समाचार
बुबाको हौसला र साथीको प्रेरणाले अघि बढेकी नृत्यकार नीलम (नारी दिवस विशेष–५ )
फागुन २५ गते अर्थात् ८ मार्चको दिन ११० औँ अन्तर्राष्ट्रिय नारी दिवस मनाइँदैछ । यस पटकको नारा ‘म समानताको उत्पादक हुँ, महिलाको अधिकार अनुभूति गर्दैछु’ भन्ने रहेको छ । नारी दिवसको अवसर पारी निष्पक्ष खबरले फागुन २५ गतेसम्म हरेक दिन विभिन्न क्षेत्रमा सङ्घर्षशील सुन्दरहरैंचाका केही नारीको अनुभव र सङ्घर्षको कथा पाठकसामु पस्कन लागेको छ ।
सानैदेखि नाच्ने रहर थियो उनमा । तर एउटा अकल्पनीय दुर्घटनाले उनलाई फरक क्षमताको चर्चित कलाकार बनाइदियो । सुन्दर हरैंचा वडा नम्बर ५ की नीलम ढुङ्गान आज त्यही नृत्यका कारण देशविदेशमा चर्चित छिन् । मेला र महोत्सवको सिजनमा उनलाई कार्यक्रममा जान भ्याइनभ्याइ हुन्छ । आत्मबल दरो हुने हो र उचित वातावरण पाउने हो भने अपाङ्गता भएका व्यक्तिले पनि विश्व हल्लाउन सक्छन् भन्ने धेरै उदाहरण छन् । त्यस्तैमा पर्छिन् नृत्य कलाकार नीलम ढुङ्गाना ।
दुर्घटनामा परेर एउटा खुट्टा गुमाउँदा पनि सफल नृत्य गर्ने कलाकार नीलम ढुङ्गाना सबैको लागि उदाहरणीय व्यक्ति हुन् । २०७३ सालमा नेपाल सरकारको राष्ट्रिय युवा प्रतिभा पुरस्कारबाट समेत सम्मानित भएकी ढ्ङ्गानाको सफलताको यात्राको बाटो भने त्यति सहज छैन । उनको जीवनी कहालीलाग्दो छ ।

२०६४ सालमा एसएलसी परीक्षाभन्दा अगाडि लिइने सेन्ट अप टेस्ट परीक्षा दिन घरबाट इटहरी स्कुल हिँडेकी नीलम र उनकी साथीलाई इटहरी र सुन्दरहरैंचाको सिमानामा रहेको बुढी खोलाको पुलमा ट्रकले ठक्कर दियो । साथीको घटनास्थलमै ज्यान गयो भने उनको एउटा खुट्टा सदाका लागि गुम्यो । ‘म पुलको रेलिङ लगाइएको स्थानबाट रेलिङ समाउँदै जाँदै थिए भने साथी तल सडकबाट हिँडिरहेकी थिइन्’, १ मार्च अर्थात् विश्व ह्वील चेयर दिवसको दिन उनले त्यो दुर्घटनाको स्मरण गरिन्, ‘पछाडिबाट आएको ट्रकले हामीलाई ठक्कर दियो । म रेलिङमा च्यापिएर पुलमा झुण्डिएँ । पछि मानिसहरू आएर हाम्रो उद्धार गरे । म बेहोश भएकी थिइनँ । मेरो खुट्टा चुँडिएको थियो । त्यो पनि म हेरेरहेकी थिएँ । खुट्टा चुँडिएको देख्नासाथ मैले सम्झिएँ, अब मेरा नाच्ने दिन सकिए ।’
पुलको रेलिङमा जोतिएको ट्रकलाई हटाइयो । उनकी साथीको प्राण उडिसकेको थियो । उनलाई उपचारका लागि बीपी कोइराला स्वस्थ्य विज्ञान प्रतिष्ठान धरानमा राखियो । ३ महिना उपचार गरेपछि उनी घर फर्किइन् । एसएलसी परीक्षा पनि उनले अस्पतालबाटै दिइन् । एसएलसी पास भइसकेपछि उनले इटहरीको सुषमा गोदावरी कलेजबाट १२ कक्षा उत्तीर्ण गरिन् । अपाङ्गता भएकै कारणले उनले परिवार र समाज कतैबाट पनि विभेद भोगिनन् ।

