कोशी प्रदेश
इटालीबाट नेपालीको चिठी: लकडाउनका बेला हेल्चेक्य्राईं नगर्नुहोला
‘भेनिस कार्निभल’ चलिरहेको थियो। इटालीको प्रमुख पर्यटकीय शहर भेनिसमा पर्यटकहरूको चहलपहल बढ्दै थियो।
चीनमा कोरोनाको संक्रमण बढेको कुरा सुनिरहेका थियौँ। चिनियाँ पर्यटकबाट यता पनि आउनसक्छ भन्ने आंकलन भइरहेको थियो। ईटलीका अरू धेरै स्थानीयले पनि त्यस्तै सोच्थे। चिनियाँको जस्तो अनुहार देख्दा अर्कै नजरले हेर्थे। वर्षौंदेखि यतै बसेर व्यवसाय गरेका चिनियाँहरूलाई पनि हेर्ने नजर अर्कै भयो।
चिनियाँहरूले संचालन गरेका बार, रेस्टुरेन्ट, कफिसप, टेलर्सदेखि मोबाइल रिपेयरिङ सेन्टरसम्म बन्द भए। संचालनमा रहेका केही कममा पनि स्थानीय जानै छोडे। फेब्रुअरी २१ मा कोरोनाबाट ईटलीको पादोभा शहरमा पहिलोपटक एक जनाको मृत्यु भएको खबर बाहिरियो। पादोभा हामी बसेको भेनिसबाट नजिको शहर हो। त्यतिञ्जेलसम्म त हामीले सामान्य नै सोच्यौँ। लाग्यो: अवस्था त्यति जटिल नहोला, सबै ठीक हुनेछ। कोरोना संक्रमणका कारण पहिलो व्यक्तिको मृत्यु भइरहँदा धेरै ईटलीवासीहरू यस्तै मनस्थितिमा थिए।
बसमा, रेल तथा बजारमा सबैतिर मान्छे सामान्य अवस्थामा जस्तै थिए। मास्कको प्रयोग पनि गरिएको थिएन। यतै बसेका र पर्यटकको रुपमा आएका चिनियाँ, कोरियन र केही बंगालीले मात्र मास्क लगाएको देखिन्थ्यो। मास्क लगाएर हिंड्नेलाई पनि धेरैले असामान्य तरिकाले हेर्ने गर्थे।
हामी सेवा क्षेत्रमा काम गर्ने गर्छौं। संक्रमित र मर्नेको संख्या बढ्दै गएपछि हाम्रो काम पनि कम हुँदै थियो। फुर्सद धेरै थियो। अरू इटालीयन त यसरी हिँड्दैछन् भन्ने सोच्दै हामी केही नेपाली साथीहरू पनि भीडभाड, सपिङ मल र पुल हाउसजस्ता मानवीय गतिविधि बढी हुने स्थानमा गइरहेका थियौं। यो सरकार हामीले गरेको हेल्चक्य्राईं थियो। अहिले सोच्दा डर लाग्छ : त्यही भीडभाडमा अन्य कसैमा संक्रमण थियो भने त हामीलाई पनि सर्न सक्थ्यो। धन्न हामी अहिलेसम्म संक्रमित छैनौँ।
लोम्बार्दी राज्यमा संक्रमितको संख्या अत्यन्तै बढेको समाचारहरू आउन लागे। त्यो क्षेत्रलाई ‘लकडाउन’ गर्ने भनेपछि अरू क्षेत्रबाट आएर त्यहाँ बसेर काम गर्नेहरू हजारौंको संख्यामा बाहिरिन लागेछन्। जता जो संक्रमितको सम्पर्कमा थियो : त्यो सर्दै-सर्दै गयो र आजको भयावह अवस्था आयो। १/२ दिनपछि त ईटलीभर संक्रमित बढ्न थालेको खबरहरू आयो। हाम्रो काम पनि बन्द भयो।
