Connect with us
Advertisement

कालीखोलाः बजारभित्रै मूल भएको पोखरी

Published

on

विराटचोकः अहिले देशमा ‘लकडाउन’ छ । घुमफिर गर्न त के एउटा घरबाट अर्काे घरमा निस्कन पनि पाइँदैन । सबैतिर कोरोनाको सङ्क्रमणको त्रास छ । यस्तो अवस्थामा हरेक समाचार पनि कोरोनासँग सम्बन्धित मात्रै छन् ।

यही बीचमा स्वास्थ्यभन्दा फरक सामग्री यहाँ प्रस्तुत गरिएको छ । यो सामग्री अध्ययन गरी कोरोनाको सङ्क्रमणको त्रासपछि यस्ता पर्यटकीय क्षेत्रको भ्रमण गरी मन बहलाउन सकिन्छ । त्यसै क्रममा सुन्दरहरैंचाको विराटचोक बजारमा रहेको कालीखोला पोखरीको बारेमा यहाँ पाठ्यसामग्री प्रस्तुत गरिएको छ ।

हजारौँ बिघा जमिनमा सिँचाइ हुने गरी बजारभित्रै पानी उम्रिएको एक पोखरी हो कालीखोला पोखरी । २००८ सालमा देवी स्थापना गरी यहाँ पूजा गरिँदै आएको छ । अहिले २ परिवार बसेर दैनिक पूजा गर्दै आएका छन् ।

देवीसँग कुस्ती खेलेको अनुभव रहेका स्थानीय बनुलाल चौधरी कालीखोला क्षेत्रमा साक्षात् भगवान् अर्थात् देवीको रूप देखा पर्ने बताउँछन् । चौधरी २०३७ सालतिर खेती गर्न हाल रहेको पोखरीको उत्तरतर्फको जग्गामा जाने गरेका थिए ।

काम सकेर मध्याह्न्नको समयमा खाना खान घर जाँदा बाटोमा बच्चाजस्तो देवीको रूप अगाडि देखा परेको बताउँदै देवी देखा परेपछि आफूमाथि आइलागेको र देवीसँग कुस्ती खेलेको उनी सुनाउँछन् । सो क्षेत्रमा कसैले फोहोर गरे आफू मुर्छा पर्ने, बेहोस हुने, गरेको समेत उनले सुनाए । कसैले नराम्रो गरेमा देवी प्रकट भई सचेत गराउने गरेको र आफूले पनि कुनै नौलो फल पाउँदा नयाँ वर्षमा देवी थानमा चढाउने गरेको उनले बताए ।

पहिले सफा, पानी भएकाले यस क्षेत्रका मानिसले त्यहाँको पानी प्रयोग गर्दथे । त्यसबेलामा थोरै घर भएकाले पिउने पानीको स्रोत भनेको त्यो पोखरी नै भएको स्थानीय बताउँछन् । साक्षात् भगवान भएको क्षेत्रमा अहिले फोहोरको डङ्गुर थुप्रिँदा त्यस क्षेत्रमा जाँदा नराम्रो लागेको समेत देवीसँग कुस्ती खेल्ने चौधरी बताउँछन् ।

विभिन्न व्यक्ति सङ्घ संस्थाको सहयोगमा यस आसपास कालीमन्दिर, शिव, गणेश राधाकृष्ण, भीमसेनलगायत विभिन्न देवदेवीको मन्दिर रहेका छन् ।
२०६० सालदेखि यस क्षेत्रमा प्रत्येक वर्ष माघे संक्रान्ति पर्वका अवसरमा एक दिन मेला लाग्ने गरेको मंगल स्मृति प्रतिष्ठान नेपालका अध्यक्ष डिल्लीराम अधिकारीले बताए । शुरुका दिनमा पटुवाको खाडीमा ६ ओटा पाइपको धाराबाट शुरु गरिएको मकर स्नान मेला क्षेत्रमा हाल २६ लाख रुपैयाँको सरकारी सहयोगमा निर्माण गरिएका ९ ओटा आकर्षक धारा रहेका छन् ।

