Connect with us
Advertisement

तेह्रथुम जिल्लामा स्वास्थ्य बिमा कार्यक्रम सुरु

Published

on

तेह्रथुम  नेपाल सरकारले जनतालाई सर्वसुलभ तथा गुणस्तरीय स्वास्थ्य सेवा दिने उदेश्यले कैलाली जिल्लाबाट सुरु गरेको स्वास्थ्य बिमा कार्यक्रम अन्तर्गत ५६ औँ जिल्लाको रुपमा तेह्रथुम जिल्लमा सुरु भएको छ ।

मंगलबार जिल्लाको म्याङ्लुङ नगरपालिकामा रहेको देउराली होटलमा एक कार्यक्रम आयोजना गरी प्रमुख अतिथि जिल्ला समन्वय समिति तेह्रथुमका समापति शिवप्रसाद ढुंगानाले ७३ वर्षिय तुला श्रेष्ठलाइ  बिमा दर्ता कार्ड प्रदान गरी शुभारम्भ गरेका हुन्  । कार्यक्रममा विशेष अतिथि म्याङ्लुङ नगरपालिकाका उपप्रमुख पार्वती सानु डाँगी, प्रमुख जिल्ला अधिकारी विश्वराज न्यौपाने रहेका थिए । यो कार्यक्रममा प्रदेश एक मा १० औँ जिल्लामाको रुपमा सुरु भएको छ । अन्य जिल्लामा भने यस अघि नै कार्यक्रम सुरु भएको र बाकी जिल्लामा हुने तयारीमा रहेको छ । तेह्थुम जिल्लमा ६ वटा स्थानीय तह अन्तर्गत ४३ वडाहरुमा स्वास्थ्य बिमा दर्ता सहयोगि खटिने तेह्रथुमका स्वास्थ्य बिमा प्रमुख रमेश दाहालले बताए ।

स्वास्थ्य बिमा कार्यक्रममा ५ जनासम्मको एउटा परिवारलाई स्वास्थ्य बिमाको सदस्य बन्नका लागि वार्षिक ३ हजार ५सय रुपैँया लाग्ने छ । स्वास्थ्य बिमाको सदस्य बनेमा बिरामी पर्दा एक वर्षमा प्रति परिवार १ लाख सम्मको उपचार खर्च स्वास्थ्य बिमाले व्यहोर्ने छ । यस्तै ५ जना भन्दा बढि सदस्य भएको परिवारमा थप प्रति सदस्य बापत ७ सय तिर्दा सुबिधाको थैलिमा बीस हजार वृद्धि हुदै जाने र परिवार संख्या अनुसार बढीमा २ लाख सम्मको उपचार सुविधा पाईने प्रमुख दाहालले बताए । सुभारम्भ कार्यक्रम स्वास्थ्य बिमा बोर्ड प्रदेश १ का संयोजक दुर्गाप्रसाद आचार्यको अध्यक्षतामा सम्पन्न भएको थियो ।

 

Continue Reading

Facebook Comment

1 Comment

Banner

अमेरिका र इरानबीचको तनाव चर्कियो

Published

on

मध्यपूर्वमा अमेरिका र इरानबीचको तनाव फेरि चर्किएको छ । अमेरिकी सेनाको केन्द्रीय कमान्डले इरानको हर्मुज जलमार्गमा रहेको क्युशिम टापुमा ‘आत्मरक्षाका लागि’ सैन्य कारबाही गरेको जनाएको छ ।

कतारी सञ्चारमाध्यम अलजजीराका अनुसार इरानले कुवेत र बहराइनतर्फ ब्यालिस्टिक क्षेप्यास्त्र तथा ड्रोन प्रहार गरेको छ । कुवेतको वायु प्रतिरक्षा प्रणालीले आकाशमै ती आक्रमण निष्क्रिय पारेको र बहराइनमा पनि अमेरिकी तथा बहराइनी सुरक्षा संयन्त्रले मिसाइलहरू अवरोध गरेको अमेरिकाको दाबी छ ।

