स्थानीय तह
सहकर्मी उपचारमा पूर्वोत्तर मोरङका पत्रकारहरु एकजुट हुँदै
विराटचोक, ब्लडक्यान्सरबाट पिडित पत्रकार कमल पौडेलको उपचारमा सहयोग जुटाउन उत्तरी मोरङका पत्रकारहरु एकजुट भएका छन् ।
नेपाल समाचार पत्र दैनिक हुँदै हाल मकालु टेलिभिजनमा समाचार प्रमुखकको रुपमा कार्यरत पत्रकार पौडेल ब्लडक्यान्सरबाट ग्रसित भएर हाल काठमाडौमा रहेको निजामति अस्पतालमा भर्ना भएका छन् । बेलबारी, सुन्दरहरैंचा र केराबारीका पत्रकारहरुको बेलबारीमा बसेको भेलाले बिहिबार पत्रकार केशु विरहीको संयोजकत्वमा पत्रकार पौडेलको उपचारमा आर्थिक समितिको गठन गरेको छ ।
समितिका अन्य सदश्यहरुमा खेमचन्द्र अधिकारी, अम्विका भण्डारी, किशन शाही, राज पोखरेल, विवेक मिश्र, प्रशान्त निरौला रहेका छन् । व्यक्तिगत रुपमा आफूहरुले आ(आफ्नो तर्फबाट आर्थिक सहयोग गरिसकेको भए पनि पूर्वोत्तर मोरङमा कार्यरत पत्रकारहरुको नाताले सहयोग जुटाउन लागिरहेको कमल पौडेल आर्थिक संकलन समितिका संयोजक विरहीले जानकारी दिएका छन् । त्रकार पौडेलको उपचारमा पत्रकार महासङ्घ १ प्रदेश र मोरङ शाखाले समेत उपचारमा सहयोग जुटाईरहेको छ ।
Facebook Comment
Banner
आधुनिक विज्ञान्, ब्रह्माण्डको उत्पत्तिको कथा र हाम्रो कक्षाकोठा
हरेक बालबालिकालाई आजको दैनिक जीवनमा प्रयोग हुने प्रविधिहरूको पछाडि रहेको भौतिकशास्त्र र ब्रह्माण्ड कसरी सिर्जना भयो भन्ने सुन्दर कथा बुझ्ने अधिकार छ। हरेक जातिको ब्रह्माण्डको उत्पत्तिबारे आफ्नै कथा छ तर सबैका कथा अपूर्ण र तथ्यभन्दा फरक छन्। यो ज्ञान केवल विश्वविद्यालयका विद्वानहरूको मुठ्ठीमा सिमित छ। सामान्य कक्षाकोठासम्म विरलै मात्र पुग्छ।
नेपालका कक्षा १० का विद्यार्थीहरूलाई ब्ल्याक होल (Black hole) के हो भनेर सोध्नुहोस्, उनीहरूले पाठ्यपुस्तकको एउटा हरफ घोकेर सुनाउलान् तर स्पेसटाइम (Spacetime) किन बाङ्गिन्छ? फोटोन (photon) के हो ? भनेर सोध्ने वित्तिकै जवाफ हराउँछ। यो विद्यार्थीको दोष होइन यो पाठ्यक्रमको समस्या हो। नेपालको कक्षा १० को विज्ञान पाठ्यक्रमले बल, दबाब र ऊर्जा अनि सौर्यमण्डल र ताराहरूको छोटो, वर्णनात्मक परिचयलाई मात्र समेट्छ। जुन प्रायः ३०० वर्ष पुरानो भौतिकशास्त्र हो। सापेक्षता (Relativity), क्वान्टम प्रविधि (Quantum technology), र बिग ब्याङ (Big bang) — जुन विचारहरूले वास्तवमा आधुनिक प्रविधि र ब्रह्माण्डको उत्पत्तिलाई व्याख्या गर्छन्, तिनको उल्लेख विरलै मात्र हुन्छ। न्युटनपछि विज्ञान धेरै अगाडि बढिसकेको छ। भूकेन्द्रित मोडेलले सूर्यकेन्द्रित मोडेललाई ठाउँ दियो। त्यसपछि आइन्स्टाइनको सापेक्षता आयो, र अन्ततः विग व्याङ सिद्धान्त आयो। यो हाम्रो युगको सृष्टि कथा नै हो भन्दा फरक पर्दैन।
