कोशी प्रदेश
इटालीबाट नेपालीको चिठी: लकडाउनका बेला हेल्चेक्य्राईं नगर्नुहोला

‘भेनिस कार्निभल’ चलिरहेको थियो। इटालीको प्रमुख पर्यटकीय शहर भेनिसमा पर्यटकहरूको चहलपहल बढ्दै थियो।
चीनमा कोरोनाको संक्रमण बढेको कुरा सुनिरहेका थियौँ। चिनियाँ पर्यटकबाट यता पनि आउनसक्छ भन्ने आंकलन भइरहेको थियो। ईटलीका अरू धेरै स्थानीयले पनि त्यस्तै सोच्थे। चिनियाँको जस्तो अनुहार देख्दा अर्कै नजरले हेर्थे। वर्षौंदेखि यतै बसेर व्यवसाय गरेका चिनियाँहरूलाई पनि हेर्ने नजर अर्कै भयो।
चिनियाँहरूले संचालन गरेका बार, रेस्टुरेन्ट, कफिसप, टेलर्सदेखि मोबाइल रिपेयरिङ सेन्टरसम्म बन्द भए। संचालनमा रहेका केही कममा पनि स्थानीय जानै छोडे। फेब्रुअरी २१ मा कोरोनाबाट ईटलीको पादोभा शहरमा पहिलोपटक एक जनाको मृत्यु भएको खबर बाहिरियो। पादोभा हामी बसेको भेनिसबाट नजिको शहर हो। त्यतिञ्जेलसम्म त हामीले सामान्य नै सोच्यौँ। लाग्यो: अवस्था त्यति जटिल नहोला, सबै ठीक हुनेछ। कोरोना संक्रमणका कारण पहिलो व्यक्तिको मृत्यु भइरहँदा धेरै ईटलीवासीहरू यस्तै मनस्थितिमा थिए।
बसमा, रेल तथा बजारमा सबैतिर मान्छे सामान्य अवस्थामा जस्तै थिए। मास्कको प्रयोग पनि गरिएको थिएन। यतै बसेका र पर्यटकको रुपमा आएका चिनियाँ, कोरियन र केही बंगालीले मात्र मास्क लगाएको देखिन्थ्यो। मास्क लगाएर हिंड्नेलाई पनि धेरैले असामान्य तरिकाले हेर्ने गर्थे।
हामी सेवा क्षेत्रमा काम गर्ने गर्छौं। संक्रमित र मर्नेको संख्या बढ्दै गएपछि हाम्रो काम पनि कम हुँदै थियो। फुर्सद धेरै थियो। अरू इटालीयन त यसरी हिँड्दैछन् भन्ने सोच्दै हामी केही नेपाली साथीहरू पनि भीडभाड, सपिङ मल र पुल हाउसजस्ता मानवीय गतिविधि बढी हुने स्थानमा गइरहेका थियौं। यो सरकार हामीले गरेको हेल्चक्य्राईं थियो। अहिले सोच्दा डर लाग्छ : त्यही भीडभाडमा अन्य कसैमा संक्रमण थियो भने त हामीलाई पनि सर्न सक्थ्यो। धन्न हामी अहिलेसम्म संक्रमित छैनौँ।
लोम्बार्दी राज्यमा संक्रमितको संख्या अत्यन्तै बढेको समाचारहरू आउन लागे। त्यो क्षेत्रलाई ‘लकडाउन’ गर्ने भनेपछि अरू क्षेत्रबाट आएर त्यहाँ बसेर काम गर्नेहरू हजारौंको संख्यामा बाहिरिन लागेछन्। जता जो संक्रमितको सम्पर्कमा थियो : त्यो सर्दै-सर्दै गयो र आजको भयावह अवस्था आयो। १/२ दिनपछि त ईटलीभर संक्रमित बढ्न थालेको खबरहरू आयो। हाम्रो काम पनि बन्द भयो।
