Connect with us
Advertisement

साझेदारी वनले राजमार्गभन्दा दक्षिणका बासिन्दाको उपभोक्ता अधिकारको ख्याल गर्नुपर्छ

Published

on

विराटचोकः प्रदेश उद्योग, पर्यटन वन तथा वातावरण राज्यमन्त्री विजय विश्वासले राजमार्ग दक्षिणका बासिन्दाले पनि वन पैदावरको उपभोग गर्न पाउने गरी साझेदारी वनको अवधारणा ल्याउनुपर्ने बताएका छन् ।

‘राजमार्ग उत्तर वन छ, तर ठूलो जनसङ्ख्या राजमार्गभन्दा दक्षिणतर्फ छ’, लोहन्द्रा केराबारी साझेदारी वन व्यवस्थापन समूहको चौथो साधारणसभालाई सम्बोधन गर्दै राज्यमन्त्री विश्वासले भने, ‘राजमार्गभन्दा दक्षिणका बासिन्दाले पनि वन पैदावरको उपभोग गर्न पाउनुपर्छ ।’

 

प्रदेश सरकारले प्रदेशलाई हरित प्रदेश घोषणा गर्ने नीति लिएको पनि उनले बताए । वन विधेयक संसदमा गएको र त्यसमा सिमसारदेखि सामुदायिक र साझेदारी वनको अवधारणा अघि सारिएको उनको भनाइ थियो । चिरानी नहुने हुनाले दाउरको रुपमा प्रयोग भइरहेका काठलाई सिर्जनात्मक स्वरुप दिन सके राम्रो आम्दानी गर्न सकिने पनि उनले बताए ।

विशिष्ट अतिथि प्रदेश सांसद राजकुमार ओझाले अति विपन्न र अपाङ्गता भएका व्यक्तिको घरमा दैवी विपत्ति आइपर्दा त्यस्ता परिवारलाई निःशुुल्क दाउरा वितरण गर्न उनले आग्रह गरे । वन उपभोक्ता समितिमा हुने आय व्यय पारदर्शी हुनुपर्ने उनको धारणा थियो ।

डिभिजन वन कार्यालयका डिभिजनल वन अधिकृत विशाल घिमिरेले स्थानीय तहले साझेदारी वनको बारेमा बुझ्न नचाहेको आरोप लगाए । वन उपभोक्ता समूहले अन्य निकायले गर्न सक्ने काम छोडी वृक्षरोपण र वनको क्षेत्र बिस्तार तथा वन संरक्षणमा ध्यान दिनुपर्ने उनको भनाइ थियो । आम्दानीको सदुपयोग गर्ने लगायतका विभिन्न सुझाव उनले आफ्नो मन्तव्यको क्रममा प्रस्तुत गरेका थिए ।

पथरी शनिश्चरे साझेदारी साझेदारी वनका संयोजक प्रकाश पौडेलले दिगो वन व्यवस्थापनको क्षेत्रमा आफूहरुले काम गरिरहेको बताए । वैज्ञानिक व्यवस्थापनको बारेमा नबुझ्नेले जैविक विविधतालाई असर पार्ने र वन मास्ने अभियान हो भनेर साझेदारी वन व्यवस्थापनलाई बुझेकाले त्यो भ्रम चिर्नु आवश्यक रहेको बताए । आफूहरु वन संरक्षणका अभियन्ता भएको र प्रति वर्ष ५०÷६० हजार बिरुवा उत्पादन भइरहेको उल्लेख गरे ।

कार्यक्रममा प्रदेश पर्यटन, वन तथा वातावरण मन्त्रालयका सचिव सञ्जीवकुमार राई, बागदेवी सामुदायिक वनका अध्यक्ष फडिन्द्र थापालगायतले आफ्नो भनाइ राखेका थिए । समूहका संयोजक दीपनारायण खाँको अध्यक्षतामा भएको कार्यक्रम ओमप्रसाद अधिकारीले गरेका थिए ।