यो ब्रह्माण्डीय उत्पत्तिको कथाको निर्माण विश्वभरका वैज्ञानिकहरू मिलेर शताब्दी लगाएर गरेका हुन्। जसलाई अहिले हब्बल (Hubble) र जेडब्ल्यूएसटी (JWST) जस्ता टेलिस्कोपहरूबाट प्राप्त प्रमाणहरूले पुष्टि गरिरहेका छन्। बिडम्बना, अधिकांश विद्यार्थीले यो कथा कहिल्यै सुन्दैनन् जुन आम मनिसले सुन्न, बुझ्न जरुरी भइसकेको छ । त्यसैले हामीले अब यसलाई विद्यालय शिक्षामा पाठ्यक्रममै समविष्ट गरी हरेक बच्चालाई सुनाउन आवश्यक छ। पाठ्यक्रममा समाविष्ट गरेर मात्र यो समस्याको हल हुन्न । कक्षाकोठामा विज्ञान कसरी पढाइन्छ? भन्ने कुरामा पनि भर पर्छ। नेपाली कक्षाकोठाहरू, विश्वभरका अन्य पठनविधि जस्तै, अझै पाठ्यपुस्तक र व्याख्यानमै भर पर्छन्। जसमा पढ्ने, घोक्ने, परीक्षाका लागि दोहोर्याउने क्रियाकलाप पर्छन्। यसरी पढाउँदा विज्ञान रोचक हुनुको साटो उल्टै दिक्क लाग्दो र झन्झटिलो बन्छ। यसको विकल्प हामीले सोच्नुपर्ने जरुरी भैसकेको छ।
एउटा परीक्षण गरिएको विकल्प पहिले नै आफ्नो अस्तित्वमा छ। विगत एक दशकदेखि, “आइन्स्टाइन–फस्ट (Einstein-First)” भनिने एउटा दृष्टिकोण ७० बढि अस्ट्रेलियाली विद्यालयहरूमा परीक्षण गरी राखिएको छ। अहिले यो परीक्षण युरोपसम्म फैलिदै छ। यसले व्याख्यानको सट्टा व्यावहारिक क्रियाकलाप र नमुनाहरू प्रयोग गरी कक्षा ३ देखि नै अणु, फोटोनजस्ता आधारभुत अवधारणाहरु सिकाइ स्पाइरल करिकुलम (Spiral curriculum) को सिद्धान्त अनुरुप माथिल्ला कक्षाहरुमा तिनलाई थप विस्तृत बनाई पाठ्यक्रम निर्माण गरेको छ। जसले गर्दा कक्षा १० सम्म आइपुग्दा विद्यार्थीहरुमा आधुनिक प्रविधि र ब्राह्मण्डको उत्पत्तिको कथा बुझ्न चाहिने सम्पूर्ण ज्ञान हुन्छ। यस परीक्षणको उल्लेखनीय परिणाम पनि देखिएका छन् जुन अन्तराष्ट्रिय जर्नलहरुमा समेत प्रकाशित छन्। यस प्रयोगले विद्यार्थीहरूमा उत्सुकता, आत्मविश्वास र विज्ञानप्रतिको रूचि बढेको पाइएको छ। भौतिकशास्त्रप्रतिको रुचिमा रहेको लैङ्गिक खाडल समेत घट्दै गएको र सोच्ने क्षमतामा वृद्धि भएको पाइएको छ। सिकाइपश्चात् विद्यार्थीहरुले वास्तविकता र भ्रम चिर्न सफल भएको उदाहरणहरु प्रस्तुत गरिएको छ।
यदि हामीले पनि यस प्रोजेक्टसँग सहकार्य गरी नेपालमा यो पठ्यक्रम लागु गर्न सके हाम्रा बालबालिकाहरुले युगानुकूल उत्कृष्ट शिक्षा हाँसिल गर्ने थिए। ब्रह्माण्डलाई एक शताब्दी अगाडि बुझिएको जस्तो नभई, त्यो जस्तो छ वास्तवमा त्यस्तै बुझ्नेथे। भावी भौतिकशास्त्रीहरूले मात्र नभई सबै विद्यार्थीले आफ्नो संसार बुझ्ने र गलत सूचनालाई प्रश्न गर्ने क्षमता निर्माण गर्ने थिए। भलै पाठ्यक्रम सुधार जहाँसुकै ढिलो हुन्छ, हामीले यसलाई गम्भीरतापूर्वक लिई चाँडो भन्दा चाँडो यो पाठ्यक्रम अनुसरण गर्न अत्यन्त जरुरी देखिन्छ ।
Banner
भूदेव खाद्य उद्योग र विराटनगरको नोबेल मेडिकल कलेज बीच सम्झौता
भूदेव खाद्य उद्योगसँग आबद्ध थोक तथा खुद्रा बिक्रेताहरूलाई सुलभ स्वास्थ्य उपचार सेवा पुर्याउने उद्देश्यले भूदेव खाद्य उद्योग (हुलास फुड) तथा नोबेल मेडिकल कलेज टिचिङ्ग हस्पिटल बीच सम्झौता भएको छ ।