एक दिन लाग्ने मेला भए पनि सबै जातजातिका संस्कृति झल्कने झाँकी, भजन कीर्तनका साथमा सांस्कृतिक कार्यक्रम गरेर भव्य रूपमा मेला लाग्ने गरेको छ । जलाशय क्षेत्र भएकाले यहाँ प्रत्येक वर्ष छठ पूजा पनि हुन्छ ।

पर्यटकीय क्षेत्रका रूपमा विकास गर्नुपर्ने
यस पोखरीलाई धार्मिक पर्यटकीय क्षेत्रका रूपमा विकास गर्न सके आयआर्जनसँगै यो ठाउँको पहिचानलाई देशभर चिनाउन सकिने सम्भावना देखिन्छ । यो ठाउँलाई धार्मिक पर्यटकीय क्षेत्रको रूपमा विकास गर्नुपर्ने कालीखोला बहुउद्देश्यीय सामुदायिक सेवा समितिका अध्यक्ष शिवप्रसाद दाहाल बताउँछन् ।

हाल निर्माण भएको पोखरी २०७२ सालको भूकम्पपछि सुकेको थियो । गत चैतमा पर्यटन बोर्डबाट १ करोड ३५ लाख रुपैयाँ बजेट विनियोजन भएको थियो । त्यसमा ठेक्का लागेको ९२ लाखको पनि ५५ प्रतिशत मात्र खर्च भएको थियो । सो खर्चमा पोखरी वरिपरी घेराबारा, एउटा किचन निर्माण र मंगलस्मृति प्रतिष्ठानको अगाडि प्रशासनिक भवनको फाउण्डेसन निर्माण गरिएको छ ।
नौधारा दक्षिणको पोखरीलाई फराकिलो पार्ने र बनेको पोखरीभित्र संरचना बनाउने काम भएको छ । यस्तै, एउटा बोरिङसमेत गाडिएको छ । अहिलो पोखरीमा कमलको फूल हेर्न मानिसहरू आउने गर्दछन् ।

नौधाराको दक्षिणतर्फ ठूलो जलाशय क्षेत्र रहेको छ । यस क्षेत्रमा सुन्दर पोखरी निर्माण गर्न सके अनि माछापालन गर्न सके आन्तरिक पर्यटकलाई बोटिङका लागि तान्न सकिने सम्भावना छ ।
बस्तीसँगै विभिन्न सामुदायिक भवन तथा धार्मिक मन्दिरहरू निर्माण हँुदा मेलास्थल साँघुरिँदै गएको छ । करीब २ बिघा ९ कठ्ठा जग्गा रहेको भए पनि संरचना निर्माणले गर्दा खुला क्षेत्रको अभाव बढ्दै गएको छ ।

Continue Reading

Facebook Comment

16 Comments

You must be logged in to post a comment Login

Leave a Reply

Banner

मनसुनी वायुको प्रभाव: देशका केही स्थानमा भारी वर्षाको सम्भावना

Published

on

 हाल देशभर मनसुनी वायुको प्रभाव छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा उत्तरतर्फ छ ।

विभागका अनुसार देशभर अधिकांश बादल लागेको छ । देशका हिमाली भू–भागका केही स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्मको वर्षा/हिमपातको सम्भावना छ । देशको पहाडी भू–भागका धेरै स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ ।

विभागद्वारा मौसम ‘बुलेटिन’का अनुसार कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका केही स्थान तथा मधेश प्रदेशका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ । कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागको एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

महाशाखाका अनुसार आज राति देशभर साधारणतया बादल लाग्नेछ । कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भू–भागका केही स्थानमा तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भू–भागका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्मको वर्षा/हिमपातको सम्भावना छ ।

कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी र तराई भू–भागका केही स्थानमा, मधेस प्रदेश तथा कर्णाली पहाडी भू–भागका र सुदूरपश्चिम प्रदेशका पहाडी र तराई भू–भागका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी र तराई भू–भागका एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

Continue Reading

Banner

गछिया खोला भ्याट भ्रष्टाचार प्रकरण : तिलक आलेविरुद्ध अख्तियार सर्वोच्चमा

Published

on

 आन्तरिक राजस्व कार्यालय, धरानका तत्कालीन कर अधिकृत तिलक आलेसमेतका प्रतिवादी रहेको भ्रष्टाचार मुद्दामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सर्वोच्च अदालतमा पुनरावेदन दर्ता गरेको छ।