शुरूमा हामी बसेको भेनेतो, लोम्बार्दी लगायतका १४ राज्यहरू ‘लकडाउन’ गरियो। कति व्यवसायीले चाहिँ यसरी अत्यावश्यक सेवाहरू समेत बन्द गरिदिए। यसले झनै त्रास बढ्यो। शुरू-शुरूमा ‘लकडाउन’को हल्ला चल्दै गर्दा खाद्यान्न लगायत अत्यावश्यक सामग्री नपाउने हो कि भन्ने लाग्यो। अरूले पनि धेरै किने, हामीले पनि केही हप्तालाइ पुग्ने जति किन्यौँ। तर त्यस्तो अभाव चाहिँ भइरहेको छैन।
यहाँ व्यापार बढ्ने समयमा नकारात्मक असर गर्यो भनेर गुनासो गर्नेहरू छन्। ‘लकडाउन’ शुरू हुँदाताका त बार र रेस्टुरेन्टहरू समेत सञ्चालन भइरहेको थियो। सरकारले मानिसहरूमा कम्तीमा एक मिटरको दुरि कायम गरेर व्यापार-व्यवसाय संचालन गर्न भनेको थियो।
पछि अवस्था झन्-झन् बिग्रदै गयो। ‘लकडाउन’लाई कडा बनाउँदै लगियो। एउटा शहरबाट अति आवश्यक र अनुमतिबिना आवतजावत गर्न बन्द गरियो। सबैलाई अत्यावश्यक काम बाहेक बाहिर ननिस्कन र ‘सेल्फ-क्वारेन्टाइन’मा घरमै बस्न भनियो। पछि त पूरा ईटली नै ‘लकडाउन’ भयो। आज हरेक दिन समाचार हेर्दा संक्रमित र मृत्यु हुनेको संख्या घटेको समाचार आए हुन्थ्यो भन्ने लाग्छ। तर दिन प्रतिदिन बढिरहेको छ। आशा, कामना अनि प्रार्थना गरौँ : अब चाँडै सबै ठीक हुनेछ र जनजीवन सामान्य हुनेछ।
यतिखेर हामीले नेपालमा कोरोना संक्रमण नफैलियोस् भनेर निरन्तर कामना गरिरहेका छौं। नेपालमा अहिलेसम्म भयावह अवस्था देखिएको छैन। तर डर लागिरहेको छ। मानिसहरूसँग नजिक हुन खोज्ने र आत्मीयता बाँड्न चाहने हाम्रो संस्कारले समस्या पो पार्छ कि! किनकी हाम्रो सामाजिक संरचना र संस्कार नै अर्कै छ। अति सुन्दर छ। वल्लो घर-पल्लो घर गर्ने, छिमेकमा जाँदा चियाखाजा सोध्ने, दिने-खाने, बसेर तास खेल्ने, लुडो खेल्ने, गफ गर्ने, सरसहयोग गर्ने! यदी कसैलाई संक्रमण भयो भने त समाज, गाउँ हुँदै पूरै देशमा कस्तो अवस्था आउला? हाम्रो मथिङ्गल यसैले हल्लाइरहेको छ।
यो अनावश्यक त्रासको कुरा होइन। ईटलीको अवस्था हेर्दा सरकारी तवरबाट मात्र गरेको तयारीले मात्र नपुग्ने रहेछ। हामी आफैंमा कति सजग छौँ? त्यो महत्त्वपूर्ण रहेछ। संक्रमण फैलिएपछि यो जे हुन्छ, मानिसहरूले अनुशासन पालना नगर्दा जे हुन्छ, राज्यले बेलैमा सजगता नअपनाउँदा जे हुन्छ : त्यो देशले ईटलीले झैं क्षति ब्यहोर्नुपर्छ।
देशभरका अस्पतालमा सामान्य अवस्थामा अरू नै स्वास्थ समस्या भएका हजारौं बिरामी हुन्छन्। त्यसैमाथि हजारौं या लाखौंको संख्यामा संक्रामक बिरामी एकैपटक थपिए भने कस्तो होला? मान्छे राख्ने बेड नै नहुँदा, उपचार गर्ने सामान नै अभाव हुँदा, डाक्टर र नर्स नै बिरामी पर्दा कस्तो होला? बिरामी दिनहुँ हजारौं थपिएर अलि बाँच्ने सम्भावना हुनेलाइ मात्र हेर्ने, अनि अरूलाई छोड्नुपर्ने अवस्था आउँदा कस्तो होला ?
