निष्पक्षखबर



लकडाउन शुरु भएको दिन डलरको भाउ उच्च, बढ्यो १ रुपैयाँ ७४ पैसा

विराटचोकः नेपालमा अब ४० मिनेटपछि अर्थात् बिहान ६ बजेदेखि लकडाउन शुरु हुँदैछ । कोरोना सङ्क्रमणको त्रासका कारण लकडाउनको घोषणा भएको हो ।

कोरोनाकै कारण बढेको अनुमान गरिएको डलरको भाउ आज १ रुपैयाँ ७४ पैसा बढेको छ । अमेरिकी डलरको खरीद दर आज १ सय २१ रुपैयाँ ७४ पैसा रहेको छ । यो दर हिजो १ सय २० रुपैयाँ मात्रै थियो । त्यस्तै, बिक्री दर १ सय २२ रुपैयाँ ३४ पैसा रहेको छ । जुन अघिल्लो दिन १ सय २० रुपैयाँ ६० पैसा मात्रै थियो । यो विनिमय दर हालसम्मकै उच्च हो ।

हिजो डलरको भाउ ८ पैसा घटेको थियो । यस्तो छ नेपाल राष्ट्र बैंकले आज चैत ११ गतेको लागि निर्धारण गरेको विदेशी मुद्राको विनिमय दर ।

Spread the love



Leave a Reply

Your email address will not be published.