Connect with us
Advertisement

नेरुडेको डेढ करोड रुपैयाँ हिनामिना गरेको आरोपमा २ जना पक्राउ

Published

on

जलेश्वरः मोरङको विराटनगरमा केन्द्रीय कार्यालय रहेको नेरुडे लघुवित्त वित्तीय संस्थाको डेढ करोडभन्दा बढी रकम हिनामिना गरेको आरोपमा २ जना पक्राउ परेका छन् ।

महोत्तरीको पिपरा गाउँपालिकामा रहेको उपशाखामा कार्यरत उनीहरू पक्राउ परेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ । १ करोड ६१ लाख ७६ हजार ८ सय ६० रुपैयाँ हिनामिना गरेको आरोप उनीहरुमाथि छ ।

पक्राउ पर्नेमा मोरङको ग्रामथान गाउँपालिका–३ का २६ वर्षीय बद्रीनारायण तवदार र जहदा गाउँपालिका–३ का ३१ वर्षीय दीपककुमार कर्ण रहेको प्रहरीले जनाएको छ ।

तवदार नेरुडे लघुवित्त वित्तीय संस्थाका वरिष्ठ उत्प्रेरक र कर्ण सहायक उत्प्रेरकको रुपमा कार्यरत रहेका थिए । पक्राउ परेका दुवै जनाले नक्कली ऋणी बनाएर झुटो विवरण तयार पारी कर्जा लगानी देखाएको बताइएको छ ।

संस्थाको केन्द्रीय कार्यालय विराटनगरका कामु सहायक महाप्रबन्धक ऋषिप्रसाद न्यौपानेको उजुरीका आधारमा ती दुवैमाथि बैंकिङ कसुर मुद्दामा कारवाही भइरहेको बताइएको छ ।

Continue Reading

Facebook Comment

11 Comments

You must be logged in to post a comment Login

Leave a Reply

Banner

राष्ट्र बैंकको सर्भरमा १५ हजार पटक साइबर आक्रमण, ह्याक गरेर डेटा ‘डार्क वेब’मा अक्सन

Published

on

नेपाल राष्ट्रबैंकको सर्भरमा ६ महिनाको अवधिमा एकै व्यक्तिले १५ हजार पटक साइबर आक्रमण गरेको पाइएको छ ।

राष्ट्रबैंकको बेवसाइट र वेब एप्लिकेशनहरूमा साइबर आक्रमण भएको भन्दै उजुरी परेपछि केन्द्रीय साइबर ब्यूरोले गरेको अनुसन्धानका क्रममा १५ हजार पटकसम्म आक्रमण भएको खुलेको हो ।

राष्ट्रबैंकको सर्भर ह्याक गरेको आरोपमा साइबर ब्यूरोको टोलीले जिल्ला प्रहरी कार्यालय कास्कीको सहयोगमा ३० फागुनमा नवराज लामिछानेलाई पक्राउ गरेको थियो ।

स्याङ्जाको पुतलीबजार नगरपालिका–९ घर भई पोखराको बिरौटा बस्दै आएका २६ वर्षीय लामिछानेलाई काठमाडौं ल्याएर ब्यूरोले अनुसन्धान गरेको थियो । कम्प्युटर इन्जिनियरिङमा स्नातक पास गरेर पोखराकै एक स्कुलमा कम्प्युटर शिक्षकको रुपमा कार्यरत उनले पटक पटक राष्ट्र बैंकमाथि साइबर आक्रमण गरेका थिए ।

Continue Reading

Banner

काठमाडौंको बलम्बु प्रहरी प्रभाग इन्सपेक्टरले चलाए गोलि, बडीगार्ड र सेवाग्राही घाइते

Published

on

काठमाडौंको बलम्बु प्रहरी प्रभागका इन्चार्जले आइतबार साँझ गोली चलाएका छन्। इन्सपेक्टर सुरेन्द्र श्रेष्ठले पेस्तोलको गोलि निकाल्न नसकेपछि पड्काइदिएका हुन्।

उनले गोलि चलाउँदा उनकै बडीगार्ड र सेवाग्राही घाइते भएका छन्।

इन्स्पेक्टर श्रेष्ठ ड्युटी सकेर जाने क्रममा पेस्तोल बुझाउन कोर्टमा गएका पेस्तोलको गालि निकाल्न प्रयास गरेको र ननिस्किएपछि पड्काइदिएको प्रहरीले जनाएको छ।

बडीगार्डको खुट्टामा एक राउन्ड गोली लागेको छ। उनको अवस्था खतरामुक्त रहेको प्रहरीले जनाएको छ। उनी र सेवाग्राहीकै एपीएफ अस्पताल बलम्बुमा उपचार भइरहेको छ। घटनाबारे अनुसन्धानका लागि इन्स्पेक्टर श्रेष्ठलाई नियन्त्रणमा लिइएको छ।

Continue Reading

Banner

बम बनाउने विस्फोटक पदार्थसहित माओवादी केन्द्र झापा सचिव मिश्र इटहरीबाट पक्राउ

Published

on

Continue Reading
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

Trending

सम्पर्क

विराट मिडिया एण्ड एड्भरटाइजिङ प्रालिद्वारा सञ्चालित
निष्पक्ष खबर डट कम

सुन्दरहरैँचा, मोरङ

सूचना विभाग दर्ता नं. १६४२ ०७६।७७

प्रेस काउन्सिल दर्ता नं. ३४३ ०७६।०७७
कम्पनी दर्ता नं. २२७६३९।०७६।०७७
स्थायी लेखा नं. ६०९६५३९४६

सम्पर्क

९८४२११३१५४, ९८०४३९४५४७, ९८०४०५३७९९

ई–मेल

[email protected]
हाम्रो टिम
अध्यक्ष टेकराज तिम्सिना
प्रधान सम्पादक ज्ञाननाथ ढकाल
सम्पादक पवन तिम्सिना
प्रबन्धकः शम्भु धमला
हाम्रो फेसबुक