खुट्टा गुमाएपछि नीलमलाई अब जीवनमा केही गर्न सकिँदैन जस्तो लागेको थियो । दुर्घटना भएकै बेला नृत्यको भविष्य सकियो भन्ने लागेको थियो उनलाई । तर उनका बुबा दधिराम ढुङ्गानाले सधैँ उनलाई हौसला दिइरहन्थे । अहिलेको जमानामा कृत्रिम खुट्टा प्रयोग गरेर पनि विभिन्न काम गर्न सकिन्छ भनी बाबुले छोरीलाई ढाडस दिइरहन्थे ।
त्यसपछि उनी अपाङ्गता भएका व्यक्तिहरूको हकहितको लागि काम गर्ने अभियानकर्मी भीमा खतिवडा र मीना आचार्यको सम्पर्कमा पुगिन् । उनीहरूले लामो समयदेखि सुन्दरहरैंचा र आसपासलाई आफ्नो कार्यक्षेत्र बनाएर फरक क्षमता भएका व्यक्तिहरूका अधिकारका लागि विभिन्न अभियानहरू सञ्चालन गर्दै आएका थिए । उनीहरूको हौसला र प्रेरणाले गर्दा बिस्तारै उनी अपाङ्गता भएका व्यक्तिहरूको अधिकारका लागि काम गर्न थालिन् । यसै सिलसिलामा उनी साबिक दुलारी गाविसमा अपाङ्गता भएका व्यक्तिहरूको समूहको अध्यक्ष भएर काम गरिन् । काम गर्ने सिलसिलामा विभिन्न सामाजिक व्यक्तित्वहरूसँग भेट हुँदै गयो । जसले गर्दा उनलाई काम गर्ने थप हौसला बढ्दै गयो ।
यसै सिलसिलामा सन् २०१३ को डिसेम्बरमा अपाङ्गता दिवसको अवसरमा अपाङ्गता भएका व्यक्तिहरूको विराटनगरमा भएको कार्यक्रममा सबै क्षेत्रका अपाङ्गता भएका व्यक्तिहरूले आफ्नो कला देखाउने कुरा भयो ।
‘पहिले त म पनि नाच्थेँ’ भनेर उनले भनेकी मात्र थिइन् सबैले उनले अब तिमीले नाच्नुपर्छ भन्न थाले । केही दिनको छोटो तयारीपछि उनी कार्यक्रमको दिन स्टेज चढिन् । खुट्टा कामिरहेको थियो । ‘वसन्त नै बस्न खोज्छ यहाँ लोलाएर ….’ बोलको माइतीघर चलचित्रको गीतमा उनले त्यही कार्यक्रममा पहिलो पटक नाचिन् । गीत बजेपछि नाच्न थालेकी उनले गीत सकिएको पत्तै पाइनन् । त्यो नाचेको भिडियो सामाजिक सञ्जालमा भाइरल नै भयो । त्यसपछि विराटनगरको महोत्सवमा उनले नृत्य देखाउने अवसर पाइन् ।
पछि बिस्तारै पूर्वका विभिन्न ठाउँमा उनलाई बोलाउन थालियो । बिस्तारै देशभरका विभिन्न ठाउँ

मा बोलाउन थालियो । देशभर हुँदै उनले विदेशमा अष्ट्रेलिया, बेलायत, मलेसिया, हङकङ, कतारलगायतका ठाउँमा पनि उनले नृत्य गर्ने अवसर पाइन् ।
