स्थानीय तह
प्याब्सन, एनप्याब्सन बेलबारी नगरसमितिले बिपद ब्यबस्थापन कोषका लागि दिए ३ लाख भन्दा बढी
बेलबारी, माेरङ/ निजि तथा अावासीय विद्यालयहरुकाे साझा सङ्गठन प्याब्सन तथा एनप्याबसन नगर समिति बेलबारीले संयुक्त रुपमा बेलबारी नगरपालिकाको बिपद ब्यबस्थापन कोषको लागि ३ लाख १३ हजार ३ सय १७ रुपैया जम्मा गरेका छन्।
अाज एक अाैपचारिक कार्यक्रमविच निजि तथा अावासीय विद्यालयहरुकाे साझा सङ्गठन प्याब्सन तथा एनप्याब्सन नगर समिति बेलबारीले नगरपालिकाका नगर प्रमुख ज्ञानेन्द्र सुवेदीलाई साे रकम हस्तान्तरण गरेका हुन् । प्यावसन मोरङका कोषाध्यक्ष जगत बस्नेत, नगर अध्यक्ष भुपाल बस्नेत तथा एन प्यावसन नगर अध्यक्ष नारायण ढकालले नगरपालिकामै आएर संस्थागत विद्यालयलहरुले जम्मा गरेकाे रकम सयुक्त हस्तान्तरण गरेका हुन ।
सारा विश्व नै काेराेनकाे कारणले भयावह अवस्थामा पुगेकाे अवस्थामा राज्यलाई सहयाेग गर्नु अाफूहरुकाे पनि दायित्व भएकाेले नगरपालिकाकाे विपद काेषमा रकम जम्मा गरेकाे प्याब्सन माेरङका काेषाध्यक्ष जगत वस्नेतले बताए । विपद व्यवस्थापन कोषमा सहयोग गर्नेहरुलाई नगरपालिकाका मेयर सुवेदीले धन्यवाद ज्ञापन गर्दै अागामी दिनमा पनि सहयाेग अासा गरे । यस्तै बेलबारी ११ मा रहेको जनएकता बचत तथा ऋण सहकारी संस्थाले २५ हजार राहतकोषका लागि सहकारीका अध्यक्ष जगत बस्नते र सचिव नरेन्द्र बस्नतेले मेयर सुवेदीलाई हस्तान्तरण गरेका छन् ।
Facebook Comment
Banner
डा. सुनील शर्माले सम्हाले गिरिजाप्रसाद कोइराला फाउन्डेसनको नेतृत्व, १ हजार विपन्न बिरामीको निःशुल्क शल्यक्रिया गर्ने घोषणा
गिरिजाप्रसाद कोइराला फाउन्डेसनको सभापतिको जिम्मेवारी पाएसँगै डा. सुनील शर्माले फाउन्डेसनलाई जनसेवा, लोकतन्त्र र सामाजिक उत्तरदायित्वको प्रभावकारी माध्यमका रूपमा अघि बढाउने प्रतिबद्धता व्यक्त गरेका छन्।
नयाँ जिम्मेवारी प्रदान गरेकोमा फाउन्डेसन परिवारप्रति आभार व्यक्त गर्दै डा. शर्माले निवर्तमान सभापति सुजाता कोइरालाप्रति विशेष धन्यवाद ज्ञापन गरे। कार्यक्रममा प्रमुख अतिथिका रूपमा उपस्थित नेपाली कांग्रेसका सभापति गगनकुमार थापाप्रति पनि उनले कृतज्ञता व्यक्त गरे।
पितातुल्य राजनीतिक अभिभावक स्वर्गीय गिरिजाप्रसाद कोइरालाको नाम र आदर्शसँग जोडिएको संस्थाको नेतृत्व गर्नु आफ्ना लागि केवल पद नभई ठूलो जिम्मेवारी र भावनात्मक क्षण भएको डा. शर्माले बताए।
“आफ्नो विवेक, क्षमता र सामर्थ्यले भ्याएसम्म फाउन्डेसनलाई जनसेवा, लोकतन्त्र र सामाजिक उत्तरदायित्वको प्रभावकारी माध्यम बनाउनेछु,” उनले भने।
गिरिजाप्रसाद कोइरालाको आदर्श र योगदानलाई आत्मसात् गर्दै काम गर्ने प्रतिबद्धता व्यक्त गर्दै डा. शर्माले आफूले गर्ने कामबाट स्वर्गीय गिरिजाबाबुको चित्त प्रसन्न हुने गरी अघि बढ्ने प्रयास गर्ने बताए।
यसै अवसरमा डा. शर्माले स्वास्थ्य सेवामार्फत सामाजिक उत्तरदायित्व पूरा गर्ने महत्वपूर्ण घोषणा पनि गरेका छन्। उनले यस वर्ष काठमाडौं मेडिकल कलेज (केएमसी), दुवाकोट र नोबेल मेडिकल कलेजमार्फत गरिब, असहाय तथा उपचारको पहुँचबाट वञ्चित १ हजार बिरामीको निःशुल्क शल्यक्रिया गर्ने घोषणा गरेका हुन्।
फाउन्डेसनको नेतृत्वसँगै स्वास्थ्य सेवामार्फत विपन्न तथा असहाय नागरिकलाई प्रत्यक्ष राहत पुर्याउने अभियानलाई समेत अघि बढाउने डा. शर्माको घोषणाले सामाजिक सेवाप्रतिको प्रतिबद्धतालाई व्यवहारमै रूपान्तरण गर्ने संकेत गरेको छ।
Banner
मनसुनी वायुको प्रभाव: देशका केही स्थानमा भारी वर्षाको सम्भावना
हाल देशभर मनसुनी वायुको प्रभाव छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा उत्तरतर्फ छ ।
