Connect with us
Advertisement

तेह्रथुम जिल्लामा स्वास्थ्य बिमा कार्यक्रम सुरु

Published

on

तेह्रथुम  नेपाल सरकारले जनतालाई सर्वसुलभ तथा गुणस्तरीय स्वास्थ्य सेवा दिने उदेश्यले कैलाली जिल्लाबाट सुरु गरेको स्वास्थ्य बिमा कार्यक्रम अन्तर्गत ५६ औँ जिल्लाको रुपमा तेह्रथुम जिल्लमा सुरु भएको छ ।

मंगलबार जिल्लाको म्याङ्लुङ नगरपालिकामा रहेको देउराली होटलमा एक कार्यक्रम आयोजना गरी प्रमुख अतिथि जिल्ला समन्वय समिति तेह्रथुमका समापति शिवप्रसाद ढुंगानाले ७३ वर्षिय तुला श्रेष्ठलाइ  बिमा दर्ता कार्ड प्रदान गरी शुभारम्भ गरेका हुन्  । कार्यक्रममा विशेष अतिथि म्याङ्लुङ नगरपालिकाका उपप्रमुख पार्वती सानु डाँगी, प्रमुख जिल्ला अधिकारी विश्वराज न्यौपाने रहेका थिए । यो कार्यक्रममा प्रदेश एक मा १० औँ जिल्लामाको रुपमा सुरु भएको छ । अन्य जिल्लामा भने यस अघि नै कार्यक्रम सुरु भएको र बाकी जिल्लामा हुने तयारीमा रहेको छ । तेह्थुम जिल्लमा ६ वटा स्थानीय तह अन्तर्गत ४३ वडाहरुमा स्वास्थ्य बिमा दर्ता सहयोगि खटिने तेह्रथुमका स्वास्थ्य बिमा प्रमुख रमेश दाहालले बताए ।

स्वास्थ्य बिमा कार्यक्रममा ५ जनासम्मको एउटा परिवारलाई स्वास्थ्य बिमाको सदस्य बन्नका लागि वार्षिक ३ हजार ५सय रुपैँया लाग्ने छ । स्वास्थ्य बिमाको सदस्य बनेमा बिरामी पर्दा एक वर्षमा प्रति परिवार १ लाख सम्मको उपचार खर्च स्वास्थ्य बिमाले व्यहोर्ने छ । यस्तै ५ जना भन्दा बढि सदस्य भएको परिवारमा थप प्रति सदस्य बापत ७ सय तिर्दा सुबिधाको थैलिमा बीस हजार वृद्धि हुदै जाने र परिवार संख्या अनुसार बढीमा २ लाख सम्मको उपचार सुविधा पाईने प्रमुख दाहालले बताए । सुभारम्भ कार्यक्रम स्वास्थ्य बिमा बोर्ड प्रदेश १ का संयोजक दुर्गाप्रसाद आचार्यको अध्यक्षतामा सम्पन्न भएको थियो ।

 

Continue Reading

Facebook Comment

1 Comment

Banner

एमाले अध्यक्ष ओलीमाथि धनकुटाको लेगुवामा मुक्का प्रहारको प्रयास

Published

on

धनकुटाः मध्यपहाडी लोकमार्गमार्फत् महाकालीदेखि मेचीको यात्रामा निस्किएको एमालेको सङ्कल्प यात्राको टोलीमाथि धनकुटाको लेगुवामा मुक्का प्रहारको प्रयास भएको छ ।

सङ्कल्प यात्रा टोली भोजपुरबाट धनकुटा प्रवेश गर्ने क्रममा महालक्ष्मी ५ लेगुवामा ओलीलाई स्वागत गर्ने क्रममा लाइनमा बसेका व्यक्तिको बीचबाट प्रवेश गरेर ओलीमाथि मुक्का प्रहारको प्रयास भएको थियो । मुक्का हान्न प्रयास गर्ने लेगुवाका महेश राईलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