नाचेर पनि कमाइ हुन्छ भन्ने उनले बुझ्न थालिन् । ‘आत्मबल दरो भयो भने अपाङ्गताले काम गर्न नछेक्ने बताउँछिन् उनी । अहिले बनेका संरचना कत्तिको अपाङ्गतामैत्री छन् भन्ने प्रश्नमा उनी भन्छिन् अहिले बनेका केही भवन अपाङ्गतामैत्री भए पनि धेरै ठाउँमा समस्या छ भन्छिन् उनी । तर पनि सार्वजनिक यातायातमा अहिले पनि अपाङ्गता भएका व्यक्तिहरूलाई देख्नेबित्तिकै गाडी नरोक्ने, हेपेर बोल्ने लगायतका समस्या रहेको उनी बताउँछिन् ।
सरकारले अहिले लक्षित वर्गलाई छुट्याएको बजेट कत्तिको प्रभावकारी भएको छ भन्ने प्रश्नमा अहिलेका कार्यक्रमहरू प्रभावकारी भएको बताउँछिन् उनी । धेरै अपाङ्गता भएका व्यक्तिहरूले अहिले सीप सिकेर केही न केही काम गरिरहेको उनी बताउँछिन् । नृत्यले उनलाइ यो परिचय दिएकाले भविष्यमा यसैमा रमाउने उनको योजना छ । यसका अलवा उनको जीवनमा आधारित ‘नीलम’ भन्ने छोटो फिल्म पनि बनेको छ । हाल उनी काठमाडांैको फिनिक्स कलेजमा स्नातकोत्तर तहको दोस्रो वर्षमा अध्ययनरत छिन् ।
Facebook Comment
Banner
ग्रिसबाट नेपाली युवतीको आर्तनाद :म बेचिएँ, उद्धार गरिपाउँ
विराटनगर ।
‘मलाई आशिका लामा (जिना चौधरी)ले एक पाकिस्तानीलाई २५ सय युरोमा बेचिदिइ,’ ग्रिसको कुनै अज्ञात स्थानबाट ह्वाट्सएपमा कुरा गर्दै समिक्षा बस्नेत (नाम परिवर्तन) ले भनिन्, ‘अहिले म बन्धकजस्तै छु, पासपोर्ट र मोबाइल सबै खोसिएको छ ।’
घरको ऋण तिर्ने र परिवारलाई सुखी राख्ने सपना बोकेर आठ महिनाअघि युरोपको यात्रामा निस्किएकी समिक्षाको सपना मात्र नभएर शरिर पनि बन्धक बनेको छ । झापा घर भई काठमाडौंको बालाजुमा बस्दै आएकी उनी कानुनी प्रक्रिया पूरा गरेरै कामदार भिसामा युरोपेली मुलुक सर्बिया पुगेकी थिइन् ।
‘सर्बिया पुगेर १३–१४ दिन काम मात्र के गरेका थियौं, त्यहाँको आन्तरिक राजनीतिक समस्याले हाम्रो भिसा रद्द भयो’, उनले आफ्नो पीडा सुनाइन् । सर्बियामा बस्न पनि नसकिने र घर फर्किन पनि ऋणले थिचिएको अवस्थामा उनले सामाजिक सञ्जाल टिकटकमा ‘आशिका लामा’ नामको अकाउन्ट भेटिन् ।
आशिकाले उनलाई ग्रिस पु¥याइदिने र त्यहाँ राम्रो कमाइ हुने सपना देखाइन् । ‘१ हजार २ सय युरोमा ग्रिस पु¥याइदिने र त्यो पैसा पनि काम गरेपछि तिर्न मिल्ने आश्वासन पाएपछि मैले विश्वास गरे’, ती युवतीले भनिन् । ऋणमा डुबेकी र भविष्य अन्धकार देखेकी उनलाई आशिकाको प्रस्ताव अन्धकारमा देखिएको उज्यालो जस्तै लाग्यो ।
