स्थानीय तह
सुन्दरहरैंचा ६ मा लगत संकलन अन्तिम चरणमा
विराटचोकः लकडाउनका कारण घरमा खाद्यान्न नभएर भोकै बस्नुपर्ने अवस्था भएका अति विपन्न परिवारको लागि सरकारले राहत दिने भएको छ ।
अहिले सबै स्थानीय तह न्यून आय भएका परिवारको लगत संकलन गरिरहेका छन् । न्यून आय भएका मजदुर परिवारलाई राहत सामग्री दिनको लागि नाम संकलन गर्न लागिएको हो । यसै क्रममा सुन्दरहरैंचाको वडा नम्बर ६ मा भने लगत संकलनको काम अन्तिम चरणमा पुगेको बताइएको छ ।
‘नाम पहिल्यैदेखि संकलन भइरहेको थियो’, फोन सम्पर्कमा वडाध्यक्ष जीवन राईले भने, ‘लगभग ६ सय मानिसको नाम संकलन भइसकेको छ ।’ ती नाममा राहत पाउनुपर्ने कसैको नाम छुटेको भए थप्ने र हटाउनुपर्ने भए ती नाम हटाऔँ भनेर छलफल भएको हो । बैठकमा सहभागी सबैलाई नाम लिस्ट १\१ प्रति दिइएको उनले बताए । भोलि नाम फाइनल गरेर नगरपालिकामा पठाइने उनले बताए ।
लकडाउनको प्रभावले भोकै पर्ने अवस्थामा पुगेका श्रमिक वडा नम्बर ६ मा धेरै रहेको उनले बताए । ‘वडाको तलदेखि माथिसम्म गछिया खोलामा काम गर्ने श्रमिक छन्’, वडाध्यक्ष राईले भने, ‘माथि डिपु बस्तीमा पनि निम्न आय भएका परिवार धेरै छन् ।’ खोलामा श्रम गर्ने तथा ट्याक्टरका लेबर र ड्राइभर बढी मारमा परेको देखिएको उनले बताए ।
स्थानीय तहका हरेक वडामा वडाध्यक्षको संयोजकत्वमा लगत संकलन तथा राहत वितरण गर्न समिति बनाइएको छ । सो समितिमा सो वडाबाट प्रतिनिधित्व गर्ने राजनीतिक दलका प्रतिनिधिलगायत रहने गरेका छन् ।
सुन्दरहरैंचामा एकद्वार प्रणालीबाट राहत वितरण गरिने, बैंक खातामार्फत् सहयोग गर्न सकिने
सुन्दरहरैंचा नगरपालिकाले आव्हान गरेको १८ घन्टा नबित्दै जेसीजको राहत

Facebook Comment
Banner
२४३ विद्यार्थीलाई सुकुना क्याम्पसद्वारा २८ लाख ३३ हजार रुपैयाँ छात्रवृत्ति वितरण
शुक्रबार एक भव्य कार्यक्रमको आयोजना गरी सुकुना बहुमुखी क्याम्पसले क्याम्पसमा अध्ययनरत आर्थिक कमजोर भएका परिवार, जेहेन्दार तथा वार्षिक परीक्षामा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीहरूलाई छात्रवृत्ति रकमबापत २८ लाख रुपैयाँभन्दा बढी वितरण गरेको छ ।
सो कार्यक्रममा २ सय ४३ जना विद्यार्थीलाई २८ लाख ३३ हजार २ सय रुपैयाँ वितरण गरिएको थियो । अक्षयकोषबाट प्राप्त ब्याज, दाताको सहयोगलगायतबाट विद्यार्थीलाई सो परिमाणको छात्रवृृत्ति वितरण गरिएको थियो ।
प्रमुख अतिथि पूर्वाञ्चल विश्वविद्यालयकी रजिष्ट्रार प्रा. डा. कल्याणी मिश्र त्रिपाठीले क्याम्पसले ठूलो स्रोत जुटाएर धेरै विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरेको प्रशंसनीय भएको बताउनुभयो ।
कार्यक्रमको अध्यक्षता छात्रवृत्ति व्यवस्थापन समितिका अध्यक्ष एवम् क्याम्पस सञ्चालक समितिका उपाध्यक्ष ललितबहादुर श्रेष्ठले गर्नुभएको थियो । कार्यक्रममा छात्रवृत्ति प्राप्त विद्यार्थी, दाताहरू, अक्षयकोष दाताहरू, विभिन्न सङ्घ–संस्थाका प्रतिनिधि, क्याम्पस सञ्चालक समिति, सल्लाहकार, शिक्षक–कर्मचारी तथा स्ववियु प्रतिनिधिहरूको उपस्थिति रहेको थियो ।
क्याम्पस प्रमुख अर्जुनराज अधिकारीले स्वागत मन्तव्य राख्दै क्याम्पसले गरेका गतिविधि र उपलब्धिहरूको संक्षिप्त विवरण प्रस्तुत गर्नुभएको थियो । कार्यक्रममा स्ववियु अध्यक्ष एलिस ओझा, सल्लाहकार तथा दाता गोपालबहादुर थापा, नागरिक स्वावलम्बन विकास (सिड) नेपालका निर्देशक डा. अर्जुनमणि गुरागाईँ तथा क्याम्पस सञ्चालक समितिका अध्यक्ष केशव अधिकारीले आफ्ना भनाइ राख्नुभएको थियो ।