इटालीमा डाक्टरहरूले भनिरहेका छन् कि अस्पताल आएका बिरामीलाई हेर्ने समय नै नहुँदा उनीहरूको ज्यान गइरहेको छ। नर्सहरूका अनुसार अक्सिजन दिन समेत नभ्याउँदा कैयौं संक्रमितको ज्यान गइरहेको छ। विश्वकै शक्तिशालीमध्ये एक मानिने इटालीमा यतिखेर स्वास्थ्यसामग्री समेत अभाव भएको छ। अस्पतालमा ठाउँ अभाव हुँदा पानीजहाजमा समेत बिरामी राखिएको छ।
सैयौं लाशहरूलाई एकैपटक व्यवस्थापन गर्न गाह्रो हुँदा सेनाले आफ्ना गाडीहरूमा राखेर अर्को प्रान्तमा पुर्याउनुपरेको छ। शुरूमा संक्रमित भेटिँदा र केही मानिसको मृत्यु हुँदासम्म यस्तो हुन्छ भन्ने कसैले कल्पना समेत गरेका थिएनन्। हामी प्रवासीहरूलाई पनि आश्रय लिएको देशको अवस्था यस्तो होला भन्ने लागेकै थिएन। स्थानीयहरू ढुक्क देखिन्थे। केही सय मानिस मर्दासम्म ढुक्क देखिएको इटालीको अवस्था आज भयावह र शोकाकुल छ।
नेपालमा अहिलेसम्म जम्मा दुई जनामा मात्र कोरोना संक्रमण देखिएको जानकारी हामीले पाएका छौं। संक्रमितमध्ये पनि एक जना त उपचार पाएपछि पूर्ण स्वास्थ्यलाभ हासिल गरी घर फर्किइसकेका रहेछन्। तर नयाँ संक्रमित, त्यो पनि देश फर्किएको निकै समयपछि पहिचान भएकाले अब नेपालीहरूले उच्च सतर्कता अपनाउनुपर्नेछ। हेल्चक्य्राईं गर्दा इटालीको जस्तो अवस्था निम्तिन सक्छ। नेपालमा ईटलीको जस्तो अवस्था आयो भने त्यसले अकल्पनीय क्षति निम्त्याउँछ।
त्यसैले सबै नेपालीहरूमा आग्रह छ: कृपया आफैं सजग बनौं, कोरोनालाई सामान्य रुपमा नलिऔँ। तर ज्यादा त्रसित पनि नबनौँ। घरबाट बाहिर ननिस्कौँ। केही सामान किन्न परिवारका एकजना जाऔँ, सामान लिएर आऔँ, राम्रो सँग हात धोऔँ।
सार्वजनिक सवारीसाधन प्रयोग नै नगरौं। छिमेकी, वल्लो घर-पल्लो घरको मान्छे भेट्नै परे भेट्दा केही हात टाढै बसौं। जिन्दगी रहे त नजिक हुने, भलाकुसारी गर्ने, सरसहयोग गर्ने, रमाइलो गर्ने समय फेरि पनि आउँछ। कोरोना संक्रमण नियन्त्रणमा सरकारको भर परेर हुँदैन। किनकी यो सरकारले कुनै निर्देशन दिँदैमा नियन्त्रण हुने कुरा पनि होइन। यो त तपाईं-हाम्रो दैनिक जीवनव्यवहारका कारण, भाैतिक निकटकता कारण र स्वास्थ्य सजगता नअपनाउँदा महामारीको रूप लिने समस्या हो। यसलाई रोकथाम गर्न त नागरिककै तर्फबाट जति सक्दो सजगता अपनाउनु पर्ने रहेछ। हामी जति कम मान्छेको सम्पर्कमा जान्छौं, त्यति नै संक्रमणको जोखिम कम हुने रहेछ।
त्यसैले सरकारले ‘लकडाउन’ घोषणा गरेको हो। विश्वभर नै कोरोना संक्रमण फैलन नदिन सरकारहरूले यस्तो घोषणा गरिरहेका छन् र नागरिकले पनि इमान्दारीपूर्वक सरकारी घोषणालाई पालना गरिरहेका छन्। लकडाउनको अर्थ सरकारले तपाईंलाई नियन्त्रण गर्न खोजेको वा अधिकार खोसेको भन्ने होइन। बरू संक्रमण फैलिएर तपाईंको ज्यानै लिन सक्ने कोरोना भाइरसलाई नियन्त्रण गर्न खोजेको हो। स्वस्थ भई बाँच्न पाउने तपाइँको अधिकारलाई सुनिश्चित गर्न सरकारले ‘लकडाउन’ गरिदिएको हो। ‘
