Connect with us
Advertisement

शनिबारसम्म २४ हजार केजी चामलसहित अन्य राहत संकलन, धमाधम सबै वडामा लगिदै

Published

on

विराटचोकः कोरोना भाइरस (कोभिड १९) बाट विश्वमा सिर्जना भएको विषम् परिस्थितिलाई व्यवस्थापन गर्नका लागि नेपाल सरकारले लकडाउन घोषणा गरेको छ ।

लकडाउनका कारण दैनिक ज्यालादारीमा काम गर्दै आएका अति विपन्न परिवारलाई राहत दिने घोषणा गरेसँगै सुन्दरहरैंचा नगरपालिकाले गठन गरेको विपद् व्यवस्थापन समितिमा शनिबारसम्म २४ हजार ४ सय ७५ केजी चामल संकलन भएको छ ।

त्यस्तै दाल ३ सय ७० केजी, नुन ३ हजार २ सय ५० केजी संकलन भएको नगरपालिकाले जनाएको छ । यसैगरी ३५ लिटर खाने तेल संकलन भएको छ ।

नगरवासीलाई राहत दिने प्रयोजनका लागि चैत १८ गते बसेको सर्वपक्षीय बैठकबाट गठन भएको नगरस्तरीय विपद् व्यवस्थापन समितिमार्फत् अब प्रत्येक वडामा यो राहत पठाइने समेत नगरपालिकाले जनाएको छ ।

संकलित राहत आज शनिबारबाटै नागरिकले पाउने भएका छन् । यसका लागि सबै वडाबाट लगत संकलन गरिसकिएको नगरपालिकाले जनाएको छ ।

 

Continue Reading

Facebook Comment

15 Comments

You must be logged in to post a comment Login

Leave a Reply

Banner

महाप्रसाद अधिकारीको हस्ताक्षरमा ५ को नयाँ नोट बजारमा

Published

on

राष्ट्र बैंकले मंगलबार सूचना जारी गरेर निवर्तमान गभर्नर महाप्रसाद अधिकारीको हस्ताक्षर रहने गरी साविककै आकार तथा रङमा ५ रुपैयाँ दरका नयाँ नोट चलनचल्तीमा ल्याएको जानकारी दिएको हो ।

नेपाल राष्ट्र बैंकले ५ रुपैयाँ दरका ५ लाख ६० हजार थान नोट आज मंगलबारदेखि चलनचल्तीमा ल्याएको छ ।

राष्ट्र बैंकले मंगलबार सूचना जारी गरेर निवर्तमान गभर्नर महाप्रसाद अधिकारीको हस्ताक्षर रहने गरी साविककै आकार तथा रङमा ५ रुपैयाँ दरका नयाँ नोट चलनचल्तीमा ल्याएको जानकारी दिएको हो ।

आजदेखि चलनचल्तीमा ल्याइएको नयाँ नोटको अग्रभागको बायाँतर्फ सगरमाथाको चित्र, दायाँतर्फ लालीगुराँसको पानीछाप रहने सूचनामा उल्लेख छ ।

यस्तै निवर्तमान गभर्नर अधिकारीको दस्तखत र नोटको तल्लो भागको बोर्डरमा नोटको सिरिज नम्बर नेपालीमा विसं २०८१ लेखिएको हुनेछ ।

Continue Reading

Banner

सुनको भाउ फेरि उकालो, बढ्यो १ हजार

Published

on

२७ चैत, काठमाडौं । सुनको मूल्य फेरि उकालो लागेको छ । अघिल्लो दिन प्रतितोला ४ सय घटेको सुन आज १ हजार बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले बुधबारका लागि भाउ प्रतितोला १ लाख ७५ हजार ४ सय रुपैयाँ निर्धारण गरेको छ । अघिल्लो दिन १ लाख ७४ हजार ४ सय रुपैयाँ थियो ।

चाँदीको भाउ तोलामा ५ रुपैयाँ बढेको छ । अघिल्लो दिन प्रतितोला १८३० मा कारोबार भएको चाँदी आज १८३५ रुपैयाँ कायम भएको छ ।
Continue Reading

Banner

लगातार बढ्दै अमेरिकी डलर र युरोको भाउ

Published

on

अमेरिकी डलर र युरोपियन युरोको भाउ लगातार बढेको छ ।

नेपाल राष्ट्र बैंकले आजका निर्धारण गरेको विनिमय दर अनुसार अमेरिकी डलर एकको खरिददर १३७ रुपैयाँ ७३ पैसा र बिक्रीदर १३८ रुपैयाँ ३३ पैसा कायम भएको छ ।   यो मंगलबारको भन्दा धेरै हो । मंगलबार एकको खरिदर १३७ रुपैयाँ ०४ पैसा र बिक्रीदर १३७ रुपैयाँ ६४ पैसा कायम भएको छ । सोमबारको तुलनामा मंगलबार पनि भाउ बढेको थियो ।