इरानको इस्लामिक रिभोलुसनरी गार्ड कोप्र्स (आईआरजीसी) ले अमेरिकी कारबाहीको जवाफ स्वरूप ड्रोन र मिसाइल आक्रमण गरेको जनाएको छ । इरानी सञ्चारमाध्यमहरूका अनुसार अमेरिकी सेनाले होर्मुज जलमार्ग नजिकै रहेको एक इरानी तेल ट्याङ्कर तथा केश्म टापुको दक्षिणी क्षेत्रमा रहेको सञ्चार टावरमा प्रहार गरेको थियो ।

आईआरजीसीले त्यसपछि अमेरिकी तथा इजरायली हितका जहाज र क्षेत्रीय सैन्य अड्डाहरूलाई निशाना बनाएको दाबी गरेको छ । मध्यपूर्वमा बढ्दो सैन्य गतिविधि र आक्रमणका कारण क्षेत्रीय सुरक्षा अवस्था थप जटिल बन्दै गएको विश्लेषण गरिएको छ ।

Continue Reading

Banner

प्रतिनिधिसभाको बैठकमा आजदेखि बजेटमाथिको छलफल शुरू हुँदै

Published

on

प्रतिनिधिसभाको बैठकमा आजदेखि बजेटमाथिको छलफल शुरू हुँदैछ । सरकारले आर्थिक वर्ष २०८३/०८४ को लागि प्रस्तुत गरेको बजेटमाथि आजदेखि दफाबार छलफल शुरू हुने संघीय संसद् सचिवालयले जनाएको छ ।

यसैबीच प्रतिनिधिसभा नियमावली, २०८३ पारित भएको छ । प्रतिनिधिसभाको हिजोको बैठकबाट नियमावली पारित भएको हो ।

बैठकमा प्रतिनिधिसभा नियमावली मस्यौदा समितिका सभापति गणेश पराजुलीले ‘प्रतिनिधिसभा नियमावली मस्यौदा समितिको प्रतिवेदन, २०८३ लाई पारित गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्नुभएको थियो । प्रस्तावलाई सभाको बहुमतले पारित गरेको हो ।

सभामुख डोलप्रसाद अर्यालले प्रतिनिधिसभा नियमावली मस्यौदा समितिको प्रतिवेदन, २०८३ को नियम २ देखि २६३ सम्म र अनुसूची १ देखि ७ सम्म नियमावलीको अङ्ग बनेको घोषणा गर्नुभयो । बैठकले नियमावली मस्यौदा समितिको प्रतिवेदनका सम्बन्धमा सभापति पराजुलीले जवाफ दिने क्रममा स्वीकार गर्नुभएको संशोधन स्वीकृत गरेको थियो ।

Continue Reading

Banner

आज पनि सुनचाँदीको भाउ घट्यो

Published

on

आज सुनचाँदीको भाउ घटेको छ । आज सुन तोलामा ५ हजार ५०० रुपैयाँ घटेर २ लाख ८५ हजारमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

हिजो सुन तोलामा २ लाख ९० हजार ५०० मा कारोबार भएको थियो । आज चाँदीको भाउ पनि २१५ रुपैयाँ घटेको छ । आज चाँदी तोलाको ४ हजार ८६५ रुपैयाँमा कारोबार भइरहेको छ ।

हिजो तोलाको ५ हजार ८० रुपैयाँमा कारोबार भएको महासङ्घले जनाएको छ ।

Continue Reading
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

Trending

सम्पर्क

विराट मिडिया एण्ड एड्भरटाइजिङ प्रालिद्वारा सञ्चालित
निष्पक्ष खबर डट कम

सुन्दरहरैँचा, मोरङ

सूचना विभाग दर्ता नं. १६४२ ०७६।७७

प्रेस काउन्सिल दर्ता नं. ३४३ ०७६।०७७
कम्पनी दर्ता नं. २२७६३९।०७६।०७७
स्थायी लेखा नं. ६०९६५३९४६

सम्पर्क

९८५२०७८८९९,९८४२०३५१६२,९८४२११३१५४

ई–मेल

[email protected]
हाम्रो टिम
सम्पादक ज्ञाननाथ ढकाल
प्रबन्धकः महेश उप्रेति
हाम्रो फेसबुक