Connect with us
Advertisement

नेपाल प्रवेशबारे कोरोना अझै कन्फ्युज !

Published

on

संसारका अरु देशमा निर्धक्क घुमफिर गरिरहे पनि नेपाल छिर्न नसकेको सोह्रैआना सही हो । तर मान्छे अझै पत्याउँदैनन् । आइसकेको पक्कै हो, कि सरकारले लुकायो कि डाक्टरले देख्न सकेन भनेर आशंका गर्छन् । अरुले त शंका गरे गरे, आफूलाई ठूलै डाक्टर हुँ भन्ने मान्छे पनि त्यसै बुरुकबुरुक गर्छन् । सरकारलाई मात्रै होइन, कोरोनालाई नै खाउँलाझैं गरी चोरऔंला ठड्याउँदै, दाह्रा किट्दै, कुटौंलाझैं गर्छन् । अन्त आउने हाम्रोमा अझै किन नआएको हँ भनेझैं गर्छन् । आइसक्या छ तर सरकारले पत्ता लगाएन भनेर घोक्रो सुकाउने गरी कराउँछन् ।

हैन मन्त्रीको सम्पत्तिजस्तो हो र, लुकाएर लुक्न मिल्ने ? डाक्टरको अक्षरजस्तो हो र, हेर्दा पनि नदेखिने, नबुझिने ? न कसैले लुकाउन सक्छ, न कसैले झुक्याउन ? आएपछि त आयो आयो । तर मान्छे मरे पत्याउँदैनन् ।

जे कुरामा पनि शंका गर्ने नेपालीको पारा देखेर कोरोनालाई रीस उठेर आउँछ । ‘हो लुकेर बसेको थिएँ, अब निस्किएँ, के गर्छौ ? पहिले तिमीहरुबाटै सुरु गरौं त’ भनेर झम्टन मन लाग्छ । तर भाइरस भइयो भन्दैमा धैर्यता गुमाइहाल्न मिल्दैन भनेर कोरोना पर्ख र हेरको अवस्थामा छ ।

खराब र मौकाको फाइदा लिन जानेका नेपालीहरु देखेर कोरोनालाई एकपटक नेपाल छिरेर देखाउँ जस्तो पनि लाग्छ । फेरि खानपान, जीवनशैली, आस्था र आत्मविश्वासमा भर पर्ने नेपालीको विश्वास तोड्न मन पनि लाग्दैन । त्यसमाथि मास्क लगाएर को कस्तो भन्ने नै नचिनिने भएका छन् । सबै हात धोएर कोरोनाको पछि लागेका छन् । के गर्ने, के नगर्ने ? नेपाल प्रवेशबारे कोरोना अझै कन्फ्युजमा छ ।

कसैलाई कोरोना नेपाल आएन भन्ने चिन्ता छ । कोही आउँदै आउँदैन भनेर त्यसै ढुक्क छन् । अनि कोहीकोही चाहिँ कोरोनाको हल्ला गरेर कमाउन र रमाउन व्यस्त छन् । थरीथरीका नेपाली देखेर कोरोनालाई उदेक लाग्छ । अझ सरकारको पारा देखेर अचम्म लाग्छ ।

सार्वजनिक गाडी र हवाईसेवा रोकेको छ, तर भारतीय सीमा नाका खुलै छ । मानौं कोरोनाले नेपालभर चल्ने गाडी र बाहिरी देशबाट आउने जहाजको मात्र यात्रा गर्छ, भारतीय नाकाबाट पस्दैन । भारतका ठाउँठाउँ चाहारिसकेको कोरानालाई एकपटक त्यही खुला नाकाबाट नेपाल छिरौं कि क्या हो भन्ने झोंक पनि चल्छ ।

