Connect with us
Advertisement

मुख्यमन्त्री र नेपालका लागि युरोपेली सङ्घका राजदूतबीच भेटवार्ता

Published

on

विराटनगरः प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राई र नेपालका लागि युरोपेली सङ्घका राजदूत भेरोनिका कोडीबीच शुक्रबार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भेटवार्ता भएको छ ।

सो भेटवार्तामा राजदूत कोडीले बहुक्षेत्रीय पोषण कार्यक्रमबारे जानकारी गराएका थिए । उनले नेपालका लागि सङ्घीयता अवसर भएको बताउँदै यसको व्यवस्थापन र कार्यान्वयनमा केही समय लाग्नु स्वभाविक भएको विचार व्यक्त गरेका थिए ।

सङ्घीयता कार्यान्वयन, कर्मचारी समायोजनलगायत विषयमा उनले जिज्ञासा राख्नुका साथै प्रदेश सरकारले गरेका कामको प्रशंसा गर्दै डिजिटल प्रदेशको अवधारणा राम्रो रहेको बताएका थिए ।

नेपालले सङ्घीयता पहिलो पटक अवलम्बन गरेको र मौलिकतामा आधारित रहेको बताउँदै शून्य संरचनाबाट शुरु भएर २ वर्षमा कानुन निर्माण र आवश्यक संरचना तयार भएको मुख्यमन्त्री राईले बताए । प्रदेशमा जनशक्ति अभाव रहेको उल्लेख गर्दै उहाँले प्रदेश लोकसेवा आयोग गठन भएकाले समस्या चाँडै समाधान हुने पनि मुख्यमन्त्री राईले राजदूत कोडीलाई जानकारी गराए ।

मुख्यमन्त्री राईले प्रदेश सरकारले ल्याएको पञ्चवर्षीय आवधिक योजना, १० वर्षे सडक गुरुयोजना सार्वजनिक गरिसकेको बताउँदै साना सिँचाइ, शहरी विकास, पर्यटनको गुरुयोजना र ‘चिफ मिनिस्टर ड्यास बोर्ड’को काम भइरहेको बताएका थिए ।

सामाजिक विकासमन्त्री जीवन घिमिरेले बालबालिकासम्बन्धी विधेयक प्रदेशसभामा पेश भएको चर्चा गर्दै उक्त विधेयकले बालबालिकाको अधिकार सुनिश्चित हुने बताए । प्रदेश योजना आयोगका उपाध्यक्ष सुबोधराज प्याकुरेलले प्रदेशको अवस्था र आवधिक योजनाबारे जानकारी गराएका थिए ।

Continue Reading

Facebook Comment

14 Comments

You must be logged in to post a comment Login

Leave a Reply

Banner

प्रमिला ढकाल ‘एरिका’ कांग्रेस केन्द्रीय सदस्यमा उम्मेदवार

Published

on

नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत केन्द्रीय सदस्य पदका लागि युवा नेतृ प्रमिला ढकाल ‘एरिकाले उम्मेदवारी दिने तयारी गरेकी छन्। कांग्रेसको केन्द्रीय कार्यसमितिका लागि उम्मेदवारी दर्ता असोज १९ गते हुने निर्वाचन कार्यक्रम सार्वजनिक भइसकेको छ।
ढकालले आफ्नो राजनीतिक यात्रा नेपाल विद्यार्थी संघको इकाइ सदस्यबाट सुरु गरेकी हुन्। उनका अनुसार उनी २०७२ सालमा सुकुना बहुमुखी क्याम्पसको नेविसंघ इकाइ सदस्य, २०७५ सालमा नेविसंघ सुन्दरहरैँचा नगर उपसभापति हुँदै संगठनमा सक्रिय रहिन्।
त्यसपछि २०८० सालमा नेविसंघको केन्द्रीय सदस्य बनेकी ढकालले २०८१ सालमा नेपाल विद्यार्थी संघको केन्द्रीय शिक्षा विभाग प्रमुखको जिम्मेवारी सम्हालेकी थिइन्। २०८० सालमा एरिका ढकाललाई नेविसंघको केन्द्रीय तदर्थ कार्यसमितिमा सदस्य रहेकी थिइन् उनको राजनीतिक सक्रियता विद्यार्थी संगठनमा मात्र सीमित छैन। २०८१ सालमा उनी नेपाली कांग्रेसकी क्षेत्रीय प्रतिनिधि बनेकी थिइन् भने प्रदेश सभा निर्वाचन क्षेत्र ३(ख)को सचिव पदका लागि प्रत्याशीसमेत बनेको उनले जनाएको विवरणमा उल्लेख छ।

ढकालले कांग्रेसलाई नेपाली समाज, युवा पुस्ता र वर्तमान समयको आवश्यकता अनुरूप अघि बढाउने उद्देश्यसहित केन्द्रीय सदस्यमा उम्मेदवारी दिन लागेको बताएकी छन्।

“नेपाली कांग्रेस पार्टीलाई नेपाल र नेपाली माटो सुहाउँदो युवा मैत्री पहिलो पार्टी बनाउनका निमित्त मैले उम्मेदवारी दिँदैछु,” ढकालको भनाइ छ।

