अर्थ
भोकमरीबाट बच्न कृषि क्रान्ति सुरु गरौँ : डा. रवीन्द्र पाण्डे
प्रिय सरकार,
विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना संक्रमणले एक लाखभन्दा धेरैको मृत्यु भएको छ भने १७ लाखभन्दा धेरै संक्रमित भएका छन् | नेपाल सरकारले यो रोगसँग लड्नको लागि लक डाउन गरेको ३ हप्ता हुँदैछ | लक डाउन तथा कोरोना संक्रमणको आयु जति लामो हुन्छ, खाद्य सामग्रीको अभाव त्यति बढ्दै जानेछ | कोरोना भाइरसले त ३ – ४ % को मात्र ज्यान जाला तर भोकमरीले जोखिम प्रतिशत निकै माथि हुनेछ | तसर्थ केन्द्रिय सरकार सरकार, प्रदेश सरकार तथा स्थानीय सरकार कृषि क्रान्तिमा लाग्नुको बिकल्प हामी संग छैन | सडक, पुल, टावर निर्माण जस्ता काम अहिलेको प्राथमिकता हैनन् |
सरकारको पहिलो कर्तब्य जनताको ज्यान तथा जीवन बचाउनु हो | ज्यान बचाउन लक् डाउन तथा जीवन बचाउन खेतीपातीको बिकल्प हामीसंग छैन | सधै भारत र चीनबाट खानेकुरा आयात गर्ने हाम्रो परनिर्भरता यो महामारीमा घातक बन्दैछ | ठूला देशमा समेत उत्पादन आफ्नो देशलाई नपुग्ने अवस्था सिर्जना भएको छ | तसर्थ यी ३ सरकारले निम्न लिखित कदम आजै देखि अबलम्बन गरुन |
– भारत र चीनबाट खाद्यान्न आयात सिमित हुँदै बन्द हुन सक्छ | भोकमरीबाट जनतालाई बचाउनको लागि कृषिको ठोस गुरु योजना तयार होस् |
– सरकारले हिमाल,पहाड तथा तराइका किसानलाई आबश्यक बीउ, मल तथा अन्य कृषि सामग्रीको तुरुन्त ब्यबस्था गरोस् |
– कुन क्षेत्रमा के के उत्पादन हुन्छ, ती क्षेत्रमा सामुहिक खेती प्रणाली सुरु गरोस् | जस्तै तराइमा धान, गहुँ, दल्हन, तोरी, तरकारी तथा फलफुल खेती | पहाडमा धान, मकै, गहुँ, कोदो, फापर, दल्हन, तरकारी, फलफुल | हिमाली प्रदेशमा स्थानीय मार्सी, फापर, उबा, चिनो, तरकारी, स्याउ लगायतका फलफुल तथा जडिबुटी |
– बाँझो खेत, बारी, टारी, सिम, घडेरीका प्लट आदिमा अनिबार्य खेती गर्नुपर्ने ब्यबस्था मिलाउने | जग्गाधनीले खेती नगरेमा अन्य कृषकले त्यो जग्गामा खेती गर्न पाउनु पर्ने | जग्गा बाँझो राख्नेलाई ठूलो कर लगाउने |
– बाख्रा पालन, कुखुरा / लौकाट / बट्टाइ / हाँसपालन गाई तथा भैंसी पालनलाई प्रोत्साहित गर्ने |
– कृषि तथा पशुपंक्षी बिमाको ब्यबस्था गर्ने | असिना, पानी, हुरी, आगलागी आदि भएमा सरकारले क्षतिपूर्ति दिने |
– उत्पादनलाई बजारीकरण स्थानीय निकायले गर्ने | स्थानीय निकायले प्रदेश सरकारसंग समन्वय गरेर उत्पादनलाई सहरमा पठाउने | बिचौलिया प्रथा सम्पूर्ण रुपमा बन्द गर्ने |
– उत्पादित अन्न, तरकारी, फलफुल, दुध, दल्हन, तेल, अण्डा, मासु आदिको बिक्रिको ग्यारेन्टी स्थानीय सरकारले लिने | बिक्रि नभएमा क्षतिपूर्तिको ग्यारेन्टी दिने |
– २ बाली, ३ बाली, ४ बाली जहाँ जति खेती हुन्छ, जमिन खाली नगर्ने |
– सिंचाईको लागि स्थानीय सरकारले प्रबन्ध गर्ने |
– उत्कृष्ट उत्पादक तथा स्थानीय निकायलाई पुरष्कृत गर्ने |
