Connect with us
Advertisement

धरानमा फागुन १५ गतेदेखि औद्योगिक व्यापार मेला

Published

on

धरानः फागुन १५ देखि धरानमा औद्योगिक व्यापार मेला २०७६ हुने भएको छ । आन्तरिक उत्पादनको व्यापारिक प्रवद्र्धनसँगै निकासी प्रबद्र्धनका लागि सुनसरी उद्योग वाणिज्य सङ्घको आयोजनामा १० दिनसम्म मेला लाग्ने भएको हो ।

धरान– १२ स्थित पब्लिक माविको खेलमैदानमा आयोजना हुने मेलामा स्थानीय व्यवसायीको उत्पादन, हस्तकला, वैज्ञानिक कृषि पद्धतिलाई प्राथमिकतामा राखिएको छ । मेलाका संयोजक तथा सङ्घका वरिष्ठ उपाध्यक्ष शिवराज श्रेष्ठका अनुसार मेलामा सरल र सुलभ ढङ्गले उत्पादित वस्तुको चिनारीसँगै सुपथ मूल्यमा खरीदबिक्री पनि हुनेछ ।

आम उपभोक्तालाई दैनिक उपभोग्य वस्तु, औद्योगिक सामग्री, सवारी साधनका विभिन्न उत्पादनसहित कृषिजन्य सामग्री सुपथ मूल्यमा उपलब्ध गराउने उनले बताए । मेला अवधिभर करीब ५ लाखले अवलोकन गर्ने र करिब ५ करोड रुपैयाँको कारोबार हुने अनुमान गरिएको आयोजकको भनाइ छ ।

नेपालका साथै भारत, पाकिस्तान र बङ्गलादेशका उत्पादित वस्तु बिक्रीका लागि मेलामा राखिने भएको छ । पत्रकार सम्मेलनमा मेलाको लागि अनुमानित ३५ लाख रुपैयाँको आयव्यय सार्वजनिक गरिएको थियो । मेलामा रहने स्टलका लागि १० हजार रुपैयाँदेखि ५० हजार रुपैयाँसम्म भाडादर तोकिएको छ ।

बिहान १० बजे देखि ४ बजेसम्म निःशुल्क प्रवेशको व्यवस्था मिलाइएको मेलामा साँझ सांस्कृतिक कार्यक्रम हुने भएकाले दिउँसो ४ बजेपछि ५० रुपैयाँ प्रवेश शुल्क तोकिएको छ । विद्यार्थीका लागि ३० रुपैयाँ शुल्क तोकिएको आयोजकले जनाएको छ ।

Continue Reading

Facebook Comment

18 Comments

You must be logged in to post a comment Login

Leave a Reply

अर्थ

स्थानीयले पेट काटेर जम्मा गरेको पूँजी मासेर ऋण माफी दिन सकिँदैन : अर्थमन्त्री

Published

on

अर्थमन्त्री डा. प्रकाशशरण महतले स्थानीयको पेट काटेर जम्मा गरेको पूँजी मासेर ऋण माफी गर्न नसकिने बताएका छन् ।

सहकारी र लघुवित्त पीडितलाई उपयोग गरेर केही मानिसले राजनीतिको रोटी सेकाउन थालेको भन्दै अर्थमन्त्रीले भने, ‘ऋण तिर्नुपर्दैन भन्ने समूहमा कोही लाग्नु हुँदैन ।’

Continue Reading

Banner

नेपाल राष्ट्र बैंकले शनिबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ ।

Published

on

काठमाडौं । नेपाल राष्ट्र बैंकले शनिबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ ।

राष्ट्र बैंकका अनुसार, आज अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ ५३ पैसा र बिक्री दर १३३ रुपैयाँ १३ पैसा कायम भएको छ ।

यस्तै, युरो एकको खरिद दर १४२ रुपैयाँ ७७ पैसा र बिक्री दर १४३ रुपैयाँ ४२ पैसा रहेको छ । बेलायती पाउण्ड एकको खरिद दर १६६ रुपैयाँ ८९ पैसा र बिक्री दर १६७ रुपैयाँ ६४ पैसा रहेको छ । कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ३४ पैसा र बिक्री दर ३६ रुपैयाँ ५१ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

Continue Reading

Banner

यी हुन् सिटिजन लाइफ इन्स्योरेन्सका ठूला शेयरधनी, कान्तिपुर पब्लिकेसनको हिस्सा ७.४३ प्रतिशत

Published

on

सिटिजन्स लाईफ ईन्स्योरेन्समा १ प्रतिशत बढी स्वामित्व भएका लगानीकर्ताहरुको संख्या २२ जना रहेको छ । यो व्यक्तिगत र संस्थागत लगानीकर्तासहितको विवरण हो ।

कम्पनीमा कान्तिपुर पब्लिकेसन र सुमित कुमार अग्रावलको समान ७.४३ प्रतिशत शेयर स्वामित्व रहेको छ । दुबैको शेयर संख्या समान १९ लाख ५० हजार रहेको छ । त्यसैगरी प्रदिपजंग पाण्डेको ५.२४ प्रतिशत रहेको छ । उनको १३ लाख ७५ हजार कित्ता शेयर रहेको छ ।

यस्तै, विक्रम जेबि राणा, सुष्मा राणा र यति वल्ड ईन्भेष्टमेन्टको समान ५.१४ प्रतिशत हिस्सा छ । कम्पनीमा एयर डाईनाष्टी हेली सर्भिसको ३.०६ प्रतिशत शेयर रहेको छ भने ज्योति प्रकाश पाण्डे, ललिता अग्रवाल र उर्मिला पाण्डेको समान २.२९ प्रतिशत  शेयर रहेको छ । यसैगरी, राजेन्द्र प्रसाद श्रेष्ठको २ प्रतिशत , राम अग्रवालको १.८९ प्रतिशत, तथा गुडविल फाईनान्स र प्रिमियर वायर्सको समान १.७१ प्रतिशत स्वमित्व  रहेको छ।

Continue Reading
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

Trending

सम्पर्क

विराट मिडिया एण्ड एड्भरटाइजिङ प्रालिद्वारा सञ्चालित
निष्पक्ष खबर डट कम

सुन्दरहरैँचा, मोरङ

सूचना विभाग दर्ता नं. १६४२ ०७६।७७

प्रेस काउन्सिल दर्ता नं. ३४३ ०७६।०७७
कम्पनी दर्ता नं. २२७६३९।०७६।०७७
स्थायी लेखा नं. ६०९६५३९४६

सम्पर्क

९८४२११३१५४, ९८०४३९४५४७, ९८०४०५३७९९

ई–मेल

[email protected]
हाम्रो टिम
अध्यक्ष टेकराज तिम्सिना
प्रधान सम्पादक ज्ञाननाथ ढकाल
सम्पादक पवन तिम्सिना
प्रबन्धकः शम्भु धमला
हाम्रो फेसबुक