आयोगका अनुसार सुन्दरहरैँचा नगरपालिकास्थित गछिया खोलाबाट आर्थिक वर्ष २०७६-०७७ मा नदिजन्य पदार्थ उत्खनन् गर्ने क्रममा प्राप्त हुने राजस्वमध्ये आन्तरिक राजस्व कार्यालयमा दाखिला गर्नुपर्ने मूल्य अभिवृद्धि कर (भ्याट) रकम दाखिला नगरी भ्रष्टाचार गरिएको आरोपमा तिलक आलेसमेतका प्रतिवादीविरुद्ध मुद्दा दायर गरिएको थियो।

उक्त प्रकरणमा आयोगले प्रतिवादीहरूबाट रु. १ करोड २३ लाख ६९ हजार ६४९ रुपैयाँ ६९ पैसा बिगो कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ९ र १७ बमोजिम कसुर ठहर गरी कैद तथा बिगो बराबर जरिवानासहितको सजाय माग गर्दै विशेष अदालत, काठमाडौंमा आरोप पत्र दायर गरेको थियो।

तर विशेष अदालतले मिति २०८२।१२।१० मा गरेको फैसलाबाट प्रतिवादीहरूलाई आंशिक सफाइ दिएको थियो। उक्त फैसलाप्रति चित्त नबुझेपछि आयोगले मिति २०८३।०४।०४ गते सर्वोच्च अदालतमा पुनरावेदनको निवेदन दर्ता गरेको जनाएको छ।

आयोगले विशेष अदालतको फैसलाको कानुनी परीक्षण आवश्यक रहेको भन्दै अभियोगमा प्रस्तुत प्रमाण र तथ्यका आधारमा पुनरावेदन प्रक्रिया अघि बढाएको हो।

Continue Reading

Banner

लायन्स क्लब अफ गाेठगाँउ राेयल सिटिद्वारा वृक्षारोपण तथा डस्बिन हस्तान्तरण कार्याक्रम सम्पन्न

Published

on

लायन्स क्लब अफ गाेठगाँउ राेयल सिटि का अध्यक्ष अनुराेध शाह का अध्यक्षतामा तथा प्रमुख अथिति लायन्स 325 C का डिस्ट्रिक गभर्नर लिला चिमरिया ज्यु लायन्स लिडर Pmcc राजन खत्रि लायन्स लिडर हरु नगेन्द्र दाहाल ,खिल .बिक स्कुल प्रशासन तथा शिक्षक कर्मचारी हरु का उपस्थिति मा लायन्स क्लब अफ गाेठगाँउ राेयल सिटिको २०२६ काे पहिलाे कार्यक्रम बृक्षा राेपण र डस्बिन हस्तान्तरण गरि सम्पन्न गरियाे !
बृक्षा राेपण मा विभिन्न जात चिउरि , म्याङ्गाे किट्स ,अनार,फणिण जामुना,अमला,साथै निम धुपि लगायत विभिन्न जात का १००थान बिरुवा राेपि कार्यक्रम सम्पन् गरियाे ! कार्यक्रम सञ्चालन क्लब का सेक्रेटरि नरेन रायाले सञ्चालन गर्नु भएकाे थियो
यश कार्यक्रम ले बिधालय परिवार लाभान्वित हुने छ साथै खुशियालि महसुस गरेकाे छ !

Continue Reading
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

Trending

सम्पर्क

विराट मिडिया एण्ड एड्भरटाइजिङ प्रालिद्वारा सञ्चालित
निष्पक्ष खबर डट कम

सुन्दरहरैँचा, मोरङ

सूचना विभाग दर्ता नं. १६४२ ०७६।७७

प्रेस काउन्सिल दर्ता नं. ३४३ ०७६।०७७
कम्पनी दर्ता नं. २२७६३९।०७६।०७७
स्थायी लेखा नं. ६०९६५३९४६

सम्पर्क

९८५२०७८८९९,९८४२०३५१६२,९८४२११३१५४

ई–मेल

[email protected]
हाम्रो टिम
सम्पादक ज्ञाननाथ ढकाल
प्रबन्धकः महेश उप्रेति
हाम्रो फेसबुक