लाखौं विद्यार्थी परीक्षाको तयारीमा थिए । पढ्ने काम सकिसकेको थियो, कापीमा लेख्न मात्रै बाँकी थियो । त्यहीबेला सरकारले परीक्षा स्थगित भनिदियो । उत्साहित भएर लेख्न ठिक्क परेका विद्यार्थी निराश र त्रसित भए । विद्यार्थी मात्र होइन, सबै डराए । अहिले काठमाण्डौका बसपार्क र सडक दशैं लागेजस्तो भएको छ ।

पोकापन्तुरा बोकेर घर जानेहरुको लर्को लागेको छ । नेपाली डराए भनौं भने हामीजस्तो बलिया कोही छैनौं भनेर फूर्ति लगाउँछन्, डराएनन् भनौं भने हल्लैहल्लामा पोको बोकेर गाउँ कुद्छन् । आतंक फैलाउने उस्तै, आतंकित बनाउने उस्तै ।

सरकारले २५ जनाभन्दा बढी भेला नहुन भनेको छ । २५ जनासम्म सँगै भेला हुँदा चाहिँ कोरोनाले नछुने, २६ जना मात्रै भयो भने चाहिँ छुने ! कति धेरै जान्ने नेपाल सरकार ! अनि सार्वजनिक बसमा ५० जनाभन्दा बढी चढेकै छन्, सिटभन्दा बढी बसेकै छन् । त्यहाँ २५ जनाभन्दा बढी भयो भनेर कसले सम्झाउने ? सिट क्षमताभन्दा धेरै किन बसेको भनेर कसले भन्ने ? नेपालको कानुन र व्यवहार सम्झेर कोरोनालाई हाँसो पनि उठ्छ ।

कोरोनालाई लाग्यो, प्रायः सबै नेपाली फुर्सदिला र सृजनशील रहेछन् । केही न केही उट्पट्याङ गरिरहने, फेसबुकमा थरीथरी लेखेर मान्छेलाई आतंकित बनाउने । उट्पट्याङ गरेर कोरोनालाई हाँसोमा उडाउने र अरुलाई तर्साउनेलाई पहिले सङक्रमण सार्न मन थियो । त्यसो गर्न पनि अहिले ठिक लागेन ।

सरकारले केही गरेन भनेर गाली गर्ने, अनि केही गर्न थालेपछि यस्तो पनि गर्छन् भनेर बुरुकबुरुक गर्ने नेपालीको बानी त झन् बुझिनसक्नु । तीनवटा ग्यासको सिलिण्डर घर पुर्याएपछि चौथोपटक सिलिण्डर लिन जाँदा अभाव भयो भनेर सरकारलाई गाली गर्नेहरु पनि रहेछन् ।

कोरोना सम्झेर धेरैलाई डर भए पनि ग्यास, तेल, खाद्यान्न र मास्क बेच्ने चाहिँ नडराउने रहेछन् । सबै मरे पनि आफू मात्रै बाँचौंला भन्ने रहेछ यिनलाई । पहिले नाकाबन्दी लगाउँदा कतिले तेल बेचेरै घर बनाएका थिए । अहिले मास्क बेचेर घर बनाउन खोज्नेहरु धेरै रहेछन् । अभाव र संकटको बेला ठग्न र कमाउन पल्केकाहरुलाई आक्रमण थालेर नेपाल प्रवेश गरौं कि भन्ने पनि कोरोनालाई लाग्यो । तर अझै पर्खौं न के के उपद्रो गर्न जानेका रहेछन् भनेर फेरि चुप भयो ।

नेपालका टेलिभिजनमा मात्रै होइन, ठाउँठाउँमा कमेडी च्याम्पियन हुने रहेछन् । कोरोना भाइरसको नाममा नयाँ जागिर मिलेको रहेछ मान्छेहरूलाई । बन्दाको पातदेखि सालको पातसम्म, बाँसको चोयादेखि रुखको बोक्रासम्मको माक्स बनाएर फोटो प्रदर्शन गरिरहेका छन् । फेसबुकमा उस्तै । कोरोनालाई लाग्यो, प्रायः सबै नेपाली फुर्सदिला र सृजनशील रहेछन् । केही न केही उट्पट्याङ गरिरहने, फेसबुकमा थरीथरी लेखेर मान्छेलाई आतंकित बनाउने । उट्पट्याङ गरेर कोरोनालाई हाँसोमा उडाउने र अरुलाई तर्साउनेलाई पहिले सङक्रमण सार्न मन थियो । त्यसो गर्न पनि अहिले ठिक लागेन ।