विभागका अनुसार देशभर अधिकांश बादल लागेको छ । देशका हिमाली भू–भागका केही स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्मको वर्षा/हिमपातको सम्भावना छ । देशको पहाडी भू–भागका धेरै स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ ।
विभागद्वारा मौसम ‘बुलेटिन’का अनुसार कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका केही स्थान तथा मधेश प्रदेशका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ । कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागको एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।
महाशाखाका अनुसार आज राति देशभर साधारणतया बादल लाग्नेछ । कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भू–भागका केही स्थानमा तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भू–भागका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्मको वर्षा/हिमपातको सम्भावना छ ।
कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी र तराई भू–भागका केही स्थानमा, मधेस प्रदेश तथा कर्णाली पहाडी भू–भागका र सुदूरपश्चिम प्रदेशका पहाडी र तराई भू–भागका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी र तराई भू–भागका एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।
Banner
गछिया खोला भ्याट भ्रष्टाचार प्रकरण : तिलक आलेविरुद्ध अख्तियार सर्वोच्चमा
आन्तरिक राजस्व कार्यालय, धरानका तत्कालीन कर अधिकृत तिलक आलेसमेतका प्रतिवादी रहेको भ्रष्टाचार मुद्दामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सर्वोच्च अदालतमा पुनरावेदन दर्ता गरेको छ।
आयोगका अनुसार सुन्दरहरैँचा नगरपालिकास्थित गछिया खोलाबाट आर्थिक वर्ष २०७६-०७७ मा नदिजन्य पदार्थ उत्खनन् गर्ने क्रममा प्राप्त हुने राजस्वमध्ये आन्तरिक राजस्व कार्यालयमा दाखिला गर्नुपर्ने मूल्य अभिवृद्धि कर (भ्याट) रकम दाखिला नगरी भ्रष्टाचार गरिएको आरोपमा तिलक आलेसमेतका प्रतिवादीविरुद्ध मुद्दा दायर गरिएको थियो।
उक्त प्रकरणमा आयोगले प्रतिवादीहरूबाट रु. १ करोड २३ लाख ६९ हजार ६४९ रुपैयाँ ६९ पैसा बिगो कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ९ र १७ बमोजिम कसुर ठहर गरी कैद तथा बिगो बराबर जरिवानासहितको सजाय माग गर्दै विशेष अदालत, काठमाडौंमा आरोप पत्र दायर गरेको थियो।
तर विशेष अदालतले मिति २०८२।१२।१० मा गरेको फैसलाबाट प्रतिवादीहरूलाई आंशिक सफाइ दिएको थियो। उक्त फैसलाप्रति चित्त नबुझेपछि आयोगले मिति २०८३।०४।०४ गते सर्वोच्च अदालतमा पुनरावेदनको निवेदन दर्ता गरेको जनाएको छ।
आयोगले विशेष अदालतको फैसलाको कानुनी परीक्षण आवश्यक रहेको भन्दै अभियोगमा प्रस्तुत प्रमाण र तथ्यका आधारमा पुनरावेदन प्रक्रिया अघि बढाएको हो।
-
अर्थ7 years agoसमाचारमार्फत् आफ्नो चरित्रहत्या गरिएको भन्दै कानेपोखरीका युवा व्यवसायीले गरे पत्रकार सम्मेलन
-
Banner4 years agoसाउनदेखि कुन तहका कर्मचारीको कति तलब ?
-
खेलकुद7 years agoरंगशालाको अवलोकन
-
मुख्य7 years agoशेयर बजारमा झिनो अंकको गिरावट
-
अर्थ6 years agoगोर्खा डिपाटमेन्ट स्टोर विराटचोकलाई ५० हजार जरिवाना
-
मुख्य7 years agoसुन्दरहरैंचामा चोरले बोरामा हालेर लादैं गरेको बच्चालाई आमाले खोस्न सफल
-
मुख्य7 years agoपुस १० गते खण्डग्रास सूर्यग्रहण लाग्ने भएकाले मोरङका संस्थागत विद्यालय बिदा
-
Banner7 years agoगोठगाउँमा पूर्वाञ्चल विश्वविद्यालय सर्ने, गोठगाउँमा आज साँझ दीप प्रज्वलन गरिने
















You must be logged in to post a comment Login