उनले कांग्रेसको राजनीतिक दस्तावेजलाई अझ प्रगतिशील र समयसापेक्ष बनाउँदै नेपालको समुन्नतिका लागि काम गर्ने आफ्नो उद्देश्य रहेको बताएकी छन्।

युवा पुस्ताको सहभागिता, विद्यार्थी राजनीतिबाट पार्टीको मूल नेतृत्वसम्मको यात्रा र संगठनभित्र प्राप्त जिम्मेवारीलाई आफ्नो उम्मेदवारीको आधारका रूपमा प्रस्तुत गर्दै ढकालले कांग्रेसको भावी राजनीतिक दिशामा युवाको भूमिका थप बलियो बनाउनुपर्ने धारणा अघि सारेकी छन्।

Continue Reading

Banner

सलकपुरमा चारदिने कला उत्सव हुने

Published

on

मोरङको सुन्दरहरैँचा–८ सलकपुरमा सलकपुर कला उत्सव २०८३ आयोजना हुने भएको छ। शिल्पी नाट्य केन्द्र, सलकपुरको आयोजनामा हुने उत्सव चार दिनसम्म सञ्चालन हुनेछ।
उत्सवमा नाटक, कविता, गजललगायतका साहित्यिक तथा सांस्कृतिक प्रस्तुति रहने आयोजकले जनाएको छ। यस्तै, गायिका झुमा लिम्बु र रैथाने ब्यान्डको विशेष साङ्गीतिक प्रस्तुति समेत रहनेछ।
कला, साहित्य, सङ्गीत र संस्कृतिप्रति रुचि राख्ने दर्शकलाई लक्षित गर्दै आयोजना गरिएको उत्सवमा परिवार तथा साथीभाइसँग उपस्थित भई कार्यक्रमको आनन्द लिन आयोजकले आग्रह गरेको छ।

Continue Reading

Banner

इटहरीमा सीप तथा रोजगार मेलाको उद्घाटन

Published

on

इटहरी– इटहरीमा ‘सीप तथा रोजगार मेला, २०८३’को उद्घाटन गरिएको छ।

युवा, श्रम तथा रोजगार मन्त्रालयको आयोजनामा गरिएको मेलाको बुधबार सभामुख डोलप्रसाद अर्यालले उद्घाटन गरेका हुन्। मेला यही असोज २० गतेसम्म सञ्चालन हुनेछ।

सभामुख डोलप्रसाद अर्यालले पानसमा दीप प्रज्वलन र कार्यक्रमको डिजिटल ब्यानर क्लिक गरी उनले मेलाको समुद्‌घाटन गरेका थिए।

युवा, श्रम तथा रोजगार मन्त्री रामजी यादवको अध्यक्षतामा आयोजना भएको उद्घाटन सत्रमा सांस्कृतिक झाँकीका रूपमा थारू नृत्य तथा नौमती बाजाको प्रस्तुति गरिएको थियो।उद्घाटन समारोहमा उद्योग मन्त्री दिपककुमार साह, मुख्यमन्त्री हिक्मत कार्की, प्रतिनिधि तथा कोशी प्रदेश सरकारका सांसदहरूको सहभागिता थियो।

​मेलाको मुख्य उद्देश्य युवाको सीप पहिचान गरी रोजगारदाता र तालिम प्रदायक संस्थाहरूसँग प्रत्यक्ष सम्पर्क स्थापित गराउनु रहेको छ।

आज दिउँसो १२:०० देखि ५:०० बजेसम्म तालिमका सहभागी छनोट, प्रशिक्षार्थीको समूह विभाजन, रोजगार मिलानका लागि सीप प्रोफाइलिङ, रोजगारदाता र तालिम प्रदायकको परिचय तथा सूचना-परामर्श सेवाहरू सञ्चालन गरिनेछ।

​भोलिदेखि असोज १९ गतेसम्म १० वटा विभिन्न विषयगत (ट्रेड) क्षेत्रमा ५ दिने व्यावहारिक तालिमहरू सञ्चालन हुनेछन्। मेला अवधिभर प्रदर्शनी स्टल, सूचना तथा परामर्श सेवा, रेफरल सुविधा, रोजगार मिलान तथा उद्यमशीलतासम्बन्धी छलफलहरू निरन्तर जारी रहनेछन्।

Continue Reading
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

Trending

सम्पर्क

विराट मिडिया एण्ड एड्भरटाइजिङ प्रालिद्वारा सञ्चालित
निष्पक्ष खबर डट कम

सुन्दरहरैँचा, मोरङ

सूचना विभाग दर्ता नं. १६४२ ०७६।७७

प्रेस काउन्सिल दर्ता नं. ३४३ ०७६।०७७
कम्पनी दर्ता नं. २२७६३९।०७६।०७७
स्थायी लेखा नं. ६०९६५३९४६

सम्पर्क

९८५२०७८८९९,९८४२०३५१६२,९८४२११३१५४

ई–मेल

[email protected]
हाम्रो टिम
सम्पादक ज्ञाननाथ ढकाल
प्रबन्धकः महेश उप्रेति
हाम्रो फेसबुक