Connect with us
Advertisement

सीमा क्षेत्रका बासिन्दाले पनि उपभोग गर्न पाउने हुँदा साझेदारी वनको अवधारणा सफल हुँदै

Published

on

विराटचोकः सीमा क्षेत्रमा बस्ने मानिसले पनि राजमार्ग उत्तरमा रहेको वनको उपभोग गर्न पाउनुपर्छ भन्ने अवधारणाले साझेदारी वनको विकास भएको र सो अवधारणा सफल हुँदै गएको उद्योग, पर्यटन, वन तथा वातावरण राज्यमन्त्री विजयकुमार विश्वासले बताएका छन् ।

लाटीझोडा साझेदारी वन व्यवस्थापन समूहको ५ औं वार्षिक साधारण सभालाई सम्बोधन गर्दै उनले नेपाल भारत सीमा नाकामा बस्ने व्यक्तिले पनि राजमार्ग उत्तरको वनको हेरचाह गर्न सक्ने अवधारणा साझेदारी वनको रहेको बताए ।

बुधबार सुन्दरपुर साना किसान कृषि सहकारी संस्थाको सभाहलमा भएको कार्यक्रमलाई सम्बोधन गर्दै उनले प्रदेशमा ल्याब नभएका कारण टिस्यु कल्चर प्रविधिबाट बिरुवा उत्पादन गर्न चाहे पनि गर्न नसकिएको बताए ।

कार्यक्रमलाई सम्बोधन गर्दै बुढीगंगा गाउँपालिकाका अध्यक्ष बालचन्द माझीले साझेदारी वनलाई स्थानीय तहले गर्नुपर्ने सहयोग गर्न आफू तयार रहेको बताए । शीतलहरको समयमा साझेदारी तथा सामुदायिक वनले दाउरा दिएर सहयोग गरेको उनले बताए ।

साझेदारी वन व्यवस्थापन समूहका प्रदेश संयोजक प्रकाश पौडेलले साझेदारी वन व्यवस्थापनको क्रममा धेरै चुनौती आएको बताए । साझेदारी वनको बारेमा रहेको भ्रम चिर्न लाटीझोडा साझेदारी वन व्यवस्थापनले महत्वपूर्ण भूमिका खेलेको उनको भनाइ थियो ।

डिभिजन वन कार्यालय मोरङका डिभिजनल वन अधिकृत विशाल घिमिरेले वनको व्यवस्थापन नगरी वनबाट आम्दानी लिन नसकिने बताउँदै साझेदारी वन व्यवस्थापनको बारेमा जनमानसले भर्खर बुझ्न थालेको बताए । बारा जिल्लाबाट शुरु भएको साझेदारी वन व्यवस्थापन हाल प्रदेश नम्बर १ मा मोरङमा रहेको उनले जानकारी दिए ।

सिर्जना सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष भक्तिप्रसाद सिटौलाले लगाइएका बिरुवाको संरक्षणमा विशेष ध्यान दिनुपर्ने बताएका थिए । कार्यक्रममा वन व्यवस्थापनमा महत्वपूर्ण भूमिका खेल्ने कर्मचारी तथा अन्य व्यक्तिलाई सम्मान गरिएको थियो ।

रेञ्जर ओम अधिकारीले लाटीझोडा साझेदारी वन व्यवस्थापन समूहले गरेको प्रगति विवरण प्रस्तुत गरेका थिए । समूहका संयोजक रुद्रप्रसाद पोखरेलले वार्षिक प्रतिवेदन प्रस्तुत गरेको कार्यक्रममा मीरा ढकालले स्वागत मन्तव्य व्यक्त गरेकी थिइन् । कार्यक्रम शंकर देवानले सञ्चालन गरेका थिए ।

Continue Reading

Facebook Comment

23 Comments

You must be logged in to post a comment Login

Leave a Reply

Banner

अमेरिका र इरानबीचको तनाव चर्कियो

Published

on

मध्यपूर्वमा अमेरिका र इरानबीचको तनाव फेरि चर्किएको छ । अमेरिकी सेनाको केन्द्रीय कमान्डले इरानको हर्मुज जलमार्गमा रहेको क्युशिम टापुमा ‘आत्मरक्षाका लागि’ सैन्य कारबाही गरेको जनाएको छ ।