Continue Reading

Facebook Comment

Click to comment

You must be logged in to post a comment Login

Leave a Reply

Banner

कांग्रेस देउवा समूह आज सर्वोच्च अदालत जाने

Published

on

नेपाली कांग्रेसको शेरबहादुर देउवा समूह पार्टीको आधिकारिकता दाबीका लागि आज सर्वोच्च अदालत जाने भएको छ ।

निर्वाचन आयोगले गत शुक्रबाट विशेष महाधिवेशनबाट निर्वाचित गगन थापा नेतृत्वको कार्यसमितिलाई मान्यता दिएपछि उक्त निर्णयविरुद्ध देउवा समूह आज सर्वोच्च जान लागेको हो ।

देउवा समूहको शनिबार सानेपामा बसेको बैठकले आयोगको निर्णयविरुद्ध राजनीतिक प्रतिवादसँगै कानुनी उपचारका लागि सर्वोच्चमा जाने निर्णय गरेको थियो । कांग्रेसको देउवा समूहलाई वरिष्ठ अधिवक्ता खम्मबहादुर खाती, शेरबहादुर केसीलगायतले कानुनी परामर्श दिइरहेका छन् ।

गत पुस २७ देखि माघ १ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा भएको कांग्रेसको दोस्रो विशेष महाधिवेशनले गगन थापाको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको थियो ।

Continue Reading

Banner

रास्वपा केन्द्रीय समितिको बैठक, प्रत्यक्ष उम्मेदवार टुंगो लाग्ने

Published

on

प्रत्यक्ष निर्वाचनतर्फ उम्मेदवार टुंगो लगाउन राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समिति बैठक आज बस्दैछ। बैठक दिउँसो २ बजे पार्टी केन्द्रीय कार्यालय, वनस्थलीमा बस्नेछ।बैठकले फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनका लागि १६५ क्षेत्रका प्रत्यक्ष उम्मेदवारको नाम टुंगो लगाउने बताइएको छ। निर्वाचन आयोगले आगामी माघ ६ गते प्रत्यक्षतर्फको उम्मेदवारी पेस गर्न समय तोकेकोको छ। उम्मेदवारी दर्ताका लागि आफ्नो निर्वाचन क्षेत्रमा उम्मेदवार पुग्नुपर्ने भएकाले आजै उम्मेदवारको टुंगो लगाउनुपर्ने बाध्यतामा दल रहेका छन्।

नेकपा (एमाले)ले केही क्षेत्रबाहेक अधिकांश उम्मेदवारको नाम टुंगो लगाएको छ भने कांग्रेसमा विवाद जारी छ। पार्टी आधिकारिकताको प्रमाणपत्र विशेष महाधिवेशन पक्षले पाएपछि कांग्रेसमा विवाद चर्चिएको हो।

Continue Reading

Banner

आधिकारिकता विवादबीच निर्वाचन जाने विशेष महाधिवेशन कांग्रेसको निर्णय

Published

on

विशेष महाधिवेशनबाट निर्वाचित भएको कांग्रेसले आधिकारिकताको दाबी गर्दै निर्वाचन आयोग जाने निर्णय गरेको छ । गएराति गगन थापा सभापतिमा निर्वाचित भएपछि आज ललितपुरको कुपण्डोलमा बसेको पहिलो बैठकले निर्वाचन आयोग जाने निर्णय गरेको हो ।​​​​​​

Continue Reading
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

Trending

सम्पर्क

विराट मिडिया एण्ड एड्भरटाइजिङ प्रालिद्वारा सञ्चालित
निष्पक्ष खबर डट कम

सुन्दरहरैँचा, मोरङ

सूचना विभाग दर्ता नं. १६४२ ०७६।७७

प्रेस काउन्सिल दर्ता नं. ३४३ ०७६।०७७
कम्पनी दर्ता नं. २२७६३९।०७६।०७७
स्थायी लेखा नं. ६०९६५३९४६

सम्पर्क

९८४२११३१५४, ९८०४३९४५४७, ९८०४०५३७९९

ई–मेल

[email protected]
हाम्रो टिम
अध्यक्ष टेकराज तिम्सिना
प्रधान सम्पादक ज्ञाननाथ ढकाल
सम्पादक पवन तिम्सिना
प्रबन्धकः शम्भु धमला
हाम्रो फेसबुक