शेयर
गत साता शेयर बजार पूँजीकरणमा १९ अर्ब रुपैयाँको गिरावट

विराटचोकः गत साता १ सय ८१ ओटा कम्पनीको ४६ लाख ५० हजार कित्ता शेयर १ अर्ब २३ करोड रुपैयाँमा कारोबार भएको छ । शेयर बजारमा खरीदभन्दा बिक्रीको चाप बढी हुँदा नेप्से सूचक घट्दै जानाले पूँजीकरण पनि घट्दै गइरहेको छ । ५ दिन खुलेको शेयर बजारमा चार दिन सूचक नकारात्मक देखिएको थियो ।
सातामा नेप्से १४ दशमलव १८ अङ्क अर्थात १ दशमलव २४ प्रतिशतले घटेर ११३१ दशमलव ९७ बिन्दुमा झरेको छ ।
अघिल्लो साताको भन्दा १९ अर्ब २० करोड रुपैयाँले घटेर बजार पूँजीकरण १४ खर्ब ३७ अर्ब २९ करोड रुपैयाँमा झरेको छ । जुन नेप्से सूचकको प्रतिशतभन्दा केही बढी हो । १ दशमलव ३२ प्रतिशतले बजार पूँजीकरण घटेको हो ।
बोनस पाउनको लागि शेयर किन्ने दिन सकिँदै गर्दा प्रभु बैंकको गत साता उच्च कारोबार भएको छ । प्रभु बैंकको सबैभन्दा धेरै १४ करोड ७२ लाख रुपैयाँ बराबरको शेयर किनबेच भएको छ ।
त्यसैगरी उच्च कारोबार हुने कम्पनीको दोस्रो स्थानमा एनएमबी बैंक रहेको छ । कम्पनी मर्जरका कारण लामो समय बिक्री बन्द रहेको कम्पनीको शेयर कारोबार बिहीबारदेखि खुलेको हो । एकै दिनमा सो बैंकको सो परिमाणको शेयर किनबेच भएको हो ।
नविल बैंकको पनि ६ करोड ६५ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएर उच्च कारोबार गर्ने कम्पनीको तेस्रो स्थानमा गत साता रह्यो । प्रभु बैंकको संस्थापक शेयरको ५ करोड ७३ लाख रुपैयाँको, नेपाल बैंकको ५ करोड १८ लाख रुपैयाँ र साल्ट ट्रेडिडको २ करोड ८९ लाख रुपैयाँ बराबरको शेयर भएको थियो ।
कारोबार सङ्ख्याको आधारमा भने रसुवागढी हाइड्रोपावर सबैभन्दाअगाडि र कारोबार कित्ताको आधारमा प्रभु बैंक अगाडि रहेका थिए ।

Facebook Comment
Banner
२६७० अंकमा झर्यो सेयर बजार, सबै सेक्टरमा गिरावट

२५ चैत, काठमाडौं । सोमबार सेयर बजारको परिसूचक नेप्से २७ सयभन्दा तल झरेको छ । २७०३ अंकबाट खुलेको बजार बन्द हुँदा ३३.३३ अंक घटेर २६७० मा कायम भएको छ ।
कुल २३ कम्पनीको मूल्य बढ्दा २२१ को घट्यो । बजारको अंकसँगै कारोबार रकम पनि घटेको छ । अघिल्लो दिन ७ अर्ब ८४ करोडको कारोबार भएकोमा आज ५ अर्ब ६५ करोडमा खुम्चियो ।
सबै सेक्टरका सूचक घटेका छन् । व्यापार सबैभन्दा धेरै ३.१ प्रतिशत घट्यो । बैंकिङ ०.९७, विकास बैंक १.११, होटल तथा पर्यटन १.३५, फाइनान्स २.२६, हाइड्रोपावर १.३७, लगानी १.६९, जीवन बीमा ०.८३, उत्पादन १.४२, माइक्रोफाइनान्स १.०३, निर्जीवन बीमा १.२२ र अन्य ०.४४ प्रतिशत घटे ।
बलेफी हाइड्रोपावर कम्पनीको मूल्य सबैभन्दा धेरै ७.४६ प्रतिशत बढ्यो । त्यस्तै बुटवल पावरको ६.६३, सिन्धु विकास बैंककोे ६.४४ तथा उन्नति सहकार्य लघुवित्तको ६.११ प्रतिशत बढ्यो ।
अपरहेवाखोलाको मूल्य सबैभन्दा धेरे ९ प्रतिशत घट्यो । हिमालयन पावर पार्टनरको ४.३२, समृद्धि फाइनान्सको ४.०१, प्रतिशत घट्यो ।
हिमालयन रिइन्स्योरेन्स, एनआरएन इन्फ्रास्ट्रक्चर, नेपाल पुनर्बीमा, राधि विद्युत् र हिमालयन पावर पार्टर कारोबारका आधारमा क्रमशः शीर्ष पाँच कम्पनीभित्र परे ।
Banner
सेयर बजारमा उच्च गिरावट, नेप्से २६ सयमुनि