अहिलेसम्म केहि भएकै छैन’ भनी कोरोना संक्रमण जोखिमलाई सामान्य रूपमा लिन नहुने रहेछ। संक्रमण फैलिएपछि यसले विकराल रूप लिन्छ। त्यसलाई हामीले चाहेर पनि रोक्न सक्दैनौं। सकेसम्म घरबाट ननिस्कौँ, अरू मानिसको प्रत्यक्ष सम्पर्कमा नजाऔं, भीडभाड देखिहाले त्यसतर्फ जाँदै नजाऔँ।
नेपालीहरूले ‘लकडाउन’को निर्णयलाई हुबहु पालना गरे अहिले विश्वका कयौं शक्तिशाली मानिने देशहरूले भोगिरहेको साह्रै नै कठिन समस्या भोग्नुपर्ने छैन। कोरोना महामारीले बितण्डा मच्चाएको प्रवासबाट हामीले सबै नेपालीहरूको सु-स्वास्थ्य र दीर्घायुका लागि कामना गरिरहेका छौं। फेरि पनि : स्वास्थ्य सजगता अपनाउनुहोला, भीडभाडमा नजानुहोला, कोठा या घरमै बस्नुहोला, सँगै रहेका परिवार बाहेकका अरू मानिसहरूसँग सकेसम्म नभेट्नुहोला, ‘लकडाउन’लाई पूर्ण रूपमा कार्यान्वयन गर्नु/गराउनुहोला। धन्यवाद ! – थाहा खबर डट कमबाट
Facebook Comment
Banner
मनसुनी वायुको प्रभाव: देशका केही स्थानमा भारी वर्षाको सम्भावना
हाल देशभर मनसुनी वायुको प्रभाव छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा उत्तरतर्फ छ ।
विभागका अनुसार देशभर अधिकांश बादल लागेको छ । देशका हिमाली भू–भागका केही स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्मको वर्षा/हिमपातको सम्भावना छ । देशको पहाडी भू–भागका धेरै स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ ।
विभागद्वारा मौसम ‘बुलेटिन’का अनुसार कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका केही स्थान तथा मधेश प्रदेशका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ । कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागको एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।
महाशाखाका अनुसार आज राति देशभर साधारणतया बादल लाग्नेछ । कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भू–भागका केही स्थानमा तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भू–भागका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्मको वर्षा/हिमपातको सम्भावना छ ।
कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी र तराई भू–भागका केही स्थानमा, मधेस प्रदेश तथा कर्णाली पहाडी भू–भागका र सुदूरपश्चिम प्रदेशका पहाडी र तराई भू–भागका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी र तराई भू–भागका एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।
Banner
गछिया खोला भ्याट भ्रष्टाचार प्रकरण : तिलक आलेविरुद्ध अख्तियार सर्वोच्चमा
आन्तरिक राजस्व कार्यालय, धरानका तत्कालीन कर अधिकृत तिलक आलेसमेतका प्रतिवादी रहेको भ्रष्टाचार मुद्दामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सर्वोच्च अदालतमा पुनरावेदन दर्ता गरेको छ।