शुरूमा हामी बसेको भेनेतो, लोम्बार्दी लगायतका १४ राज्यहरू ‘लकडाउन’ गरियो। कति व्यवसायीले चाहिँ यसरी अत्यावश्यक सेवाहरू समेत बन्द गरिदिए। यसले झनै त्रास बढ्यो। शुरू-शुरूमा ‘लकडाउन’को हल्ला चल्दै गर्दा खाद्यान्न लगायत अत्यावश्यक सामग्री नपाउने हो कि भन्ने लाग्यो। अरूले पनि धेरै किने, हामीले पनि केही हप्तालाइ पुग्ने जति किन्यौँ। तर त्यस्तो अभाव चाहिँ भइरहेको छैन।
यहाँ व्यापार बढ्ने समयमा नकारात्मक असर गर्यो भनेर गुनासो गर्नेहरू छन्। ‘लकडाउन’ शुरू हुँदाताका त बार र रेस्टुरेन्टहरू समेत सञ्चालन भइरहेको थियो। सरकारले मानिसहरूमा कम्तीमा एक मिटरको दुरि कायम गरेर व्यापार-व्यवसाय संचालन गर्न भनेको थियो।
पछि अवस्था झन्-झन् बिग्रदै गयो। ‘लकडाउन’लाई कडा बनाउँदै लगियो। एउटा शहरबाट अति आवश्यक र अनुमतिबिना आवतजावत गर्न बन्द गरियो। सबैलाई अत्यावश्यक काम बाहेक बाहिर ननिस्कन र ‘सेल्फ-क्वारेन्टाइन’मा घरमै बस्न भनियो। पछि त पूरा ईटली नै ‘लकडाउन’ भयो। आज हरेक दिन समाचार हेर्दा संक्रमित र मृत्यु हुनेको संख्या घटेको समाचार आए हुन्थ्यो भन्ने लाग्छ। तर दिन प्रतिदिन बढिरहेको छ। आशा, कामना अनि प्रार्थना गरौँ : अब चाँडै सबै ठीक हुनेछ र जनजीवन सामान्य हुनेछ।
यतिखेर हामीले नेपालमा कोरोना संक्रमण नफैलियोस् भनेर निरन्तर कामना गरिरहेका छौं। नेपालमा अहिलेसम्म भयावह अवस्था देखिएको छैन। तर डर लागिरहेको छ। मानिसहरूसँग नजिक हुन खोज्ने र आत्मीयता बाँड्न चाहने हाम्रो संस्कारले समस्या पो पार्छ कि! किनकी हाम्रो सामाजिक संरचना र संस्कार नै अर्कै छ। अति सुन्दर छ। वल्लो घर-पल्लो घर गर्ने, छिमेकमा जाँदा चियाखाजा सोध्ने, दिने-खाने, बसेर तास खेल्ने, लुडो खेल्ने, गफ गर्ने, सरसहयोग गर्ने! यदी कसैलाई संक्रमण भयो भने त समाज, गाउँ हुँदै पूरै देशमा कस्तो अवस्था आउला? हाम्रो मथिङ्गल यसैले हल्लाइरहेको छ।
यो अनावश्यक त्रासको कुरा होइन। ईटलीको अवस्था हेर्दा सरकारी तवरबाट मात्र गरेको तयारीले मात्र नपुग्ने रहेछ। हामी आफैंमा कति सजग छौँ? त्यो महत्त्वपूर्ण रहेछ। संक्रमण फैलिएपछि यो जे हुन्छ, मानिसहरूले अनुशासन पालना नगर्दा जे हुन्छ, राज्यले बेलैमा सजगता नअपनाउँदा जे हुन्छ : त्यो देशले ईटलीले झैं क्षति ब्यहोर्नुपर्छ।
देशभरका अस्पतालमा सामान्य अवस्थामा अरू नै स्वास्थ समस्या भएका हजारौं बिरामी हुन्छन्। त्यसैमाथि हजारौं या लाखौंको संख्यामा संक्रामक बिरामी एकैपटक थपिए भने कस्तो होला? मान्छे राख्ने बेड नै नहुँदा, उपचार गर्ने सामान नै अभाव हुँदा, डाक्टर र नर्स नै बिरामी पर्दा कस्तो होला? बिरामी दिनहुँ हजारौं थपिएर अलि बाँच्ने सम्भावना हुनेलाइ मात्र हेर्ने, अनि अरूलाई छोड्नुपर्ने अवस्था आउँदा कस्तो होला ?
