Connect with us
Advertisement

भारतबाट पथरीशनिश्चरे आएका एक व्यक्ति हराएको ६ दिन पछि फेला

Published

on

विराटचोकः लकडाउनको बेला हराएका वृद्ध ६ दिन पछि फेला परेका छन् । उनी दार्जेलिङ सुम्बुकबाट आफ्नो बाबु मेघध्वाज जवेगुलाई भेट्न भनी गत चैत्र २ गते पथरीशनिश्चरे नगरपालिका ३ सृजना टोल आएका थिए । ७३ वर्षीय हर्क्िसंह जबेगु लिम्बू हराएपछि प्रहरी र आफ्न्तले खोजिगर्दै जाँदा ७ औं दिन मोरङको बेलबारी नगरपालिका ५ कसेली स्वास्थ्य चौकीमा भेटिएका हुन् । हराएका बुवा १ सय ४ वर्ष पुगेकाले पसलमा सामान किन्छु भनेर गत १७ गते गएको र अबेरसम्म घर नआएपछि सोही समयदेखि उनको खोजी गरेको बुहारी प्रियाले बताइन् ।

आइबार दिउँसो १ बजे स्वास्थ्य चौकीमा कार्यरत एक महिला स्वास्थ्य स्वयंसेविकाले सामाजिक सञ्जालमा हराइरहेको भन्ने समाचार देखेको केहिबेरमा त्यस्तै व्यक्ती हिडीरहेको देखिन् त्यस पछि रोकेर राखेको आफन्तलाई खबर गरेको गरेकी थिईन् । उनी भन्छीन् “भोकले बोल्न नसक्कने अवस्थामा रहेका वृद्धलाई चाउचाउ पकाएर खान दिएपछि बोल्न सक्ने हुनु भयो अनी सबै बुझेर खबर गरे ।

केहि दिन अघि बाटै इलाका प्रहरी कार्यालय लेटाङ्गको टोली उनको खोजिमा विभिन्न ठाउँमा पुगीसकेको थियो तर कतै पक्ता नलागेपछि । विभिन्न सञ्चार माध्यममा भेट्नेलाई पुरस्कार दिने आफन्तले बताएका थिए । नाताले उनका नाति पर्ने मदन चाम्लिङ्ग राई, लेटाङ्गका प्रहरी निरीक्षक ए.वि. जबेगुको टोलीले ले भेटिएका वृद्धलाई पथरीशनिश्चरे लगेका छन् । प्रहरी निरीक्षक जबेगुको अनुसार हस्पिटलमा लागेर कोरोना सिक्रामण छ छैन भनेर चेकजाँच गर्ने र ज्वरो तथा अन्य लक्षण देखा परे २ हप्ता क्वारेन्टाइनमा राख्ने र परिवारका सदस्यहरूलाई जिम्मा लगाउने बताए ।

हराएका आफ्ना बुवालाई भेटेर बुझाउने जो कोहीलाई पनि एक लाख नगद पुरस्कार प्रदान गर्ने लिम्बूकी छोरी मिनु लिम्बूले बताएकी थिइन्। बेलबारी स्थित कसेनी स्वास्थ्य चौकीमा कार्यरत एक महिला स्वास्थ्य स्वयंसेविकाले देखेको हुँदा आफूले सो पुरस्कार रकम नलिने बरु कोरोना राहत कोषमा जम्मा गरिदिन अनुरोध गरेपछि उनीहरूले घरपरिवारसंग सल्लाह गरेपछि जानकारी दिने बताए ।

Continue Reading

Facebook Comment

Click to comment

You must be logged in to post a comment Login

Leave a Reply

Banner

नेकपा एमाले सुन्दरहरैंचाको खुला सत्र सम्पन्न, नयाँ नेतृत्वका भोली चुनाव हुने

Published

on

विराटचोकः नेकपा एमाले सुन्दरहरैंचाको दोस्रो अधिवेशन आज विराटचोकमा शुरु भएको छ । अधिवेशनको खुला सत्र सम्पन्न भएको छ । बन्द सत्र अहिले नयाँ नेतृत्व चयनका लागि मनोनयन दर्ताको काम भइरहेको जिल्ला सदस्य मनोज दाहालले बताउनुभयो ।

नेतृत्व चयन सर्वसम्मत भए आज राति नै नेतृत्व चयन हुने र निर्वाचन प्रक्रियामार्फत् नेतृत्व चयन गर्नुपर्ने भए भोलि निर्वाचन हुने पार्टीले जनाएको छ ।

अधिवेशनका प्रमुख अतिथि नेकपा एमालेका उपाध्यक्ष गुरु बरालले अधिवेशनको उद्घाटन गर्नुभएको थियो ।

उद्घाटन सत्रलाई सुन्दरहरैंचा नगरपालिकाका नगर प्रमुख केदारप्रसाद गुरागाईँ, पार्टीका जिल्ला अध्यक्ष अजम्बर राई, सुन्दरहरैंचा इन्चार्ज धनमाया तामाङ र नेता विनोद ढकालले सम्बोधन गर्नुभएको थियो ।

