कोशी प्रदेश
गछिया जेसीजमा मनोज रेग्मी
विराटचोकः गछिया जेसीजको छैटौं पदस्थापना तथा पुरस्कार वितरण बुधबार सम्पन्न भएको छ । सुन्दरहरैंचाको गोकुलम रिसोर्टमा भएको कार्यक्रममा प्रमुख अतिथि सुन्दरहरैंचा नगरपालिकाका प्रमुख शिवप्रसाद ढकाल रहेका थिए ।

कार्यक्रममा मनोज रेग्मीसहितको नयाँ कार्यसमितिको पदस्थापन गरिएको थियो । गछिया जेसीजको कर्यकारिणी उपाध्यक्षमा प्रदीप बिष्ट, नवीन बराल र महासचिवमा रबिन सिटौला चयन भएका छन् । त्यस्तै, उपाध्यक्षमा पुष्पा सिग्देल, विवश प्रधान, ज्ञाननाथ ढकाल र लेखनाथ रिजाल चयन भएका छन् । सचिवमा शान्तिराम श्रेष्ठ, कानुनी सल्लाहकारमा नवराज पोखरेल र कोषाध्याक्षमा टङ्क पोखरेल चयन भएका छन् ।
कार्यक्रममा अघिल्लो वर्ष २०१९ का अध्यक्ष बोधराज रिजालले वर्ष २०२० का अध्यक्ष मनोज रेग्मीलाई चेन हस्तान्तरण गरेका थिए । नवनिर्वाचित अध्यक्ष रेग्मीले वर्ष २०२० लाई उत्कृष्ट वर्ष बनाउने गरी काम गर्ने बताए ।
कार्यक्रमका प्रमुख अतिथि ढकालले गछिया जेसीजलाई जस्तोसुकै सहयोग गर्न पनि तयार रहेको बताए । कार्यक्रममा विशिष्ट अतिथि सुन्दरहरैंचा नगरपालिकाकी उपप्रमुख धना तामाङ रहेकी थिइन् । अतिथिहरूमा जेसीज एरिया ए का विभिन्न शाखाका प्रमुख तथा पदाधिकारी, प्याब्सनका केन्द्रीय सदस्य हेमन्त कार्की तथा, जिल्ला र नगरका प्रमुख तथा पदाधिकारी, लायन्स क्लबका प्रमुख, बुद्धिजीवी, समाजसेवीलगायतको उपस्थिति थियो ।
गछिया जेसीजको छैटौँ पदस्थापन तथा पुरस्कार वितरण सम्पन्न

Facebook Comment
Banner
कांग्रेस देउवा समूह आज सर्वोच्च अदालत जाने
नेपाली कांग्रेसको शेरबहादुर देउवा समूह पार्टीको आधिकारिकता दाबीका लागि आज सर्वोच्च अदालत जाने भएको छ ।
निर्वाचन आयोगले गत शुक्रबाट विशेष महाधिवेशनबाट निर्वाचित गगन थापा नेतृत्वको कार्यसमितिलाई मान्यता दिएपछि उक्त निर्णयविरुद्ध देउवा समूह आज सर्वोच्च जान लागेको हो ।
गत पुस २७ देखि माघ १ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा भएको कांग्रेसको दोस्रो विशेष महाधिवेशनले गगन थापाको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको थियो ।
Banner
रास्वपा केन्द्रीय समितिको बैठक, प्रत्यक्ष उम्मेदवार टुंगो लाग्ने
प्रत्यक्ष निर्वाचनतर्फ उम्मेदवार टुंगो लगाउन राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समिति बैठक आज बस्दैछ। बैठक दिउँसो २ बजे पार्टी केन्द्रीय कार्यालय, वनस्थलीमा बस्नेछ।बैठकले फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनका लागि १६५ क्षेत्रका प्रत्यक्ष उम्मेदवारको नाम टुंगो लगाउने बताइएको छ। निर्वाचन आयोगले आगामी माघ ६ गते प्रत्यक्षतर्फको उम्मेदवारी पेस गर्न समय तोकेकोको छ। उम्मेदवारी दर्ताका लागि आफ्नो निर्वाचन क्षेत्रमा उम्मेदवार पुग्नुपर्ने भएकाले आजै उम्मेदवारको टुंगो लगाउनुपर्ने बाध्यतामा दल रहेका छन्।
नेकपा (एमाले)ले केही क्षेत्रबाहेक अधिकांश उम्मेदवारको नाम टुंगो लगाएको छ भने कांग्रेसमा विवाद जारी छ। पार्टी आधिकारिकताको प्रमाणपत्र विशेष महाधिवेशन पक्षले पाएपछि कांग्रेसमा विवाद चर्चिएको हो।
Banner
आधिकारिकता विवादबीच निर्वाचन जाने विशेष महाधिवेशन कांग्रेसको निर्णय
विशेष महाधिवेशनबाट निर्वाचित भएको कांग्रेसले आधिकारिकताको दाबी गर्दै निर्वाचन आयोग जाने निर्णय गरेको छ । गएराति गगन थापा सभापतिमा निर्वाचित भएपछि आज ललितपुरको कुपण्डोलमा बसेको पहिलो बैठकले निर्वाचन आयोग जाने निर्णय गरेको हो ।
-
अर्थ6 years agoसमाचारमार्फत् आफ्नो चरित्रहत्या गरिएको भन्दै कानेपोखरीका युवा व्यवसायीले गरे पत्रकार सम्मेलन
-
Banner4 years agoसाउनदेखि कुन तहका कर्मचारीको कति तलब ?
-
खेलकुद6 years agoरंगशालाको अवलोकन
-
मुख्य6 years agoशेयर बजारमा झिनो अंकको गिरावट
-
अर्थ6 years agoगोर्खा डिपाटमेन्ट स्टोर विराटचोकलाई ५० हजार जरिवाना
-
मुख्य6 years agoसुन्दरहरैंचामा चोरले बोरामा हालेर लादैं गरेको बच्चालाई आमाले खोस्न सफल
-
मुख्य6 years agoपुस १० गते खण्डग्रास सूर्यग्रहण लाग्ने भएकाले मोरङका संस्थागत विद्यालय बिदा
-
Banner6 years agoगोठगाउँमा पूर्वाञ्चल विश्वविद्यालय सर्ने, गोठगाउँमा आज साँझ दीप प्रज्वलन गरिने













You must be logged in to post a comment Login