कोशी प्रदेश
भिडियोमार्फत् बेलायतका डक्टरले दिए इटहरीका स्वास्थ्यकर्मीलाई प्रशिक्षण

इटहरीः भिडियोमार्फत् इटहरीका डाक्टरले बेलायतका डाक्टरबाट प्रशिक्षण लिएका छन् । बेलायतका डाक्टरहरुको समूह रेप्सिनद्वारा भर्चुअल सम्मेलन गरिएको हो ।
उपमहानगरका प्रमुख द्वारिकलाल चौधरीको प्रमुख आतिथ्यतामा भएको सम्मेलनमा इटहरी लगायत देशका विभिन्न ठाउँका सय बढी स्वास्थ्यकर्मी तथा अभियन्तालाई प्रशिक्षण प्रदान गरिएको छ । सम्मेलनलाई सम्बोधन गर्दै प्रमुख चौधरीले यो सम्मेलन निकै प्रभावकारी हुने विश्वास व्यक्त गरे ।
बेलायतका विज्ञ डाक्टरहरु प्रकाश सुवेदी, नउसाद खान, प्रकाश रिजाल, दिलिपकुमार यादव, बद्री सुवेदीले कोभिड १९ संक्रमण र उपचारमा स्वास्थ्यकर्मीहरुले ध्यान दिनुपर्ने कुराहरुका बारेमा सहजीकरण गरेको सम्मेलन आयोजक समितिका अध्यक्ष राजु केसीले बताए ।
कार्यक्रमकी विशिष्ट अतिथि इटहरी उपमहानगरकी उपप्रमुख लक्ष्मी गौतमले कोभिड १९ नियन्त्रणमा स्थानीय तहको भूमिकाका बारेमा बताएकी थिइन् । कार्यक्रमको सञ्चालन इटहरी अस्पतालका स्वास्थ्यकर्मी रामकुमार धमलाले गरेका थिए ।
धमलाका अनुसार सवा घण्टाभन्दा बढी समय सो सम्मेलन चलेको थियो ।
Facebook Comment
Banner
ताप्लेजुङमा चट्याङ लागेर एक जनाको मृत्यु
ताप्लेजुङको सिदिङ्वा गाउँपालिकामा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ ।
चट्याङ लागेर घाइते भएका सिदिङ्वा गाउँपालिका–३ का राजकुमार लिम्बूको मृत्यु भएको हो । मंगलबार साँझ घरमा बसिरहेका बेला चट्याङ लागेर घाइते भएकी लिम्बूलाई उपचारका लागि साब्लाखुस्थित स्वास्थ्यचौकीमा पुर्याइएको थियो ।
तर, उपचारका क्रममा लिम्बूको मंगलबार राति मृत्यु भएको प्रहरीले जनाएको छ । यस्तै, सिदिङ्वा गाउँपालिका–५ लिम्बूदिनका १७ वर्षीय मिसन लिम्बू चट्याङ लागेर घाइते भएका छन् ।
उनको साब्लाखुस्थित स्वास्थ्यचौकीमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी विवेक बस्नेतले जानकारी दिए ।
Banner
गोली हानेर ब्राउन सुगर कारोबारी नियन्त्रणमा

झापाको भद्रपुर नगरपालिका–७ मा प्रहरीले गोली हानेर दुई जनालाई लागुऔषध ब्राउन सुगरसहित पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता खगेन्द्रबहादुर खड्काका अनुसार मङ्गलबार साँझ जिल्ला प्रहरी कार्यालय र लागूऔषध नियन्त्रण ब्युरोबाट खटिएको टोलीले शङ्का लागेर जाँच गर्न खोज्दा प्रहरीमाथि हातपात गर्दै भाग्ने प्रयास गरेपछि ६ राउण्ड गोली चलाएर उनीहरूलाई नियन्त्रणमा लिइएको हो ।
गोली लागेर घाइते भएका एक जनाको स्थानीय स्वास्थ्य संस्थामा उपचार गरेर हिरासतमा राखिएको छ ।
भारतको विहार राज्यअन्तर्गत किशनगञ्ज जिल्ला निवासी ३५ वर्षीय मनिसुर आलम र झापा कचनकवल गाउँपालिका–५ का ५५ वर्षीय नसरुद्दिन मियाँलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
अभियुक्तद्वयबाट २०५ ग्राम ८० मिलीग्राम ब्राउन सुगर बरामद गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
Banner
कारोबारसँगै घट्यो सेयर बजार

लगाताार बढेको ६ कारोबार दिनपछि सोमबार सेयर बजार घटेको छ ।
अघिल्लो दिनको तुलनामा आज नेप्से परिसूचक २२.३५ अंक घटेको हो । सो गिरावटपछि नेप्से २६८४ अंकमा कायम भएको छ । कारोबार रकम पनि घटेको छ । अघिल्लो दिन ९ अर्ब ५० करोडको कारोबार भएकोमा आज ८ अर्ब ३७ करोडमा खुम्चियो ।
कुल ३९ कम्पनीको मूल्य बढ्दा २०९ को घट्यो । अधिकांश सेक्टरका सूचक घटेका छन् । फाइनान्स सबैभन्दा धेरै ३.७६ प्रतिशत घट्यो । बैंकिङ ०.७९, विकास बैंक ०.८१, हाइड्रोपावर १.०२, लगानी ०.७६, जीवन बीमा ०.९३, उत्पादन तथा प्रशोधन १.२४, माइक्रोफाइनान्स ०.७०, निर्जीवन बीमा ०.६६, अन्य ०.१५ तथा व्यापार १.२५ प्रतिशत घटे । होटल तथा पर्यटन समूह ०.६१ प्रतिशत बढ्यो ।
माथिल्लो मैलुङखोला जलविद्युत्को मूल्य सबैभन्दा धेरै ६.५६ प्रतिशत बढ्यो । त्यस्तै कर्पोरेट डेभलपमेन्ट बैंकको ६.२८, भगवती हाइड्रोपावरको ४.०६, सिन्धु विकास बैंकको ३.७४, क्रेस्ट माइक्रोलाइफ इन्स्योरेन्सको ३.५९ प्रतिशत बढ्यो ।
-
अर्थ6 years ago
समाचारमार्फत् आफ्नो चरित्रहत्या गरिएको भन्दै कानेपोखरीका युवा व्यवसायीले गरे पत्रकार सम्मेलन
-
Banner3 years ago
साउनदेखि कुन तहका कर्मचारीको कति तलब ?
-
खेलकुद6 years ago
रंगशालाको अवलोकन
-
मुख्य6 years ago
शेयर बजारमा झिनो अंकको गिरावट
-
अर्थ5 years ago
गोर्खा डिपाटमेन्ट स्टोर विराटचोकलाई ५० हजार जरिवाना
-
मुख्य6 years ago
सुन्दरहरैंचामा चोरले बोरामा हालेर लादैं गरेको बच्चालाई आमाले खोस्न सफल
-
मुख्य6 years ago
पुस १० गते खण्डग्रास सूर्यग्रहण लाग्ने भएकाले मोरङका संस्थागत विद्यालय बिदा
-
Banner5 years ago
गोठगाउँमा पूर्वाञ्चल विश्वविद्यालय सर्ने, गोठगाउँमा आज साँझ दीप प्रज्वलन गरिने
You must be logged in to post a comment Login