अब हामी कोरोना भाइरसको दबाइ बनाएर, बेचेर सम्बृद्ध हुन्छौं भनेर गफ दिनेहरु पनि रहेछन् । कोरोनाको चिन्ताभन्दा धेरै आनन्द लिनेहरु पनि रहेछन् । कोही अब घरमा पाहुना आउँदैनन् भनेर मख्ख । कोही अब स्कुल क्याम्पस र कार्यालय बन्द भयो, पढाउन र काम गर्न जान पर्दैन भनेर दंग । ख्वाक्क खोक्दा र हाच्छ्युँ गर्दा बम पड्केको र भुईंचालो आएकोभन्दा धेरै डराउने पनि रहेछन् । त्यसकै निहुँमा अफिस आउँदिन है, नत्र रुघाखोकी सर्ला भनेर डर देखाउनेहरु पनि रहेछन् ।

कोरोनालाई एक मनमा लाग्छ, अवसर र मौका छोपेर गलत गर्नेहरुलाई मात्रै छानीछानी पछारौं । अर्को मनमा लाग्छ, नेपालमा मान्छेको ज्यान लिने र अर्थतन्त्रलाई तहसनहस बनाउन अरु धेरै कुरा नै काफी छन् । कोरोनाभन्दा डरलाग्दो भ्रष्टाचार छ । कोरोनाले भन्दा रक्सीले धेरै मरिररहेका छन् । छुवाछुत, बोक्सी जस्ता अन्धविश्वासमा भर परेर त्यसमै ज्यान लिने र ज्यान फाल्नेहरु पनि छन् । रुघाखोकी र झाडापखालाले मर्नेहरु अझै कति छन् । अकालमा मर्न र मार्न कोरोना नै नचाहिने । कतिपय नेपालीका कुबुद्धि, कुविचार र कुबाटो नै पर्याप्त रहेछन् ।

खराब र मौकाको फाइदा लिन जानेका नेपालीहरु देखेर कोरोनालाई एकपटक नेपाल छिरेर देखाउँ जस्तो पनि लाग्छ । फेरि खानपान, जीवनशैली, आस्था र आत्मविश्वासमा भर पर्ने नेपालीको विश्वास तोड्न मन पनि लाग्दैन । त्यसमाथि मास्क लगाएर को कस्तो भन्ने नै नचिनिने भएका छन् । सबै हात धोएर कोरोनाको पछि लागेका छन् । के गर्ने, के नगर्ने ? नेपाल प्रवेशबारे कोरोना अझै कन्फ्युजमा छ ।

–उज्यालो अनलाइन डट कम

कोरोना: हल्ला बढी चर्कियो

Continue Reading

Facebook Comment

14 Comments

You must be logged in to post a comment Login

Leave a Reply

Banner

आज २०८३ साल जेठ १२ गते मंगलबारको राशिफल

Published

on

२०८३ साल जेठ १२ गते मंगलबार अधिक जेठ कृष्ण पक्षको दशमी तिथि। तदनुसार सन् २०२६ मे २६ तारिख। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ।

मेष : स्वास्थ्यमा ख्याल गर्नुपर्ने दिन छ। शिक्षामा मिहिनेत गरेको भए फल प्राप्त हुनेछ। परिवारभित्र थोरै बोलेर मन जित्नुपर्ने। राज्यको तर्फबाट भय र त्रास भए पनि काममा सफलता मिल्नेछ।

वृष : आज बोलीको प्रभावले काम बन्नेछ। शिक्षामा गरेको लगानीबाट फाइदा हुनेछ। परिवारको तर्फबाट खुशी मिल्ने योग छ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ। व्यापारमा गरेको लगानीको फल मिल्नेछ ।

