शिक्षा / स्वास्थ्य
राहत दिने र लिनेको फोटो होइन, विवरण सार्वजनिक होस्
‘लकडाउन’ लम्बिँदै जाँदा दैनिक ज्याला मजदुरी गरेर खाने परिवारका घरमा चुलो बल्न छाडेको छ । हातमुख जोर्न समस्यमा परे यस्ता परिवारलाई सरकारले राहत सामग्री उपलब्ध गराउने भएको छ ।
त्यसै क्रममा अहिले निम्न आय भएका परिवारलाई राहत उपलब्ध गराउन हरेक स्थानीय तहले विपत् व्यवस्थापन कोष स्थापना गरेका छन् । सो कोषमा सहयोग गर्नेहरुको संख्या पनि दिनहुँ बढिरहेको छ । सहयोग गर्नेको संख्या बढिरहेको देख्दा विपत् कोषमा सहयोग रकम राम्रै संकलन हुने र त्यसले हातमुख जोर्न समस्यामा परेका परिवारलाई सहयोग पुग्ने देखिन्छ ।
तर, यो सहयोग विपत् कोषमा जम्मा गर्ने क्रममा देखिएको भीड, फोटो खिच्ने मोह अनि मास्क र पञ्जा नलगाएको देख्दा यस्ता कार्यले कोरोना संक्रमणको सम्भावना बढाइरहेको त छैन भन्ने देखिन्छ । विपत्को बेलामा सहयोग गर्नु राम्रो हो । तर सहयोग गरेको समयको फोटो खिच्नै पर्ने, दूरी कायम नगर्ने अनि मास्क र पञ्जा नलगाउने हो भने हामी कति सचेत छाँै भन्ने देखिँदैन र ?
हामीले राहत उपलब्ध गराएको सम्बन्धित परिवारले पाऊन् भनेर हो । यसमा अँगालो हालेजसरी फोटो खिच्नु अनि मास्कको प्रयोग नगर्नु र राहत उपलब्ध गराएको समयमा सबैको आँखा क्यामेरातिर हुनुले के संकेत गर्छ ? क्यामेरा नहुनु भने हामी राहत नै दिँदैनथ्यौँ कि ?
त्यसैले बेलैमा सोचौँ । राहत उपलब्ध गराएको फोटो खिच्नै पर्छ भन्ने छैन । हामीले फोटो खिच्दैमा सम्बन्धि परिवारले राहत पाउने होइन । राहत पाउने व्यक्तिको पनि फोटो नखिच्दा हुन्छ । सामाजिक सञ्जालमा फोटो हाल्नुको सट्टा स्थानीय सरकारले दाताले उपलब्ध गराएको सहयोगको विवरण र विपत्मा परेका परिवारलाई दिएको राहतको विवरणचाहिँ पोष्ट गरेमा कति राम्रो हुने थियो ।
Facebook Comment
Banner
रास्वपा सचिवालय बैठक बस्दै
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय बैठक आज बस्दैछ ।
पार्टी सभापति रवि लामिछानेको निर्देशनमा सचिवालय बैठक बोलाइएको प्रवक्ता मनिष झाले जानकारी दिए । बैठकको समय र स्थान भने उल्लेख गरिएको छैन ।
समानुपातिकतर्फका सांसदहरूको नाम सिफारिस गर्ने र पार्टीका आन्तरिक विधि–प्रक्रियासम्बन्धी विषयमा छलफल गर्ने बैठकको एजेण्डा रहेको प्रवक्ता झाले जानकारी दिए
Banner
कक्षा १२ परीक्षा मिति तोकियो, तालिका सार्वजनिक
कक्षा १२ को वार्षिक परीक्षा तालिका सार्वजनिक भएको छ । राष्ट्रिय परीक्षा बोर्डले आज परीक्षा तालिका सार्वजनिक गरेको हो । तालिका अनुसार आगामी २०८३ साल वैशाख १४ गतेदेखि परीक्षा सुरु हुनेछ र वैशाख २७ गते सकिने छ । पहिलो दिन अनिवार्य अंग्रेजी, संस्कृत रचना, बौद्ध शिक्षा र उर्दू व्याकरण र साहित्यको परीक्षा हुनेछ । वैशाख १५ गते अनिवार्य नेपाली र प्राविधिक धारतर्फको सोसल स्टडिजको परीक्षा हुनेछ । यो परीक्षा तालिका कक्षा १२ को साधारण, प्राविधिक र परम्परागत धारतर्फका नियमित तथा आंशिक परीक्षार्थीहरुका लागि हो । परीक्षामा रजिस्ट्रेसन नम्बरका सुरुका दुई अंक ७९, ८०, ८१ र ८२ हुने परीक्षार्थीहरु सहभागी हुन पाउने छन् ।