उनले मादक पदार्थ सेवन गरेको प्रहरीले जनाएको छ ।

Continue Reading

Banner

जन्मदिनको अवसर पारेर निवर्तमान मेयर ढकालकी छोरीले आश्रममा बाँडिन् न्यानो कपडा

Published

on

विराटचोकः सुन्दरहरैंचा नगरपालिकाका निवर्तमान नगरप्रमुख शिवप्रसाद ढकालकी छोरी सायनाले आफ्नो जन्मदिनमा न्यानो कपडा वितरण गरेकी छिन् ।

सायनाको १३ औ जन्मदिनको अवसर पारेर सुन्दरहरैंचा – ९ मा रहेको श्रीकृष्ण प्रणामी मन्दिरमा आश्रित बालबालिकाहरुलाई न्यानो कपडा वितरण गरिएको हो । पाथीभरा स्वतन्त्र महिला समाजको ब्यानरमा आयोजित कार्यक्रममा उनले न्यानो कपडा वितरण गरेको समाजकी अध्यक्ष सुनिता पोखरेलले बताइन् ।

कार्यक्रममा पाथीभरा स्वतन्त्र महिला समाजकी पूर्व अध्यक्ष, निवर्तमान अध्यक्ष लगायतका पदाधिकारीहरु उपस्थित थिए ।

Continue Reading

Banner

बुद्धोदय साकाेसको अध्यक्ष र लेखा संयोजकमा पुनः क्रमशः खनाल र निधी

Published

on

विराटनगरः विराटनगर –३ बुद्धचोकमा रहेको बुद्धोदय बचत तथा ऋण सहकारी संस्थाको नयाँ कार्यसमिति सर्वसम्मत चयन भएको छ । संस्थाको सञ्चालक समिति अध्यक्षमा पुनः राजेन्द्रप्रसाद खनाललाई चयन गरेको हो । खनालको अध्यक्षतामा ९ सदस्यीय नयाँ कार्यसमिति र पुनः अविनाशकुमार निधिको संयोजकत्वमा तीन सदस्यीय लेखा समिति समेत सर्वसम्मत चयन भएको हो ।

कार्यसमितिको उपाध्यक्षमा प्रेमबहादुर खड्का , सचिवमा सन्तोष वराल, कोषाध्यक्षमा यज्ञप्रसाद खतिवडा चयन भएको निर्वाचन समितिले जनाएको छ । त्यसैगरी समितिको सदस्यहरुमा उद्धव घिमिरे, भोजराज निरौला, दिपेश चौधरी, यादवप्रसाद पोखरेल र सीतादेवी खड्का सर्वसम्मत चयन भएका निर्वाचन समितिका संयोजक गोविन्दप्रसाद दाहालले जानकारी दिए ।

लेखा समितिको सदस्यमा टीकाप्रसाद कोइराला र झनकुमारी निरौला चयन भएका छन् ।

Continue Reading
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

Trending

सम्पर्क

विराट मिडिया एण्ड एड्भरटाइजिङ प्रालिद्वारा सञ्चालित
निष्पक्ष खबर डट कम

सुन्दरहरैँचा, मोरङ

सूचना विभाग दर्ता नं. १६४२ ०७६।७७

प्रेस काउन्सिल दर्ता नं. ३४३ ०७६।०७७
कम्पनी दर्ता नं. २२७६३९।०७६।०७७
स्थायी लेखा नं. ६०९६५३९४६

सम्पर्क

९८४२११३१५४, ९८०४३९४५४७, ९८०४०५३७९९

ई–मेल

[email protected]
हाम्रो टिम
अध्यक्ष टेकराज तिम्सिना
प्रधान सम्पादक ज्ञाननाथ ढकाल
सम्पादक पवन तिम्सिना
प्रबन्धकः शम्भु धमला
हाम्रो फेसबुक