– सहरमा टनेल खेती, करेसा खेती, कौसी खेती आदिलाई अभियानको रुपमा प्रोत्साहित गर्ने | आबश्यक माटोको गमला, विउ, मल तथा प्रबिधि वडा कार्यालयले ब्यबस्था गर्ने | सहरमा यो उत्पादन अनिबार्य गराउने | वडाले यसको अनुगमन गर्ने |
– सार्वजनिक जग्गामा टोल सुधार समितिलाई तरकारी खेती गर्न अनुमति दिने |
यी र यस्ता योजना तुरुन्तै सुरु गर्न स्थानीय निकाय, प्रदेश सरकार तथा संघीय सरकारले महत्वाकांक्षी योजना ल्याएर कार्यान्वयन गरोस् |- डा. पाण्डेको फेसबुक वालबाट
Facebook Comment
Banner
निर्वाचन माहोलले सेयर बजारमा उत्साह, सबै सूचक हरियो
मुलुकमा प्रतिनिधिसभा निर्वाचन नजिकिँदै गर्दा आइतबार सेयर बजारमा सबै सूचक बढेका छन् । नेप्से परिसूचक ३१.१२ अंक बढेको छ । सो वृद्धिसँगै २६७२ अंकमा कायम भएको छ । कारोबार सुरु भएदेखि दिनभर बजार हरियो रह्यो । कारोबार रकम बढेको छ । अघिल्लो कारोबार दिन ६ अर्ब २० करोडको कारोबार भएकोमा आज ८ अर्ब ४० करोडको भयो । फागुन २१ गते प्रतिनिधिसभा निर्वाचनका लागि राजनीतिक दलहरुले धमाधम उम्मेद्वार घोषणा गरिरहेका छन् । जसले चुनावप्रतिको विश्वास बढेसँगै बजारमा सकारात्मक प्रभाव देखिएको हो ।
आज २२४ कम्पनीको मूल्य बढ्दा ३१ को घट्यो भने ५ को स्थिर रह्यो । सबै समूहगत सूचक बढेका छन् । फाइनान्स सबैभन्दा धेरै ५.७३ प्रतिशत बढ्यो । त्यस्तै विकास बैंक ३.०३, बैंकिङ ०.८५, होटल तथा पर्यटन २.०२, हाइड्रोपावर ०.७०, लगानी ०.९३, जीवन बीमा १.२५, उत्पादन तथा प्रशोधन २.४२, माइक्रोफाइनान्स १.३१, निर्जीवन बीमा ०.६८, अन्य ०.४५ र व्यापार ०.५४ प्रतिशत बढे ।
४ कम्पनीको मूल्य १० प्रतिशत बढ्यो । १० प्रतिशत बढेका कम्पनीमा सागर डिस्टिलरी, उन्नति सहकार्य लघुवित्त, श्रीनगर एग्रिटेक र गोर्खाज फाइनान्स छन् । त्यस्तै सेन्ट्रल फाइनान्सको ८.८८, गुराँस लघुवित्तको ८.८६, बन्दीपुर केबुलकारको ७.४७ प्रतिशत मूल्य बढ्यो ।
थ्रीस्टार हाइड्रोपावरको मूल्य सबैभन्दा धेरे ८.७८ प्रतिशत घट्यो । आज धेरै कारोबार भएका कम्पनीमा मञ्जुश्री फाइनान्स, एसवाई प्यानल, श्रीनगर एग्रिटेक, बन्दीपुर केबुलकार र राधि विद्युत् छन् ।
Banner
होटल फरेष्ट इन लिमिटेडको आईपीओ बिक्रीमा
होटल फरेष्ट इन लिमिटेडले आज (माघ ४ गते) देखि आईपीओ निष्काशन तथा बिक्री खुला गर्दैछ। कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आईपीओ निष्काशन गर्न लागेको हो।
सो आईपीओमा न्यूनतम १० कित्ताका लागि आवेदन दिनुपर्नेछ भने अधिकतममा २ लाख कित्ताका लागि आवेदन दिन सकिनेछ। वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्काशन बन्द छिटोमा माघ ८ गते र ढिलोमा माघ १८ गते हुनेछ।
आईपीओ निष्काशनको लागि गराएको रेटिङ्गमा इन्फोमेरिक्स क्रेडिट रेटिङ्ग नेपालले कम्पनीलाई आइआरएन डबल बी माइनस इस्यूअर रेटिङ्ग प्रदान गरेको छ। यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्दछ।
