मुख्य
कोभिड –१९, विज्ञान प्रविधिलाई चुनौति
सारै फुर्सदिलो भइयो । लकडाउनमा परेको पनि एक हप्ता भइसकेको छ । के गरौँ , के गरौँ भयो । एक दुई दिनसम्म त घरकै काममा व्यस्त भइयो । कोरोना संक्रमण बढ्दै गएपछि समाचारतिर ध्यान गयो । अनलाइन समाचार पनि पढियो र पढिँदै छ । केही लेख रचना पनि पढियो । कति त शीर्षक मात्र पढेर छोडियो । सामाजिक सञ्जालमा पनि नयाँनयाँ अपडेटेट समाचारहरू आइरहेका छन् । त्यो पनि छुटाउने कुरो भएन ।
२÷४ दिन पछाडि त सामाजिक सञ्जालमा धेरै कविता, लेख, गीत, गजल र पेट मिचिमिची हाँस्ने खालका जनचेतनामूलक जोक पनि आउन थाले । यसले मेरो पनि दिमाग तताउन थाल्यो । कविता पो लेख्नुपर्याे भनेर विचार गरँे । दुईचार लाइन लेखेँ तर आफैँलाई मन परेन । गीत पो गाऊँ कि भन्ने लाग्यो । त्यो पनि चित्त बुझेन । सधैँ व्यस्त रहन अभ्यस्त भएको जीवनशैलीमा त्यत्तिकै बस्न पनि गाह्रो हुँदो रहेछ । केही लेखूँ कि जस्तो लाग्यो । फेरि त्यत्ति लेख्ने अभ्यास पनि छैन, स्तरीय पो नहुने हो कि, आफ्ना गुरुवर्गले, विद्यार्थी, साथीभाइले पढेर के भन्नुहोला जस्तो लाग्यो । आफूलाई भित्रभित्रै लाज लाग्यो । आ…….जस्तोसुकै होस् लेख्न चाहिँ मनमा लागेको लेख्नै पर्याे भन्ने सोचले जित्यो । स्तरीय भएन भने पनि म आफ्नो ल्यापटपमा नै सीमित राखूँला भन्ने लाग्दै आफ्नो भावना ल्यापटपमार्फत् पोख्दै गर्दा एक जना साथीको लामो स्टाटस फेसबुकमा देखँे अनि पढँे । त्यसमा लेखिएका कमेन्ट पढँे । सकरात्मक कमेन्टले मलाई ऊर्जा मिल्यो र यो फुर्सदको समयलाई सदुपयोग गर्ने विचार गरेर सबै समक्ष ल्याउने जमर्को गरेकी छु । तपाईँलाई पनि त्यत्तिकै बसिरहन अल्छी लागेको होला । यो मेरो पहिलो अनुभव पढिदिएर मार्गदर्शन गर्दिनुहुन्छ कि ?
धेरै प्रयोगमा आएको सबैलाई भाइरल बनाउन सहयोग गर्ने सामाजिक सञ्जालबाट नै मलाई पनि शुरु गर्न मन लाग्यो । समाचार, विचार र भावना साटासाट गर्ने थलो सामाजिक सञ्जाल भएको छ । त्यो सही वा गलत के हो ? आफूले सम्प्रेषण गरेका सूचनाको दुरगामी असर के हुन्छ भनेर नाम चलेका सञ्चारमाध्यमले पनि ख्याल गरेको पाउँदिनँ । कोरोना भाइरसको प्रसङ्गलाई लिएर सञ्चार माध्यमहरूले गलत सूचनाहरू प्रशारण गरेको हाम्रो सामु ताजै छ । यसले गर्दा सही सूचना पाउने हाम्रो मौलिक हकको हनन् भएको महसुस भएको छ । यसको कारण प्रविधि, नीति र साइबर आचारसंहिताको प्रभावकारी कार्यान्वयन नहुनु हो । अहिले अनलाइन युजरहरुको उद्देश्य आफूले गरेको पोष्टलाई जसरी पनि भाइरल बनाउनेमा केन्द्रित भएको देखिन्छ । तर यो समय भनेको भाइरसबाट बच्ने हो, भाइरल बनाउने होइन ।