मिथुन : राजनीतिक क्षेत्रमा देखिएका समस्या समाधान हुनेछ। शक्ति र बल भन्दा पनि बुद्धिले काम गर्नुपर्नेछ। व्यापारमा गरेको लगानीबाट फाइदा हुनेछ। परिवारमा मान र सम्मान बढ्नेछ।

कर्कट : आम्दानी बढ्नेछ। स्वास्थ्यमा गरेको प्रयास सफल बन्नेछ। राजनीतिक क्षेत्रमा खुट्टा तान्ने मान्छे सक्रिय रहेकाले सचेत बन्नुपर्नेछ। धार्मिक कार्यमा सहभागी भएर दिनको सुरुवात गर्नु राम्रो हुनेछ।

सिंह : शुभ दिन छ । सोचेको काम बन्दा मन शान्त रहनेछ । तर समयको सदुपयोग नगर्ने बानीले पश्चाताप हुनेछ। परिवारको साथ मिल्नेछ। प्रेम सम्बन्ध सुमधुर बन्ने योग छ। साथीको सहयोगमा काम बन्नेछ।

कन्या : दिन सहज छ। सोचेको काम बन्नेछ । कर्मचारी हुनुहुन्छ भने बढुवा हुने योग छ। बौद्धिक व्यक्तिसँगको भेटले मन हलुका हुनेछ। परिवारसँगको सम्बन्धमा खटपटी बढ्नेछ।

तुला : सहकार्य गरेर अगाडि बढ्नुपर्ने दिन छ। साथीभाइको साथ र सहयोग प्राप्त हुनेछ। गुरुसँग लिएको सल्लाह अनुसार अगाडि बढेमा सफलता प्राप्त हुनेछ। संकटमा परिवारको साथ मिल्नेछ। देशभित्र गरेको व्यापारमा फाइदा हुनेछ।

वृश्चिक : परिवारसँग बसेर रमाइलो गर्ने अवसर मिल्नेछ। शिक्षामा गरेको मिहिनेतको फल प्राप्त हुनेछ। स्वास्थ्यमा गम्भीर समस्या हुने जोखिम छ। राज्यको तर्फबाट सेवाको अवसर मिल्नेछ।

धनु : शिक्षाको क्षेत्रमा प्रगति हुनेछ। सञ्चित धन खर्च हुनेछ। इज्जत बढ्ने दिन छ। स्वास्थ्यमा सचेत बन्नुपर्ने समय छ। पिपललाई दाहिने पारेर यात्राको सुरुवात गरेमा दिन सहज बन्नेछ। परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ।

मकर : दिन सामान्य छ। ठुलो कारोबार नगर्नु राम्रो हुन्छ। खानपानमा ख्याल नगर्दा स्वास्थ्यमा जोखिम बढ्नेछ। बौद्धिक साथी विपक्षी कित्तामा पुगेकाले काम गर्नु अगाडि सचेत बन्नुपर्नेछ।

कुम्भ : सोचेर मात्रै बोल्नुपर्ने समय छ। सकारात्मक बोले पनि अर्थ नकारात्मक लाग्नेछ। तपाईंको उदार भावलाई कामजोर ठान्ने धेरै छन्। धार्मिक कार्यमा सहभागी भएर दिनको सुरुवात गरेमा दैनिकी सहज बन्नेछ।

मीन :आज धन लाभ हुने योग छ। स्वास्थ्यमा सुधार हुनेछ। सामाजिक अभियन्तासँगको भेटले मन शान्त बन्नेछ। परिवारसँग गरेको सल्लाहले काम सहजै बन्नेछ। व्यापारमा गरेको मिहिनेतको फल मिल्नेछ ।

प्रकाशित मिति : १२ जेठ २०८३,

Continue Reading

Banner

आज २०८३ साल जेठ ५ गते मंगलबारको राशिफल

Published

on

आज २०८३ साल जेठ ५ गते मंगलबार। जेठ शुक्ल पक्षको तृतीया तिथि । तदनुसार सन् २०२६ मे १९ तारिख । नक्षत्र अनुसार १२ वटा राशि हुन्छन् । चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ । त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ ।

