Connect with us
Advertisement

बीउ पूँजीमार्फत् स्थापित जनता समृद्धि बहुउद्देश्यीय सहकारी (सहकारी दिवस विशेष २)

Published

on

विराटचोकः सरकारले नै संस्था सञ्चालनको लागि बीउपूँजी उपलब्ध गराएर स्थापना भएका सहकारीको नाममा समृद्धि शब्द जोडिएको हुन्छ । त्यस्तै सहकारी संस्था हो जनता समृद्धि बहुउद्देश्यीय सहकारी संस्था । स्थापनाकालमा संस्था स्थापनाको लागि चाहिने पूँजीको १५ प्रतिशत रकम अनुदान दिएको थियो ।

२०७० साल बैशाखमा दर्ता भएको यो संस्थामा हाल ८ सय जनाभन्दा बढी शेयर सदस्य रहेका छन् । नयाँ सहकारी ऐनअनुसार सहकारी सञ्चालनको लागि आवश्यक शेयर सदस्य पुगेको छ । विज्ञको सल्लाह लिँदै तथा शेयर सदस्यको हित हुने अवस्था आएमा एकै प्रकृतिको अन्य सहकारी संस्थासँग मर्जमा जान पनि सकिने संस्था सञ्चालन समितिका अध्यक्ष हरिचरण ढकालले बताए ।

सहकारी ऐन, नियममा आधारित भएर चलिरहेको आफ्नो सहकारीले कृषि क्षेत्रमा बढी जोड दिएको ढकाल बताउँछन् । संस्थाले रेमिट्यान्सको काम पनि गर्दै आएको छ । त्यस्तै, हवाई टिकट, बस टिकट, मोबाइल रिचार्ज तथा अन्य सेवामूलक काम पनि गरिरहेको उनले बताए । सहकारी सदस्यलाई सुविधा दिने गरी सहकारी पसल खोल्ने सोच पनि बनाएको उनको भनाइ छ ।

२ वा २ भन्दा बढी स्थानीय तहमा कार्यक्षेत्र भएका सहकारीलाई डिभिजन सहकारी कार्यालयले अनुगमन गर्ने नीतिअनुसार यो सहकारीलाई पनि डिभिजन सहकारी कार्यालयले अनुगमन तथा निर्देशन दिने गर्दछ । स्थानीय तह नजिकै भएकाले तर धेरै सूचना र जानकारी भने स्थानीय तहबाटै लिने गरेको ढकालको भनाइ छ ।

उनका अनुसार सहकारीको वार्षिक कारोबार ३ करोड रुपैयाँभन्दा माथि रहेको छ । ३ करोड ४८ लाख रुपैयाँ ऋण लगानी गरेको संस्थाले पहिले लगानी गरेको लगभग २ प्रतिशत खराब कर्जाको रुपमा रहेको छ ।

अहिले भने बिजुलीको बिल वा खानेपानीको बिल लिएर आउँदा मात्रै लगानी गर्ने गरेको ढकाल बताउँछन् । बिजुली वा खानेपानीको बिल हुँदा स्थायी बासिन्दा हो भन्ने प्रष्ट आधार देखिने उनको भनाइ छ । हाल संस्थाले ५० लाख रुपैयाँ सनराइन बैँकबाट ऋण लिएर शेयर सदस्यलाई लगानी गरेको छ ।

सुविधायुक्त सहकारी पसल खोल्नको लागि संरचना बनाउने काम भइरहेको र सो संरचनाको पहिलो तलामा सो पसल खोलिने उनको भनाइ छ । सो पसलमा शेयर सदस्यहरुलाई सकेसम्म धेरै छुट दिने योजना संस्थाको रहेको छ । लगानीको रकमको सही उपयोग हुन्छ भने लगानी गर्न संस्थाले डराउन नहुने उनको बुझाइ छ ।

संस्थाका लागि बचत संकलन ‘फलामको चिउरा’ सरह रहेको हुनाले त्यसरी संकलन भएको रकमलाई जथाभावी लगानी गर्न नहुने उनको भनाइ छ ।

Continue Reading

Facebook Comment

15 Comments

You must be logged in to post a comment Login

Leave a Reply

Banner

नेप्सेमा निरन्तर वृद्धि, लगानीकर्तामा उत्साह

Published

on

शुक्रबार नेप्से परिसूचक २२.८५ अंक बढेर २६४७.२२ विन्दुमा पुगेको छ। त्यस्तै, यस दिन सेन्सेटिभ इण्डेक्स ५.३२ अंक बढेको छ भने फ्लोट इण्डेक्स १.८७ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.९० अंक बढेको छ।

