Connect with us
Advertisement

प्रदेश सरकारले सबै जिल्लामा विपद् व्यवस्थापन केन्द्र बनाउने

Published

on

विराटनगरः प्रदेश नं. १ सरकारले प्रदेशका सबै जिल्लामा एउटाएउटा विपद् व्यवस्थापन केन्द्र बनाई दमकल, एम्बुलेन्स र प्रहरी भ्यानको व्यवस्था गर्ने भएको छ ।

शुक्रबार प्रदेश सभाको बैठकमा बोल्दै आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मतकुमार कार्कीले एकीकृत ढङ्गले विपद् व्यवस्थापन गर्ने जानकारी दिए ।

उनले राहत र उपचार खर्च बढाउन संशोधनको प्रस्ताव आएकाले मन्त्रिपरिषद्को बैठकबाट टुङ्गो लगाउने जानकारी दिए । त्यस्तै, तीर्थयात्राको क्रममा भारतमा मृत्यु भएका सुनसरीका तीर्थयात्रीलाई राहत दिन सो जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई प्रस्ताव ल्याउन निर्देशन दिइसकेको उनले जानकारी दिए ।

कोरोनाको तत्काल सङ्क्रमण भएको पाइएमा मोरङ र उदयपुरबाट १ हजार जनासम्मको उपचार गर्ने प्रबन्ध मिलाइएको जानकारी दिँदै यसबाट प्रदेशमा हुन सक्ने कुनै पनि अभाव हुन नदिनेतर्फ सरकार सचेत छ रहेको बताए ।

बैठकमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) संसदीय दलका तर्फबाट विशेष समय लिएर सदस्य मोहनकुमार खड्काले देशको समृद्धि एवं विकासमा कृषि र पशु उत्पादनको महत्व पनि रहेकाले प्रदेश सरकारको यसतर्फ ध्यान जानुपर्ने बताए ।

कृषि र पशु उत्पादनमा प्रदेश सरकारले ठोस नीति एवं कार्यक्रम बनाउनुपर्ने भन्दै कृषिमा दिइने अनुदान वास्तविक किसानलाई दिनुपर्ने र कृषि ज्ञान केन्द्रमा तुरुन्त कर्मचारीको व्यवस्थापन हुनुपर्ने माग खड्काले राखेका थिए ।

Continue Reading

Facebook Comment

16 Comments

You must be logged in to post a comment Login

Leave a Reply

Banner

कांग्रेस देउवा समूह आज सर्वोच्च अदालत जाने

Published

on

नेपाली कांग्रेसको शेरबहादुर देउवा समूह पार्टीको आधिकारिकता दाबीका लागि आज सर्वोच्च अदालत जाने भएको छ ।

निर्वाचन आयोगले गत शुक्रबाट विशेष महाधिवेशनबाट निर्वाचित गगन थापा नेतृत्वको कार्यसमितिलाई मान्यता दिएपछि उक्त निर्णयविरुद्ध देउवा समूह आज सर्वोच्च जान लागेको हो ।

देउवा समूहको शनिबार सानेपामा बसेको बैठकले आयोगको निर्णयविरुद्ध राजनीतिक प्रतिवादसँगै कानुनी उपचारका लागि सर्वोच्चमा जाने निर्णय गरेको थियो । कांग्रेसको देउवा समूहलाई वरिष्ठ अधिवक्ता खम्मबहादुर खाती, शेरबहादुर केसीलगायतले कानुनी परामर्श दिइरहेका छन् ।

गत पुस २७ देखि माघ १ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा भएको कांग्रेसको दोस्रो विशेष महाधिवेशनले गगन थापाको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको थियो ।

Continue Reading

Banner

रास्वपा केन्द्रीय समितिको बैठक, प्रत्यक्ष उम्मेदवार टुंगो लाग्ने

Published

on

प्रत्यक्ष निर्वाचनतर्फ उम्मेदवार टुंगो लगाउन राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समिति बैठक आज बस्दैछ। बैठक दिउँसो २ बजे पार्टी केन्द्रीय कार्यालय, वनस्थलीमा बस्नेछ।बैठकले फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनका लागि १६५ क्षेत्रका प्रत्यक्ष उम्मेदवारको नाम टुंगो लगाउने बताइएको छ। निर्वाचन आयोगले आगामी माघ ६ गते प्रत्यक्षतर्फको उम्मेदवारी पेस गर्न समय तोकेकोको छ। उम्मेदवारी दर्ताका लागि आफ्नो निर्वाचन क्षेत्रमा उम्मेदवार पुग्नुपर्ने भएकाले आजै उम्मेदवारको टुंगो लगाउनुपर्ने बाध्यतामा दल रहेका छन्।

नेकपा (एमाले)ले केही क्षेत्रबाहेक अधिकांश उम्मेदवारको नाम टुंगो लगाएको छ भने कांग्रेसमा विवाद जारी छ। पार्टी आधिकारिकताको प्रमाणपत्र विशेष महाधिवेशन पक्षले पाएपछि कांग्रेसमा विवाद चर्चिएको हो।

Continue Reading

Banner

आधिकारिकता विवादबीच निर्वाचन जाने विशेष महाधिवेशन कांग्रेसको निर्णय

Published

on

विशेष महाधिवेशनबाट निर्वाचित भएको कांग्रेसले आधिकारिकताको दाबी गर्दै निर्वाचन आयोग जाने निर्णय गरेको छ । गएराति गगन थापा सभापतिमा निर्वाचित भएपछि आज ललितपुरको कुपण्डोलमा बसेको पहिलो बैठकले निर्वाचन आयोग जाने निर्णय गरेको हो ।​​​​​​

Continue Reading
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

Trending

सम्पर्क

विराट मिडिया एण्ड एड्भरटाइजिङ प्रालिद्वारा सञ्चालित
निष्पक्ष खबर डट कम

सुन्दरहरैँचा, मोरङ

सूचना विभाग दर्ता नं. १६४२ ०७६।७७

प्रेस काउन्सिल दर्ता नं. ३४३ ०७६।०७७
कम्पनी दर्ता नं. २२७६३९।०७६।०७७
स्थायी लेखा नं. ६०९६५३९४६

सम्पर्क

९८४२११३१५४, ९८०४३९४५४७, ९८०४०५३७९९

ई–मेल

[email protected]
हाम्रो टिम
अध्यक्ष टेकराज तिम्सिना
प्रधान सम्पादक ज्ञाननाथ ढकाल
सम्पादक पवन तिम्सिना
प्रबन्धकः शम्भु धमला
हाम्रो फेसबुक