कम्पनीले सञ्चालन गरेको आयोजना सम्पन्न गर्दा लागेको कुल लागत ३ अर्ब ४८ करोड २१ लाख १५ हजार ५२८ रुपैयाँ रहेको छ। सो आयोजनाको साधारण लगानी फिर्ता हुने अवधि १०.८६ वर्ष रहेको छ भने डिस्काउण्टमा लगानी फिर्ता हुने अवधि १५.३३ वर्ष रहेको छ।
कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक एनआईसी एशिया क्यापिटल लिमिटेड रहेको छ। वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले नेपाल धितोपत्र बोर्डबाट अनुमति लिई आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरुबाट सि आस्बा प्रणाली मार्फत वा सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडद्वारा सञ्चालित मेरो शेयर अनलाइन प्रणालीबाट आवेदन दिन सक्नेछन्।
Banner
माघमा पनि घट्यो ब्याजदर
वाणिज्य बैंकहरूले माघ महिनाका लागि पनि ब्याजदर थप घटाएका छन् । उच्च तरलता तथा न्यून कर्जा प्रवाहको समस्याले लागातार ब्याजदर घटाइरहेका वाणिज्य बैंकहरूले माघ महिनाका लागि त्यसलाई निरन्तरता दिएका हुन् ।
२० मध्ये १२ वटा बैंकले पुस महिनाको तुलनामा माघ महिनाका लागि ब्याजदर घटाएका छन् । ७ वटाले स्थिर राखेका छन् भने प्राइम बैंकले सामान्य बढाएको छ । बैंकले दिने अधिकतम ब्याजदर औसतमा पुसको तुलनामा माघमा शून्य दशमलव १४९५ प्रतिशत विन्दुले झरेको छ ।
पुसमा व्यक्तिगत मुद्दतीमा दिने अधिकतम ब्याजदर औसत ४ दशमलव ८५ प्रतिशत रहेकोमा माघमा यस्तो औसत ब्याजदर ४ दशमलव ७ प्रतिशतमा झरेको छ ।
माघ महिनामा सबैभन्दा धेरै ब्याज ग्लोबल आईएमई बैंकले ५ दशमव ५ प्रतिशत दिनेछ भने सबैभन्दा कम स्ट्यान्डर्ड चार्टर्ड बैंकले ४ दशमलव ३६ प्रतिशत दिनेछ । बैंकहरूसँग ११ खर्ब रुपैयाँभन्दा धेरै कर्जा दिन मिल्ने रकम रहेको छ ।
कर्जा नगएपछि पछिल्लो समय बैंकहरूले ३ प्रतिशत र २ दशमलव ६७ प्रतिशत ब्याजदरमा राष्ट्र बैंकमा लगेर पैसा राखिरहेका छन् । वित्तीय प्रणालीबाट राष्ट्र बैंकले ८ खर्ब ७३ अर्ब रूपैयाँ खिचिसकेको भए पनि बैंकमा लगानी योग्य रकम पर्याप्त छ ।
-
अर्थ6 years agoसमाचारमार्फत् आफ्नो चरित्रहत्या गरिएको भन्दै कानेपोखरीका युवा व्यवसायीले गरे पत्रकार सम्मेलन
-
Banner4 years agoसाउनदेखि कुन तहका कर्मचारीको कति तलब ?
-
खेलकुद6 years agoरंगशालाको अवलोकन
-
मुख्य6 years agoशेयर बजारमा झिनो अंकको गिरावट
-
अर्थ6 years agoगोर्खा डिपाटमेन्ट स्टोर विराटचोकलाई ५० हजार जरिवाना
-
मुख्य6 years agoसुन्दरहरैंचामा चोरले बोरामा हालेर लादैं गरेको बच्चालाई आमाले खोस्न सफल
-
मुख्य6 years agoपुस १० गते खण्डग्रास सूर्यग्रहण लाग्ने भएकाले मोरङका संस्थागत विद्यालय बिदा
-
Banner6 years agoगोठगाउँमा पूर्वाञ्चल विश्वविद्यालय सर्ने, गोठगाउँमा आज साँझ दीप प्रज्वलन गरिने













You must be logged in to post a comment Login