरोपमा तिलक आलेसमेतका प्रतिवादीविरुद्ध मुद्दा दायर गरिएको थियो।
उक्त प्रकरणमा आयोगले प्रतिवादीहरूबाट रु. १ करोड २३ लाख ६९ हजार ६४९ रुपैयाँ ६९ पैसा बिगो कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ९ र १७ बमोजिम कसुर ठहर गरी कैद तथा बिगो बराबर जरिवानासहितको सजाय माग गर्दै विशेष अदालत, काठमाडौंमा आरोप पत्र दायर गरेको थियो।
तर विशेष अदालतले मिति २०८२।१२।१० मा गरेको फैसलाबाट प्रतिवादीहरूलाई आंशिक सफाइ दिएको थियो। उक्त फैसलाप्रति चित्त नबुझेपछि आयोगले मिति २०८३।०४।०४ गते सर्वोच्च अदालतमा पुनरावेदनको निवेदन दर्ता गरेको जनाएको छ।
आयोगले विशेष अदालतको फैसलाको कानुनी परीक्षण आवश्यक रहेको भन्दै अभियोगमा प्रस्तुत प्रमाण र तथ्यका आधारमा पुनरावेदन प्रक्रिया अघि बढाएको हो।
-
अर्थ7 years agoसमाचारमार्फत् आफ्नो चरित्रहत्या गरिएको भन्दै कानेपोखरीका युवा व्यवसायीले गरे पत्रकार सम्मेलन
-
Banner4 years agoसाउनदेखि कुन तहका कर्मचारीको कति तलब ?
-
खेलकुद7 years agoरंगशालाको अवलोकन
-
मुख्य7 years agoशेयर बजारमा झिनो अंकको गिरावट
-
अर्थ6 years agoगोर्खा डिपाटमेन्ट स्टोर विराटचोकलाई ५० हजार जरिवाना
-
मुख्य7 years agoसुन्दरहरैंचामा चोरले बोरामा हालेर लादैं गरेको बच्चालाई आमाले खोस्न सफल
-
मुख्य7 years agoपुस १० गते खण्डग्रास सूर्यग्रहण लाग्ने भएकाले मोरङका संस्थागत विद्यालय बिदा
-
Banner7 years agoगोठगाउँमा पूर्वाञ्चल विश्वविद्यालय सर्ने, गोठगाउँमा आज साँझ दीप प्रज्वलन गरिने
















You must be logged in to post a comment Login