निष्पक्षखबर



बुढासुब्बा गोल्डकपः १ का विरुद्ध ६ गोल गर्दै मछिन्द्र सेमीफाइनलमा

धरानः २२ औं अन्तर्राष्ट्रिय आमन्त्रण टुबोर्ग बुढासुब्बा गोल्डकपको अन्तिम क्वाटर फाइनल खेलमा सण्डे फुटबल क्लब कोलकत्ता भारतलाई हराउँदै मछिन्द्र क्लब काठमाडौं सेमीफाइनलमा पुगेको छ ।

धरान १६ स्थित प्रस्तावित प्रादेशिक रंगशालामा मङ्गलबार भएको खेलमा मछिन्द्रका विमल घर्तीमगरले ह्याट्रिक गरेका थिए । खेलको पहिलो हाफको २१ औ मिनेटमा मछिन्द्र क्लव काठमाडौका स्ट्राईकर विमलले पहिलो गोल गरेका थिए । मछिन्द्रकै विशाल राई ‘बी’ ले २ र रोजिन सुब्बाले १ गोल गरेका थिए ।

खेलको दोश्रो हाफको ७९ औं र ८७ औं मिनेटमा मछिन्द्र क्लबका घर्तीमगरले थप २ गोल गरी ह्याट्रिक गरेका थिए ।

खेलको ८२ औँ मिनेटमा सण्डे फुटबल क्लव कोलकत्ता भारतका सञ्जीव बौरीले गोल गरे । उनी नै सो खेलको उत्कृष्ट गोलकर्ता घोषित भए । उनले नगद ५ हजार पाए । खेलको म्यान अफ द म्याच ह्याट्रिक गर्ने विमल घोषित हुँदै नगद १५ हजार पाए ।

बुधबार प्रतियोगिताको पहिलो सेमीफाइनल खेलमा युके एफ सी खर्साङ भारत र मनाङ मस्र्याङदी क्लब काठमाडौंबीच प्रतिष्पर्धा हुनेछ ।

Spread the love



Leave a Reply

Your email address will not be published.