१२ चैत, काठमाडौं । मंगलबार सेयर बजारमा उच्च अंकको गिरावट आएको छ । अघिल्लो दिनको तुलनामा नेप्से परिसूचक ५८.०५ अंक (२.१९ प्रतिशत) घटेको हो । सो गिरावटपछि नेप्से २५८२ अंकमा कायम भएको छ ।
बजारको परिसूचक घट्दा कारोबार रकम बढेको छ । अघिल्लो दिन ४ अर्ब ४८ करोडको कारोबार भएकोमा आज ५ अर्ब १८ करोडको भयो । जम्मा ४ कम्पनीको मूल्य बढ्दा २४० को घट्यो ।
यस दिन सबै सेक्टर घटे । बैंकिङ १.४२, विकास बैंक २.९९, फाइनान्स ३.५०, होटल तथा पर्यटन २.७२, हाइड्रोपावर ३.३१, लगानी २.०८, जीवन बीमा २.२०, उत्पादन १.५०, माइक्रोफाइनान्स २.४९, निर्जीवन बीमा २.४६, अन्य १.८२ तथा व्यापार १.८५ प्रतिशत घटे ।
यस दिन मूल्य धेरै बढ्नेमा डिवेन्चर अगाडि रहे । एनसीसीडी ८६, केबीएलडी ८९को मूल्य ४ प्रतिशतभन्दा धेरै बढ्यो । नारायणी डेभलपमेन्ट बैंकको मूल्य ८.७ प्रतिशत घट्यो । सपोर्ट माइक्रोफाइनान्सको ७.३, इस्टर्न हाइड्रोको ७.१, सिन्धु विकास बैंकको ६.७ तथा विन नेपाल लघुवित्तको ६.७ प्रतिशत मूल्य घट्यो ।
Banner
भोलिदेखि सेयर मूल्यमा भारित औसत गणना विधि लागु हुने

भोलि बिहीबारदेखि सेयर बजारमा भारित औसत मूल्य निर्धारण लागु हुने भएको छ । नेपाल स्टक एक्स्चेन्जले भोलिदेखि अन्तिम १५ मिनेटको भारित औसत मूल्य नै सो सेयरको अन्तिम मूल्य हुने व्यवस्था लागु गर्न लागेको हो । यो व्यवस्थाअनुसार २ : ४५ बजेदेखि ३ : ०० बजेसम्मको भारित औसत मूल्य नै सो कम्पनीको अन्तिम मूल्य हुने छ । उक्त अवधिमा कुनै कारोबार नभएमा भने पछिल्लो कारोबार मूल्यलाई अन्तिम कारोबार मूल्य कायम गरिने छ । हालसम्म अन्तिम पटक भएको कारोबार मूल्य नै अन्तिम मूल्य रहँदै आएको थियो । अन्तिममा बजारमा मूल्य बढाउन तथा घटाउन चाहनेले चलखेल गर्ने गरेको गुनासोपछि नेप्सेले नयाँ व्यवस्था लागु गर्न लागेको हो ।यसका लागि सम्पूर्ण प्राविधिक तयारी पूरा भएको नेप्सेका प्रवक्ता मुराहरि पराजुलीले जानकारी दिए ।
-
अर्थ5 years ago
समाचारमार्फत् आफ्नो चरित्रहत्या गरिएको भन्दै कानेपोखरीका युवा व्यवसायीले गरे पत्रकार सम्मेलन
-
Banner3 years ago
साउनदेखि कुन तहका कर्मचारीको कति तलब ?
-
खेलकुद5 years ago
रंगशालाको अवलोकन
-
मुख्य5 years ago
शेयर बजारमा झिनो अंकको गिरावट
-
अर्थ5 years ago
गोर्खा डिपाटमेन्ट स्टोर विराटचोकलाई ५० हजार जरिवाना
-
मुख्य5 years ago
सुन्दरहरैंचामा चोरले बोरामा हालेर लादैं गरेको बच्चालाई आमाले खोस्न सफल
-
मुख्य5 years ago
पुस १० गते खण्डग्रास सूर्यग्रहण लाग्ने भएकाले मोरङका संस्थागत विद्यालय बिदा
-
Banner5 years ago
गोठगाउँमा पूर्वाञ्चल विश्वविद्यालय सर्ने, गोठगाउँमा आज साँझ दीप प्रज्वलन गरिने
You must be logged in to post a comment Login