अहिले हामी लकडाउनमा छौँ । एकछिन सोचौँ त…….! यही अवस्थामा हामीसँग स्मार्ट फोन हातमा र इन्टरनेटको सुविधा साथमा नहुँदो हो र यसरी नै ‘लकडाउन’मा बस्नु परेको भए ? हामीलाई कति कठीन र उकुसमुकुुस हुनेथियो होला । धन्य छ कोरोना तिमीलाई पनि । प्रविधिको उच्चतम प्रयोग भएकै बेला तिम्रो आगमन भयो । हामीलाई अलिकति भए पनि सहज छ र सरकारको लकडाउनको आज्ञा पालना भइरहेको छ । तिमी भने फैलिइरहेका छौ र तिमीलाई पनि संसारले चिनेको छ । कोरोना भाइरस भाइरल बनाउन पनि यही प्रविधिले सहयोग गर्याे । घरैभित्र बसे पनि हामी सञ्चार सम्पर्कविहीन हुनु परेको छैन । हामीले चाहे अनुुसार आफन्तसँग फोनमा कुरा गर्न पाएका छौँ । भिडियो कल गर्न पाएका छौँ तिमी आउनुभन्दा अघि हामीसँग कहाँ यति धेरै फुर्सद थियो र ? मोबाइल फोनमा लिएको भ्वाइस प्याक पनि त्यत्तिकै कति पटक खेर गएको थियो । घर परिवार सँगै बसेर खाना खान नपाएको पनि कत्ति भइसकेको थियो । अझ भन्नु पर्दा त परिवारका सदस्यलाई भन्नु पर्ने अति आवश्यक कुरा पनि भन्न नपाएर त्यसको गलत परिणाम भोग्नुपरेको पनि थियो । यति अवसर दियौ तथापि तिम्रो आगमनलाई बहिष्कार गर्नुपरेको छ । तिमीलाई सधैँको लागि बिदा गर्न हतार गर्दैछौँ । किनकि तिम्रा धेरै डरलाग्दा रूप देखिँदैछ ।
आफू जस्तो परिस्थितिमा भए पनि ‘तपाईँलाई कस्तो छ ?’ ‘लकडाउनमा नै हो नि ?’ भन्न पाएका छौँ । प्रशस्त समयका कारण आफ्ना भावनाहरू साटासाट गर्ने मौका मज्जाले पाएका छाँै । घण्टौँसम्म भिडियो कल गरेर बोल्न पाएका छौँ । यो अवसर हामीलाई कसले दियो त ? आफ्ना लेख रचना, कविता पढ्न, पोष्ट गर्न, कमेन्ट गर्न पाएका छौँ । यही मौकाले हामीमध्ये कसैलाई कवि, गायक वा लेखक बनाउँदै छ ।
विज्ञान र प्रविधिले ल्याएको परिवर्तनलाई हामीले स्वीकारेकै हो । मानिस भैगोलिक रुरूपमा जति टाढा भए पनि संसारका जुनसुकै कुनामा रहेका मानिसको अवस्था के छ भनेर क्षणभरमा पत्ता लगाउन सकिएकै हो । माउसको एक क्लिकबाट संसारलाई नजिक ल्याएको कुरा सत्य हो । मानिसले विकास गरेको प्रविधिले के गरेको छैन ? विकसित मुलुकले के गर्न चाहिँ बाँकी छ ? चन्द्रमामा पुगे, संसारलाई क्षणभरमा ध्वस्त पार्ने एटम बम बनाए, रोबोट बनाए, गर्भको कुरा पत्ता लगाउने भए, लिंग परिवर्तन सम्भव भयो । प्राकृतिक सत्य कुरा लगभग हराइसकेका थिए । विश्वका अति विकसित मुलुकहरूले विकासभन्दा पर के हुन्छ भनेर खोज्न थालिसकेका थिए । संसारमा बाँकी कामै अब के पो छ होलाजस्तो भइसकेकै थियो । विकासको सीमा नाघिसकेका मुलुकले संसारमाथि विजय प्राप्त गरिसकेका छौँ भन्ने ठानिसकेका थिए ।