तर, उनले सोचेजस्तो भएन । उनी सर्बियाबाट ग्रिसको भूमि त पुगिन् । तर, त्यहाँ त उनी बेचिएर पुगेकी रहिछिन् । आशिकाबाट आफू एक पाकिस्तानी नागरिकलाई २५ सय युरोमा बेचिएको उनले थाहा पाइन् । आशिकाले समिक्षा जस्ता धेरै नेपाली युवतीलाई पाकिस्तानी दलालसँग पुर्याउने गरेकी रहिछिन् । ‘यहाँ आएपछि हाम्रो पासपोर्ट, मोबाइल सबै खोसियो,’ उनले भनिन्, ‘बिहानदेखि बेलुकासम्म १३–१४ घण्टा कृषि फार्ममा प्याज, आलु र खुर्सानी टिप्ने काममा लगाइन्छ ।’
दिनभरि काम गरेर ५० युरो कमाए पनि उनीहरुको हातमा १५ युरो मात्रै थमाइन्छ । बाँकी पैसा रासनपानी र ऋण तिरेको भनेर दलालले नै राख्छ । उनले आफू सर्भिया जाँदा झण्डै ९ लाख खर्च गरेको पनि बताइन् ।
‘आठ महिना भयो, मैले घरमा एक रुपैयाँ पठाउन सकेको छैन । घरमा सम्पर्क गर्न पनि पाउँदिनँ,’ उनले भनिन् । यो नारकीय जीवनबाट उम्किन उनले एकपटक भाग्ने प्रयास पनि गरिन् । तर, उनी समातिइन् र कडा निगरानीमा राखियो । ‘भाग्ने प्रयास गरेपछि मलाई अरु नेपालीबाट छुट्याएर पाकिस्तानीहरुको बीचमा राखिएको छ’, उनले भनिन्, ‘भनेको मानेन भने पिट्छन्, मार्दिन्छु भनेर चक्कु देखाएर तर्साउँछन् ।’
अहिले उनीसँग आफ्नो पासपोर्ट वा कुनै परिचय खुल्ने कागजात पनि छैन । आफूले बल्लतल्ल किनेर लुकेर मोबाइल प्रयोग गरेको बताउने उनले भनिन्, ‘म घरको एक्लो छोरी, धेरै डराउने मान्छे हुँ’, उनले भनिन्, ‘१० पटक सोचेर हिम्मत जुटाएर तपाईंलाई सम्पर्क गरेकी हुँ । मलाई मार्न पनि सक्छन् ।’
उनीजस्तै त्यहाँ लगभग ३० जना नेपाली र अन्य देशका गरी ५० भन्दा बढी कामदार बन्धक बनाइएको उनी बताउँछिन् । तर, डरका कारण कोही पनि बोल्न सक्ने अवस्थामा छैनन् ।‘कृपया मलाई यहाँबाट निकालिदिन सहयोग गरिदिनुहोस्,’ उनले भनिन्, ‘म घर फर्कन चाहन्छु ।’ उनले आफूलाई यो अवस्थामा पु¥याउने आशिका लामा (जिना चौधरी) र उनका पाकिस्तानी साझेदार सनि भनिने रहेको दाबी गरेकी छिन् । उक्त गिरोहमा माथिल्लो स्थानसम्म पहुँच बनाएका नेपालीहरु पनि संलग्न रहेको थाहा पाएको उनको दाबी छ ।
हाम्रोमतबाट साभार
Banner
सिन्धुलीको गोलाञ्जोरबाट एकै परिवार १६ जना गायब,
सिन्धुलीको गोलन्जोर गाउँपालिका–६ स्थित भण्डास बिप्पर कटेरीबाट एकै परिवारका १६ जना एकसाथ गायब भएका छन् । स्थानीय उर्मिला हायुको परिवार केही दिनदेखि अचानक गायब भएको हो ।हायु परिवारका सबै १६ जना सदस्य आइतबार रातिदेखि अचानक सम्पर्कविहीन भएर गायब बनेको वडाध्यक्ष रविन श्रेष्ठले जानकारी दिए । अहिले हायु परिवारको खोजीका लागि प्रहरी परिचालन गरिएको छ।