Banner
पत्रकार महासंघ मोरङले गर्यो ‘भिआईए’ स्क्रिनिङ
विश्व क्यान्सर दिवसको अवसरमा नेपाल पत्रकार महासंघ मोरङले आज महिला पत्रकारहरूलाई लक्षित गर्दै स्वास्थ्य शिविर तथा क्यान्सर सचेतना कार्यक्रम आयोजना गरेको छ। कार्यक्रम विराट मेडिकल कलेज टिचिङ अस्पताल, बुढीगंगा मोरङको सहकार्यमा सम्पन्न भएको हो।
स्वास्थ्य शिविरमा १८ जना महिला पत्रकारले ‘भिआईए’ स्क्रिनिङ र स्तन परीक्षण सेवा लिएका छन्। परीक्षणका क्रममा समस्या देखिएका पत्रकारहरूको विराट मेडिकल कलेजमा थप उपचारको व्यवस्था गरिने महासंघ मोरङकी अध्यक्ष सुशीला पाठकले जानकारी दिनुभयो। उहाँले आगामी दिनमा पनि पत्रकारहरूको नियमित स्वास्थ्य परीक्षण हुनेगरी महासंघले पहल गर्ने बताउनुभयो।
शिविरमा विराट मेडिकल कलेज टिचिङ अस्पतालका वरिष्ठ क्यान्सर रोग विशेषज्ञ डा. अस्मिता रायमाझी, डा. बबिता साहलगायतको चिकित्सक टोलीले सेवा प्रदान गरेको थियो। शिविरसँगै आयोजित क्यान्सर सचेतना कार्यक्रमको सहजीकरण डा. रायमाझीले गर्नुभएको थियो।
सचेतना कार्यक्रममा डा. रायमाझीले हाल महिलामा पाठेघरभन्दा स्तन क्यान्सरका बिरामीको संख्या बढ्दै गएको उल्लेख गर्नुभयो। उहाँका अनुसार महिला र पुरुष दुवैमा मुख, नाक र घाँटीको क्यान्सर, बालबालिकामा ब्लड क्यान्सर तथा १८–२० वर्ष उमेर समूहमा हड्डीको क्यान्सर बढी देखिने गरेको छ। पछिल्ला दिनमा पुरुषमा समेत स्तन क्यान्सरका बिरामी देखिन थालेको जानकारी पनि उहाँले दिनुभयो।
डा. रायमाझीले नियमित स्वास्थ्य परीक्षण र रोगको प्रारम्भिक पहिचान भए क्यान्सरको उपचार सम्भव हुनेमा जोड दिनुभयो। कार्यक्रममा नेपाल पत्रकार महासंघ कोशी प्रदेशका उपाध्यक्ष कुमोद अधिकारी, महासचिव हिमा चेम्जुङ, विराट मेडिकल कलेजका अपिल राई, लिना थापालगायतले स्वास्थ्यप्रति सचेत रहन र नियमित परीक्षण गराउन आग्रह गर्नुभएको थियो।
महिला पत्रकारहरूको स्वास्थ्य र क्यान्सरजस्तो गम्भीर रोगप्रति सचेतना बढाउने उद्देश्यले आयोजित यो कार्यक्रमलाई सहभागीहरूले समय सान्दर्भिक र उपयोगी भएको प्रतिक्रिया दिएका छन्।
-
अर्थ6 years agoसमाचारमार्फत् आफ्नो चरित्रहत्या गरिएको भन्दै कानेपोखरीका युवा व्यवसायीले गरे पत्रकार सम्मेलन
-
Banner4 years agoसाउनदेखि कुन तहका कर्मचारीको कति तलब ?
-
खेलकुद6 years agoरंगशालाको अवलोकन
-
मुख्य6 years agoशेयर बजारमा झिनो अंकको गिरावट
-
अर्थ6 years agoगोर्खा डिपाटमेन्ट स्टोर विराटचोकलाई ५० हजार जरिवाना
-
मुख्य6 years agoसुन्दरहरैंचामा चोरले बोरामा हालेर लादैं गरेको बच्चालाई आमाले खोस्न सफल
-
मुख्य6 years agoपुस १० गते खण्डग्रास सूर्यग्रहण लाग्ने भएकाले मोरङका संस्थागत विद्यालय बिदा
-
Banner6 years agoगोठगाउँमा पूर्वाञ्चल विश्वविद्यालय सर्ने, गोठगाउँमा आज साँझ दीप प्रज्वलन गरिने













You must be logged in to post a comment Login