नगर अध्यक्ष मातृका ढकालको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन नगर सचिव सन्तोष घिमिरेले गर्नुभएको थियो ।

कार्यक्रममा पार्टीको नगर कमिटीलाई कार्यालय प्रयोजनार्थ निःशुल्क कोठा उपलब्ध गराउनुहुने युवराज पौडेललाई सम्मान गरिएको थियो ।

Continue Reading

Banner

आगमी वर्षलाई प्रदेश सरकारले कोशी पर्यटन वर्षका रूपमा मनाउने, आज घोषणा हुँदै

Published

on

कोशी प्रदेश सरकारले आउँदो वर्ष २०८२ लाई कोशी पर्यटन वर्षको रूपमा मनाउने घोषणा गर्न लागेको छ । आउँदो वर्ष कोशी प्रदेशमा १० लाख पर्यटक भित्र्याउने र २ हजार नयाँ रोजगारी सिर्जना गर्ने लक्ष्यसहित पर्यटन वर्ष घोषणा गर्न लागिएको हो ।

तेह्रथुम, संखुवासभा र ताप्लेजुङको संगमस्थल तीनजुरे मिल्के जलजले क्षेत्रमा आज कोशी पर्यटन २०८२ उद्घाटन हुन लागेको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले पर्यटन वर्षको उद्घाटन गर्ने कार्यक्रम थियो । तर, अन्तिम समयमा प्रधानमन्त्री ओलीको समय नमिल्ने भन्दै उद्घाटनमा सहभागी नहुने बताइएको छ । उनको सट्टामा उपप्रधानमन्त्री प्रकाशमान सिंह उद्घाटनमा सहभागी हुनेछन् ।

कोशी प्रदेशको प्रमुख आयस्रोत पर्यटन भएकोले पर्यटन वर्ष मनाउन लागिएको मुख्यमन्त्री हिक्मतकुमार कार्कीले बताए । प्रदेशको आर्थिक समृद्धिको बलियो आधार पर्यटन भएको र त्यसमा पनि धार्मिक पर्यटन प्रमुख रहेको मुख्यमन्त्री कार्कीको भनाइ छ ।

शिलापत्रसँग कुरा गर्दै कार्कीले धार्मिक पर्यटनलाई जोड दिएर भारत, भुटानका पर्यटकलाई कोशी प्रदेशका भित्र्याउने बताए ।

पर्यटन वर्षका लागि ५ सयभन्दा बढी व्यक्तिहरूको प्रतिनिधित्वमा मुख्यमन्त्री कार्कीको नेतृत्वमा मूल आयोजक समिति गठन गरिएको छ । वन, पर्यटन तथा वातावरणमन्त्री सदानन्द मण्डलको नेतृत्वमा निर्देशक समिति बनेको छ ।

कोशी प्रदेशमा खुम्बु क्षेत्र, कञ्चनसंगा, मकालु, कोशी टप्पु, हलेसी, पाथिभरा, बराहक्षेत्रजस्ता चर्चित पर्यटकीय क्षेत्र रहेका छन् ।

Continue Reading

Banner

३ थान भरुवा बन्दुकसहित २ जना पक्राउ

Published

on

मोरङबाट ३ थान भरुवा बन्दुकसहित २ जना पक्राउ परेका छन् । केराबारी गाउँपालिका- ८ स्थित आमजुङ्गी सामुदायिक वन नजिकबाट उनीहरूलाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने ४४ वर्षीय मणिराज याख्या र ३४ वर्षीय डिल्लीकुमार कार्की छन् । उक्त स्थानमा ३ जना व्यक्तिहरूले भरुवा बन्दुक बोकी हिँडिरहेको भन्ने सूचनाका आधारमा इलाका प्रहरी कार्यालय बेलबारीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त बन्दुकसहित पक्राउ गरेको हो । हाल फरार रहेका १ जनाको खोजी गर्नुका साथै थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Continue Reading
Advertisement
Advertisement
Advertisement
Advertisement

Trending

सम्पर्क

विराट मिडिया एण्ड एड्भरटाइजिङ प्रालिद्वारा सञ्चालित
निष्पक्ष खबर डट कम

सुन्दरहरैँचा, मोरङ

सूचना विभाग दर्ता नं. १६४२ ०७६।७७

प्रेस काउन्सिल दर्ता नं. ३४३ ०७६।०७७
कम्पनी दर्ता नं. २२७६३९।०७६।०७७
स्थायी लेखा नं. ६०९६५३९४६

सम्पर्क

९८४२११३१५४, ९८०४३९४५४७, ९८०४०५३७९९

ई–मेल

nispakshyakhabar@gmail.com
हाम्रो टिम
अध्यक्ष टेकराज तिम्सिना
प्रधान सम्पादक ज्ञाननाथ ढकाल
सम्पादक पवन तिम्सिना
प्रबन्धकः शम्भु धमला
हाम्रो फेसबुक