Connect with us
Advertisement

बुढासुब्बा प्रमोसन कपको सेमीफाइनलमा धरान फुटबल क्लब

Published

on

धरानः मंसिरमा हुने २२ औं अन्तर्राष्ट्रिय बुढासुब्बा गोल्डकपको प्रमोसनको लागि आयोजना गरिएको चौथो बुढासुब्बा प्रमोसन कपमा धरान फुटबल क्लब विजयी भएको छ ।

आइतबार धरान–१७ स्थित एन्फा एकेडेमीको खेल मैदानमा भएको खेलमा यातायात व्यवसायी सङ्घ धरानलाई २–१ गोल अन्तरले पराजित गर्दै धरान फुटबल क्लब सेमीफाइनलमा प्रवेश गरेको हो । धरान फुटबल क्लबका तर्फबाट जनक सुनुवार र तीर्थ राजमगरले गोल गरे भने यातायात व्यवसायीको तर्फबाट भक्त राईले गोल गरे । खेलको म्यान अफ द म्याच यातायात व्यवसायी सङ्घका भक्त राई घोषित भए । उनलाई मेडल र नगद ५ सय पुरस्कार वितरण गरिएको थियो । सोमबार धरान उपमहानगरपालिका र प्याब्सन एनप्याब्सनको संयुक्त टिमबीच खेल हुनेछ ।

मंसिर १९ गतेदेखि हुने २२ औं अन्तर्राष्ट्रिय आमन्त्रण बुढासुब्बा रेडबुल गोल्डकपको प्रबद्र्धन गर्ने उद्देश्यले प्रमोसन कपको आयोजना गरिएको आयोजक धरान फुटबल क्लबका अध्यक्ष किशोर राईले बताए । प्रमोसन कपको विजेता टिमले ३० हजार नगद र उपविजेता टिमले १५ हजार नगद पुरस्कार जित्नेछन् । प्रतियोगिताको विधागत उत्कृष्ट खेलाडीलाई समेत पुरस्कृत गरिने अध्यक्ष राईले बताए ।

अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले यस वर्षदेखि मोफसलमा आयोजना हुने प्रतियोगिताका लागि नियमावली बनाएर प्रतियोगिता अयोजना गर्ने मिति तोकिदिएपछि बुढासुब्बा गोल्डकप मंसिरमा हुन लागेको हो । एन्फाले क्यालेण्डर सार्वजनिक गरेसँगै गोल्डकपको आयोजनाको तयारीमा धरान फुटबल क्लब लागिसकेको क्लबका महासचिव प्रताप तामाङले बताएका छन् ।

Continue Reading

Facebook Comment

39 Comments

You must be logged in to post a comment Login

Leave a Reply

Banner

मनसुनी वायुको प्रभाव: देशका केही स्थानमा भारी वर्षाको सम्भावना

Published

on

 हाल देशभर मनसुनी वायुको प्रभाव छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा उत्तरतर्फ छ ।

विभागका अनुसार देशभर अधिकांश बादल लागेको छ । देशका हिमाली भू–भागका केही स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्मको वर्षा/हिमपातको सम्भावना छ । देशको पहाडी भू–भागका धेरै स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ ।

विभागद्वारा मौसम ‘बुलेटिन’का अनुसार कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका केही स्थान तथा मधेश प्रदेशका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ । कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागको एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

महाशाखाका अनुसार आज राति देशभर साधारणतया बादल लाग्नेछ । कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भू–भागका केही स्थानमा तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भू–भागका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्मको वर्षा/हिमपातको सम्भावना छ ।

कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी र तराई भू–भागका केही स्थानमा, मधेस प्रदेश तथा कर्णाली पहाडी भू–भागका र सुदूरपश्चिम प्रदेशका पहाडी र तराई भू–भागका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी र तराई भू–भागका एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

Continue Reading

Banner

गछिया खोला भ्याट भ्रष्टाचार प्रकरण : तिलक आलेविरुद्ध अख्तियार सर्वोच्चमा

Published

on

 आन्तरिक राजस्व कार्यालय, धरानका तत्कालीन कर अधिकृत तिलक आलेसमेतका प्रतिवादी रहेको भ्रष्टाचार मुद्दामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सर्वोच्च अदालतमा पुनरावेदन दर्ता गरेको छ।

