Connect with us
Advertisement

कोठाभित्र वार्षिक परीक्षा, चौरमा बिहेभोज

Published

on

जलेश्वरः महोत्तरीको औरही नगरपालिका –८ स्थित सोनामाई आधारभूत विद्यालय टिम्कियामा शुक्रबार दिउँसो पहिलो दिनको वार्षिक परीक्षा भइरहँदा बाहिर चौरमा बिहेको भोज चलिरहेको थियो ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गङ्गाराम यादवले आफ्नो छोराको बिहे भोज विद्यालयमा राखेका थिए ।

औरही नगरपालिकाका शिक्षा समितिका संयोजक धनबहादुर राईले यससम्बन्धी जानकारी भएपछि तत्कालै भोजभतेर बन्द गर्न लगाएको बताए । विद्यालयकी प्रधानाध्यापक सरिताकुमारी यादवलाई विद्यालय सञ्चालन भइरहेको बेलामा यस्ता गतिविधि नगर्न निर्देशन दिएको उनले बताए ।

प्रधानाध्यापक यादवसँग लिखित रूपमा स्पष्टीकरण माग गरेको र चित्तबुझ्दो जवाफ नआए प्रधानाध्यापकमाथि कानुनी कारवाहीको प्रक्रिया अगाडि बढाइने उनले बताए ।

Continue Reading

Facebook Comment

27 Comments

You must be logged in to post a comment Login

Leave a Reply

Banner

वीरगञ्जमा जारी कर्फ्यू आज बेलुकी ६ बजेसम्म

Published

on

पर्साको वीरगञ्ज महानगरपालिका क्षेत्रमा दुई समुदायबीच तनाव बढेपछि लगाइएको कर्फ्यू आज बेलुकी ६ बजेसम्म लम्बिएकाे छ । जिल्ला प्रशासन कार्यालय पर्साले हिजो बेलुकी ६ बजेदेखि लागू गरेकाे कर्फ्यू आज बिहान ८ बजेसम्म र त्यसपछि दिउँसो १ बजेसम्म थप भएकाेमा फेरि बेलुकी ६ बजेसम्म लम्बिएकाे हो । वीरगञ्ज महानगरपालिका क्षेत्र अन्तर्गत पूर्वमा बसपार्क, नगवा, इनर्वा; पश्चिममा सिर्सिया नदी; उत्तरमा गण्डक चोक र दक्षिणमा शङ्कराचार्य गेटसम्म कुनै पनि किसिमको भेला, सभा, जुलुस तथा प्रदर्शन गर्न निषेध गरिएको विज्ञप्तिमा उल्लेख छ । यसैबीच प्रमुख जिल्ला अधिकारी भाेला दाहालले सामाजिक सद्भाव कायम गर्न सबै पक्षसँग आग्रह गर्नुभएको छ । सङ्घीय सरकार, मधेश प्रदेश सरकार, विभिन्न आयोग तथा सङ्घ–संस्थाले पनि सामाजिक सद्भाव बिथोलिने खालका कार्यक्रम नगर्न आग्रह गरेका छन् ।

Continue Reading

Banner

मधेस प्रदेश सभामा आज सभामुख चयन गरिँदै

Published

on

मधेस प्रदेश सभामा आज सभामुख पदका लागि निर्वाचन हुँदैछ । सभामुख चयन प्रक्रियाका लागि दिउँसो १ बजे मधेस प्रदेशसभा बैठक बोलाइएको छ ।

प्रदेशसभामा सभामुखका लागि दुई जनाको उम्मेदवारी परेको छ । सात दलीय गठबन्धनका तर्फबाट जनता समाजवादी पार्टी (जसपा) नेपालका रामआशिष यादव र एमालेबाट त्रिलोकी प्रसाद चुनावी प्रतिस्पर्धामा रहेका छन् ।

यादवलाई नेपाली कांग्रेसका प्रदेशसभा सदस्य वीरेन्द्रकुमार सिंहले प्रस्ताव गरेका छन् भने नेकपा माओवादी केन्द्रका सदस्य फकिरा महतोले समर्थन गरेकी छिन् ।

