निष्पक्षखबर



पूर्वाञ्चल विश्वविद्यालयका कलेजबीच भएको फुटबल खेलमा पुसेट कलेज विजयी

विराटचोक  पूर्वञ्चल विश्वविद्यालयका कलेजहरुबीच प्रथम पटक भएको फुटबल प्रतियोगिताको उपाधि पुसेट कलेज विराटनगरले जितेको छ ।

सुन्दरहरैंचास्थित पूर्वाञ्चाल विश्वविद्यालय परिसरमा आज सम्पन्न भएको फाइलन खेलमा जीपीकार कलेज गोठगाउँको टीम वीलाई शुन्यका विरुद्ध १ गोलले पराजित गर्दै पुसेट कलेज विराटनगरले उपाधि जितेको हो । विजेता बनेको पुसेटले ट्रफिसहित ३० हजार नगद हात पारेको छ भने उपविजेता जीपीकारले ट्रफिसहित २० हजार नगद जितेको छ । जीपीकार स्टुडेन्ट टीमको आयोजनामा फागुन १३ गतेदेखि सुरु भएको प्रतियोगितामा पूर्वाञ्चल विश्वविद्यालय अन्तरगतका ७ वटा कलेजको सहभागिता रहेको थियो ।

Spread the love



One thought on “पूर्वाञ्चल विश्वविद्यालयका कलेजबीच भएको फुटबल खेलमा पुसेट कलेज विजयी

Leave a Reply

Your email address will not be published.