स्थानीय तह
कालीखोलाः बजारभित्रै मूल भएको पोखरी
विराटचोकः अहिले देशमा ‘लकडाउन’ छ । घुमफिर गर्न त के एउटा घरबाट अर्काे घरमा निस्कन पनि पाइँदैन । सबैतिर कोरोनाको सङ्क्रमणको त्रास छ । यस्तो अवस्थामा हरेक समाचार पनि कोरोनासँग सम्बन्धित मात्रै छन् ।
यही बीचमा स्वास्थ्यभन्दा फरक सामग्री यहाँ प्रस्तुत गरिएको छ । यो सामग्री अध्ययन गरी कोरोनाको सङ्क्रमणको त्रासपछि यस्ता पर्यटकीय क्षेत्रको भ्रमण गरी मन बहलाउन सकिन्छ । त्यसै क्रममा सुन्दरहरैंचाको विराटचोक बजारमा रहेको कालीखोला पोखरीको बारेमा यहाँ पाठ्यसामग्री प्रस्तुत गरिएको छ ।

हजारौँ बिघा जमिनमा सिँचाइ हुने गरी बजारभित्रै पानी उम्रिएको एक पोखरी हो कालीखोला पोखरी । २००८ सालमा देवी स्थापना गरी यहाँ पूजा गरिँदै आएको छ । अहिले २ परिवार बसेर दैनिक पूजा गर्दै आएका छन् ।

देवीसँग कुस्ती खेलेको अनुभव रहेका स्थानीय बनुलाल चौधरी कालीखोला क्षेत्रमा साक्षात् भगवान् अर्थात् देवीको रूप देखा पर्ने बताउँछन् । चौधरी २०३७ सालतिर खेती गर्न हाल रहेको पोखरीको उत्तरतर्फको जग्गामा जाने गरेका थिए ।

काम सकेर मध्याह्न्नको समयमा खाना खान घर जाँदा बाटोमा बच्चाजस्तो देवीको रूप अगाडि देखा परेको बताउँदै देवी देखा परेपछि आफूमाथि आइलागेको र देवीसँग कुस्ती खेलेको उनी सुनाउँछन् । सो क्षेत्रमा कसैले फोहोर गरे आफू मुर्छा पर्ने, बेहोस हुने, गरेको समेत उनले सुनाए । कसैले नराम्रो गरेमा देवी प्रकट भई सचेत गराउने गरेको र आफूले पनि कुनै नौलो फल पाउँदा नयाँ वर्षमा देवी थानमा चढाउने गरेको उनले बताए ।

पहिले सफा, पानी भएकाले यस क्षेत्रका मानिसले त्यहाँको पानी प्रयोग गर्दथे । त्यसबेलामा थोरै घर भएकाले पिउने पानीको स्रोत भनेको त्यो पोखरी नै भएको स्थानीय बताउँछन् । साक्षात् भगवान भएको क्षेत्रमा अहिले फोहोरको डङ्गुर थुप्रिँदा त्यस क्षेत्रमा जाँदा नराम्रो लागेको समेत देवीसँग कुस्ती खेल्ने चौधरी बताउँछन् ।
विभिन्न व्यक्ति सङ्घ संस्थाको सहयोगमा यस आसपास कालीमन्दिर, शिव, गणेश राधाकृष्ण, भीमसेनलगायत विभिन्न देवदेवीको मन्दिर रहेका छन् ।
२०६० सालदेखि यस क्षेत्रमा प्रत्येक वर्ष माघे संक्रान्ति पर्वका अवसरमा एक दिन मेला लाग्ने गरेको मंगल स्मृति प्रतिष्ठान नेपालका अध्यक्ष डिल्लीराम अधिकारीले बताए । शुरुका दिनमा पटुवाको खाडीमा ६ ओटा पाइपको धाराबाट शुरु गरिएको मकर स्नान मेला क्षेत्रमा हाल २६ लाख रुपैयाँको सरकारी सहयोगमा निर्माण गरिएका ९ ओटा आकर्षक धारा रहेका छन् ।
एक दिन लाग्ने मेला भए पनि सबै जातजातिका संस्कृति झल्कने झाँकी, भजन कीर्तनका साथमा सांस्कृतिक कार्यक्रम गरेर भव्य रूपमा मेला लाग्ने गरेको छ । जलाशय क्षेत्र भएकाले यहाँ प्रत्येक वर्ष छठ पूजा पनि हुन्छ ।
पर्यटकीय क्षेत्रका रूपमा विकास गर्नुपर्ने
यस पोखरीलाई धार्मिक पर्यटकीय क्षेत्रका रूपमा विकास गर्न सके आयआर्जनसँगै यो ठाउँको पहिचानलाई देशभर चिनाउन सकिने सम्भावना देखिन्छ । यो ठाउँलाई धार्मिक पर्यटकीय क्षेत्रको रूपमा विकास गर्नुपर्ने कालीखोला बहुउद्देश्यीय सामुदायिक सेवा समितिका अध्यक्ष शिवप्रसाद दाहाल बताउँछन् ।
हाल निर्माण भएको पोखरी २०७२ सालको भूकम्पपछि सुकेको थियो । गत चैतमा पर्यटन बोर्डबाट १ करोड ३५ लाख रुपैयाँ बजेट विनियोजन भएको थियो । त्यसमा ठेक्का लागेको ९२ लाखको पनि ५५ प्रतिशत मात्र खर्च भएको थियो । सो खर्चमा पोखरी वरिपरी घेराबारा, एउटा किचन निर्माण र मंगलस्मृति प्रतिष्ठानको अगाडि प्रशासनिक भवनको फाउण्डेसन निर्माण गरिएको छ ।
नौधारा दक्षिणको पोखरीलाई फराकिलो पार्ने र बनेको पोखरीभित्र संरचना बनाउने काम भएको छ । यस्तै, एउटा बोरिङसमेत गाडिएको छ । अहिलो पोखरीमा कमलको फूल हेर्न मानिसहरू आउने गर्दछन् ।
नौधाराको दक्षिणतर्फ ठूलो जलाशय क्षेत्र रहेको छ । यस क्षेत्रमा सुन्दर पोखरी निर्माण गर्न सके अनि माछापालन गर्न सके आन्तरिक पर्यटकलाई बोटिङका लागि तान्न सकिने सम्भावना छ ।
बस्तीसँगै विभिन्न सामुदायिक भवन तथा धार्मिक मन्दिरहरू निर्माण हँुदा मेलास्थल साँघुरिँदै गएको छ । करीब २ बिघा ९ कठ्ठा जग्गा रहेको भए पनि संरचना निर्माणले गर्दा खुला क्षेत्रको अभाव बढ्दै गएको छ ।