सोमबार बिहान मात्रै हायु परिवार गायब भएको कुरा छिमेकीले थाहा पाएपछि जिल्ला प्रहरी कार्यालयमा खबर गरेका थिए।प्रहरी टोली घटनास्थल पुगेर अनुसन्धान थाले पनि अहिलेसम्म हायु परिवारका कोही पनि सदस्य नभेटिएको जिल्ला प्रहरी प्रमुख एसपी लालध्वज सुवेदीले बताए ।
सुवेदीले हायु परिवारको घरमा सामान्य तोडफोड गरे जस्तो देखिएको बताए । उनका अनुसार हायु परिवारले पालेका कुखुरा, बाख्रा र भैंसीजस्ता गोठमै अलपत्र छन् । हायु परिवारको घरभित्र कोही पनि सदस्य भेटिएनन् ।
वडाध्यक्ष रविन श्रेष्ठले यो हायु परिवारको घर जंगलबीच एकान्तमा रहेकाले छिमेकीले पुग्न पनि २० मिनेटजति हिँड्नुपर्छ । यो घरमा उर्मिला, छोराबुहारी, छोरी, नातिनातिनी, ज्वाइँसहित १६ जना रहेको श्रेष्ठले बताए । उनीहरू परिवार नै सबै एकैचोटि हराएपछि घटनालाई रहस्यमय मानिएको श्रेष्ठले बताए ।
वडाध्यक्ष श्रेष्ठका अनुसार हायु परिवारको भान्छाका लागि बनाइएको छाप्रोमा आगो लागेको भेटिएको छ। गाईवस्तु र कुखुरा भने पाखैमा छाडेको अवस्थामा फेला परेका उनले बताए ।
गोलन्जोर गाउँपालिकाका अध्यक्ष बुद्धिनारायण बरालले हायु परिवारका सदस्यहरूले सामाजिक सुरक्षा भत्ता बुझेर पालिकाबाट गएको बताए । हायु जातिलाई सरकारले लोपोन्मुखको सूचीमा राखेको छ । त्यहीकारण उनीहरूलाई सरकारले सामाजिक सुरक्षा भत्ता दिने गरेको छ। उनीहरू सबै घरबाट गायब भएको कम्तीमा दुई दिन भइसकेको अनुमान जनप्रतिनिधिले गरेका छन् ।
अहिले हायु परिवारको घरमा प्रहरी, जनप्रतिनिधि र छिमेकी जम्मा भएका छन् । प्रहरीले घटनाबारे अनुसन्धान भइरहेकाले ठोस तथ्य नभेटिएसम्म केही भन्न नसकिने जनाएको छ।
Banner
अनेरास्ववियुको महाधिवेशन: यी हुन् अध्यक्षका आकांक्षी
मातृ पार्टी नेकपा (एमाले) ले ३२ वर्षे उमेरहद लगाउन परिपत्र गरेसँगै अनेरास्ववियुमा आकांक्षीको लर्को लागेको छ।
एमालेनिकट विद्यार्थी संगठन अनेरास्ववियुको २४ औं राष्ट्रिय महाधिवेशन काठमाडौंको कीर्तिपुरमा जेठ २५ गतेबाट सुरू हुँदैछ।
एमालेको ‘नर्सरी’ मानिएको अनेरास्ववियुको महाधिवेशन प्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष केपी शर्मा ओलीले गर्नेछन्। जेठ २८ गतेसम्म अधिवेशन चल्नेछ।
अनेरास्ववियुको आगामी अध्यक्षका लागि पाँच जना आकांक्षी देखिएका छन्। त्यसो त ३२ वर्षमुनिका र नियमित विद्यार्थीमात्रै अखिलको कमिटीमा बस्न पाउने प्रावधान लागू हुने भएपछि केन्द्रीय सदस्यहरूले समेत अध्यक्षको आकांक्षा देखाउन थालेका छन्। त्यसो हुँदा प्रतिस्पर्धीको संख्या अझ बढ्न सक्ने आकलन गरिएको छ।