इटालीमा डाक्टरहरूले भनिरहेका छन् कि अस्पताल आएका बिरामीलाई हेर्ने समय नै नहुँदा उनीहरूको ज्यान गइरहेको छ। नर्सहरूका अनुसार अक्सिजन दिन समेत नभ्याउँदा कैयौं संक्रमितको ज्यान गइरहेको छ। विश्वकै शक्तिशालीमध्ये एक मानिने इटालीमा यतिखेर स्वास्थ्यसामग्री समेत अभाव भएको छ। अस्पतालमा ठाउँ अभाव हुँदा पानीजहाजमा समेत बिरामी राखिएको छ।
सैयौं लाशहरूलाई एकैपटक व्यवस्थापन गर्न गाह्रो हुँदा सेनाले आफ्ना गाडीहरूमा राखेर अर्को प्रान्तमा पुर्याउनुपरेको छ। शुरूमा संक्रमित भेटिँदा र केही मानिसको मृत्यु हुँदासम्म यस्तो हुन्छ भन्ने कसैले कल्पना समेत गरेका थिएनन्। हामी प्रवासीहरूलाई पनि आश्रय लिएको देशको अवस्था यस्तो होला भन्ने लागेकै थिएन। स्थानीयहरू ढुक्क देखिन्थे। केही सय मानिस मर्दासम्म ढुक्क देखिएको इटालीको अवस्था आज भयावह र शोकाकुल छ।
नेपालमा अहिलेसम्म जम्मा दुई जनामा मात्र कोरोना संक्रमण देखिएको जानकारी हामीले पाएका छौं। संक्रमितमध्ये पनि एक जना त उपचार पाएपछि पूर्ण स्वास्थ्यलाभ हासिल गरी घर फर्किइसकेका रहेछन्। तर नयाँ संक्रमित, त्यो पनि देश फर्किएको निकै समयपछि पहिचान भएकाले अब नेपालीहरूले उच्च सतर्कता अपनाउनुपर्नेछ। हेल्चक्य्राईं गर्दा इटालीको जस्तो अवस्था निम्तिन सक्छ। नेपालमा ईटलीको जस्तो अवस्था आयो भने त्यसले अकल्पनीय क्षति निम्त्याउँछ।
त्यसैले सबै नेपालीहरूमा आग्रह छ: कृपया आफैं सजग बनौं, कोरोनालाई सामान्य रुपमा नलिऔँ। तर ज्यादा त्रसित पनि नबनौँ। घरबाट बाहिर ननिस्कौँ। केही सामान किन्न परिवारका एकजना जाऔँ, सामान लिएर आऔँ, राम्रो सँग हात धोऔँ।
सार्वजनिक सवारीसाधन प्रयोग नै नगरौं। छिमेकी, वल्लो घर-पल्लो घरको मान्छे भेट्नै परे भेट्दा केही हात टाढै बसौं। जिन्दगी रहे त नजिक हुने, भलाकुसारी गर्ने, सरसहयोग गर्ने, रमाइलो गर्ने समय फेरि पनि आउँछ। कोरोना संक्रमण नियन्त्रणमा सरकारको भर परेर हुँदैन। किनकी यो सरकारले कुनै निर्देशन दिँदैमा नियन्त्रण हुने कुरा पनि होइन। यो त तपाईं-हाम्रो दैनिक जीवनव्यवहारका कारण, भाैतिक निकटकता कारण र स्वास्थ्य सजगता नअपनाउँदा महामारीको रूप लिने समस्या हो। यसलाई रोकथाम गर्न त नागरिककै तर्फबाट जति सक्दो सजगता अपनाउनु पर्ने रहेछ। हामी जति कम मान्छेको सम्पर्कमा जान्छौं, त्यति नै संक्रमणको जोखिम कम हुने रहेछ।
त्यसैले सरकारले ‘लकडाउन’ घोषणा गरेको हो। विश्वभर नै कोरोना संक्रमण फैलन नदिन सरकारहरूले यस्तो घोषणा गरिरहेका छन् र नागरिकले पनि इमान्दारीपूर्वक सरकारी घोषणालाई पालना गरिरहेका छन्। लकडाउनको अर्थ सरकारले तपाईंलाई नियन्त्रण गर्न खोजेको वा अधिकार खोसेको भन्ने होइन। बरू संक्रमण फैलिएर तपाईंको ज्यानै लिन सक्ने कोरोना भाइरसलाई नियन्त्रण गर्न खोजेको हो। स्वस्थ भई बाँच्न पाउने तपाइँको अधिकारलाई सुनिश्चित गर्न सरकारले ‘लकडाउन’ गरिदिएको हो। ‘
