कोशी प्रदेश
विपन्नलाई उद्यम गर्न नगरपालिका र ओरेकको सहयोग
विराटचोकः वैदेशिक रोजगारीमा गएर आउने महिलाको क्षेत्रमा काम गर्ने संस्था ओरेक नेपालले गठन गरेको वैदेशिक रोजगारबाट फर्केका दिदीबहिनीहरुको सञ्जाल आरएमडब्लुकी सदस्य अम्बिका कार्की र त्यही सञ्जालको तर्फबाट ३ हजार र नगरपालिकाबाट १० हजार बराबरका तरकारी पसलको लागि आवश्यक सामग्री हस्तान्तरण गरेको छ ।

कार्यक्रमलाई सम्बोधन गर्दै उपप्रमुख धनमाया तामाङलाई काम गरेर खान केही न केही पेशामा सबै लाग्नुपर्ने बताइन् । वैदेशिक रोजगारीमा गएर फर्किएका तर आर्थिक अवस्था कमजोर भएका व्यक्तिको खोजी गरी व्यवसायमा लाग्न सहयोग गर्ने उपमेयरले बताइन् ।
निःशुल्क पाएको भनेर पाइएको सामानको बेवास्ता नगरी सदुपयोग गर्नुपर्ने उनले बताइन् । व्यवसायमा लाग्न बोली र व्यवहार राम्रो हुनुपर्ने उनको भनाइ थियो ।
ओरेक नेपालकी सुशीला सुवेदीले व्यवसाय गर्न सहज होस् भनेर संस्थाले ३ हजार रुपैयाँको तरकारी किनेर व्यवसायको लागि दिइएको र नगरपालिकाले १० हजार रुपैयाँबराबरको डिजिटल तराजु, क्रेटलगायतका अन्य सामग्री सहयोग गरेको बताइन् ।
सहयोग पाएकी अम्बिका कार्कीले आफू कुबेतमा २ वर्ष बसेर आए पनि कमाएको सबै सम्पत्ति सकिएपछि दुःख पाएको बेला पाएको सहयोगको सदुपयोग गर्ने बताइन् । ऐलानी जग्गामा बसिरहेकी बताएकी उनले थोरै नाफा भए पनि यही व्यवसायलाई निरन्तरता दिने बताइन् । वैदेशिक रोजगारीमा पाएको दुःखलाई व्यवसायी बनेर बिर्सिने प्रयास गरेको उनको भनाइ थियो ।
सामग्री हस्तान्तरण कार्यक्रममा ओरेक नेपालकी सुशीला सुवेदी, सुन्दरहरैंचा नगरपालिकाकी उपप्रमुख धनमाया तामाङ, प्रमुख प्रशासकीय अधिकृत गणेशप्रसाद दाहाल, वडा नम्बर १० का अध्यक्ष राजेन्द्रबहादुर थापा, सुन्दरहरैंचा नगरपालिकाका कृषि शाखाका कर्मचारीलगायतको उपस्थिति थियो ।
Facebook Comment
Banner
कांग्रेस देउवा समूह आज सर्वोच्च अदालत जाने
नेपाली कांग्रेसको शेरबहादुर देउवा समूह पार्टीको आधिकारिकता दाबीका लागि आज सर्वोच्च अदालत जाने भएको छ ।
निर्वाचन आयोगले गत शुक्रबाट विशेष महाधिवेशनबाट निर्वाचित गगन थापा नेतृत्वको कार्यसमितिलाई मान्यता दिएपछि उक्त निर्णयविरुद्ध देउवा समूह आज सर्वोच्च जान लागेको हो ।
गत पुस २७ देखि माघ १ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा भएको कांग्रेसको दोस्रो विशेष महाधिवेशनले गगन थापाको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको थियो ।
Banner
रास्वपा केन्द्रीय समितिको बैठक, प्रत्यक्ष उम्मेदवार टुंगो लाग्ने
प्रत्यक्ष निर्वाचनतर्फ उम्मेदवार टुंगो लगाउन राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समिति बैठक आज बस्दैछ। बैठक दिउँसो २ बजे पार्टी केन्द्रीय कार्यालय, वनस्थलीमा बस्नेछ।बैठकले फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनका लागि १६५ क्षेत्रका प्रत्यक्ष उम्मेदवारको नाम टुंगो लगाउने बताइएको छ। निर्वाचन आयोगले आगामी माघ ६ गते प्रत्यक्षतर्फको उम्मेदवारी पेस गर्न समय तोकेकोको छ। उम्मेदवारी दर्ताका लागि आफ्नो निर्वाचन क्षेत्रमा उम्मेदवार पुग्नुपर्ने भएकाले आजै उम्मेदवारको टुंगो लगाउनुपर्ने बाध्यतामा दल रहेका छन्।
नेकपा (एमाले)ले केही क्षेत्रबाहेक अधिकांश उम्मेदवारको नाम टुंगो लगाएको छ भने कांग्रेसमा विवाद जारी छ। पार्टी आधिकारिकताको प्रमाणपत्र विशेष महाधिवेशन पक्षले पाएपछि कांग्रेसमा विवाद चर्चिएको हो।
Banner
आधिकारिकता विवादबीच निर्वाचन जाने विशेष महाधिवेशन कांग्रेसको निर्णय
विशेष महाधिवेशनबाट निर्वाचित भएको कांग्रेसले आधिकारिकताको दाबी गर्दै निर्वाचन आयोग जाने निर्णय गरेको छ । गएराति गगन थापा सभापतिमा निर्वाचित भएपछि आज ललितपुरको कुपण्डोलमा बसेको पहिलो बैठकले निर्वाचन आयोग जाने निर्णय गरेको हो ।
-
अर्थ6 years agoसमाचारमार्फत् आफ्नो चरित्रहत्या गरिएको भन्दै कानेपोखरीका युवा व्यवसायीले गरे पत्रकार सम्मेलन
-
Banner4 years agoसाउनदेखि कुन तहका कर्मचारीको कति तलब ?
-
खेलकुद6 years agoरंगशालाको अवलोकन
-
मुख्य6 years agoशेयर बजारमा झिनो अंकको गिरावट
-
अर्थ6 years agoगोर्खा डिपाटमेन्ट स्टोर विराटचोकलाई ५० हजार जरिवाना
-
मुख्य6 years agoसुन्दरहरैंचामा चोरले बोरामा हालेर लादैं गरेको बच्चालाई आमाले खोस्न सफल
-
मुख्य6 years agoपुस १० गते खण्डग्रास सूर्यग्रहण लाग्ने भएकाले मोरङका संस्थागत विद्यालय बिदा
-
Banner6 years agoगोठगाउँमा पूर्वाञ्चल विश्वविद्यालय सर्ने, गोठगाउँमा आज साँझ दीप प्रज्वलन गरिने













You must be logged in to post a comment Login