१७ सदस्यीय पदाधिकारीमा उमेरहद लागू हुँदा १२ जना बाहिरिनेछन्। पाँच जना सचिव मात्रै ३२ वर्ष मुनिका छन्।
अहिले तिनैमध्येबाट अध्यक्ष बनाउने चर्चा चलिरहेको छ। यद्यपि सचिवभन्दा मुनिकाले पनि प्रतिस्पर्धा गर्न पाउनेछन्। सोहीअनुसार विधानको मस्यौदा तयार पारेर लाने तयारी भइरहेको छ।
अनेरास्ववियुको अध्यक्ष समिक बडालले पार्टीले निर्देशन दिइसकेको अवस्थामा ३२ वर्षे उमेरहद लागू हुने बताए। त्यहीअनुसार विधानको मस्यौदा बनाएर अधिवेशनको बन्दसत्रमा प्रस्तुत हुने उनले जानकारी दिए।
‘पार्टीबाट निर्देशन र परिपत्रसमेत आइसकेकाले सोहीअनुसार विधान मस्यौदा तयार पारेर अधिवेशनमा लैजान्छौं,’ उनले भने।
उनकाअनुसार अधिवेशनमा आयोजकसमेत गरेर करिब १५ सय प्रतिनिधि हुनेछन्। प्रतिनिधि व्यवस्था उपसमितिको बैठक मंगलबार बस्दैछ। यसले प्रतिनिधिको संख्या यकिन गर्नेछ।
अनेरास्ववियुको आगामी अध्यक्षका लागि म्याग्दीका प्रकाश पौडेल, डोटीका दीपक धामी, रामेछापका डा. सुजन कडरिया, सुनसरीकी आरती भट्टराई र सर्लाहीकी अञ्जना शिवाकोटीको नाम चर्चामा छ।
नेतृत्वले मुख नखोलिसकेकाले कसकसका बीचमा प्रतिस्पर्धा हुन्छ भनेर अहिले नै निर्क्यौल गर्न गाह्रो भएको एक प्रतिनिधिले जानकारी दिए।
अहिलेसम्मको परिस्थिति हेर्दा प्रवक्तासमेत रहेका सचिव प्रकाश पौडेल र धामीबीच प्रतिस्पर्धाको बलियो सम्भावना छ।
३२ वर्षे उमेरहद नलाग्दा महासचिव नरेश रोकाया अध्यक्षका बलिया आकांक्षी थिए। महाधिवेशनको हलले फैसला गर्नुअघि नै पार्टीले उमेरहदको प्रबन्ध राख्न निर्देशन दिइसकेकाले उनी बाहिरिने निश्चितै छ।
त्यस्तै चार उपाध्यक्ष नारायण घर्ती, गोविन्द गिरी, धर्म गिरी, मर्यादा विष्ट पनि उमेर हदका कारण बाहिरिँदैछन्।
मौजुदा कमिटीका अध्यक्ष, उपाध्यक्षहरूले ककसलाई समर्थन गर्छन् भनेर नखुलिसकेकाले प्रतिस्पर्धीको आकलन गर्न गाह्रो भएको एक पदाधिकारीले बताए।
सचिव प्रकाश पौडेलले आफूले तहगत कमिटी पार गर्दै आएको अध्यक्षको स्वाभाविक दाबेदार रहेको बताए।
‘संगठनले दिएको सबै जिम्मेवारी पूरा गरेको छु। स्कुल कमिटीदेखि जिल्ला कमिटी सदस्य, अध्यक्ष हुँदै गण्डकी प्रदेश अध्यक्ष बनेको थिएँ। त्यस्तै संगठनको केन्द्रीय सदस्य, स्थायी कमिटी हुँदै सचिव बनेको छु। यहाँसम्मको कामको मूल्यांकन गरेर प्रतिनिधिहरूले अध्यक्षको जिम्मेवारी दिनुहुनेछ भन्ने ठानेको छु,’ उनले भने।