शायद त्यही भएर होला यो भाइरसको भयावह स्थितिमा पनि न्युयोर्कमा हत्तपत्त लकडाउन नै भएन । यो कोरोना भाइरसले तिनीहरूको आँखा खोलिदिएको हुनुपर्छ र सँगै यो पाठ पनि सिकाएको हुनुपर्छ कि पैसा र अहंकार भन्दा ठूलो अरु कुनै वस्तु पनि यो पृथ्वीमा हुने रहेछ । जुन प्रकृतिले आफँ सिर्जना गर्दाे रहेछ । मै हुँ भन्ने देशहरू पनि आज हामीलाई तपाईँको पनि साथ र सहयोग चाहिन्छ भन्न थाले । संसारका सर्वशक्तिमान मुलुक गलिसके । संसार एउटा हत्केलामा अटाउँछु भन्ने विज्ञान र प्रविधि आज विश्व आतंकित हँुदा पनि मौन छ । ंं
तपाईंलाई पनि त लाग्दो होला नि संसारका महान वैज्ञानिक के हेरेर बसेका छन् यो बेला ? गर्न त केही गर्दै होलान् तर यति ठूलो संख्यामा मान्छेको विनाश हुँदा उनीहरूको सोच कता पुगेको छ ? कोभिड– १९ सँग प्रतिष्पर्धा गर्ने क्षमता खोइ राखेको त ? चीनको वुहानबाट डिसेम्बर २९ का दिन जन्मिएको कोभिड—१९ को न्वारान गर्न मात्र भ्याए । यो यति छिटो जवान भएछ कि यसले आफ्नो परिचय दिँदै इरान, इटाली, दक्षिण कोरिया, हुँदै लगभग यसले संसारका सबै मुलुक भ्रमण गरिसकेको अवस्था छ । यसले आफ्नो क्षमता देखाइसकेको छ । विश्वका वैज्ञानिकहरूले यो भाइरसका बारेमा धेरै कुरा पत्ता लगाउन सकेका छैनन् । यत्रो ठूला आविष्कारक, वैज्ञानिक, अनुसन्धाता भएको विश्वमा सबै लाग्दा पनि एउटा नाथे कोरोना भाइरसको भ्याक्सिन पत्ता लागेको छैन । मलाई त लाग्थ्यो यो चीनमा नै समाधान भइहाल्छ नि । तर किन ढिलो भइराखेको छ ? एउटा भाइरसले विश्वलाई कति तहसनहस पार्दो रहेछ । यति धेरै विश्वका वैज्ञानिकहरू के हेरेर बसेका छन् भन्नुजस्तो ।
सारा मानिसलाई अचम्म लाग्ने यो कोरोनाको नाटक सुन्दा । कसैको ज्यानै लिने, कसैकोमा चाहिँ देखा मात्र पर्ने, कसैलाई थाहा नै नहुने जस्ता समाचार पनि सुनिन्छन् । कसैलाई लक्षण नै थाहा नपाई निको हुने सुन्दा त यो केही होइन यस्तो नाथे भाइरसजस्तो लाग्छ । फेरि इटाली, स्पेन, अमेरिकाको भयावह स्थिति समाचारमार्फत् सुन्दा आफैँलाई अत्यास लाग्छ । खोइ के बुझ्ने ?
यो भाइरस त्यति जटिल प्रकृतिको त होइन रहेछ तर पनि यसको समाधानमा किन पुग्न सकिएन ? समाचार सुन्दै छौँ बेलायतका राजकुमार जस्तालाई पनि यसले छोडेन । संसारकै मँै हुँ भन्ने देशले पनि आज आएर उनीहरूलाई कोरोनाले आफ्नो सतहमा ल्याइदिएको छ । औषधी पत्ता लाग्दै छ भन्ने सुनेको पनि निकै भयो तर खोइ त ?
यो भाइरसले सबै देशलाई आर्थिक, सामाजिक, सांस्कृतिक, राजनीतिक सबै पक्षमा नकरात्मक प्रभाव पारेसँगै नेपाल पनि यस्तो नकरात्मक प्रभावबाट अछुतो हुन सक्ने कुरै भएन । यो कोरोनाले के गरेन र ‘अतिथिदेवो भव’ भन्ने हाम्रो संस्कार आज रातारात ‘तपार्ईँ मेरो घरमा पनि नआउनू, म तपाईंको घरमा पनि आउँदिनँ’ भन्ने अवस्थामा पुगेको छ । मर्दा र बाँच्दाका हाम्रा संस्कारहरू पनि सबै तहसनहस भइसकेका छन् । यो कसैको रहर होइन । यो सबैको बाध्यता हो । कतै हाम्रो जीवनशैलीमा नै आमूल परिवर्तन त हुने होइन ?