आज  युरोपियन युरोको भाउ पनि बढेको छ । आज एकको खरिददर १५० रुपैयाँ ६२ पैसा र बिक्रीदर १५१ रुपैयाँ २८ पैसा कायम भएको छ । मंगलबार युरोपियन युरो एकको खरिदर १४९ रुपैयाँ ९८ पैसा र बिक्रीदर १५० रुपैयाँ ६४ पैसा कायम भएको थियो । यो पनि सोमबारको तुलनामा मंगलबार पनि बढेको थियो ।

यस्तै, आज युके पाउन्ड स्ट्रलिङ एकको खरिददर १७५ रुपैयाँ ८७ पैसा र बिक्रीदर १७६ रुपैयाँ ६३ पैसा, स्वीस फ्रयांक एकको खरिददर १६१ रुपैयाँ ०३ पैसा र बिक्रीदर १६१ रुपैयाँ ७३ पैसा कायम गरिएको छ ।

अष्ट्रेलियन डलर एकको खरिददर ८३ रुपैयाँ २० पैसा र बिक्रीदर ८३ रुपैयाँ ५६ पैसा, क्यानेडियन डलर एकको खरिददर ९७ रुपैयाँ ०६ पैसा र बिक्रीदर ९७ रुपैयाँ ४९ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०१ रुपैयाँ ९९ पैसा र बिक्रीदर १०२ रुपैयाँ ४३ पैसा निर्धारण गरिएको छ ।

जापानी येन १० को खरिददर नौ रुपैयाँ ३८ पैसा र बिक्रीदर नौ रुपैयाँ ४२ पैसा, चिनियाँ युआन एकको खरिददर १८ रुपैयाँ ७७ पैसा र बिक्रीदर १८ रुपैयाँ ८५ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३६ रुपैयाँ ६९ पैसा र बिक्रीदर ३६ रुपैयाँ ८५ पैसा, कतारी रियाल एकको खरिददर ३७ रुपैयाँ ७८ पैसा र बिक्रीदर ३७ रुपैयाँ ९५ पैसा कायम भएको छ ।

केन्द्रीय बैंकका अनुसार थाई भाट एकको खरिददर तीन रुपैयाँ ९६ पैसा र बिक्रीदर तीन रुपैयाँ ९८ पैसा, युएई दिराम एकको खरिददर ३७ रुपैयाँ ५० पैसा र बिक्रीदर ३७ रुपैयाँ ६६ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३० रुपैयाँ ६७ पैसा र बिक्रीदर ३० रुपैयाँ ८० पैसा निर्धारण गरिएको छ ।

साउथ कोरियन वन एक सयको खरिददर नौ रुपैयाँ ३० पैसा र बिक्रीदर नौ रुपैयाँ ३४ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १३ रुपैयाँ ७२ पैसा र बिक्रीदर १३ रुपैयाँ ७८ पैसा र डेनिस क्रोनर एकको खरिददर २० रुपैयाँ १८ पैसा र बिक्रीदर २० रुपैयाँ २७ पैसा तोकिएको छ ।

राष्ट्र बैङ्कले हङकङ डलर एकको खरिददर १७ रुपैयाँ ७३ पैसा र बिक्रीदर १७ रुपैयाँ ८० पैसा, कुवेती दिनार एकको खरिददर ४४७ रुपैयाँ १९ पैसा र बिक्रीदर ४४९ रुपैयाँ १४ पैसा, बहराइन दिनार एकको खरिददर ३६५ रुपैयाँ ३८ पैसा र बिक्रीदर ३६६ रुपैयाँ ९७ पैसा, ओमनी रियाल एकको खरिददर ३५७ रुयैयाँ ७६ पैसा र बिक्रीदर ३५९ रुपैयाँ ३२ पैसा रहेको छ । भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकेको छ ।

राष्ट्र बैंकले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको ‘वेबसाइट’मा उपलब्ध हुने जनाइएको छ ।

Continue Reading
Advertisement
Advertisement
Advertisement
Advertisement

Trending

सम्पर्क

विराट मिडिया एण्ड एड्भरटाइजिङ प्रालिद्वारा सञ्चालित
निष्पक्ष खबर डट कम

सुन्दरहरैँचा, मोरङ

सूचना विभाग दर्ता नं. १६४२ ०७६।७७

प्रेस काउन्सिल दर्ता नं. ३४३ ०७६।०७७
कम्पनी दर्ता नं. २२७६३९।०७६।०७७
स्थायी लेखा नं. ६०९६५३९४६

सम्पर्क

९८४२११३१५४, ९८०४३९४५४७, ९८०४०५३७९९

ई–मेल

nispakshyakhabar@gmail.com
हाम्रो टिम
अध्यक्ष टेकराज तिम्सिना
प्रधान सम्पादक ज्ञाननाथ ढकाल
सम्पादक पवन तिम्सिना
प्रबन्धकः शम्भु धमला
हाम्रो फेसबुक