उनले केही दिनमा संगठनको २४ महिने कार्यकालको योजनासहित आफ्ना कार्यक्रमहरू सार्वजनिक गर्ने र त्यसलाई प्रतिनिधिहरूको बीचबाट अनुमोदन गराउने तयारी रहेको उनले बताए।
सचिव अञ्जना शिवाकोटीले पनि अनेरास्ववियुको चौथो महिला अध्यक्ष बनेर इतिहास रच्ने अभियानमा आफू रहेको बताइन्।अनेरास्ववियुमा यसअघि रामकुमारी झाँक्री, नविना लामा र सुनीता बराल अध्यक्ष भइसकेका छन्।
मधेस प्रदेश इन्चार्जसमेत रहेकी उनी तेक्वान्डोको अन्तर्राष्ट्रिय खेलाडीसमेत हुन्। अनेरास्ववियुलाई सबै तह र तप्का विद्यार्थीहरूको अगुवा संगठन बनाउनुपर्ने उनको बुझाइ छ।
‘तहगत कमिटी पार गर्दै खारिएर आएको छु। प्रतिनिधिहरूले अध्यक्षकै रूपमा हेर्न चाहेको बताइरहनुभएको छ, त्यसैले उत्साहित पनि छु,’ उनले भनिन्।
अर्का सचिव डा. सुजन कडरियाले विद्यार्थी आन्दोलनलाई रचनात्मक र सिर्जनात्मक बाटो दिन नै आफूले उम्मेदवारी दिन लागेको बताए।
निजी र सार्वजनिक क्षेत्रले दुईथरी जनशक्ति उत्पादन गरिरहेको, वर्तमान शिक्षा प्रणालीमा निजी र सार्वजनिक क्षेत्रले पठाउने पाठ्यक्रममै भिन्नता रहेकाले यसैलाई एजेन्डा बनाएर मैदानमा प्रस्तुत हुने उनले बताए। उनी काठमाडौं विश्वविद्यालयबाट अनेरास्ववियुमा जोडिएका हुन्।
‘मैले शैक्षिक मुद्दालाई प्राथमिकतामा राखेर अघि बढ्नेछु। नियमित विद्यार्थीले नै अनेरास्ववियुको नेतृत्व गर्ने निर्णय हुँदा मेरो दाबी बलियो र स्वभाविक पनि रहन्छ,’ उनले भने।
एमालेको परिवर्तित नीतिअनुसार जनसंगठनको केन्द्रीय कमिटीमा दुई तहको मात्रै संरचना रहनेछन्। पदाधिकारीको संख्या ९ मात्रै रहनेछ। सचिवालय र केन्द्रीय कमिटी मात्रै हुनेछ भने केन्द्रीय कमिटीको आकार १५१ सदस्यीय हुनेछ।
-
अर्थ6 years agoसमाचारमार्फत् आफ्नो चरित्रहत्या गरिएको भन्दै कानेपोखरीका युवा व्यवसायीले गरे पत्रकार सम्मेलन
-
Banner3 years agoसाउनदेखि कुन तहका कर्मचारीको कति तलब ?
-
खेलकुद6 years agoरंगशालाको अवलोकन
-
मुख्य6 years agoशेयर बजारमा झिनो अंकको गिरावट
-
अर्थ6 years agoगोर्खा डिपाटमेन्ट स्टोर विराटचोकलाई ५० हजार जरिवाना
-
मुख्य6 years agoसुन्दरहरैंचामा चोरले बोरामा हालेर लादैं गरेको बच्चालाई आमाले खोस्न सफल
-
मुख्य6 years agoपुस १० गते खण्डग्रास सूर्यग्रहण लाग्ने भएकाले मोरङका संस्थागत विद्यालय बिदा
-
Banner6 years agoगोठगाउँमा पूर्वाञ्चल विश्वविद्यालय सर्ने, गोठगाउँमा आज साँझ दीप प्रज्वलन गरिने













You must be logged in to post a comment Login