Facebook Comment
Banner
कांग्रेस देउवा समूह आज सर्वोच्च अदालत जाने
नेपाली कांग्रेसको शेरबहादुर देउवा समूह पार्टीको आधिकारिकता दाबीका लागि आज सर्वोच्च अदालत जाने भएको छ ।
निर्वाचन आयोगले गत शुक्रबाट विशेष महाधिवेशनबाट निर्वाचित गगन थापा नेतृत्वको कार्यसमितिलाई मान्यता दिएपछि उक्त निर्णयविरुद्ध देउवा समूह आज सर्वोच्च जान लागेको हो ।
गत पुस २७ देखि माघ १ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा भएको कांग्रेसको दोस्रो विशेष महाधिवेशनले गगन थापाको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको थियो ।
Banner
रास्वपा केन्द्रीय समितिको बैठक, प्रत्यक्ष उम्मेदवार टुंगो लाग्ने
प्रत्यक्ष निर्वाचनतर्फ उम्मेदवार टुंगो लगाउन राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समिति बैठक आज बस्दैछ। बैठक दिउँसो २ बजे पार्टी केन्द्रीय कार्यालय, वनस्थलीमा बस्नेछ।बैठकले फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनका लागि १६५ क्षेत्रका प्रत्यक्ष उम्मेदवारको नाम टुंगो लगाउने बताइएको छ। निर्वाचन आयोगले आगामी माघ ६ गते प्रत्यक्षतर्फको उम्मेदवारी पेस गर्न समय तोकेकोको छ। उम्मेदवारी दर्ताका लागि आफ्नो निर्वाचन क्षेत्रमा उम्मेदवार पुग्नुपर्ने भएकाले आजै उम्मेदवारको टुंगो लगाउनुपर्ने बाध्यतामा दल रहेका छन्।
नेकपा (एमाले)ले केही क्षेत्रबाहेक अधिकांश उम्मेदवारको नाम टुंगो लगाएको छ भने कांग्रेसमा विवाद जारी छ। पार्टी आधिकारिकताको प्रमाणपत्र विशेष महाधिवेशन पक्षले पाएपछि कांग्रेसमा विवाद चर्चिएको हो।
Banner
आधिकारिकता विवादबीच निर्वाचन जाने विशेष महाधिवेशन कांग्रेसको निर्णय
विशेष महाधिवेशनबाट निर्वाचित भएको कांग्रेसले आधिकारिकताको दाबी गर्दै निर्वाचन आयोग जाने निर्णय गरेको छ । गएराति गगन थापा सभापतिमा निर्वाचित भएपछि आज ललितपुरको कुपण्डोलमा बसेको पहिलो बैठकले निर्वाचन आयोग जाने निर्णय गरेको हो ।
-
अर्थ6 years agoसमाचारमार्फत् आफ्नो चरित्रहत्या गरिएको भन्दै कानेपोखरीका युवा व्यवसायीले गरे पत्रकार सम्मेलन
-
Banner4 years agoसाउनदेखि कुन तहका कर्मचारीको कति तलब ?
-
खेलकुद6 years agoरंगशालाको अवलोकन
-
मुख्य6 years agoशेयर बजारमा झिनो अंकको गिरावट
-
अर्थ6 years agoगोर्खा डिपाटमेन्ट स्टोर विराटचोकलाई ५० हजार जरिवाना
-
मुख्य6 years agoसुन्दरहरैंचामा चोरले बोरामा हालेर लादैं गरेको बच्चालाई आमाले खोस्न सफल
-
मुख्य6 years agoपुस १० गते खण्डग्रास सूर्यग्रहण लाग्ने भएकाले मोरङका संस्थागत विद्यालय बिदा
-
Banner6 years agoगोठगाउँमा पूर्वाञ्चल विश्वविद्यालय सर्ने, गोठगाउँमा आज साँझ दीप प्रज्वलन गरिने













You must be logged in to post a comment Login