नेपालमा सामुदायिक क्याम्पसका रूपमा प्रतिष्ठित तथा दोस्रो पटक गुणस्तर सुनिश्चितता प्रत्यायन (क्युएए) प्राप्त सुकुना बहुमुखी क्याम्पसमा हाल ७५ लाख रुपैयाँको अक्षयकोष रहेको छ । आगामी वर्ष अक्षयकोषको आकार १ करोड २५ लाख पुर्याउने क्याम्पस प्रमुख अर्जुनराज अधिकारीले बताउनुभयो ।
Banner
कक्षा १२ को पूरक परीक्षाको नतिजा सार्वजनिक,
कक्षा १२ को पूरक परीक्षाको नतिजा सार्वजनिक भएको छ । राष्ट्रिय परीक्षा बोर्डको आज बसेको बैठकले नतिजा सार्वजनिक गरेको हो ।
बोर्डका अनुसार पूरक परीक्षामा ७३ दशमलव ४१ प्रतिशत अर्थात् ७६ हजार ३ सय ६७ जना विद्यार्थी उत्तीर्ण भएका छन् । गएको असोज ७ र ८ गते भएको परीक्षामा १ लाख ४ हजार २६ जना विद्यार्थी सहभागी भएका थिए ।
यसअघि गएको साउन ११ गते प्रकाशित भएको नियमित नतिजामा ६१ दशमलव १७ प्रतिशत विद्यार्थी ग्रेडेड भएका थिए । वैशाख १४ गतेदेखि शुरू भएर २६ गते सकिएको परीक्षामा नियमिततर्फ एक लाख ९६ हजार नौ सय १४ छात्रा र एक लाख ९३ हजार नौ सय ३३ छात्र गरी तीन लाख ९० हजार आठ सय ४७ जना परीक्षार्थी सहभागी थिए ।
परीक्षाको नतिजा राष्ट्रिय परीक्षा बोर्डको वेबसाइट result.neb.gov.np वा neb.gov.np र नेपाल टेलिकमको वेबसाइट https://neb.ntc.net.np बाट हेर्न सकिन्छ । यसैगरी NEB Symbol Number टाइप गरी नेपाल टेलिकमको १६०० मा एसएमएस गरेर नतिजा प्राप्त गर्न सकिन्छ ।
Banner
कमेडियन कपिल शर्माको क्यानाडास्थित क्याफेमा तेस्रो पटक गोली प्रहार
भारतीय चर्चित कमेडियन कपिल शर्मासँग सम्बन्धित क्यानाडाको सरे सहरस्थित क्याफेमा बिहीबार राति अज्ञात समूहले फेरी गोली प्रहार गरेको छ । यो क्याफेमाथि भएको यो तेस्रो आक्रमण हो ।
भारतीय मिडिया टाइम्स अफ इन्डियाका अनुसार, कुख्यात भारतीय ग्याङस्टर लरेन्स बिश्नोई समूहसँग सम्बन्धित भनिने कुलवीर सिधुले सामाजिक सञ्जालमार्फत आक्रमणको जिम्मेवारी स्वीकार गरेका छन् । उनले आम जनतालाई क्याफेदेखि टाढा रहन चेतावनी दिएका छन् ।
सरे पुलिस सर्विसका अनुसार, घटनास्थलमा पुग्दा क्याफेको भवनमा धेरै गोली लागेको पाइएको थियो । घटनाको समयमा क्याफेभित्र कर्मचारीहरू रहेका थिए, तर भाग्यवश कसैलाई चोटपटक लागेको छैन ।
यसअघि पनि सो क्याफेमाथि ९ जुलाई र ७ अगस्टमा हमला भइसकेको थियो । सामाजिक सञ्जालमा कुलवीर सिधु र गोल्डी ढिल्लनले पोस्ट गर्दै लेखेका छन्,
“हामी तीनवटै गोलीबारको जिम्मेवारी लिन्छौँ । हामीलाई आम जनतासँग कुनै समस्या छैन । तर जोसँग विवाद छ वा पैसा तिर्दैनन्, उनीहरू तयार रहुन्।”
उनीहरूले बलिउडका धर्मविरोधी टिप्पणी गर्नेहरूलाई पनि चेतावनी दिएका छन्,
“तयार रहनुहोस्, गोली जहाँबाट पनि आउन सक्छ।”
प्रहरीले समुदायलाई सतर्क रहन र कुनै पनि शंका लाग्दा तुरुन्त रिपोर्ट गर्न आग्रह गरेको छ ।
हालसम्म कपिल शर्मा वा उनको व्यवस्थापन टिमले यसबारे औपचारिक प्रतिक्रिया दिएका छैनन् ।
-
अर्थ6 years agoसमाचारमार्फत् आफ्नो चरित्रहत्या गरिएको भन्दै कानेपोखरीका युवा व्यवसायीले गरे पत्रकार सम्मेलन
-
Banner3 years agoसाउनदेखि कुन तहका कर्मचारीको कति तलब ?
-
खेलकुद6 years agoरंगशालाको अवलोकन
-
मुख्य6 years agoशेयर बजारमा झिनो अंकको गिरावट
-
अर्थ6 years agoगोर्खा डिपाटमेन्ट स्टोर विराटचोकलाई ५० हजार जरिवाना
-
मुख्य6 years agoसुन्दरहरैंचामा चोरले बोरामा हालेर लादैं गरेको बच्चालाई आमाले खोस्न सफल
-
मुख्य6 years agoपुस १० गते खण्डग्रास सूर्यग्रहण लाग्ने भएकाले मोरङका संस्थागत विद्यालय बिदा
-
Banner6 years agoगोठगाउँमा पूर्वाञ्चल विश्वविद्यालय सर्ने, गोठगाउँमा आज साँझ दीप प्रज्वलन गरिने













You must be logged in to post a comment Login