कोशी प्रदेश
नेविसंघ सुकुना द्वारा कोठा भाडामा बस्ने विद्यार्थीलाई राहत वितरण
विराटचोकः कोरोना भाईरसको संक्रमणले गर्दा नेपाल अहिले यो संक्रमण रोक्न लकडाउनको अवस्था छ । सरकारले गरेको लकडाउनका कारण भाडामा बसेर अध्ययन गर्ने विद्यार्थीलाई मार्का पर्न थालेपछि विभिन्न विद्यार्थी संघ संगठनले राहत वितरण थालेका छन् ।
यसै क्रममा मोरङको सुकुना बहुमुखी क्याम्पसमा अध्ययनका लागि पूर्वी पहाडि जिल्ला, तेह्रथुम, संखवासभा, भोजपुर, खोटाङ, इलाम, पाँचथर, धनकुटा लगायतका जिल्लाबाट आएका विद्यार्थीलाई नेविसंघ सुकना बहुमुखी क्याम्पसले शुक्रबार कोठा कोठामा पुगि प्रत्येक विद्यार्थीलाई, चामल, दाल, तेल र साबुन सहित माक्स वितरण गरेको छ । पहिलो चरणमा ३५ जनालाई वितरण गरिएको हो ।
स्थानिय सरकारले राहत वितरणको कार्यक्रम ल्याएता पनि यसबाट असाहाय विपन्न र गरिब परिवार समेटिए पनि उच्च शिक्षा हासिल गर्न विभिन्न क्षेत्रबाट आएर कोठाभाडा लिएर बसेका विद्यार्थीभने ओझेलमा परेकाले उनीहरुलाई राहत दिइएको सुकुना बहुमुखी क्याम्पस नेविसंघका इकाई सभापति विजय तोलांगीले जानकारी दिए ।

स्थानीय सरकारले एकद्धार प्रणलीबाट रहात वितरण गर्ने नियम बनाएपछि राहत वितरणको लागी विद्यार्थीको नामावली संकलन सङ्गै वितरणलाई तिब्रता दिएको सभापति तोलांगी बताउछन् ।
यसैक्रममा कोठाभाडामा बस्ने विद्यार्थीहरुको घर धनीलाई चैत्र महिनाको भाडा छुट गर्न क्याम्यस संग समन्वय गरेर पहल गर्ने सभापति तोलाङ्रीले बताए ।
राहत वितरणमा क्षेत्रीय सभापति होमनाथ पोखरेल, निवर्तमान सभापति सुमन ढकाल, विद्यार्थी नेता सरोज थापा लगायतको उपस्थिति रहेको थियो ।
कसैलाई लकडाउनका कारण समस्या भए सम्पर्कमा आउन समेत सभापितले अनुराेध गरेका छन् ।
Facebook Comment
Banner
डिभाइडरमा मोटरसाइकल ठोक्कियो, चालकको मृत्यु
इटहरी उपमहानगरपालिका–४ मा आज बिहान मोटरसाइकल दुर्घटना हुँदा धनकुटा नगरपालिका–२ भिरगाउँका २९ अनिल राईको मृत्यु भएको छ ।
दुर्घटनामा मोटरसाइकलमा सवार सोही स्थानका २६ वर्षीय सन्दीप राई घाइते भएका जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी चन्द्रबहादुर खड्काले जानकारी दिए।
विराट शिक्षण अस्पतालमा अनिलको मृत्यु भएको हो भने सोही अस्पतालमा सन्दीपको उपचार जारी छ । सडकमा राखिएका डिभाइडरमा द्रुत गतिको मोटरसाइकल ठोक्किएको हो ।
Banner
डा. सुनील शर्माले सम्हाले गिरिजाप्रसाद कोइराला फाउन्डेसनको नेतृत्व, १ हजार विपन्न बिरामीको निःशुल्क शल्यक्रिया गर्ने घोषणा
गिरिजाप्रसाद कोइराला फाउन्डेसनको सभापतिको जिम्मेवारी पाएसँगै डा. सुनील शर्माले फाउन्डेसनलाई जनसेवा, लोकतन्त्र र सामाजिक उत्तरदायित्वको प्रभावकारी माध्यमका रूपमा अघि बढाउने प्रतिबद्धता व्यक्त गरेका छन्।
नयाँ जिम्मेवारी प्रदान गरेकोमा फाउन्डेसन परिवारप्रति आभार व्यक्त गर्दै डा. शर्माले निवर्तमान सभापति सुजाता कोइरालाप्रति विशेष धन्यवाद ज्ञापन गरे। कार्यक्रममा प्रमुख अतिथिका रूपमा उपस्थित नेपाली कांग्रेसका सभापति गगनकुमार थापाप्रति पनि उनले कृतज्ञता व्यक्त गरे।
पितातुल्य राजनीतिक अभिभावक स्वर्गीय गिरिजाप्रसाद कोइरालाको नाम र आदर्शसँग जोडिएको संस्थाको नेतृत्व गर्नु आफ्ना लागि केवल पद नभई ठूलो जिम्मेवारी र भावनात्मक क्षण भएको डा. शर्माले बताए।