आयोगका अनुसार सुन्दरहरैँचा नगरपालिकास्थित गछिया खोलाबाट आर्थिक वर्ष २०७६-०७७ मा नदिजन्य पदार्थ उत्खनन् गर्ने क्रममा प्राप्त हुने राजस्वमध्ये आन्तरिक राजस्व कार्यालयमा दाखिला गर्नुपर्ने मूल्य अभिवृद्धि कर (भ्याट) रकम दाखिला नगरी भ्रष्टाचार गरिएको आरोपमा तिलक आलेसमेतका प्रतिवादीविरुद्ध मुद्दा दायर गरिएको थियो।
उक्त प्रकरणमा आयोगले प्रतिवादीहरूबाट रु. १ करोड २३ लाख ६९ हजार ६४९ रुपैयाँ ६९ पैसा बिगो कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ९ र १७ बमोजिम कसुर ठहर गरी कैद तथा बिगो बराबर जरिवानासहितको सजाय माग गर्दै विशेष अदालत, काठमाडौंमा आरोप पत्र दायर गरेको थियो।
तर विशेष अदालतले मिति २०८२।१२।१० मा गरेको फैसलाबाट प्रतिवादीहरूलाई आंशिक सफाइ दिएको थियो। उक्त फैसलाप्रति चित्त नबुझेपछि आयोगले मिति २०८३।०४।०४ गते सर्वोच्च अदालतमा पुनरावेदनको निवेदन दर्ता गरेको जनाएको छ।
आयोगले विशेष अदालतको फैसलाको कानुनी परीक्षण आवश्यक रहेको भन्दै अभियोगमा प्रस्तुत प्रमाण र तथ्यका आधारमा पुनरावेदन प्रक्रिया अघि बढाएको हो।
Banner
लायन्स क्लब अफ गाेठगाँउ राेयल सिटिद्वारा वृक्षारोपण तथा डस्बिन हस्तान्तरण कार्याक्रम सम्पन्न
लायन्स क्लब अफ गाेठगाँउ राेयल सिटि का अध्यक्ष अनुराेध शाह का अध्यक्षतामा तथा प्रमुख अथिति लायन्स 325 C का डिस्ट्रिक गभर्नर लिला चिमरिया ज्यु लायन्स लिडर Pmcc राजन खत्रि लायन्स लिडर हरु नगेन्द्र दाहाल ,खिल .बिक स्कुल प्रशासन तथा शिक्षक कर्मचारी हरु का उपस्थिति मा लायन्स क्लब अफ गाेठगाँउ राेयल सिटिको २०२६ काे पहिलाे कार्यक्रम बृक्षा राेपण र डस्बिन हस्तान्तरण गरि सम्पन्न गरियाे !
बृक्षा राेपण मा विभिन्न जात चिउरि , म्याङ्गाे किट्स ,अनार,फणिण जामुना,अमला,साथै निम धुपि लगायत विभिन्न जात का १००थान बिरुवा राेपि कार्यक्रम सम्पन् गरियाे ! कार्यक्रम सञ्चालन क्लब का सेक्रेटरि नरेन रायाले सञ्चालन गर्नु भएकाे थियो
यश कार्यक्रम ले बिधालय परिवार लाभान्वित हुने छ साथै खुशियालि महसुस गरेकाे छ !
-
अर्थ7 years agoसमाचारमार्फत् आफ्नो चरित्रहत्या गरिएको भन्दै कानेपोखरीका युवा व्यवसायीले गरे पत्रकार सम्मेलन
-
Banner4 years agoसाउनदेखि कुन तहका कर्मचारीको कति तलब ?
-
खेलकुद7 years agoरंगशालाको अवलोकन
-
मुख्य7 years agoशेयर बजारमा झिनो अंकको गिरावट
-
अर्थ6 years agoगोर्खा डिपाटमेन्ट स्टोर विराटचोकलाई ५० हजार जरिवाना
-
मुख्य7 years agoसुन्दरहरैंचामा चोरले बोरामा हालेर लादैं गरेको बच्चालाई आमाले खोस्न सफल
-
मुख्य7 years agoपुस १० गते खण्डग्रास सूर्यग्रहण लाग्ने भएकाले मोरङका संस्थागत विद्यालय बिदा
-
Banner6 years agoगोठगाउँमा पूर्वाञ्चल विश्वविद्यालय सर्ने, गोठगाउँमा आज साँझ दीप प्रज्वलन गरिने
















You must be logged in to post a comment Login