Connect with us
Advertisement

गुडिया तथा कुसन बनाउने तालीम सम्पन्न

Published

on

विराटचोकः सुन्दरहरैंचा वडा नम्बर ९ मा रहेको चाँदनी महिला समाजको आयोजनामा भएको गुडिया तथा कुसन बनाउने २० दिने तालीम बुधबार सकिएको छ ।

तालीम समापन समारोहलाई सम्बोधन गर्दै कार्यक्रमकी उपप्रमुख धनमाया तामाङले हातमा लुकेर रहेको सीप तालीमपछि बाहिर आउने बताइन् । यस्ता तालीमले स्वरोजगार प्रदान गरी आत्मनिर्भरतातर्फ लैजाने बताउँदै सीप सिक्ने महिलाले नेतृत्व र क्षमताको पनि विकास गर्नुपर्ने बताइन् ।

वडा नम्बर ९ का अध्यक्ष राजकुमार कार्कीले सुन्दरहरैंचा नगरपालिकाले ४० लाख रुपैयाँबराबरको बजेट सीपमूलक तालीमका लागि छुट्याएकाले त्यसको सदुपयोग गर्नुपर्ने बताए । सिकेको सीपमार्फत् आयआर्जन गरी बेरोजगारी समाप्त पार्नुपर्ने तथा आफू र राष्ट्रलाई समृद्ध बनाउनुपर्ने उनको भनाइ थियो ।

सुन्दरहरैंचा नगरपालिकाको महिला तथा बालबालिका शाखाकी प्रमुख सुशीला अधिकारीले सीपले महिला व्यवसायी बन्न सजिलो भए पनि व्यवसायीले उत्पादन गरेको सामानको बजारीकरण गर्न समस्या हुने हुनाले तालीम आयोजक संस्थाले पनि सहयोग गर्नुपर्ने बताइन् ।

संस्थाकी अध्यक्ष देवी पौडेलले चाँडै नै संस्थाले हस्तकलासम्बन्धी तालीमको पनि आयोजना गर्ने बताइन् । महिला बेरोजगार हुँदा पनि समजामा विकृति बढिरहेको उल्लेख गर्दै उनले त्यसलाई अन्त्य गर्न सीप विकास तालीमको आयोजनामा संस्थाले जोड दिने बताइन् । तालीमपछि स्वरोजगार र व्यवसायी बनेका महिलाले उत्पादन गरेका सामानको बजारीकरणमा संस्थाले सहयोग गर्ने उनको भनाइ थियो ।

कार्यपालिका सदस्य तारा घिमिरेले सीप सिकेका महिला व्यवसायी बन्न नसक्नु दुःखद भएको बताइन् । सुन्दरहरैंचा नगरपालिकाको सामाजिक शाखा प्रमुख तीर्थ घिमिरेले प्रशिक्षार्थीलाई व्यावसायिक बन्न आग्रह गरेका थिए ।

प्रशिक्षक लालीगुराँस डल हाउस विराटचोककी सञ्चालक लक्ष्मी लामाले तालीम नियमित रुपमा प्रशिक्षार्थी सहभागी नहुँदा सिकाइमा समस्या पर्ने बताइन् । राम्रो सीप सिकेर प्रशिक्षक बन्न उनले सुझाइन् । कार्यक्रममा प्रशिक्षार्थी विमला भट्टराईले पनि आफ्नो भनाइ राखेकी थिइन् ।

कार्यक्रममा समाजसेवी इन्दिरा भट्टराई, सुन्दरहरैंचा नगरपालिकाका इन्जिनियर वीरेन्द्र नेम्वाङ, जनता मावि बुधबारेकी शिक्षक सामना गजुरेल, महिला तथा बालबालिका शाखाकी सावित्रा खड्कालगायतको उपस्थिति थियो । मेनुका ढकालले सञ्चालन गरेको कार्यक्रममा सृष्टि तामाङले स्वागत मन्तव्य राखेकी थिइन् । 

Continue Reading

Facebook Comment

Click to comment

You must be logged in to post a comment Login

Leave a Reply

Banner

नेप्सेमा निरन्तर वृद्धि, लगानीकर्तामा उत्साह

Published

on

शुक्रबार नेप्से परिसूचक २२.८५ अंक बढेर २६४७.२२ विन्दुमा पुगेको छ। त्यस्तै, यस दिन सेन्सेटिभ इण्डेक्स ५.३२ अंक बढेको छ भने फ्लोट इण्डेक्स १.८७ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.९० अंक बढेको छ।

नेप्सेसँगै यस दिन कारोबार रकम पनि बढेको छ। अघिल्लो कारोबार दिन अर्थात बिहीबार ५ अर्ब ४९ करोड रुपैयाँबराबरको शेयर खरिदबिक्री भएको बजारमा यस दिन ३४५ स्टकको ६४ हजार ७२ पटकको कारोबारमा ६ अर्ब ७४ करोड ५६ लाख ३१ हजार रुपैयाँबराबरको २ करोड १२ लाख ७२ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