मेष : दिन राम्रो छ । लगानीका क्षेत्रमा हिम्मत गरे फाइदा हुनेछ । काममा साथीभाइको साथ र सहयोग मिल्नेछ । विपक्षीले विरोध गरे पनि काम बन्ने  छ । परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ ।

वृष : आज शुभ दिन छ । बोलीको प्रभावले काम बन्नेछ । सञ्चित धन खर्च भए पनि इज्जत बढ्नेछ । शिक्षामा गरेको प्रयास सफल बन्नेछ । धार्मिक क्षेत्रमा सहभागी हुने अवसर मिल्नेछ ।

मिथुन : दिन राम्रो छ । सहकार्यमा अगाडि बढ्दा लगानी बढ्नेछ । खानपानमा ख्याल नगर्दा स्वास्थ्यमा समस्या हुने जोखिम छ । दान गरेर दिनको सुरुवात गरेमा मन शान्त बन्नेछ । परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ ।

कर्कट : दिन सामान्य छ । जोगिएर काम गर्नु उचित हुन्छ । लगानी डुब्ने भएकाले व्यवहार गर्दा सचेत बन्नुपर्नेछ । परिवारमा मनमुटाव हुनेछ । थोरै बोलेर अगाडि बढ्नु उचित हुनेछ । निजी क्षेत्रमा गरेको लगानीबाट फाइदा हुनेछ ।

सिंह : दिन राम्रो छ । मिहिनेतको फल मिल्ने योग परेको छ । सम्पत्तिको सदुपयोग गर्नु उचित हुनेछ । सहकर्मीको साथमा गरेको काम सफल बन्नेछ । शिक्षा क्षेत्रमा गरेको लगानीबाट फाइदा हुनेछ । परिवारलाई समय दिन नसक्दा विवाद बढ्नेछ ।

कन्या : सोचेको काम बन्नेछ । घर व्यवहारमा कामको बोझ बढ्नेछ । शिक्षाको क्षेत्रमा प्रगति हुनेछ । परीक्षा लेखेको भए राम्रो नतिजा प्राप्त हुनेछ । विपक्षीको सामना गर्न तयार हुनुपर्ने दिन छ । परिवारबाट साथ र सहयोग प्राप्त हुनेछ ।

तुला : दिन धेरै राम्रो छ । सम्पत्ति र शिक्षालाई समय दिनु उचित हुन्छ । बौद्धिक व्यक्तिसँगको अन्तरक्रियाले मन हलुका हुनेछ । प्रेम सम्बन्ध सुमधुर बन्नेछ । मिहिनेतको फल मिल्नेछ ।

वृश्चिक : दिन सामान्य छ । रोगले सताउने जोखिम छ । संकटमा परिवारको साथ मिल्नेछ । व्यवहार गर्दा ठुला व्यक्तिको सल्लाह लिएर अगाडि बढ्नु उचित हुनेछ । प्रेम सम्बन्ध सुमधुर बन्नेछ ।

धनु :  दिन राम्रो छ । सोचेको काम बन्नेछ । धन खर्च भए पनि इज्जत बढ्नेछ । परिवारभित्रबाट भन्दा बाहिरबाट सहयोग प्राप्त हुनेछ । शिक्षामा उन्नति हुनेछ । शिक्षामा गरेको मिहिनेतको फल मिल्नेछ ।

मकर : दिन सामान्य छ । स्वास्थ्यमा समस्या हुनसक्ने भएकाले खानपानमा ख्याल गर्नुपर्नेछ । शिक्षाका क्षेत्रको प्रयास सफल बन्नेछ । धार्मिक क्षेत्रको भ्रमण हुनेछ । परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ ।