हामी अब कति दिन लक डाउनमा बस्नुपर्ने हो ? यसको भ्याक्सिन बन्ला, नबन्ला ? हामीमध्ये कतिलाई कोरोनाले लैजाने हो ? कति रहूँला कति नरहूँला त्यो भविष्यले बताउँला । सामाजिक सञ्जालमा एउटा स्टाटस भेटेको थिएँ त्यहाँ भनिएको थियो । ‘यदि तपार्इं घरमै बस्नुभयो भने २०७८ सालको जनगणनामा पर्नुहुन्छ, बस्नुभएन भने पर्नुहुन्न ।’ मलाई विश्वास छ कि म त्यो जनगणनामा पक्कै पर्दछु । किनकि म घरभित्र नै बसिरहेकी छु । कारण, भोलि मलाई हजुरहरूसँग भेटेर कोरोनामाथिको विजयको बारेमा लामो भलाकुसारी गर्नु छ । म तपाईंलाई पनि यही अनुरोध गर्दछु ।
Facebook Comment
Banner
इजरायल र दक्षिण कोरिया रोजगारी प्रक्रियामा रहेका उम्मेदवारलाई धैर्य गर्न सरकारको आग्रह
युवा, श्रम तथा रोजगार मन्त्रालयले इजरायल र दक्षिण कोरियामा रोजगारीका लागि प्रक्रियामा रहेका नेपाली श्रमिकलाई नयाँ विज्ञापन तथा निर्धारित प्रणालीअनुसार अगाडि बढ्न आग्रह गरेको छ ।
मन्त्रालयले बुधबार विज्ञप्ति जारी गर्दै इजरायलतर्फ ‘लोटरी आउट’ भएका तथा दक्षिण कोरिया को रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तर्गत प्रतीक्षारत उम्मेदवारलाई संयमता अपनाउन अनुरोध गरेको हो ।
मन्त्रालयका अनुसार नेपाल र इजरायलबीच सन् २०२० मा सम्पन्न श्रम सम्झौता अनुसार केयर गिभर क्षेत्रका लागि २ हजार ११२ जना नेपाली श्रमिक छनोट भएका थिए । तीमध्ये अधिकांश श्रमिक इजरायल पुगिसकेको र बाँकीको प्रक्रिया जारी रहेको उल्लेख गरिएको छ ।
इजरायल जान प्रतीक्षारत युवाहरूले हालै माइतीघर मण्डला मा प्रदर्शन गरेपछि मन्त्रालयले आफ्नो धारणा सार्वजनिक गरेको हो ।
विज्ञप्तिअनुसार इजरायली निकाय ‘पिबा’ को लटरी प्रक्रियामा छनोट हुन नसकेका १ हजार १५३ जना उम्मेदवारको विषयमा नेपाल सरकारले कूटनीतिक पहल गरेको जनाएको छ । तर इजरायल पक्षले हालको प्रक्रियाभित्र उनीहरूलाई समावेश गर्न नसकिने र आगामी दिनमा खुल्ने नयाँ आवेदन प्रक्रियामा पुनः सहभागी हुन सक्ने जानकारी दिएको मन्त्रालयले उल्लेख गरेको छ ।
यसैबीच, ईपीएसमार्फत दक्षिण कोरियामा रोजगारीका लागि भाषा परीक्षा उत्तीर्ण गरी रोस्टरमा रहेका उम्मेदवारको हकमा पनि दुई देशबीचको श्रम समझदारी र स्थापित प्रणालीअनुसार नै प्रक्रिया सञ्चालन हुने मन्त्रालयले स्पष्ट पारेको छ ।
मन्त्रालयका सहसचिव तथा प्रवक्ता पीताम्बर घिमिरे द्वारा जारी विज्ञप्तिमा कोरियासम्बन्धी प्रक्रिया निर्धारित मापदण्डअनुसार नै अघि बढ्ने भएकाले अनावश्यक दबाब वा अतिरिक्त माग आवश्यक नरहेको उल्लेख गरिएको छ । मन्त्रालयले सम्पूर्ण उम्मेदवार तथा सरोकारवालालाई सहयोग र समझदारीका लागि आग्रहसमेत गरेको छ ।
Banner
ओली फर्किए, भण्डारी झापा–मोरङ दौडाहामै
विराटनगर — सत्तारूढ दल नेकपा (एमाले) का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली मोरङको कटहरीमा निर्माण भएको एक अस्पताल उद्घाटन गरेर शनिबार हेलिकोप्टरमार्फत काठमाडौं फर्किए । तर, पूर्व राष्ट्रपति विद्यादेवी भण्डारी भने अझै झापा–मोरङका विभिन्न कार्यक्रममा सक्रिय रहिरहेकी छन् ।