अहिलेसम्म केहि भएकै छैन’ भनी कोरोना संक्रमण जोखिमलाई सामान्य रूपमा लिन नहुने रहेछ। संक्रमण फैलिएपछि यसले विकराल रूप लिन्छ। त्यसलाई हामीले चाहेर पनि रोक्न सक्दैनौं। सकेसम्म घरबाट ननिस्कौँ, अरू मानिसको प्रत्यक्ष सम्पर्कमा नजाऔं, भीडभाड देखिहाले त्यसतर्फ जाँदै नजाऔँ।
नेपालीहरूले ‘लकडाउन’को निर्णयलाई हुबहु पालना गरे अहिले विश्वका कयौं शक्तिशाली मानिने देशहरूले भोगिरहेको साह्रै नै कठिन समस्या भोग्नुपर्ने छैन। कोरोना महामारीले बितण्डा मच्चाएको प्रवासबाट हामीले सबै नेपालीहरूको सु-स्वास्थ्य र दीर्घायुका लागि कामना गरिरहेका छौं। फेरि पनि : स्वास्थ्य सजगता अपनाउनुहोला, भीडभाडमा नजानुहोला, कोठा या घरमै बस्नुहोला, सँगै रहेका परिवार बाहेकका अरू मानिसहरूसँग सकेसम्म नभेट्नुहोला, ‘लकडाउन’लाई पूर्ण रूपमा कार्यान्वयन गर्नु/गराउनुहोला। धन्यवाद ! – थाहा खबर डट कमबाट
Facebook Comment
Banner
प्रेस चौतारीमा पनि प्रतिस्पर्धा रोक्न खोज्दै एमाले नेतृत्व

पार्टीका विभिन्न कमिटीहरूको नेतृत्व चयन गर्दा सकेसम्म चुनावी प्रतिस्पर्धा गराउन नचाहने एमाले नेतृत्वले पत्रकारहरूको संस्था प्रेस चौतारीमा पनि सोही अभ्यासलाई निरन्तरता दिने प्रयास गरिरहेको छ।
आइतबार विराटनगरमा सुरू भएको चौतारीको दसौं राष्ट्रिय महाधिवेशनको पहिलो दिन पार्टीका सबैजसो नेताहरू चुनाव नगराई सहमतिका नेता छान्नुपर्ने कसरतमा लाग्दा उम्मेदवारहरू भने चुनाव नै मागिरहेका छन्।
महाधिवेशन सुरू नहुँदै प्रधानमन्त्रीसमेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रेस चौतारीको अध्यक्ष गणेश पाण्डेलाई बनाउन मौखिक निर्देशन दिएपछि महाधिवेशन हलमा अन्योलको अवस्था छ।
उपाध्यक्ष पाण्डेलाई अध्यक्ष र चेतन अधिकारीलाई महासचिव बनाउन ओलीले निर्देशन दिएपछि अर्का उपाध्यक्ष राजेश राई समूह कसैगरी चुनावमा जाने अडानमा छ।
आइतबार बिहानसम्म पनि प्रधानमन्त्री ओली आउने भनेर प्रचारित कार्यक्रमको उद्घाटनमा उनी अनुपस्थित रहे। महासचिव शंकर पोखरेलले महाधिवेशन उद्घाटन गरे। उद्घाटन अघि पोखरेलले भानुभक्त ढकाल,राजेन्द्र गौतम, घनश्याम खतिवडा सहितका नेताहरूसहित उपाध्यक्ष राईसँग छलफल गरेका थिए।
‘पार्टीको निर्णय गणेश पाण्डेलाई अध्यक्ष बनाउनु भन्नेछ, तपाईं स्वीकारेर जानुस्’, महासचिव पोखरेलले राईलाई भनेका थिए ‘पार्टी निर्णय मान्नुस्। तपाईं पार्टी प्रचार विभागको सचिव बस्नुस्।’
उपाध्यक्ष राई निकट चौतारीका एक नेताले दिएको जानकारी अनुसार जबाफमा उपाध्यक्ष राईले प्रतिनिधिहरूबाट छनोट हुन पाउने अधिकार प्रयोग गर्न पाऊँ भन्ने अनुरोध गरेका थिए।