आयोगका अनुसार सुन्दरहरैँचा नगरपालिकास्थित गछिया खोलाबाट आर्थिक वर्ष २०७६-०७७ मा नदिजन्य पदार्थ उत्खनन् गर्ने क्रममा प्राप्त हुने राजस्वमध्ये आन्तरिक राजस्व कार्यालयमा दाखिला गर्नुपर्ने मूल्य अभिवृद्धि कर (भ्याट) रकम दाखिला नगरी भ्रष्टाचार गरिएको आरोपमा तिलक आलेसमेतका प्रतिवादीविरुद्ध मुद्दा दायर गरिएको थियो।

उक्त प्रकरणमा आयोगले प्रतिवादीहरूबाट रु. १ करोड २३ लाख ६९ हजार ६४९ रुपैयाँ ६९ पैसा बिगो कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ९ र १७ बमोजिम कसुर ठहर गरी कैद तथा बिगो बराबर जरिवानासहितको सजाय माग गर्दै विशेष अदालत, काठमाडौंमा आरोप पत्र दायर गरेको थियो।

तर विशेष अदालतले मिति २०८२।१२।१० मा गरेको फैसलाबाट प्रतिवादीहरूलाई आंशिक सफाइ दिएको थियो। उक्त फैसलाप्रति चित्त नबुझेपछि आयोगले मिति २०८३।०४।०४ गते सर्वोच्च अदालतमा पुनरावेदनको निवेदन दर्ता गरेको जनाएको छ।

आयोगले विशेष अदालतको फैसलाको कानुनी परीक्षण आवश्यक रहेको भन्दै अभियोगमा प्रस्तुत प्रमाण र तथ्यका आधारमा पुनरावेदन प्रक्रिया अघि बढाएको हो।

Continue Reading

Banner

लायन्स क्लब अफ गाेठगाँउ राेयल सिटिद्वारा वृक्षारोपण तथा डस्बिन हस्तान्तरण कार्याक्रम सम्पन्न

Published

on

लायन्स क्लब अफ गाेठगाँउ राेयल सिटि का अध्यक्ष अनुराेध शाह का अध्यक्षतामा तथा प्रमुख अथिति लायन्स 325 C का डिस्ट्रिक गभर्नर लिला चिमरिया ज्यु लायन्स लिडर Pmcc राजन खत्रि लायन्स लिडर हरु नगेन्द्र दाहाल ,खिल .बिक स्कुल प्रशासन तथा शिक्षक कर्मचारी हरु का उपस्थिति मा लायन्स क्लब अफ गाेठगाँउ राेयल सिटिको २०२६ काे पहिलाे कार्यक्रम बृक्षा राेपण र डस्बिन हस्तान्तरण गरि सम्पन्न गरियाे !
बृक्षा राेपण मा विभिन्न जात चिउरि , म्याङ्गाे किट्स ,अनार,फणिण जामुना,अमला,साथै निम धुपि लगायत विभिन्न जात का १००थान बिरुवा राेपि कार्यक्रम सम्पन् गरियाे ! कार्यक्रम सञ्चालन क्लब का सेक्रेटरि नरेन रायाले सञ्चालन गर्नु भएकाे थियो
यश कार्यक्रम ले बिधालय परिवार लाभान्वित हुने छ साथै खुशियालि महसुस गरेकाे छ !

Continue Reading
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

Trending

सम्पर्क

विराट मिडिया एण्ड एड्भरटाइजिङ प्रालिद्वारा सञ्चालित
निष्पक्ष खबर डट कम

सुन्दरहरैँचा, मोरङ

सूचना विभाग दर्ता नं. १६४२ ०७६।७७

प्रेस काउन्सिल दर्ता नं. ३४३ ०७६।०७७
कम्पनी दर्ता नं. २२७६३९।०७६।०७७
स्थायी लेखा नं. ६०९६५३९४६

सम्पर्क

९८५२०७८८९९,९८४२०३५१६२,९८४२११३१५४

ई–मेल

[email protected]
हाम्रो टिम
सम्पादक ज्ञाननाथ ढकाल
प्रबन्धकः महेश उप्रेति
हाम्रो फेसबुक