अर्थ
साधारणसभामा होटल व्यवसायी संघ इटहरीले गर्याे ५ जना व्यवसायीलाई सम्मान
इटहरीः १० आँै साधारणसभाको अवसर पारी होटल व्यवसायी संघ इटहरीले ५ जना होटल व्यवसायीलाई सम्मान गरेको छ ।
होटल व्यवसायी तेजबहादुर पुरी, बाबुराम गिरी, कृष्ण निरौला, राजन बस्नेत र जयप्रसाद पौडेललाई सम्मान गरिएको हो । उनीहरुलाई होटल व्यवसायी संघ इटहरीका अध्यक्ष तथा उद्योग वाणिज्य संघ इटहरीका पर्यटन विभाग प्रमुख जीवन पराजुलीले सम्मान गरे ।
कार्यक्रमका प्रमुख अतिथि उद्योग वाणिज्य संघ इटहरीका अध्यक्ष तथा भीमबहादुर पौडेलले सरकारलाई सबैभन्दा बढी कर होटल व्यवसायीहरुले नै तिरिरहेको हुनाले होटल व्यवसायीहरुको हितका लागि कार्यक्रमहरु ल्याउनुपर्नेमा जोड दिए । होटलहरुले पनि संस्कार, संस्कृति र स्वच्छतालाई ख्याल गर्नुपर्ने उनको सुझाव थियो ।
होटल व्यवसायी संघ इटहरीका पूर्व अध्यक्ष रविन गौतमले इटहरीमा सञ्ंचालित होटल थप व्यवस्थित हुनुपर्नेमा जोड दिए । उनले संघमा आवद्ध हुने त्यसपछि चुपचाप बस्ने प्रवृत्तिको अन्त्य हुनुपर्ने बताए । होटल व्यवसायी संघ प्रदेश नम्बर १ का अध्यक्ष मणिन्द्र कटुवालले पर्यटन विकासको पहिलो आधारमा रुपमा रहेको होटल व्यवसायलाई राज्यले अनेक खालका कर लगाएर सताउने गरेको बताए ।
इलाका प्रहरी कार्यालय इटहरीका प्रमुख धर्मराज भण्डारीले होटल व्यवसायीहरुसँग सहकार्य गरि आफू अघि बढ्न तयार रहेको बताए । उनले केही दिनमै सबै होटल व्यवसायीहरुसंग होटल सञ्चालन, सुरक्षा लगायतका बिषयमा अन्तरक्रिया गर्ने जनाए ।

निस्क्रिय रहेको संघको व्यवस्थित कार्यालय सञ्चालनदेखि पर्यटन महोत्सव गरेर देश विदेशसम्म होटल व्यवसायी संघलाई चिनाउन सफल भएको संघका अध्यक्ष जीवन पराजुलीले बताए । आफ्नो व्यवसायलाई थप मजबुत बनाउनका लागि पैसा अभावले छटपटिएका इटहरीका होटल व्यवसायीलाई सहुलियतमा ऋणको व्यवस्थाका लागि संघले आवश्यक कार्य थालेको उनले जानकारी दिए । गरिमा विकास बैंंकसंग होटल व्यवसायी संघ इटहरीले सहकार्य गरी होटल व्यवसायीहरुलाई ५ देखि ५० लाखसम्म ऋण दिलाउने कार्य थालिएको उनको भनाइ थियो ।
संघका कोषाध्यक्ष नवराज काफ्लेले संघको आय व्यय विवरण प्रस्तुत गरेका थिए । महासचिव उमेश दाहालले वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।
Facebook Comment
Banner
नेप्सेमा निरन्तर वृद्धि, लगानीकर्तामा उत्साह
शुक्रबार नेप्से परिसूचक २२.८५ अंक बढेर २६४७.२२ विन्दुमा पुगेको छ। त्यस्तै, यस दिन सेन्सेटिभ इण्डेक्स ५.३२ अंक बढेको छ भने फ्लोट इण्डेक्स १.८७ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.९० अंक बढेको छ।
नेप्सेसँगै यस दिन कारोबार रकम पनि बढेको छ। अघिल्लो कारोबार दिन अर्थात बिहीबार ५ अर्ब ४९ करोड रुपैयाँबराबरको शेयर खरिदबिक्री भएको बजारमा यस दिन ३४५ स्टकको ६४ हजार ७२ पटकको कारोबारमा ६ अर्ब ७४ करोड ५६ लाख ३१ हजार रुपैयाँबराबरको २ करोड १२ लाख ७२ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।
