कोशी प्रदेश
सिद्धार्थ सेकेण्डरी स्कुलको रजत उत्सव सम्पन्न
विराटचोक: मोरङको सुन्दरहरैंचा स्थित सिद्धार्थ सेकेण्डरी स्कुलको रजत उत्सव सम्पन्न भएको छ । स्कुल स्थापना भएको २५ वर्ष पुरा भएको उपलक्ष्यमा सिद्धार्थ स्कुलले बुधबार र बिहिबार विभिन्न कार्यक्रम गरी रजत उत्सव मनाएको हो ।
नवनियुक्त कानुन, न्याय तथा संसदीय मामिला मन्त्री शिवमाया तुम्वाहाम्फेले बुधबार उद्घाटन गरेपछि सुरु भएको रजत उत्सव बिहिबार प्रदेश सभा सदस्य राजकुमार ओझाको प्रमुख आतिथ्यतामा विभिन्न कार्यक्रम गरी सम्पन्न भएको हो । रजत उत्सव अन्तरगत विद्यालयको स्मारिका विमोचन, रतज स्तम्भ अनावरण, भवन उद्घाटन तथा विभिन्न व्यक्तित्वहरुलाई सम्मान गरिएको छ ।

सो अवसरमा पूर्व शिक्षक, पूर्वविद्यार्थी, अभिभावक, कर्मचारी तथा समाजका विभिन्न क्षेत्रमा योगदान पु¥याउने महानुभावहरुलाई सम्मान गरिएको थियो ।
दुई दिनसम्म भएको रजत उत्सव भव्यतापूर्वक सम्पन्न भएको विद्यालयका प्रधानाध्यापक अर्जुन बस्नेतले जनाएका छन् । उत्सवमा विद्यार्थीहरुले निर्माण गरेका विभिन्न विषयसँग सम्बन्धित सामाग्रीहरुको स्टल बनाएर प्रदर्शन गरिएको थियो । मौलिक नेपाली परम्परागत सामाग्रीहरु, विभिन्न हस्तकलाका समानहरु तथा गणित, विज्ञान, नेपाली लगायत विषयसँग सम्बन्धित सामग्रीहरु तयार पारेर विद्यार्थीहरुले प्रदर्शन गरेका थिए ।

यस्तै विद्यार्थीहरुले विभिन्न आधुनिक गीतका साथै साँस्कृतिक नृत्यहरु समेत प्रस्तुत गरेका थिए । रजत उत्सवमा सुन्दरहरैंचा नगरपालिकाका नगरप्रमुख शिवप्रसाद ढकाल, उपप्रमुख धनमाया तामाङ, प्याब्सनका पादाधिकारी, अन्य विभिन्न विद्यालयका प्रतिनिधि, विद्यार्थी, अभिभावहरु लगायतको समेत उपस्थिति रहेको थियो ।
Facebook Comment
Banner
कांग्रेस देउवा समूह आज सर्वोच्च अदालत जाने
नेपाली कांग्रेसको शेरबहादुर देउवा समूह पार्टीको आधिकारिकता दाबीका लागि आज सर्वोच्च अदालत जाने भएको छ ।
निर्वाचन आयोगले गत शुक्रबाट विशेष महाधिवेशनबाट निर्वाचित गगन थापा नेतृत्वको कार्यसमितिलाई मान्यता दिएपछि उक्त निर्णयविरुद्ध देउवा समूह आज सर्वोच्च जान लागेको हो ।
गत पुस २७ देखि माघ १ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा भएको कांग्रेसको दोस्रो विशेष महाधिवेशनले गगन थापाको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको थियो ।
Banner
रास्वपा केन्द्रीय समितिको बैठक, प्रत्यक्ष उम्मेदवार टुंगो लाग्ने
प्रत्यक्ष निर्वाचनतर्फ उम्मेदवार टुंगो लगाउन राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समिति बैठक आज बस्दैछ। बैठक दिउँसो २ बजे पार्टी केन्द्रीय कार्यालय, वनस्थलीमा बस्नेछ।बैठकले फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनका लागि १६५ क्षेत्रका प्रत्यक्ष उम्मेदवारको नाम टुंगो लगाउने बताइएको छ। निर्वाचन आयोगले आगामी माघ ६ गते प्रत्यक्षतर्फको उम्मेदवारी पेस गर्न समय तोकेकोको छ। उम्मेदवारी दर्ताका लागि आफ्नो निर्वाचन क्षेत्रमा उम्मेदवार पुग्नुपर्ने भएकाले आजै उम्मेदवारको टुंगो लगाउनुपर्ने बाध्यतामा दल रहेका छन्।
नेकपा (एमाले)ले केही क्षेत्रबाहेक अधिकांश उम्मेदवारको नाम टुंगो लगाएको छ भने कांग्रेसमा विवाद जारी छ। पार्टी आधिकारिकताको प्रमाणपत्र विशेष महाधिवेशन पक्षले पाएपछि कांग्रेसमा विवाद चर्चिएको हो।
Banner
आधिकारिकता विवादबीच निर्वाचन जाने विशेष महाधिवेशन कांग्रेसको निर्णय
विशेष महाधिवेशनबाट निर्वाचित भएको कांग्रेसले आधिकारिकताको दाबी गर्दै निर्वाचन आयोग जाने निर्णय गरेको छ । गएराति गगन थापा सभापतिमा निर्वाचित भएपछि आज ललितपुरको कुपण्डोलमा बसेको पहिलो बैठकले निर्वाचन आयोग जाने निर्णय गरेको हो ।
-
अर्थ6 years agoसमाचारमार्फत् आफ्नो चरित्रहत्या गरिएको भन्दै कानेपोखरीका युवा व्यवसायीले गरे पत्रकार सम्मेलन
-
Banner4 years agoसाउनदेखि कुन तहका कर्मचारीको कति तलब ?
-
खेलकुद6 years agoरंगशालाको अवलोकन
-
मुख्य6 years agoशेयर बजारमा झिनो अंकको गिरावट
-
अर्थ6 years agoगोर्खा डिपाटमेन्ट स्टोर विराटचोकलाई ५० हजार जरिवाना
-
मुख्य6 years agoसुन्दरहरैंचामा चोरले बोरामा हालेर लादैं गरेको बच्चालाई आमाले खोस्न सफल
-
मुख्य6 years agoपुस १० गते खण्डग्रास सूर्यग्रहण लाग्ने भएकाले मोरङका संस्थागत विद्यालय बिदा
-
Banner6 years agoगोठगाउँमा पूर्वाञ्चल विश्वविद्यालय सर्ने, गोठगाउँमा आज साँझ दीप प्रज्वलन गरिने













You must be logged in to post a comment Login