Connect with us
Advertisement
Advertisement

विस्फोटक पदार्थसहित विप्लवका कार्यकर्ता पक्राउ

Published

on

खाँदबारीः प्रहरीले नेत्रविक्रम चन्द –विप्लव) समूहका ५ जना कार्यकर्तालाई सङ्खुवासभाको चैनपुर नगरपालिका–१ गुफापोखरीबाट मङ्गलबार पक्राउ गरेको छ ।

चैनपुर–४ दोभानेका ‘अग्नि’ भन्ने सन्तोष तामाङसहित ५ जना पक्राउ परेका हुन् । शङ्कास्पद रूपमा हिँडिरहेको देखेपछि प्रहरीले सोधपुछ गर्दा प्रहरी टोलीमाथि आक्रमण गरेपछि प्रहरीले एक राउन्ड हवाई फायर गरेर उनीहरुलाई पक्राउ गरेको जनाएको छ ।

प्रहरीले उनीहरूको साथबाट रेडबुल बम एक, सकेट बम एक थान, विस्फोटनमा प्रयोग हुने सेफ्टी फ्युज तथा तार, मोबाइल र विभिन्न कागजात बरामद गरेको बताइएको छ । पक्राउ परेका अन्य ४ जनाको नाम भने खुलाइएको छैन ।

Continue Reading

Facebook Comment

16 Comments

You must be logged in to post a comment Login

Leave a Reply

Banner

काठमाडौंको बलम्बु प्रहरी प्रभाग इन्सपेक्टरले चलाए गोलि, बडीगार्ड र सेवाग्राही घाइते

Published

on

काठमाडौंको बलम्बु प्रहरी प्रभागका इन्चार्जले आइतबार साँझ गोली चलाएका छन्। इन्सपेक्टर सुरेन्द्र श्रेष्ठले पेस्तोलको गोलि निकाल्न नसकेपछि पड्काइदिएका हुन्।

उनले गोलि चलाउँदा उनकै बडीगार्ड र सेवाग्राही घाइते भएका छन्।

इन्स्पेक्टर श्रेष्ठ ड्युटी सकेर जाने क्रममा पेस्तोल बुझाउन कोर्टमा गएका पेस्तोलको गालि निकाल्न प्रयास गरेको र ननिस्किएपछि पड्काइदिएको प्रहरीले जनाएको छ।

बडीगार्डको खुट्टामा एक राउन्ड गोली लागेको छ। उनको अवस्था खतरामुक्त रहेको प्रहरीले जनाएको छ। उनी र सेवाग्राहीकै एपीएफ अस्पताल बलम्बुमा उपचार भइरहेको छ। घटनाबारे अनुसन्धानका लागि इन्स्पेक्टर श्रेष्ठलाई नियन्त्रणमा लिइएको छ।

Continue Reading

Banner

बम बनाउने विस्फोटक पदार्थसहित माओवादी केन्द्र झापा सचिव मिश्र इटहरीबाट पक्राउ

Published

on

Continue Reading

Banner

पाँचथरको मिक्लाजुङमा श्रीमानको आक्रमणबाट श्रीमतीको ज्यान गयो : सासु र छिमेकी घाइते

Published

on

पाँचथरको मिक्लाजुङ गाउँपालिकामा श्रीमानको आक्रमणबाट श्रीमतीको ज्यान गएको छ ।

मिक्लाजुङ गाउँपालिका–३ आरुबोटेकी ३५ वर्षीया गोमा फियाकलाई तुम्बेवा–४ मा रहेको घरबाट मिक्लाजुङ-३ ससुराली घर पुगेर ३५ वर्षीय असफल कुरुम्वाङले खुकुरी प्रहार गरेका जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी निरीक्षक एवं सूचना अधिकारी सुमित कुशवाहले जानकारी दिनुभयो ।

खुकुरी प्रहारबाट गोमाको ज्यान गएको र आमा कान्छीमाया र छिमेकी महेन्द्र श्रेष्ठ घाइते हुनुभएको छ । घाइते उहाँहरुलाई उपचारका लागि दमक पठाइएको वडाध्यक्ष जीवनहाङ फियाकले बताउनुभयो । माइतीघर बस्दै आएकी गोमासँगको विवाद मिलाउन ससुराली घर पुगेका कुरुम्वाङले छलफल चलिरहेका बेला खुकुरी हानेका थिए ।

श्रीमतीको हत्यापछि उनी फरार रहेको र खोजी भइरहेको प्रहरीले जनाएको छ ।

 

(ujyalo)

Continue Reading
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

Trending

सम्पर्क

विराट मिडिया एण्ड एड्भरटाइजिङ प्रालिद्वारा सञ्चालित
निष्पक्ष खबर डट कम

सुन्दरहरैँचा, मोरङ

सूचना विभाग दर्ता नं. १६४२ ०७६।७७

प्रेस काउन्सिल दर्ता नं. ३४३ ०७६।०७७
कम्पनी दर्ता नं. २२७६३९।०७६।०७७
स्थायी लेखा नं. ६०९६५३९४६

सम्पर्क

९८४२११३१५४, ९८०४३९४५४७, ९८०४०५३७९९

ई–मेल

[email protected]
हाम्रो टिम
अध्यक्ष टेकराज तिम्सिना
प्रधान सम्पादक ज्ञाननाथ ढकाल
सम्पादक पवन तिम्सिना
प्रबन्धकः शम्भु धमला
हाम्रो फेसबुक