Connect with us
Advertisement

सुन्दरहरैंचामा फागुन १६ गतेदेखि दादुरा रुबेला खोप अभियान

Published

on

विराटचोकः सन् २०२३ सम्ममा दादुरा रुबेला रोग उन्मूलन गर्ने उद्देश्यले सरकारले सञ्चालन गरेको राष्ट्रिय खोप कार्यक्रमअन्तर्गत फागुन १६ गतेदेखि २४ गतेसम्म सुन्दरहरैंचामा दादुरा रुबेला खोप अभियान सञ्चालन हुने भएको छ ।

अभियानसम्बन्धी जानकारी दिन बुधबार नगरपालिकामा भएको पालिकास्तरीय अभिमुखीकरण गोष्ठीमा बोल्दै नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख मचिन्द्र बस्नेतले ९५ प्रतिशतले खोप लगाएको प्रमाणित हुनुपर्ने भएकाले सबै बालबालिकालाई दादुरा रुबेलाको खोप लगाउन अनिवार्य रहेको उल्लेख गरे ।

स्वास्थ्य चौकी मृगौलियाका प्रमुख माधवप्रसाद रेग्मीले २०३४ सालमा बिफर उन्मूलनसँगै नेपालमा खोप कार्यक्रम शुरु भएको र पछिल्लो समय अभियानको रुपमा सञ्चालन भएको बताए । फिरन्ते जीवन बिताउने समुदायका कारण कतिपय रोग पूर्ण उन्मूलन हुन गाह्रो भएको उनले बताए । चराको सिकार गर्दै ठाउँठाउँमा बसाइँ हिँड्ने समुदाय, जादू सर्कस देखाउने समुदाय एकै ठाउँमा नबस्ने हुनाले अभियानमा छुट्ने र उनीहरुले नै रोगको सङ्क्रमण फैलाउन सक्ने सम्भावना रहेको उनको भनाइ थियो ।

इन्द्रपुर स्वास्थ्य चौकीका प्रमुख लीलामणि दाहालले दादुरा रुबेला सरकारको प्राथमिकतामा परेको र स्वास्थ्य क्षेत्रमा सबैभन्दा बढी लागत प्रभावकारी भएको कार्यक्रम रहेको बताए । सन् २०१० देखि पोलियो रोग शून्य अवस्थामा रहेको र उन्मूलनको नजिक रहेको उनको भनाइ थियो । खोप कार्यक्रमको प्रभावस्वरुप औसत आयुमा वृद्धि भएको उल्लेख गरे ।

सुन्दरहरैंचामा दादुरा रुबेला रोग नदेखिएको पनि उनले बताए । विश्वमा दादुराबाट हुने मृत्युदरमा ८४ प्रतिशतले कमी आए पनि विश्वमा हरेका वर्ष करीब ६० लाख मानिस दादुरा रोगबाट सङ्क्रमित हुने गरेको तथ्याङ्कले देखाएको उनको भनाइ थियो ।

अभिमुखीकरण कार्यक्रममा सुन्दरहरैंचामा रहेका साबिक ५ ओटै गाविसमा रहेका स्वास्थ्य चौकीका प्रमुख र प्रतिनिधि, स्वयम्सेविका, राजनीतिक दलका प्रतिनिधि, पत्रकारलगायतको उपस्थिति थियो ।

Continue Reading

Facebook Comment

22 Comments

You must be logged in to post a comment Login

Leave a Reply

Banner

कांग्रेस देउवा समूह आज सर्वोच्च अदालत जाने

Published

on

नेपाली कांग्रेसको शेरबहादुर देउवा समूह पार्टीको आधिकारिकता दाबीका लागि आज सर्वोच्च अदालत जाने भएको छ ।

निर्वाचन आयोगले गत शुक्रबाट विशेष महाधिवेशनबाट निर्वाचित गगन थापा नेतृत्वको कार्यसमितिलाई मान्यता दिएपछि उक्त निर्णयविरुद्ध देउवा समूह आज सर्वोच्च जान लागेको हो ।

देउवा समूहको शनिबार सानेपामा बसेको बैठकले आयोगको निर्णयविरुद्ध राजनीतिक प्रतिवादसँगै कानुनी उपचारका लागि सर्वोच्चमा जाने निर्णय गरेको थियो । कांग्रेसको देउवा समूहलाई वरिष्ठ अधिवक्ता खम्मबहादुर खाती, शेरबहादुर केसीलगायतले कानुनी परामर्श दिइरहेका छन् ।

गत पुस २७ देखि माघ १ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा भएको कांग्रेसको दोस्रो विशेष महाधिवेशनले गगन थापाको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको थियो ।

Continue Reading

Banner

रास्वपा केन्द्रीय समितिको बैठक, प्रत्यक्ष उम्मेदवार टुंगो लाग्ने

Published

on

प्रत्यक्ष निर्वाचनतर्फ उम्मेदवार टुंगो लगाउन राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समिति बैठक आज बस्दैछ। बैठक दिउँसो २ बजे पार्टी केन्द्रीय कार्यालय, वनस्थलीमा बस्नेछ।बैठकले फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनका लागि १६५ क्षेत्रका प्रत्यक्ष उम्मेदवारको नाम टुंगो लगाउने बताइएको छ। निर्वाचन आयोगले आगामी माघ ६ गते प्रत्यक्षतर्फको उम्मेदवारी पेस गर्न समय तोकेकोको छ। उम्मेदवारी दर्ताका लागि आफ्नो निर्वाचन क्षेत्रमा उम्मेदवार पुग्नुपर्ने भएकाले आजै उम्मेदवारको टुंगो लगाउनुपर्ने बाध्यतामा दल रहेका छन्।

नेकपा (एमाले)ले केही क्षेत्रबाहेक अधिकांश उम्मेदवारको नाम टुंगो लगाएको छ भने कांग्रेसमा विवाद जारी छ। पार्टी आधिकारिकताको प्रमाणपत्र विशेष महाधिवेशन पक्षले पाएपछि कांग्रेसमा विवाद चर्चिएको हो।

Continue Reading

Banner

आधिकारिकता विवादबीच निर्वाचन जाने विशेष महाधिवेशन कांग्रेसको निर्णय

Published

on

विशेष महाधिवेशनबाट निर्वाचित भएको कांग्रेसले आधिकारिकताको दाबी गर्दै निर्वाचन आयोग जाने निर्णय गरेको छ । गएराति गगन थापा सभापतिमा निर्वाचित भएपछि आज ललितपुरको कुपण्डोलमा बसेको पहिलो बैठकले निर्वाचन आयोग जाने निर्णय गरेको हो ।​​​​​​

Continue Reading
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

Trending

सम्पर्क

विराट मिडिया एण्ड एड्भरटाइजिङ प्रालिद्वारा सञ्चालित
निष्पक्ष खबर डट कम

सुन्दरहरैँचा, मोरङ

सूचना विभाग दर्ता नं. १६४२ ०७६।७७

प्रेस काउन्सिल दर्ता नं. ३४३ ०७६।०७७
कम्पनी दर्ता नं. २२७६३९।०७६।०७७
स्थायी लेखा नं. ६०९६५३९४६

सम्पर्क

९८४२११३१५४, ९८०४३९४५४७, ९८०४०५३७९९

ई–मेल

[email protected]
हाम्रो टिम
अध्यक्ष टेकराज तिम्सिना
प्रधान सम्पादक ज्ञाननाथ ढकाल
सम्पादक पवन तिम्सिना
प्रबन्धकः शम्भु धमला
हाम्रो फेसबुक