बिहीबार विराटनगर ओर्लिएकी भण्डारी झापा र मोरङका कार्यक्रममा व्यस्त छिन् । उनको तालिका सोमबारसम्म व्यस्त छ । विराटनगर ओर्लिएपछि उनी मोरङका विभिन्न पार्टी कार्यकर्तासँग भेटघाट र विविध कार्यक्रममा सहभागी भइरहेकी छन् । शुक्रबार उनले विराटनगरमा पालिकाका उपप्रमुख–उपाध्यक्षहरूको राष्ट्रिय भेलाको उद्घाटन गरेकी थिइन् ।
शनिबार उनले झापाको बिर्तामोडस्थित देवी माविमा एमाले विज्ञान तथा प्रविधि विभागद्वारा आयोजित प्रदेशस्तरीय विज्ञान तथा प्रविधि प्रदर्शनीको उद्घाटन गरेकी थिइन् । आइतबार नारी सञ्चार गृहद्वारा आयोजित कार्यक्रममासमेत उनी सहभागी भइन् ।
भण्डारी औपचारिक कार्यक्रम मात्र होइन, अनौपचारिक भेटघाट र स–साना भेला तथा छलफलमा पनि सक्रिय देखिएकी छन् । विशेषगरी झापाका एमाले नेता तथा कार्यकर्तासँग उनले आन्तरिक बैठकसमेत गरेकी छन् । ‘झापाका ओली निकट नेता–कार्यकर्ताहरूसँग पूर्वराष्ट्रपतिज्यूले विशेष रूपमा भेटघाट गर्नुभएको थियो,’ एक नेताले बताए ।
आइतबार विराटनगर फर्किने क्रममा भण्डारीले झापाको शिवगञ्जस्थित झापा इनर्जीको उत्पादन केन्द्र अवलोकन गर्ने कार्यक्रम तय भएको छ । त्यसपछि विराटनगर फर्केर सोमबार मोरङको इटहरास्थित पुर्ख्यौली घर अवलोकन गर्ने र त्यसपछि काठमाडौं फर्किने तयारी रहेको एमाले मोरङका सचिव सोमराज थापाले जानकारी दिए ।
ओलीनिकट एमालेका एक नेताले भने, ‘पार्टीका सबै तहमा संगठन बलियो बनाउन अध्यक्ष ओली व्यापक दौडाहाको तयारीमा हुनुहुन्छ । पूर्व राष्ट्रपतिज्यूको सक्रियतालाई पनि हामीले सकारात्मक रूपमा लिएका छौँ ।’
एमालेभित्र केही नेताहरू भण्डारीलाई सम्भावित भावी अध्यक्षको रूपमा पनि हेरिरहेका छन् । उनको दौडाहाले राजनीतिमा पुनः सक्रिय बन्ने भण्डारीको मनसाय सतहमै देखिन थालेको छ ।
प्रकाशित : जेष्ठ २५, २०८२ १०:२१
Banner
सरसफाई तथा स्वच्छ वातावरण “ गुणस्तरिय खानेपानीका लागि नै हाम्रो उम्मेरदारी, लोकतान्त्रिक समुह
पारदर्शी तथा सबल नेतृत्व सहितको गुणस्तरिय खानेपानी, सरसफाई तथा स्वच्छ वातावरण सहितको हाम्रो जिन्दगानी “मुल नाराका साथ सलकपुर खानेपानी उपभोक्ता तथा सरसफाई समितीमा लोकतान्त्रीक पक्षवाट युवा श्यामप्रसादढकालले अध्यक्ष पदमा उम्मेरदारी दिनुभएको छ , कुशल नेतृत्वकर्ता ,आर्थीक रुपमा पारदर्शी,सदाचार र सालिन ढकालको समुहलाइ मतदान गर्दै अत्याधिक बहुमतका साथ बिजयी गराइदिनुहुन सम्पुर्ण खानेपानीका उपभोक्ताहरुमा उहाले अनुरोध गर्नुभएको छ ।
ढकालले लामो समयदेखी सामाजीक मुल्य र मान्यताहरुलाई आत्मसाथ गर्दै यस सलकपुर खानेपानी उपभोक्ता तथा सरसफाइ समितीमा सचिवका रुपमा काम गर्दै आफ्नो २ कार्यकाल सम्पन्न गरीसक्नुभएको छ। आफ्नो २ बर्षे कार्यकालमा एउटै वडामा २ वटा खानेपानीका टयांकी मार्फत आम सर्वसाधारणलाई खानेपानी खुवाउन सफल ढकाल अध्यक्ष पदका सबैभन्दा अब्बल र बलिया उम्मेद्वार समेत हुन।