“आफ्नो विवेक, क्षमता र सामर्थ्यले भ्याएसम्म फाउन्डेसनलाई जनसेवा, लोकतन्त्र र सामाजिक उत्तरदायित्वको प्रभावकारी माध्यम बनाउनेछु,” उनले भने।
गिरिजाप्रसाद कोइरालाको आदर्श र योगदानलाई आत्मसात् गर्दै काम गर्ने प्रतिबद्धता व्यक्त गर्दै डा. शर्माले आफूले गर्ने कामबाट स्वर्गीय गिरिजाबाबुको चित्त प्रसन्न हुने गरी अघि बढ्ने प्रयास गर्ने बताए।
यसै अवसरमा डा. शर्माले स्वास्थ्य सेवामार्फत सामाजिक उत्तरदायित्व पूरा गर्ने महत्वपूर्ण घोषणा पनि गरेका छन्। उनले यस वर्ष काठमाडौं मेडिकल कलेज (केएमसी), दुवाकोट र नोबेल मेडिकल कलेजमार्फत गरिब, असहाय तथा उपचारको पहुँचबाट वञ्चित १ हजार बिरामीको निःशुल्क शल्यक्रिया गर्ने घोषणा गरेका हुन्।
फाउन्डेसनको नेतृत्वसँगै स्वास्थ्य सेवामार्फत विपन्न तथा असहाय नागरिकलाई प्रत्यक्ष राहत पुर्याउने अभियानलाई समेत अघि बढाउने डा. शर्माको घोषणाले सामाजिक सेवाप्रतिको प्रतिबद्धतालाई व्यवहारमै रूपान्तरण गर्ने संकेत गरेको छ।
Banner
मनसुनी वायुको प्रभाव: देशका केही स्थानमा भारी वर्षाको सम्भावना
हाल देशभर मनसुनी वायुको प्रभाव छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा उत्तरतर्फ छ ।
विभागका अनुसार देशभर अधिकांश बादल लागेको छ । देशका हिमाली भू–भागका केही स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्मको वर्षा/हिमपातको सम्भावना छ । देशको पहाडी भू–भागका धेरै स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ ।
विभागद्वारा मौसम ‘बुलेटिन’का अनुसार कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका केही स्थान तथा मधेश प्रदेशका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ । कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागको एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।
महाशाखाका अनुसार आज राति देशभर साधारणतया बादल लाग्नेछ । कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भू–भागका केही स्थानमा तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भू–भागका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्मको वर्षा/हिमपातको सम्भावना छ ।
कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी र तराई भू–भागका केही स्थानमा, मधेस प्रदेश तथा कर्णाली पहाडी भू–भागका र सुदूरपश्चिम प्रदेशका पहाडी र तराई भू–भागका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी र तराई भू–भागका एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।
-
अर्थ7 years agoसमाचारमार्फत् आफ्नो चरित्रहत्या गरिएको भन्दै कानेपोखरीका युवा व्यवसायीले गरे पत्रकार सम्मेलन
-
Banner4 years agoसाउनदेखि कुन तहका कर्मचारीको कति तलब ?
-
खेलकुद7 years agoरंगशालाको अवलोकन
-
मुख्य7 years agoशेयर बजारमा झिनो अंकको गिरावट
-
अर्थ6 years agoगोर्खा डिपाटमेन्ट स्टोर विराटचोकलाई ५० हजार जरिवाना
-
मुख्य7 years agoसुन्दरहरैंचामा चोरले बोरामा हालेर लादैं गरेको बच्चालाई आमाले खोस्न सफल
-
मुख्य7 years agoपुस १० गते खण्डग्रास सूर्यग्रहण लाग्ने भएकाले मोरङका संस्थागत विद्यालय बिदा
-
Banner7 years agoगोठगाउँमा पूर्वाञ्चल विश्वविद्यालय सर्ने, गोठगाउँमा आज साँझ दीप प्रज्वलन गरिने
















You must be logged in to post a comment Login