भूदेव खाद्य उद्योगका अनुसार यस सम्झौता पछि भूदेव खाद्य उद्योगसंग आबद्ध थोक तथा खुद्रा बिक्रेताहरू तथा उनीहरूका आश्रित परिवार बिरामी भई उपचारका लागि नोबेल शिक्षण अस्पताल आउँदा अस्पताल सेवामा विशेष छुटको व्यवस्था हुनेछ । साथै भूदेव खाद्य उद्योग अन्तर्गतका सामाजिक सुरक्षा कोषमा आबद्ध कर्मचारी, श्रमिकहरूको पनि प्राथमिकताका साथ नोबेलले स्वास्थ्य उपचार सेवा प्रदान गर्ने छ ।सम्झौता पत्रमा भूदेव खाद्य उद्योगका राष्ट्रिय बिक्री प्रबन्धक शैशवी निरौला र नोबेल शिक्षण अस्पतालका तर्फबाट महाप्रबन्धक दिपेश राईले हस्ताक्षर गरेका छन् ।
Banner
नोबेल मेडिकल कलेज टिचिङ्ग हस्पिटलद्वारा दुई संस्थासँग सहुलियत सम्झौता
नोबेल मेडिकल कलेज टिचिङ्ग हस्पिटलले नेपाल ईन्जिनियर्स एशोसिएसन कोशी प्रदेश कार्यकारीणी समिति र गुराँस लघुवित्त वित्तीय संस्था लि. सँग छुट्टाछुट्टै सम्झौता गरेको छ। कोशी प्रदेशमा गुणस्तरीय स्वास्थ्य सेवा र चिकित्सा, नर्सिङ, डेन्टल लगायतका शैक्षिक कार्यक्रमहरु सञ्चालन गर्दै आएको नोबेल मेडिकल कलेज टिचिङ्ग हस्पिटलले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न संघ संस्थामा आवद्ध व्यक्तिहरुलाई उपचारमा सहुलियत उपलब्ध गराउँदै आइरहेको छ।
नेपाल ईन्जिनियर्स एशोसिएसन कोशी प्रदेश कार्यकारीणी समितिसँगको सम्झौता अनुसार समितिका सदस्यहरुले ओपीडी सेवा नि:शुल्क, अप्रेशनसहितको अस्पताल सेवामा १५ प्रतिशत छुट र औषधीमा ५ प्रतिशत छुट पाउने व्यवस्था गरिएको छ। यस सम्झौता पत्रमा एशोसिएसनको तर्फबाट इन्जिनियर जागर नाथ साह र अस्पतालको तर्फबाट महाप्रबन्धक दिपेश राईले हस्ताक्षर गरेका छन्।
त्यसैगरी, गुराँस लघुवित्त वित्तीय संस्था लि. केन्द्रीय कार्यालय धनकुटासँग भएको सम्झौता अनुसार संस्थाका ग्राहक सदस्यहरुले ओपीडी सेवा नि:शुल्क पाउनुका साथै ल्याव टेस्ट, एक्सरे, सिटी स्क्यान, एमआर आई, इन्डोस्कोपी सेवा र बेड चार्जमा १५ प्रतिशत छुट तथा औषधीमा ५ प्रतिशत छुट प्राप्त गर्ने अस्पतालले जनाएको छ। यस सम्झौता पत्रमा गुराँस लघुवित्तका तर्फबाट प्रमुख कार्यकारी अधिकृत विष्णु प्रसाद उपाध्याय र अस्पतालको तर्फबाट महाप्रबन्धक दिपेश राईले हस्ताक्षर गरेका छन्।
दुवै सम्झौताहरू संस्थाका सदस्यहरुलाई विशेष स्वास्थ्य सुविधा प्रदान गर्ने उद्देश्यले गरिएको छ।
-
अर्थ7 years agoसमाचारमार्फत् आफ्नो चरित्रहत्या गरिएको भन्दै कानेपोखरीका युवा व्यवसायीले गरे पत्रकार सम्मेलन
-
Banner4 years agoसाउनदेखि कुन तहका कर्मचारीको कति तलब ?
-
खेलकुद7 years agoरंगशालाको अवलोकन
-
मुख्य7 years agoशेयर बजारमा झिनो अंकको गिरावट
-
अर्थ6 years agoगोर्खा डिपाटमेन्ट स्टोर विराटचोकलाई ५० हजार जरिवाना
-
मुख्य7 years agoसुन्दरहरैंचामा चोरले बोरामा हालेर लादैं गरेको बच्चालाई आमाले खोस्न सफल
-
मुख्य7 years agoपुस १० गते खण्डग्रास सूर्यग्रहण लाग्ने भएकाले मोरङका संस्थागत विद्यालय बिदा
-
Banner6 years agoगोठगाउँमा पूर्वाञ्चल विश्वविद्यालय सर्ने, गोठगाउँमा आज साँझ दीप प्रज्वलन गरिने
















You must be logged in to post a comment Login