Connect with us
Advertisement

बुढासुब्बा प्रमोसन कपको सेमीफाइनलमा धरान फुटबल क्लब

Published

on

धरानः मंसिरमा हुने २२ औं अन्तर्राष्ट्रिय बुढासुब्बा गोल्डकपको प्रमोसनको लागि आयोजना गरिएको चौथो बुढासुब्बा प्रमोसन कपमा धरान फुटबल क्लब विजयी भएको छ ।

आइतबार धरान–१७ स्थित एन्फा एकेडेमीको खेल मैदानमा भएको खेलमा यातायात व्यवसायी सङ्घ धरानलाई २–१ गोल अन्तरले पराजित गर्दै धरान फुटबल क्लब सेमीफाइनलमा प्रवेश गरेको हो । धरान फुटबल क्लबका तर्फबाट जनक सुनुवार र तीर्थ राजमगरले गोल गरे भने यातायात व्यवसायीको तर्फबाट भक्त राईले गोल गरे । खेलको म्यान अफ द म्याच यातायात व्यवसायी सङ्घका भक्त राई घोषित भए । उनलाई मेडल र नगद ५ सय पुरस्कार वितरण गरिएको थियो । सोमबार धरान उपमहानगरपालिका र प्याब्सन एनप्याब्सनको संयुक्त टिमबीच खेल हुनेछ ।

मंसिर १९ गतेदेखि हुने २२ औं अन्तर्राष्ट्रिय आमन्त्रण बुढासुब्बा रेडबुल गोल्डकपको प्रबद्र्धन गर्ने उद्देश्यले प्रमोसन कपको आयोजना गरिएको आयोजक धरान फुटबल क्लबका अध्यक्ष किशोर राईले बताए । प्रमोसन कपको विजेता टिमले ३० हजार नगद र उपविजेता टिमले १५ हजार नगद पुरस्कार जित्नेछन् । प्रतियोगिताको विधागत उत्कृष्ट खेलाडीलाई समेत पुरस्कृत गरिने अध्यक्ष राईले बताए ।

अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले यस वर्षदेखि मोफसलमा आयोजना हुने प्रतियोगिताका लागि नियमावली बनाएर प्रतियोगिता अयोजना गर्ने मिति तोकिदिएपछि बुढासुब्बा गोल्डकप मंसिरमा हुन लागेको हो । एन्फाले क्यालेण्डर सार्वजनिक गरेसँगै गोल्डकपको आयोजनाको तयारीमा धरान फुटबल क्लब लागिसकेको क्लबका महासचिव प्रताप तामाङले बताएका छन् ।

Continue Reading

Facebook Comment

39 Comments

You must be logged in to post a comment Login

Leave a Reply

Banner

कांग्रेस देउवा समूह आज सर्वोच्च अदालत जाने

Published

on

नेपाली कांग्रेसको शेरबहादुर देउवा समूह पार्टीको आधिकारिकता दाबीका लागि आज सर्वोच्च अदालत जाने भएको छ ।

निर्वाचन आयोगले गत शुक्रबाट विशेष महाधिवेशनबाट निर्वाचित गगन थापा नेतृत्वको कार्यसमितिलाई मान्यता दिएपछि उक्त निर्णयविरुद्ध देउवा समूह आज सर्वोच्च जान लागेको हो ।

देउवा समूहको शनिबार सानेपामा बसेको बैठकले आयोगको निर्णयविरुद्ध राजनीतिक प्रतिवादसँगै कानुनी उपचारका लागि सर्वोच्चमा जाने निर्णय गरेको थियो । कांग्रेसको देउवा समूहलाई वरिष्ठ अधिवक्ता खम्मबहादुर खाती, शेरबहादुर केसीलगायतले कानुनी परामर्श दिइरहेका छन् ।

गत पुस २७ देखि माघ १ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा भएको कांग्रेसको दोस्रो विशेष महाधिवेशनले गगन थापाको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको थियो ।

Continue Reading

Banner

रास्वपा केन्द्रीय समितिको बैठक, प्रत्यक्ष उम्मेदवार टुंगो लाग्ने

Published

on

प्रत्यक्ष निर्वाचनतर्फ उम्मेदवार टुंगो लगाउन राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समिति बैठक आज बस्दैछ। बैठक दिउँसो २ बजे पार्टी केन्द्रीय कार्यालय, वनस्थलीमा बस्नेछ।बैठकले फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनका लागि १६५ क्षेत्रका प्रत्यक्ष उम्मेदवारको नाम टुंगो लगाउने बताइएको छ। निर्वाचन आयोगले आगामी माघ ६ गते प्रत्यक्षतर्फको उम्मेदवारी पेस गर्न समय तोकेकोको छ। उम्मेदवारी दर्ताका लागि आफ्नो निर्वाचन क्षेत्रमा उम्मेदवार पुग्नुपर्ने भएकाले आजै उम्मेदवारको टुंगो लगाउनुपर्ने बाध्यतामा दल रहेका छन्।

नेकपा (एमाले)ले केही क्षेत्रबाहेक अधिकांश उम्मेदवारको नाम टुंगो लगाएको छ भने कांग्रेसमा विवाद जारी छ। पार्टी आधिकारिकताको प्रमाणपत्र विशेष महाधिवेशन पक्षले पाएपछि कांग्रेसमा विवाद चर्चिएको हो।

Continue Reading

Banner

आधिकारिकता विवादबीच निर्वाचन जाने विशेष महाधिवेशन कांग्रेसको निर्णय

Published

on

विशेष महाधिवेशनबाट निर्वाचित भएको कांग्रेसले आधिकारिकताको दाबी गर्दै निर्वाचन आयोग जाने निर्णय गरेको छ । गएराति गगन थापा सभापतिमा निर्वाचित भएपछि आज ललितपुरको कुपण्डोलमा बसेको पहिलो बैठकले निर्वाचन आयोग जाने निर्णय गरेको हो ।​​​​​​

Continue Reading
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

Trending

सम्पर्क

विराट मिडिया एण्ड एड्भरटाइजिङ प्रालिद्वारा सञ्चालित
निष्पक्ष खबर डट कम

सुन्दरहरैँचा, मोरङ

सूचना विभाग दर्ता नं. १६४२ ०७६।७७

प्रेस काउन्सिल दर्ता नं. ३४३ ०७६।०७७
कम्पनी दर्ता नं. २२७६३९।०७६।०७७
स्थायी लेखा नं. ६०९६५३९४६

सम्पर्क

९८४२११३१५४, ९८०४३९४५४७, ९८०४०५३७९९

ई–मेल

[email protected]
हाम्रो टिम
अध्यक्ष टेकराज तिम्सिना
प्रधान सम्पादक ज्ञाननाथ ढकाल
सम्पादक पवन तिम्सिना
प्रबन्धकः शम्भु धमला
हाम्रो फेसबुक