यस दिन स्नो रिभर्स लिमिटेडको शेयरमूल्य सर्वाधिक १३.६६ प्रतिशत बढेको छ। त्यस्तै, यस दिन इन्फिनिटी लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य करिब १० प्रतिशत बढेको छ भने मैलुङ्ग खोला जलविद्युत कम्पनीको शेयरमूल्य करिब ९ प्रतिशत बढेको छ। कारोबारमा आएको हाथवे इन्भेष्टमेन्टको शेयरमूल्य यस दिन सर्वाधिक १५ प्रतिशत घटेको छ।

कारोबार रकमका आधारमा यस दिन कुमारी बैंक शीर्ष स्थानमा रहेको छ। सो बैंकको यस दिन ३२ करोड १३ लाख रुपैयाँबराबरको शेयर कारोबार भएको छ। त्यस्तै, यस दिन लक्ष्मी सनराइज बैंकको २७ करोड रुपैयाँभन्दा बढीको शेयर किनबेच भएको छ भने ग्लोबल आइएमई बैंकको कारोबार रकम २३ करोड रुपैयाँ नाघेको छ।

१३ उपसमूहमध्ये यस दिन ११ उपसमूहको परिसूचक बढेको छ भने दुई उपसमूहको परिसूचक घटेको छ। यस दिन बैंकिङ्ग उपसमूहको परिसूचक सर्वाधिक १.५९ प्रतिशत बढेको छ। त्यस्तै, यस दिन जीवन बीमा उपसमूहको परिसूचक साढे १ प्रतिशत बढेको छ। कारोबारमा आएको वित्त र अन्य उपसमूहको परिसूचक भने यस दिन सामान्य अंक घटेको छ।

Continue Reading

Banner

गुराँस लघुवित्तको लाभांश घोषणा

Published

on

गुराँस लघुवित्त वित्तीय संस्था लिमिटेड (GLBSL ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ।

लघुवित्तले हाल कायम चुक्ता पूँजीको ९.५ प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनार्थ ०.५ प्रतिशत नगद लाभांश गरी कुल १० प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो।

असोज २ गते बसेको लघुवित्तको सञ्चालक समितिको बैठकले सो दरमा लाभांश वितरण गर्ने निर्णय गरेको हो।
नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात सो लाभांश वितरण गरिनेछ।

Continue Reading

Banner

बढ्यो ग्यासको मूल्य

Published

on

सडक अवरुद्ध भएपछि ढुवानीमा समस्या भएको भन्दै खाना पकाउने ग्यासको मूल्य बढाइएको छ। धादिङको कृष्णभिरमा गएको पहिरोका कारण पृथ्वी राजमार्ग अवरुद्ध भएपछि वैकल्पिक ढुवानी महँगो परेको भन्दै नेपाल आयल निगमको सहमतिमा उद्योगीले खाना पकाउने एलपी ग्यासको मूल्य बढाएका हुन् ।

निगमले एलपी ग्यासको मूल्य प्रतिसिलिन्डर २ हजार ६० रुपैयाँ तोकेकोमा ढुवानी भाडा भन्दै उद्योगीले १ सय ५ रुपैयाँ ३८ पैसा बढाएका हुन् ।

१८ भदौमा बसेको वार्षिक साधारणसभाको निर्णय बमोजिम काठमाडौं उपत्यकामा एलपी ग्यासको मूल्य बढाएको संघले विज्ञप्ति मार्फत जानकारी दिएको छ ।

उद्योग संघले गरेको निर्णय अनुसार अब काठमाडौं उपत्यकामा ग्यासको मूल्य प्रतिसिलिन्डर २ हजार १ सय ६५ रुपैयाँ ३८ पैसा पर्ने छ ।

Continue Reading
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

Trending

सम्पर्क

विराट मिडिया एण्ड एड्भरटाइजिङ प्रालिद्वारा सञ्चालित
निष्पक्ष खबर डट कम

सुन्दरहरैँचा, मोरङ

सूचना विभाग दर्ता नं. १६४२ ०७६।७७

प्रेस काउन्सिल दर्ता नं. ३४३ ०७६।०७७
कम्पनी दर्ता नं. २२७६३९।०७६।०७७
स्थायी लेखा नं. ६०९६५३९४६

सम्पर्क

९८५२०७८८९९,९८४२०३५१६२,९८४२११३१५४

ई–मेल

[email protected]
हाम्रो टिम
सम्पादक ज्ञाननाथ ढकाल
प्रबन्धकः महेश उप्रेति
हाम्रो फेसबुक