‘देशभरीबाट प्रतिनिधिहरू छानिएर आएका छन्, उनीहरूबाटै नेतृत्व छनोट हुने वातावरण पार्टीले बनाइदिनुपर्यो,’ राईले भनेका थिए।
महाधिवेशन विराटनगरमा भइरहेका बेला नेतृत्व भने बालुवाटारले तोक्न नहुने भन्दै राई पक्षले चुनाव माग गर्दै महाधिवेशनस्थलमा हस्ताक्षरसमेत संकलन गरिरहेको छ।
चौतारीका नेताहरूका अनुसार गएको फागुन १६ गते प्रधानमन्त्री निवास बालुवाटारमा ओलीले एमाले जनसंगठन संयन्त्रका प्रमुख भानुभक्त ढकाल, प्रचार तथा प्रकाशन विभाग प्रमुख राजेन्द्र गौतम र अध्यक्ष गणेश बस्नेतलाई एकै ठाउँ राखेर प्रेस चौतारी नेपालको अध्यक्ष राजेश राई, उपाध्यक्ष हिरामान लामा र महासचिव चेतन अधिकारीलाई बनाउन निर्देशन दिएका थिए। त्यही दिन प्रचार तथा प्रकाशन विभागको सचिव गणेश पाण्डेलाई बनाउनू भन्ने निर्देशन ओलीले दिएका थिए।
फागुन १८ मा बसेको पार्टी पदाधिकारी बैठकले गणेश पाण्डेलाई प्रचार सचिवमा मनोनीत गर्यो। उनलाई प्रचार सचिव बनाउने निर्णयबारे वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले प्रश्न गरेका थिए।
पोखरेल आफू निकट पाण्डेलाई चौतारीको अध्यक्ष बनाउने लाइनमा थिए। उनले सचिव बनाउन नहुने बताएपछि ओलीले ‘अहिलेको आवश्यकता भएको भन्दै प्रेस चौतारी नेपालको अध्यक्ष राजेश राई, उपाध्यक्ष हिरामान लामा र महासचिव चेतन अधिकारी बनाउन’ निर्देशन दिएका थिए। लामा हालका महासचिव हुन् भने अधिकारी यसअघि ओली प्रधानमन्त्री हुँदा सचिवालयमा बसेर काम गरेका व्यक्ति हुन्।
तर, चैत ६ को रातिपछि भने ओलीले एकाएक निर्णय फेरे।
‘६ चैतको रातिपछि एमाले सचिवालय बैठककै निर्णय उल्टियो’, चौतारीका नेताहरू भन्छन् ‘त्यसदिन बालुवाटार पुगेका जनसंगठन समन्वय संयन्त्रका प्रमुख भानुभक्त ढकाल, प्रचार विभाग प्रमुख राजेन्द्र गौतम र प्रेस चौतारीका अध्यक्ष गणेश बस्नेतलाई ओलीले त्यसरात गणेश पाण्डेलाई अध्यक्ष बनाएर आउन निर्देशन दिएका रहेछन्।’
ओलीको सोही निर्देशनपछि उपाध्यक्ष राजेश राईले अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका थिए भने गणेश पाण्डेले प्रचार सचिवबाट राजीनामा दिँदै उम्मेदवारी घोषणा गरेका छन्।
अध्यक्षमा दाबी पेस गरिरहेका राई र पाण्डेले उम्मेदवारी घोषणा गर्दा एकअर्काविरूद्ध कटाक्ष पनि गरिरहेका छन् ।
पाण्डेले राईलाई यसअघि कहिल्यै ओलीलाई साथ नदिएको, २०७७ को महासंघ निर्वाचनमा चौतारीका उम्मेदवार हराउन भूमिका खेलेको लगायतका आरोप लगाइरहेका छन् भने राई र उनी पक्षका नेताहरूले पाण्डेको पृष्ठभूमिबारे नै प्रश्न उठाइरहेका छन्।
लमजुङका पाण्डे शाहीकालमा राजाले गठन गरेको पत्रकार महासंघको समानान्तर समितिमा रहेर काम गरेका व्यक्ति भएको राई पक्षको आरोप छ।
Banner
गछिया जेसीजको अध्यक्षमा नवीन बराल