कतारी सञ्चारमाध्यम अलजजीराका अनुसार इरानले कुवेत र बहराइनतर्फ ब्यालिस्टिक क्षेप्यास्त्र तथा ड्रोन प्रहार गरेको छ । कुवेतको वायु प्रतिरक्षा प्रणालीले आकाशमै ती आक्रमण निष्क्रिय पारेको र बहराइनमा पनि अमेरिकी तथा बहराइनी सुरक्षा संयन्त्रले मिसाइलहरू अवरोध गरेको अमेरिकाको दाबी छ ।

इरानको इस्लामिक रिभोलुसनरी गार्ड कोप्र्स (आईआरजीसी) ले अमेरिकी कारबाहीको जवाफ स्वरूप ड्रोन र मिसाइल आक्रमण गरेको जनाएको छ । इरानी सञ्चारमाध्यमहरूका अनुसार अमेरिकी सेनाले होर्मुज जलमार्ग नजिकै रहेको एक इरानी तेल ट्याङ्कर तथा केश्म टापुको दक्षिणी क्षेत्रमा रहेको सञ्चार टावरमा प्रहार गरेको थियो ।

आईआरजीसीले त्यसपछि अमेरिकी तथा इजरायली हितका जहाज र क्षेत्रीय सैन्य अड्डाहरूलाई निशाना बनाएको दाबी गरेको छ । मध्यपूर्वमा बढ्दो सैन्य गतिविधि र आक्रमणका कारण क्षेत्रीय सुरक्षा अवस्था थप जटिल बन्दै गएको विश्लेषण गरिएको छ ।

Continue Reading

Banner

प्रतिनिधिसभाको बैठकमा आजदेखि बजेटमाथिको छलफल शुरू हुँदै

Published

on

प्रतिनिधिसभाको बैठकमा आजदेखि बजेटमाथिको छलफल शुरू हुँदैछ । सरकारले आर्थिक वर्ष २०८३/०८४ को लागि प्रस्तुत गरेको बजेटमाथि आजदेखि दफाबार छलफल शुरू हुने संघीय संसद् सचिवालयले जनाएको छ ।

यसैबीच प्रतिनिधिसभा नियमावली, २०८३ पारित भएको छ । प्रतिनिधिसभाको हिजोको बैठकबाट नियमावली पारित भएको हो ।

बैठकमा प्रतिनिधिसभा नियमावली मस्यौदा समितिका सभापति गणेश पराजुलीले ‘प्रतिनिधिसभा नियमावली मस्यौदा समितिको प्रतिवेदन, २०८३ लाई पारित गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्नुभएको थियो । प्रस्तावलाई सभाको बहुमतले पारित गरेको हो ।

सभामुख डोलप्रसाद अर्यालले प्रतिनिधिसभा नियमावली मस्यौदा समितिको प्रतिवेदन, २०८३ को नियम २ देखि २६३ सम्म र अनुसूची १ देखि ७ सम्म नियमावलीको अङ्ग बनेको घोषणा गर्नुभयो । बैठकले नियमावली मस्यौदा समितिको प्रतिवेदनका सम्बन्धमा सभापति पराजुलीले जवाफ दिने क्रममा स्वीकार गर्नुभएको संशोधन स्वीकृत गरेको थियो ।

Continue Reading

Banner

आज पनि सुनचाँदीको भाउ घट्यो

Published

on

आज सुनचाँदीको भाउ घटेको छ । आज सुन तोलामा ५ हजार ५०० रुपैयाँ घटेर २ लाख ८५ हजारमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

हिजो सुन तोलामा २ लाख ९० हजार ५०० मा कारोबार भएको थियो । आज चाँदीको भाउ पनि २१५ रुपैयाँ घटेको छ । आज चाँदी तोलाको ४ हजार ८६५ रुपैयाँमा कारोबार भइरहेको छ ।

हिजो तोलाको ५ हजार ८० रुपैयाँमा कारोबार भएको महासङ्घले जनाएको छ ।

Continue Reading
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

Trending

सम्पर्क

विराट मिडिया एण्ड एड्भरटाइजिङ प्रालिद्वारा सञ्चालित
निष्पक्ष खबर डट कम

सुन्दरहरैँचा, मोरङ

सूचना विभाग दर्ता नं. १६४२ ०७६।७७

प्रेस काउन्सिल दर्ता नं. ३४३ ०७६।०७७
कम्पनी दर्ता नं. २२७६३९।०७६।०७७
स्थायी लेखा नं. ६०९६५३९४६

सम्पर्क

९८५२०७८८९९,९८४२०३५१६२,९८४२११३१५४

ई–मेल

[email protected]
हाम्रो टिम
सम्पादक ज्ञाननाथ ढकाल
प्रबन्धकः महेश उप्रेति
हाम्रो फेसबुक