Connect with us
Advertisement

नमुना कलेज, स्कुल र ग्रीनपिस एकडेमीका विद्यार्थीको वृहत शैक्षिक सामग्री पर्दशनी

Published

on

इटहरीः सुनसरीको इटहरीमा रहेको ग्रिनपिस लिंकन कलेज, ग्रिनपिस एकेडेमी तथा इटहरी नमुना स्कुलका विद्यार्थीहरुले संयुक्त रुपमा वृहत प्रर्दशनी गरेको छ ।
विद्यार्थीहरुले वनाएका घरेलु प्रयोजनका सामाग्री देखि लिएर शैक्षिक तथा परिकारहरु समावेश गरिएका सय वटा स्टल मार्फत आफनो सिप प्रतिभाहरु प्रर्दशन गरेका हुन ।

विद्यार्थीहरुको सिप तथा प्रतिभालाई समेटीएको प्रर्दशनी कार्यक्रमकी प्रमुख अतिथी प्रदेस नम्बर १ की उपसभामुख सरस्वती पोखरेलले पाठ्यक्रमको ज्ञानका साथै प्रयोगात्मक एवंम व्यवहारिक शिक्षामा जोड दिदै जानु पर्नेमा जोड दिइन ।
उनले प्रदेसले शिक्षासंग जोडिएका निती नियमहरु वनाउदा समय सापेक्ष वनाउदै जाने निती लिएको समेत वताइन ।

केशव खड्काको अध्यक्षतामा भएको कार्यक्रममा सहभागी नेपाल काग्रेस इटहरी सभापति हेमकर्ण पौडेल लगायतका सहभागी बक्ताहरुले विद्यार्थीलाई जीवनपयोगी शिक्षा प्रदान गर्दै , किताबबाट सिकेका सिपलाई व्यवसायमा रुपान्तरण गर्न र आत्मनिर्भर वनाउन यस प्रकारका कार्यक्रमहरु प्रभावकारी हुने विश्वास व्यक्त गरे ।


कार्यक्रमा विद्यार्थीहरुले सास्कृतिक कार्यक्रम तथा प्रतिभा प्रर्दशन गरेका थिए । विद्यार्थीहरु विच नृत्यकला प्रतियोगिताको समेत समावेश गरिएको ग्रिनपिस लिंकन कलेजका प्रमुख धर्म न्यौपानेले वताए ।
विद्यार्थीहरुरुको क्षमता अभिवृद्धि गराउन मर्मत पुगोस भनेर विद्यार्थीहरुकै सहभागिता रहने गरी आयोजना गरिएको प्रर्दसनीमा विद्यार्थीहरुले शैक्षिक विषयसंग जोडीएका मात्र नभएर घरायसी प्रयोगका हराउदै गरेको सामाग्री देखि धेरै जातजातिका भेषभुषा समेत समावेश गरिएको छ ।

इटहरी क्षेत्रमै उत्कृष्ट शैक्षिक संस्थाको रुपमा स्थापित हुदै गएको ग्रिनपिस लिंकन कलेज तथा इटहरी नमुना स्कुलका विद्यार्थीहरुले तयार पारेका शैक्षिक सामाग्रीहरु साथै व्यवहारीक सामाग्रीहरुको प्रर्दशनी हेर्न अभिभावकहरुको समेत उल्लेखिय सहभागिता रहेको थियो ।

Continue Reading

Facebook Comment

16 Comments

You must be logged in to post a comment Login

Leave a Reply

Banner

कांग्रेस देउवा समूह आज सर्वोच्च अदालत जाने

Published

on

नेपाली कांग्रेसको शेरबहादुर देउवा समूह पार्टीको आधिकारिकता दाबीका लागि आज सर्वोच्च अदालत जाने भएको छ ।

निर्वाचन आयोगले गत शुक्रबाट विशेष महाधिवेशनबाट निर्वाचित गगन थापा नेतृत्वको कार्यसमितिलाई मान्यता दिएपछि उक्त निर्णयविरुद्ध देउवा समूह आज सर्वोच्च जान लागेको हो ।

देउवा समूहको शनिबार सानेपामा बसेको बैठकले आयोगको निर्णयविरुद्ध राजनीतिक प्रतिवादसँगै कानुनी उपचारका लागि सर्वोच्चमा जाने निर्णय गरेको थियो । कांग्रेसको देउवा समूहलाई वरिष्ठ अधिवक्ता खम्मबहादुर खाती, शेरबहादुर केसीलगायतले कानुनी परामर्श दिइरहेका छन् ।

गत पुस २७ देखि माघ १ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा भएको कांग्रेसको दोस्रो विशेष महाधिवेशनले गगन थापाको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको थियो ।

Continue Reading

Banner

रास्वपा केन्द्रीय समितिको बैठक, प्रत्यक्ष उम्मेदवार टुंगो लाग्ने

Published

on

प्रत्यक्ष निर्वाचनतर्फ उम्मेदवार टुंगो लगाउन राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समिति बैठक आज बस्दैछ। बैठक दिउँसो २ बजे पार्टी केन्द्रीय कार्यालय, वनस्थलीमा बस्नेछ।बैठकले फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनका लागि १६५ क्षेत्रका प्रत्यक्ष उम्मेदवारको नाम टुंगो लगाउने बताइएको छ। निर्वाचन आयोगले आगामी माघ ६ गते प्रत्यक्षतर्फको उम्मेदवारी पेस गर्न समय तोकेकोको छ। उम्मेदवारी दर्ताका लागि आफ्नो निर्वाचन क्षेत्रमा उम्मेदवार पुग्नुपर्ने भएकाले आजै उम्मेदवारको टुंगो लगाउनुपर्ने बाध्यतामा दल रहेका छन्।

नेकपा (एमाले)ले केही क्षेत्रबाहेक अधिकांश उम्मेदवारको नाम टुंगो लगाएको छ भने कांग्रेसमा विवाद जारी छ। पार्टी आधिकारिकताको प्रमाणपत्र विशेष महाधिवेशन पक्षले पाएपछि कांग्रेसमा विवाद चर्चिएको हो।

Continue Reading

Banner

आधिकारिकता विवादबीच निर्वाचन जाने विशेष महाधिवेशन कांग्रेसको निर्णय

Published

on

विशेष महाधिवेशनबाट निर्वाचित भएको कांग्रेसले आधिकारिकताको दाबी गर्दै निर्वाचन आयोग जाने निर्णय गरेको छ । गएराति गगन थापा सभापतिमा निर्वाचित भएपछि आज ललितपुरको कुपण्डोलमा बसेको पहिलो बैठकले निर्वाचन आयोग जाने निर्णय गरेको हो ।​​​​​​

Continue Reading
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

Trending

सम्पर्क

विराट मिडिया एण्ड एड्भरटाइजिङ प्रालिद्वारा सञ्चालित
निष्पक्ष खबर डट कम

सुन्दरहरैँचा, मोरङ

सूचना विभाग दर्ता नं. १६४२ ०७६।७७

प्रेस काउन्सिल दर्ता नं. ३४३ ०७६।०७७
कम्पनी दर्ता नं. २२७६३९।०७६।०७७
स्थायी लेखा नं. ६०९६५३९४६

सम्पर्क

९८४२११३१५४, ९८०४३९४५४७, ९८०४०५३७९९

ई–मेल

[email protected]
हाम्रो टिम
अध्यक्ष टेकराज तिम्सिना
प्रधान सम्पादक ज्ञाननाथ ढकाल
सम्पादक पवन तिम्सिना
प्रबन्धकः शम्भु धमला
हाम्रो फेसबुक