यसैगरी एमालेका त्रिलोकीलाई उक्त पार्टीका जयचन्द्रप्रसाद पटेल र प्रस्तावकमा शारदा देवी थापा छिन् । मधेस प्रदेशमा सात दल एकातिर हुँदा एमाले एक्लै रहेको छ ।

यसअघिका सभामुख रामचन्द्र मण्डल पदमुक्त भएपछि उक्त पद रिक्त रहेको थियो । मण्डललाई पद अनुकूल आचरण नगरेको भन्दै गत मंसिर ३ गते दुई तिहाइ बहुमतले अविश्वास प्रस्ताव पारित गरेपछि उपसभामुख बबिताकुमारी राउत ईशरले प्रदेश सभा बैठकमा पदमुक्त भएको घोषणा गरेकी थिइन् ।

१०७ सदस्यीय मधेस प्रदेशसभामा तीन सदस्य निलम्बित छन् ।

Continue Reading

Banner

मधेश प्रदेशका मुख्यमन्त्री यादवले आज विश्वासको मत लिने

Published

on

मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले आज विश्वासको मत लिनुहुने भएको छ । हिजो पत्रकार सम्मेलन गर्दै उहाँले आज दिउँसो २ बजे विश्वासको मत लिन लागेको जानकारी गराउनुभयो ।

मुख्यमन्त्री यादवले सर्वोच्च अदालतले २४ घण्टाभित्र विश्वास मत लिन भने पनि आफूले परमादेशको पत्र हिजो दिउँसो ३ बजे मात्र प्राप्त गरेको हुँदा त्यही आधारमा विश्वासको मत लिनका लागि प्रदेशसभा सचिवालयमा पत्रसमेत पठाइसकिएको बताउनुभयो । अदालतको फैसलाअनुसार प्रक्रिया अघि बढ्ने र विश्वासको मत आफूले नै पाउने उहाँको दाबी छ ।

अस्ति सोमबार सर्वोच्च अदालतले २४ घण्टाभित्र विश्वासको मत लिन मुख्यमन्त्री यादवको नाममा परमादेश जारी गरेको थियो । प्रदेशसभा सचिवालयले भने विश्वासको मतका लागि आज विहान ८ बजे नै बैठक तोकेको छ । यादव प्रदेशसभाको सबैभन्दा ठूलो दल नेकपा (एमाले) संसदीय दलको नेताका हैसियतमा मुख्यमन्त्री नियुक्त हुनुभएको थियो ।

अन्य दलले बहुमतका आधारमा सरकार बनाउन आग्रह गरे पनि तत्कालीन प्रमुख सुमित्रा भण्डारीले यादवलाई मुख्यमन्त्री नियुक्त गर्नुभएको थियो । त्यसमा विवाद उत्पन्न भएपछि प्रदेश प्रमुख भण्डारीलाई सङ्घीय सरकारको सिफारिसमा राष्ट्रपतिले पदमुक्त गर्नुभएको थियो ।

मुख्यमन्त्री यादवको नियुक्तिविरुद्ध प्रदेशसभाका ७४ जना सदस्यले सर्वोच्च अदालतमा रिट दायर गरेका थिए । रिटमा सर्वोच्च अदालतले यसअघि पनि दीर्घकालीन असर पर्ने निर्णय नगर्न अन्तरिम आदेश दिएको थियो ।

Continue Reading
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

Trending

सम्पर्क

विराट मिडिया एण्ड एड्भरटाइजिङ प्रालिद्वारा सञ्चालित
निष्पक्ष खबर डट कम

सुन्दरहरैँचा, मोरङ

सूचना विभाग दर्ता नं. १६४२ ०७६।७७

प्रेस काउन्सिल दर्ता नं. ३४३ ०७६।०७७
कम्पनी दर्ता नं. २२७६३९।०७६।०७७
स्थायी लेखा नं. ६०९६५३९४६

सम्पर्क

९८४२११३१५४, ९८०४३९४५४७, ९८०४०५३७९९

ई–मेल

[email protected]
हाम्रो टिम
अध्यक्ष टेकराज तिम्सिना
प्रधान सम्पादक ज्ञाननाथ ढकाल
सम्पादक पवन तिम्सिना
प्रबन्धकः शम्भु धमला
हाम्रो फेसबुक