कुम्भ :  सोचेको काम बन्नेछ । आम्दानी बढ्नेछ । बोलीमा समस्या हुने भएकाले सहकर्मीसँग नम्र भएर बोल्नु राम्रो हुनेछ ।  परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ । धार्मिक क्षेत्रको भ्रमण गरेर दिनको सुरुवात गर्नु उचित हुनेछ।

मीन : दिन सामान्य छ । सञ्चित धन खर्च हुनेछ । साथीभाइले विवाद झिक्ने भएकाले व्यवहार गर्दा सचेत बन्नुपर्नेछ । शिक्षामा आलस्यता बढ्ने जोखिम छ । रोग प्रतिरोधात्मक क्षमता बढ्नेछ । धार्मिक कार्यमा सहभागी भएर दिनको सुरुवात गर्नु उचित हुनेछ ।

Continue Reading

Banner

लालीगुराँस महोत्सवमा चोत्लुङ पार्क साहित्यमय, कविताले दुई दिन गुञ्जायमान

Published

on

चोत्लुङ पार्क शनिबार र आइतबार साहित्यमय बनेको छ। लालीगुराँस महोत्सव अन्तर्गत वैशाख १० गतेदेखि सञ्चालन भएको कार्यक्रममा आयोजित “चोत्लुङ साहित्य गोष्ठी” ले पूरै क्षेत्रलाई साहित्यिक माहोलमा डुबायो।

गुराँसको राजधानी मानिने तीनजुरे–मिल्के–जलजले क्षेत्र को प्रवेशद्वार बसन्तपुरस्थित पार्कमा आयोजित गोष्ठीमा सन्ध्या सिङ्जागो सुब्बा ले कविता वाचन गरिन्। उनीसँगै दुई दर्जनभन्दा बढी कविहरूका रचनाले दुई दिनसम्म पार्क गुञ्जायमान बनायो।

रैथाने वास्तुशैलीमा बनेको चोत्लुङ पार्कमा यस्ता कार्यक्रमले कला–साहित्यप्रति स्थानीय सरकारको सकारात्मक दृष्टिकोण झल्काएको भन्दै विराटनगरकी कवि तथा आख्यानकार सीमा आभाष ले प्रशंसा गरिन्।

गोष्ठीमा काठमाडौँसहित विभिन्न जिल्लाबाट आएका साहित्यकारहरूले प्रकृति, संस्कृति, प्रेम र समसामयिक विषयमा कविता प्रस्तुत गर्दै श्रोतालाई मन्त्रमुग्ध बनाए। कार्यक्रममा विशेष आकर्षणका रूपमा रहेका उपेन्द्र सुब्बा ले समाज रूपान्तरणका लागि यस्ता वैचारिक जमघट आवश्यक हुने बताए।

कार्यक्रममार्फत जलवायु परिवर्तन र यसको असर न्यूनीकरणबारे साहित्यिक सन्देश प्रवाह गर्ने उद्देश्य राखिएको अर्जुनबाबु माबुहाङ ले जानकारी दिए। साथै, गुराँस संरक्षण, स्थानीय पर्यटन प्रवर्द्धन र मुन्धुमी ज्ञानसँग जलवायु परिवर्तनको सम्बन्धबारे समेत विमर्श गरिएको थियो।

Continue Reading
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

Trending

सम्पर्क

विराट मिडिया एण्ड एड्भरटाइजिङ प्रालिद्वारा सञ्चालित
निष्पक्ष खबर डट कम

सुन्दरहरैँचा, मोरङ

सूचना विभाग दर्ता नं. १६४२ ०७६।७७

प्रेस काउन्सिल दर्ता नं. ३४३ ०७६।०७७
कम्पनी दर्ता नं. २२७६३९।०७६।०७७
स्थायी लेखा नं. ६०९६५३९४६

सम्पर्क

९८५२०७८८९९,९८४२०३५१६२,९८४२११३१५४

ई–मेल

[email protected]
हाम्रो टिम
सम्पादक ज्ञाननाथ ढकाल
प्रबन्धकः महेश उप्रेति
हाम्रो फेसबुक