कोशी प्रदेश
कोरोना रोकथामका लागि प्रदेश सरकारद्वारा कार्ययोजना सार्वजनिक
विराटनगरः नोभेल कोरोना भाइरस (कोभिड–१९) को रोकथाम, प्रतिरक्षा र उपचार व्यवस्थासम्बन्धी कार्ययोजना प्रदेश नं १ को सरकारले सार्वजनिक गरेको छ ।
मुुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बिहीबार बसेको सर्वदलीय बैठकपछि कार्ययोजना सार्वजिनक गरिएको हो । कार्ययोजनामा कोरोना भाइरसका मुख्य लक्षण, यसको सङ्क्रमणवाट बच्न अपनाउनुपर्ने पूर्वसावधानी, प्रदेशको वस्तुस्थिति, वस्तुस्थितिको विश्लेषण, सम्भावित चुनौतीहरु र रोकथाम, प्रतिरक्षा र उपचार व्यवस्थाको उल्लेख गरिएको छ ।
सङ्क्रमण फैलन नदिन प्रदेश सरकारले गरेको उच्च सावधानी, सीमा क्षेत्रमा गरिएको आवश्यक अनुगमन, उच्च सर्तकता, यसबाट बच्न अपनाउनुुपर्ने सावधानी तथा सम्भावित चुुनौतीका विषयलाई कार्ययोजनामा समेटिएको छ ।
कोरोना भाइरस सङ्क्रमण भित्रिन नदिनका लागि ५ ओटा सीमा नाका जोगबनी, भद्रपुुर, कांँकरभिट्टा, पशुपतिनगर र भण्टाबारीमा जगेडा चालक र मेडिकल टोली खटाइने भएको छ । त्यस्तै, १० ओटा जिल्लामा दुुई–दुुई ओटा गरी २० ओटा एम्बुुलेन्स तयारी अवस्थामा राखिने भएको छ । सुुनसरीको श्रीलङ्का टापुु र मोरङको टाँडीमा क्वारेन्टाइन स्थापना गर्ने र पहिलो चरणमा ५ सयभन्दा बढी चिकित्सकको टोली तयारी अवस्थामा राख्नुका साथै नेपाल प्रहरी तथा नेपाली सेनालाई तयारी अवस्थामा राख्ने कार्य योजनामा समेटिएको छ ।
प्रदेश सरकारले ‘एक्सन प्लान’ बनाएर कार्यान्वयनका लागि अघि बढाइएकाले त्यसमा सहयोग गर्न मुख्यमन्त्री शेरधन राईले दललाई आग्रह गरेका थिए ।
कोरोनाको सङ्क्रमणको शङ्का लागेपछि युक्रेनी दम्पत्ति भारत फिर्ता
Facebook Comment
Banner
कांग्रेस देउवा समूह आज सर्वोच्च अदालत जाने
नेपाली कांग्रेसको शेरबहादुर देउवा समूह पार्टीको आधिकारिकता दाबीका लागि आज सर्वोच्च अदालत जाने भएको छ ।
निर्वाचन आयोगले गत शुक्रबाट विशेष महाधिवेशनबाट निर्वाचित गगन थापा नेतृत्वको कार्यसमितिलाई मान्यता दिएपछि उक्त निर्णयविरुद्ध देउवा समूह आज सर्वोच्च जान लागेको हो ।
गत पुस २७ देखि माघ १ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा भएको कांग्रेसको दोस्रो विशेष महाधिवेशनले गगन थापाको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको थियो ।
Banner
रास्वपा केन्द्रीय समितिको बैठक, प्रत्यक्ष उम्मेदवार टुंगो लाग्ने
प्रत्यक्ष निर्वाचनतर्फ उम्मेदवार टुंगो लगाउन राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समिति बैठक आज बस्दैछ। बैठक दिउँसो २ बजे पार्टी केन्द्रीय कार्यालय, वनस्थलीमा बस्नेछ।बैठकले फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनका लागि १६५ क्षेत्रका प्रत्यक्ष उम्मेदवारको नाम टुंगो लगाउने बताइएको छ। निर्वाचन आयोगले आगामी माघ ६ गते प्रत्यक्षतर्फको उम्मेदवारी पेस गर्न समय तोकेकोको छ। उम्मेदवारी दर्ताका लागि आफ्नो निर्वाचन क्षेत्रमा उम्मेदवार पुग्नुपर्ने भएकाले आजै उम्मेदवारको टुंगो लगाउनुपर्ने बाध्यतामा दल रहेका छन्।
नेकपा (एमाले)ले केही क्षेत्रबाहेक अधिकांश उम्मेदवारको नाम टुंगो लगाएको छ भने कांग्रेसमा विवाद जारी छ। पार्टी आधिकारिकताको प्रमाणपत्र विशेष महाधिवेशन पक्षले पाएपछि कांग्रेसमा विवाद चर्चिएको हो।
Banner
आधिकारिकता विवादबीच निर्वाचन जाने विशेष महाधिवेशन कांग्रेसको निर्णय
विशेष महाधिवेशनबाट निर्वाचित भएको कांग्रेसले आधिकारिकताको दाबी गर्दै निर्वाचन आयोग जाने निर्णय गरेको छ । गएराति गगन थापा सभापतिमा निर्वाचित भएपछि आज ललितपुरको कुपण्डोलमा बसेको पहिलो बैठकले निर्वाचन आयोग जाने निर्णय गरेको हो ।
-
अर्थ6 years agoसमाचारमार्फत् आफ्नो चरित्रहत्या गरिएको भन्दै कानेपोखरीका युवा व्यवसायीले गरे पत्रकार सम्मेलन
-
Banner4 years agoसाउनदेखि कुन तहका कर्मचारीको कति तलब ?
-
खेलकुद6 years agoरंगशालाको अवलोकन
-
मुख्य6 years agoशेयर बजारमा झिनो अंकको गिरावट
-
अर्थ6 years agoगोर्खा डिपाटमेन्ट स्टोर विराटचोकलाई ५० हजार जरिवाना
-
मुख्य6 years agoसुन्दरहरैंचामा चोरले बोरामा हालेर लादैं गरेको बच्चालाई आमाले खोस्न सफल
-
मुख्य6 years agoपुस १० गते खण्डग्रास सूर्यग्रहण लाग्ने भएकाले मोरङका संस्थागत विद्यालय बिदा
-
Banner6 years agoगोठगाउँमा पूर्वाञ्चल विश्वविद्यालय सर्ने, गोठगाउँमा आज साँझ दीप प्रज्वलन गरिने













You must be logged in to post a comment Login