यस दिन स्नो रिभर्स लिमिटेडको शेयरमूल्य सर्वाधिक १३.६६ प्रतिशत बढेको छ। त्यस्तै, यस दिन इन्फिनिटी लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य करिब १० प्रतिशत बढेको छ भने मैलुङ्ग खोला जलविद्युत कम्पनीको शेयरमूल्य करिब ९ प्रतिशत बढेको छ। कारोबारमा आएको हाथवे इन्भेष्टमेन्टको शेयरमूल्य यस दिन सर्वाधिक १५ प्रतिशत घटेको छ।
कारोबार रकमका आधारमा यस दिन कुमारी बैंक शीर्ष स्थानमा रहेको छ। सो बैंकको यस दिन ३२ करोड १३ लाख रुपैयाँबराबरको शेयर कारोबार भएको छ। त्यस्तै, यस दिन लक्ष्मी सनराइज बैंकको २७ करोड रुपैयाँभन्दा बढीको शेयर किनबेच भएको छ भने ग्लोबल आइएमई बैंकको कारोबार रकम २३ करोड रुपैयाँ नाघेको छ।
१३ उपसमूहमध्ये यस दिन ११ उपसमूहको परिसूचक बढेको छ भने दुई उपसमूहको परिसूचक घटेको छ। यस दिन बैंकिङ्ग उपसमूहको परिसूचक सर्वाधिक १.५९ प्रतिशत बढेको छ। त्यस्तै, यस दिन जीवन बीमा उपसमूहको परिसूचक साढे १ प्रतिशत बढेको छ। कारोबारमा आएको वित्त र अन्य उपसमूहको परिसूचक भने यस दिन सामान्य अंक घटेको छ।
Banner
गुराँस लघुवित्तको लाभांश घोषणा
गुराँस लघुवित्त वित्तीय संस्था लिमिटेड (GLBSL ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ।
लघुवित्तले हाल कायम चुक्ता पूँजीको ९.५ प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनार्थ ०.५ प्रतिशत नगद लाभांश गरी कुल १० प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो।
असोज २ गते बसेको लघुवित्तको सञ्चालक समितिको बैठकले सो दरमा लाभांश वितरण गर्ने निर्णय गरेको हो।
नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात सो लाभांश वितरण गरिनेछ।
Banner
बढ्यो ग्यासको मूल्य
सडक अवरुद्ध भएपछि ढुवानीमा समस्या भएको भन्दै खाना पकाउने ग्यासको मूल्य बढाइएको छ। धादिङको कृष्णभिरमा गएको पहिरोका कारण पृथ्वी राजमार्ग अवरुद्ध भएपछि वैकल्पिक ढुवानी महँगो परेको भन्दै नेपाल आयल निगमको सहमतिमा उद्योगीले खाना पकाउने एलपी ग्यासको मूल्य बढाएका हुन् ।
निगमले एलपी ग्यासको मूल्य प्रतिसिलिन्डर २ हजार ६० रुपैयाँ तोकेकोमा ढुवानी भाडा भन्दै उद्योगीले १ सय ५ रुपैयाँ ३८ पैसा बढाएका हुन् ।
१८ भदौमा बसेको वार्षिक साधारणसभाको निर्णय बमोजिम काठमाडौं उपत्यकामा एलपी ग्यासको मूल्य बढाएको संघले विज्ञप्ति मार्फत जानकारी दिएको छ ।
उद्योग संघले गरेको निर्णय अनुसार अब काठमाडौं उपत्यकामा ग्यासको मूल्य प्रतिसिलिन्डर २ हजार १ सय ६५ रुपैयाँ ३८ पैसा पर्ने छ ।
-
अर्थ7 years agoसमाचारमार्फत् आफ्नो चरित्रहत्या गरिएको भन्दै कानेपोखरीका युवा व्यवसायीले गरे पत्रकार सम्मेलन
-
Banner4 years agoसाउनदेखि कुन तहका कर्मचारीको कति तलब ?
-
खेलकुद7 years agoरंगशालाको अवलोकन
-
मुख्य7 years agoशेयर बजारमा झिनो अंकको गिरावट
-
अर्थ6 years agoगोर्खा डिपाटमेन्ट स्टोर विराटचोकलाई ५० हजार जरिवाना
-
मुख्य7 years agoसुन्दरहरैंचामा चोरले बोरामा हालेर लादैं गरेको बच्चालाई आमाले खोस्न सफल
-
मुख्य7 years agoपुस १० गते खण्डग्रास सूर्यग्रहण लाग्ने भएकाले मोरङका संस्थागत विद्यालय बिदा
-
धर्म / संस्कृति7 years agoगुरुङको थर नै गोत्र
















You must be logged in to post a comment Login