निष्पक्षखबर



काेराेनाविरुद्धको प्रयास

काेराेना आयो मिलौ कि कसाे यस्लाई भगाउन।
मैले नी थाले यी काम गर्न सबैले बुझौ न

कागती ,बेसार् ,अदुवा , पानी तताई प्युदै छु।
साबुन लगाई हात् धुने वानी त्याे पनि गर्दै छु।।
भेट्टाएँ भने मास्क र सेनि टाईजर त्यै लाउला
नाक र मुख् मा हात् पुगिहाल्छ कसरी छुटाउला ?

भिड र गुम्बा मन्दिर मस्जित् त्याे टाढा म जान्न।
नमस्ते गर्छु ,बाहिरकाे खाना म खान मान्दिन।।
घरैमा बस्छु, बारीमा पस्छु हरियाे तरकारी।
टिप्छु र राेप्छु पुग्ने छ खान हुँदैन स्वाँङ्ग पारी।।

छन् भने नानी सिकाउछु बानी शिक्षक् नै परे म।
पढन र काम लगाउछु हिड्न,घुम्न चाहिँ दिन्न म।।
प्यारीले भनिन् को पाहुना आए ? बाहिर गेटमा।
काम कुरो लक्षण नबुझी त्यसै नबोलाऊ कोठामा।।


घरआँगन सफा राख्छु म सधैँ ओसिलो पार्दिनँ ।
काेराेना ,काेभिट शत्रु हुन् मेरा म पाल्दै पाल्दिन।।
यी मेरा बानी कस्ता हुन काेनी? सल्लाह दिनुहाेस्।
मन पर्ने छैनन् यी वानी भने के गरौँ ? भन्नू हाेस।।

Spread the love



2 thoughts on “काेराेनाविरुद्धको प्रयास

  1. अतिनै मार्मिक कबिता बाट कोरोना भाइरस हटाउने निर्णय शब्द बाट गर्नु भयो म पनि हजुरले नै भनेझै प्रदेशी भुमिमा कोशिश गरिरहेको छु र गर्दै जाउँ भन्ने आशावादी छु ।

Leave a Reply

Your email address will not be published.