गछिया जेसीसको अध्यक्षमा नवीन बराल निर्वाचित भएका छन । सनिवार भएको निर्वाचनमा १०० मतका साथ उनी निर्वाचित भएका हुन । उनका प्रतिसपर्धी पुस्पा ढुङेल सिग्देलले ४१ ले मत प्राप्त गरेको निर्वाचन आयुक्त रबिन सिटौलाले जानकारी दिए । यस्तै कार्यकारीणी उपाध्यक्षमा निस्चल घिमिरे र रोहित लिम्बु निर्वाचित भएका छन । निर्वाचनमा घिमिरेले ९८ मत पाउँदा लिम्बुले ९७ मत प्राप्त गर्दै कार्यकारिणी उपाध्यक्षमा निर्वाचित भए । ५३ मत प्राप्त गरेका सुधन भट्टराई भने उपबिजेता बनेको निर्वाचन समितिले जानकारी दिएको छ । यसैगरी उपाध्यक्षहरुमा आयुसदीप रिजाल, जानुका धमला, राजुबाबु ढकाल, बिजय ओझा निर्विरोध निर्वाचित हुदा सचिबमा रिजन पोखरेल र जनसम्पर्क अधिकारिका रुपमा देबराज पोखरेल निर्बिरोध निर्वाचित भएको निर्वाचन आयुक्त सिटौलाले जानकारी दिए ।
अध्यक्ष पदमा निर्वाचित भएका बरालले गछिया जेसीसका सम्पूर्ण सदस्यको मनोभावना अनुसारको काम गर्ने बताएका छन । निर्वाचनमा हारजीत स्वभाविक रहेको बताएका उनले आफ्नो कार्यकालमा गछिया जेसीसको भवन निर्माण हुने उल्लेख गरे । बरालले नवराज पोखरेललाइ महासचिव, कमल दाहाल कोषाध्यक्ष र कमल ढुंगाना कानूनी सल्लाहकार, सुजन बाह्रकोटी सह सचिब, ज्ञाननाथ ढकाल तालिम आयुक्त र रमा फूयललाई महिला संयोजकका रुपमा मनिनित समेत गरेर आफ्नो बोर्डलाई पूर्णता दिएका छन ।
Banner
एमाले अध्यक्ष ओलीमाथि धनकुटाको लेगुवामा मुक्का प्रहारको प्रयास

धनकुटाः मध्यपहाडी लोकमार्गमार्फत् महाकालीदेखि मेचीको यात्रामा निस्किएको एमालेको सङ्कल्प यात्राको टोलीमाथि धनकुटाको लेगुवामा मुक्का प्रहारको प्रयास भएको छ ।
सङ्कल्प यात्रा टोली भोजपुरबाट धनकुटा प्रवेश गर्ने क्रममा महालक्ष्मी ५ लेगुवामा ओलीलाई स्वागत गर्ने क्रममा लाइनमा बसेका व्यक्तिको बीचबाट प्रवेश गरेर ओलीमाथि मुक्का प्रहारको प्रयास भएको थियो । मुक्का हान्न प्रयास गर्ने लेगुवाका महेश राईलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
उनले मादक पदार्थ सेवन गरेको प्रहरीले जनाएको छ ।
-
अर्थ5 years ago
समाचारमार्फत् आफ्नो चरित्रहत्या गरिएको भन्दै कानेपोखरीका युवा व्यवसायीले गरे पत्रकार सम्मेलन
-
Banner3 years ago
साउनदेखि कुन तहका कर्मचारीको कति तलब ?
-
खेलकुद5 years ago
रंगशालाको अवलोकन
-
मुख्य5 years ago
शेयर बजारमा झिनो अंकको गिरावट
-
अर्थ5 years ago
गोर्खा डिपाटमेन्ट स्टोर विराटचोकलाई ५० हजार जरिवाना
-
मुख्य5 years ago
सुन्दरहरैंचामा चोरले बोरामा हालेर लादैं गरेको बच्चालाई आमाले खोस्न सफल
-
मुख्य5 years ago
पुस १० गते खण्डग्रास सूर्यग्रहण लाग्ने भएकाले मोरङका संस्थागत विद्यालय बिदा
-
Banner5 years ago
गोठगाउँमा पूर्वाञ्चल विश्वविद्यालय सर्ने, गोठगाउँमा आज साँझ दीप प्रज्वलन गरिने
You must be logged in to post a comment Login