नेप्सेसँगै यस दिन कारोबार रकम पनि बढेको छ। अघिल्लो कारोबार दिन अर्थात बिहीबार ५ अर्ब ४९ करोड रुपैयाँबराबरको शेयर खरिदबिक्री भएको बजारमा यस दिन ३४५ स्टकको ६४ हजार ७२ पटकको कारोबारमा ६ अर्ब ७४ करोड ५६ लाख ३१ हजार रुपैयाँबराबरको २ करोड १२ लाख ७२ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

यस दिन स्नो रिभर्स लिमिटेडको शेयरमूल्य सर्वाधिक १३.६६ प्रतिशत बढेको छ। त्यस्तै, यस दिन इन्फिनिटी लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य करिब १० प्रतिशत बढेको छ भने मैलुङ्ग खोला जलविद्युत कम्पनीको शेयरमूल्य करिब ९ प्रतिशत बढेको छ। कारोबारमा आएको हाथवे इन्भेष्टमेन्टको शेयरमूल्य यस दिन सर्वाधिक १५ प्रतिशत घटेको छ।

कारोबार रकमका आधारमा यस दिन कुमारी बैंक शीर्ष स्थानमा रहेको छ। सो बैंकको यस दिन ३२ करोड १३ लाख रुपैयाँबराबरको शेयर कारोबार भएको छ। त्यस्तै, यस दिन लक्ष्मी सनराइज बैंकको २७ करोड रुपैयाँभन्दा बढीको शेयर किनबेच भएको छ भने ग्लोबल आइएमई बैंकको कारोबार रकम २३ करोड रुपैयाँ नाघेको छ।

१३ उपसमूहमध्ये यस दिन ११ उपसमूहको परिसूचक बढेको छ भने दुई उपसमूहको परिसूचक घटेको छ। यस दिन बैंकिङ्ग उपसमूहको परिसूचक सर्वाधिक १.५९ प्रतिशत बढेको छ। त्यस्तै, यस दिन जीवन बीमा उपसमूहको परिसूचक साढे १ प्रतिशत बढेको छ। कारोबारमा आएको वित्त र अन्य उपसमूहको परिसूचक भने यस दिन सामान्य अंक घटेको छ।

Continue Reading

Banner

गुराँस लघुवित्तको लाभांश घोषणा

Published

on

गुराँस लघुवित्त वित्तीय संस्था लिमिटेड (GLBSL ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ।

लघुवित्तले हाल कायम चुक्ता पूँजीको ९.५ प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनार्थ ०.५ प्रतिशत नगद लाभांश गरी कुल १० प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो।

असोज २ गते बसेको लघुवित्तको सञ्चालक समितिको बैठकले सो दरमा लाभांश वितरण गर्ने निर्णय गरेको हो।
नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात सो लाभांश वितरण गरिनेछ।

Continue Reading

Banner

बढ्यो ग्यासको मूल्य

Published

on

सडक अवरुद्ध भएपछि ढुवानीमा समस्या भएको भन्दै खाना पकाउने ग्यासको मूल्य बढाइएको छ। धादिङको कृष्णभिरमा गएको पहिरोका कारण पृथ्वी राजमार्ग अवरुद्ध भएपछि वैकल्पिक ढुवानी महँगो परेको भन्दै नेपाल आयल निगमको सहमतिमा उद्योगीले खाना पकाउने एलपी ग्यासको मूल्य बढाएका हुन् ।

निगमले एलपी ग्यासको मूल्य प्रतिसिलिन्डर २ हजार ६० रुपैयाँ तोकेकोमा ढुवानी भाडा भन्दै उद्योगीले १ सय ५ रुपैयाँ ३८ पैसा बढाएका हुन् ।

१८ भदौमा बसेको वार्षिक साधारणसभाको निर्णय बमोजिम काठमाडौं उपत्यकामा एलपी ग्यासको मूल्य बढाएको संघले विज्ञप्ति मार्फत जानकारी दिएको छ ।

उद्योग संघले गरेको निर्णय अनुसार अब काठमाडौं उपत्यकामा ग्यासको मूल्य प्रतिसिलिन्डर २ हजार १ सय ६५ रुपैयाँ ३८ पैसा पर्ने छ ।

Continue Reading
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

Trending

सम्पर्क

विराट मिडिया एण्ड एड्भरटाइजिङ प्रालिद्वारा सञ्चालित
निष्पक्ष खबर डट कम

सुन्दरहरैँचा, मोरङ

सूचना विभाग दर्ता नं. १६४२ ०७६।७७

प्रेस काउन्सिल दर्ता नं. ३४३ ०७६।०७७
कम्पनी दर्ता नं. २२७६३९।०७६।०७७
स्थायी लेखा नं. ६०९६५३९४६

सम्पर्क

९८५२०७८८९९,९८४२०३५१६२,९८४२११३१५४

ई–मेल

[email protected]
हाम्रो टिम
सम्पादक ज्ञाननाथ ढकाल
प्रबन्धकः महेश उप्रेति
हाम्रो फेसबुक