शिक्षा / स्वास्थ्य
जाजरकोटको बारेकोट गाउँपालिकामा गर्भबाट आउन थाल्यो बाबुलाई चिठी !
जाजरकोटः स्वास्थ्य चेतना जगाउने उद्देश्यले जाजरकोटको बारेकोट गाउँपालिकाका गर्भवतीका श्रीमान्लाई गर्भबाटै पत्राचार हुन थालेको छ ।
‘बाबा म अहिले गर्भमा हुर्किरहेको छ । हजुरले आमालाई पोसिलो खानेकुरा उपलब्ध गराउनुहोला । आमाले सो खाएमा म र आमाको स्वास्थ्य राम्रो हुन्छ । म जन्मिसकेपछि नियमित तौल लिनु, खोपहरूसमेत लगाउनुहोला, म स्वस्थ भएँ भने देशका लागि योगदान गर्न सक्छु । म हुर्कँदै गर्दा आमालाई कुनै खालको तनाव र अभाव हुन नदिनुहोला, धन्यवाद ।’ यस्तो सन्देश लेखिएका पत्र गाउँपालिकाका प्रत्येक गर्भवतीको घरमा गाउँपालिकाले पठाउन थालेको छ ।
गर्भजाँच गर्न स्वास्थ्य संस्थामा आएका प्रत्येक गर्भवतीलाई सन्देश कार्ड र बाबालाई चिठी लेखिएको पत्र घरका आफन्तलाई पठाउने गरेको हो । चिठीमा गर्भावस्थादेखि चेतनाको वृद्धि हुञ्जेलसम्मका कुराहरू लेखेर पटकपटक बालबालिकाको भविष्यका लागि अभिभावकलाई सम्झाउने काम गरिएको हुन्छ ।
गाउँपालिकाले सुरक्षित र संस्थागत सुत्केरी दर बढाउनका लागि ‘सुत्केरी आमासँग उपाध्यक्ष कार्यक्रम’ समेत शुरु गरेको छ । सो कार्यक्रममार्फत गाउँपालिकाभित्रका गर्भवती तथा सुत्केरी महिलालाई एउटा झोलाभित्र नङ काट्ने नैनी, मञ्जन, नुहाउने साबुन, कपडा सफा गर्ने साबुन, रुमाल, ऐना र काइँयो दिइने गरिएको छ ।
Facebook Comment
Banner
जाजरकोट भूकम्पमा परी १ सय ३३ जनाको मृत्यु
सुर्खेतः जाजरकोटमा गएको भूकम्पका कारण जाजरकोट र रुकुम पश्चिममा गरी अहिलेसम्म एक सय ३३ जनाको ज्यान गएको छ । भूकम्पबाट अहिलेसम्म दुवै जिल्लामा गरी एक सय ८५ जना घाइते भएका छन् ।
प्रहरीका अनुसार जाजरकोटमा ९५ जनाको तथा रुकुम पश्चिममा ३८ जनाको ज्यान गएको छ । घाइतेलाई उपचारका लागि नेपाली सेनाको हेलिकप्टरबाट नेपालगञ्ज तथा अन्य ठाउँमा लगिएको छ ।
शुक्रबार राति ११ बजेर ४७ मिनेटमा जाजरकोटको बारेकोट गाउँपालिका–१, रामीडाँडा केन्द्रबिन्दु भई ६ दशमलव ४ रेक्टरस्केलको भूकम्प गएको थियो ।
Banner
नलगाढ नगरपालिकाकी उपप्रमुखसहित ६३ जनाको भूकम्पका कारण मृत्यु
सुर्खेतः शुक्रबार राति जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु भएर गएको ६.४ म्याग्निच्युटको भूकम्पले जाजरकोटको नलगाढ नगरपालिकाकी उपप्रमुख सरिता सिंहको मृत्यु भएको कर्णाली प्रदेश प्रहरी प्रमुख डीआईजी भीम ढकालले जानकारी दिएका छन् ।
उपप्रमुख सिंहको सदरमुकामस्थित घरमै सुतिरहेको अवस्थामा भूकम्पले मृत्यु भएको हो । उनी कांग्रेसबाट निर्वाचित भएकी थिइन् ।
जाजरकोट र रुकुम पश्चिममा भूकम्पमा परी मृत्यु हुनेको संख्या ६३ जना पुगेको छ । कर्णाली प्रदेश प्रहरी प्रमुख डीआईजी भीम ढकालका अनुसार जाजरकोटमा ३६ जना र रुकुम पश्चिममा २७ जनाको ज्यान गएको पुष्टि भएको हो ।
उनका अनुसार भूकम्पमा परी घाइते भएकाहरूलाई उपचारको लागि जिल्ला अस्पतालमा पु¥याइएको छ । भूकम्पले घरहरु भत्किएको थाहा हुनासाथ उद्धारका लागि कर्णाली प्रदेश प्रहरी कार्यालयबाट उद्धार टोली परिचालन गरिएको डीआइजी ढकालले बताए ।
Banner
शुक्रबार राति जाजरकोट केन्द्रबिन्दु भएर ६.४ म्याग्निच्युटको भूकम्प
सुर्खेतः शुक्रबार राति ११ बजेर ४७ मिनेट जाँदा जाजरकोटलाई केन्द्रबिन्दु बनाएर ६.४ म्याग्निच्युडको भूकम्प गएको छ ।
राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार भूकम्पको धक्का काठमाडौँका साथै देशैभरजसो महसुस गरिएको थियो । भूकम्पबाट जाजरकोट, पश्चिम रुकुमसहितका जिल्लाहरुमा घरहरुमा क्षति पुगेको छ । भूकम्पपीडितको उद्दारका लागि नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली खटिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।
-
अर्थ5 years ago
समाचारमार्फत् आफ्नो चरित्रहत्या गरिएको भन्दै कानेपोखरीका युवा व्यवसायीले गरे पत्रकार सम्मेलन
-
Banner2 years ago
साउनदेखि कुन तहका कर्मचारीको कति तलब ?
-
खेलकुद5 years ago
रंगशालाको अवलोकन
-
मुख्य5 years ago
शेयर बजारमा झिनो अंकको गिरावट
-
अर्थ5 years ago
गोर्खा डिपाटमेन्ट स्टोर विराटचोकलाई ५० हजार जरिवाना
-
मुख्य5 years ago
सुन्दरहरैंचामा चोरले बोरामा हालेर लादैं गरेको बच्चालाई आमाले खोस्न सफल
-
मुख्य5 years ago
पुस १० गते खण्डग्रास सूर्यग्रहण लाग्ने भएकाले मोरङका संस्थागत विद्यालय बिदा
-
Banner5 years ago
गोठगाउँमा पूर्वाञ्चल विश्वविद्यालय सर्ने, गोठगाउँमा आज साँझ दीप प्रज्वलन गरिने
You must be logged in to post a comment Login