सस्थांलाइ आर्थीक रुपमा सवल बनाउन र यसलाई दिगो रुपमा संस्थागत गर्न ढकालले सलकपुर खानेपानी उपभोक्ता तथा सरसफाइ समितीमा लोकतान्त्रीक समुहको तर्फबाट अध्यक्षको पदमा उम्मेदवारी दिएको बताउनु भयो । अनुभव, समर्पण र समाजसेवामा गरेको निरन्तर योगदानको मूल्यांकन गर्दै मत प्रदान गरी विजयी गराउनु हुन उहाले सम्पूर्ण आम उपभोक्ता समक्ष आग्रह गर्नुभएको छ।
उहाले आफ्ना कार्ययोजनाहरुमा पुराना पाईपलाईनहरुलाइ प्रतिस्थापन गरि नया पाइप लाईनहरुलाइ विस्तार गर्ने र सो का लागि सहयोग र अनुदान ब्यबस्थापन गर्ने ,यस क्षेत्रमा बसोबास गर्ने सबैमा एक घर एक धारा अनिबार्य पुर्याउने ,कमजोर आर्थिक अवस्था भएका उपभोक्ताहरुलाई नगर र वार्डमा समन्वय गरि सुलभ र सहज ढंगले खानेपानीको व्यवस्था गर्ने ,पुरानो ट्यांकी मर्मत तथा रंगरोकन गर्ने ,कम्पाउण्ड वाल लगाउने ,प्रबिधिमैत्री सस्था बनाउने ,डिजिटल ,प्रविधिको प्रयोग गरि भुक्तानी र गुनासो सुनुवईलाई छिटो छरितो बनाउने ,वास चेम्बर र फायर पोइन्ट राखी वास आउट को व्यवस्था गर्ने ,प्रत्येक आ व को पौष मसान्त सम्ममा साधारण सभा गर्ने ,कर्मचारी नीतिलाई समय सापेक्ष परिमार्जन गर्दै कार्यक्षमता बढाउदै जिम्मेवार बनाउने पानीको सुद्दता लाइ बिशेस ध्यान दिदै नियमित निरीक्षण गर्ने ,सफ्टवेयर को बिकास गरि सहज बिल भुक्तानीका लागि इ-सेवा मोबाइल बैंकिंग खल्ती बाट भुक्तानी को व्यवस्था गर्ने ,अनबिकरनिय पानीको श्रोतलाई जगेर्ना गर्न पर्यवरणीय असर र नया पानीका श्रोतहरुको खोजि गर्न विज्ञ समुहबाट परामर्श लिने लाग्य रहेका छन् , ढकालको समुहबाट उपाध्यक्षमा दिपक गुरुङ ,सचिवमा उद्दब प्रसाद अधिकारी ,कोषाध्यक्ष मा सावित्र पोख्रेल ,सहसचिवमा दिनानाथ अधिकारी ,सदस्यहरुमा बबिता कार्की अधिकारी ,लक्ष्मी भण्डारी, मकबुल मिया ,राजु बरुवाल,ज्ञान बहादुर खड्का, सिलस उराउ, त्यस्तै लेखा समिति संयोजक सरोज भट्टराई , सदस्यहरुमा कपिल पोख्रेल ,मन्दिरा थापा रहनु भएको छ ।
-
अर्थ7 years agoसमाचारमार्फत् आफ्नो चरित्रहत्या गरिएको भन्दै कानेपोखरीका युवा व्यवसायीले गरे पत्रकार सम्मेलन
-
Banner4 years agoसाउनदेखि कुन तहका कर्मचारीको कति तलब ?
-
खेलकुद7 years agoरंगशालाको अवलोकन
-
मुख्य6 years agoशेयर बजारमा झिनो अंकको गिरावट
-
अर्थ6 years agoगोर्खा डिपाटमेन्ट स्टोर विराटचोकलाई ५० हजार जरिवाना
-
मुख्य7 years agoसुन्दरहरैंचामा चोरले बोरामा हालेर लादैं गरेको बच्चालाई आमाले खोस्न सफल
-
मुख्य6 years agoपुस १० गते खण्डग्रास सूर्यग्रहण लाग्ने भएकाले मोरङका संस्थागत विद्यालय बिदा
-
Banner6 years agoगोठगाउँमा पूर्वाञ्चल विश्वविद्यालय सर्ने, गोठगाउँमा आज साँझ दीप प्रज्वलन गरिने
















You must be logged in to post a comment Login