Connect with us
Advertisement

विदेशमा रहेका नेपालीको लकडाउन अनुभव (शृङ्खला ७)

Published

on

विराटचोकः कोरोना भाइरसको सङ्क्रमण विश्वका २ सयभन्दा बढी देशमा फैलिएको छ । सो भाइरसको सङ्क्रमणका कारण १ लाख ३ हजारभन्दा बढीले ज्यान गुमाइसकेका छन् । ३ लाख ४३ हजारभन्दा बढी मानिस निको भएर फर्किएका छन् । भाइरस फैलिएसँगै विश्वभरका मानिसमा एक किसिमको त्रास उत्पन्न भएको छ । भाइरसको सङ्क्रमण रोकथाम गर्न यतिखेर विश्वका धेरै देशमा लकडाउन, निषेधाज्ञा र कर्फ्यु लगाइएको छ । यसै क्रममा विभिन्न सिलसिलामा विदेशमा रहेका नेपालीसँग सामाजिक सञ्जालमा गरिएको कुराकानीमा आधारित रहेर यो सामग्री तयार पारिएको छ ।

मार्च १४ देखि लकडाउन जारी छ
विनोद ढकाल, चेक रिपब्लिक

झापाको दमक घर भएका विनोद ढकाल ४ वर्ष अघिदेखि युरोपियन मुलुक चेक रिपब्लिकमा बस्दै आएका छन् । पोल्याण्ड, जर्मनी, स्लोभाक, हंगेरीलगायतका मुलुकबाट घेरिएको भूपरिवेष्ठित देश चेक रिपब्लिकमा लकडाउन मार्च १४ देखि शुरु भएको हो ।

त्यहाँ ५ हजारभन्दा बढी मानिस कोरोनाबाट संक्रमित भए पनि नेपालीहरू भने कसैमा पनि कोरोनाको संक्रमण भेटिएको छैन । त्यहाँ सत्ता पक्ष र विपक्षीबीच संकटको समयमा कसरी अघि बढ्ने भन्ने बारेमा संवाद भइरहेको छ ।
मानिसको जमघट हुने रेष्टुरेन्ट, बार, सपिङ मल सबै बन्द छन् । लिडल अल्बट भनिने खाद्यवस्तु वितरणको सेवा गर्ने (फुड सप्लाई गर्ने) सुपर मार्केट खुला छन् । पञ्जा र सेनिटाइजरको अधिक प्रयोग हुने गरेको छ । बिहान १० देखि १२ बजेसम्म ज्येष्ठ नागरिक (सिनियर सिटिजन) बजारमा गएर आफ्नो लागि सामान किन्छन् । सिनियर सिटिजन भन्नाले ६० वर्षभन्दा माथिका व्यक्तिलाई बुझिन्छ । बाँकी मानिस १२ बजेभन्दा पछि बजारमा निस्कन्छन् । तयारी खानाको लागि अनलाइन अर्डर गर्नुपर्छ ।  चेक रिपब्लिकमा ८ सय भन्दा बढी नेपाली रहेका छन् ।

आपत्काल घोषणा गरिए पनि पूर्ण लकडाउन छैन
फाल्गुनराज नेपाल, जापान

जापानमा ७ ओटा प्रान्तमा आपत्काल घोषणा गरिएको छ । आपत्काल घोषणा गरिए पनि आंशिक लकडाउन छ । मानिसहरूलाई सचेत रहन आग्रह गरिएको छ । तर घरबाहिर निस्कन रोकावट हुँदैन ।

जापानमा प्रत्येक दिन ५ सय जनाको दरले संक्रमित थपिइरहेका छन् । १ करोड २० लाख जनसंख्या भएको टोकियो शहरमा अझै पनि मानिसलाई हिँडडुलमा पूर्ण बन्देज लग(ाइएको छैन ।

पहिलेदेखि नै पब्लिक गाडीमा कमै मानिस चढ्थे । टे«नमा बढी मानिस चढ्ने गर्थे । अहिले पनि बिहान बेलुका ट्रेनमा मानिस धेरै हुन्छन् भने दिउँसो चाहिँ खाली नै हुन्छन् । टोकियोमा चहलपहल कायमै छ । अधिकांश उद्योग सञ्चालनमा छन् । 

मानिसको धेरै भीड हुने रेष्टुराँ, होटल, डान्स बार, सैलुन आदि बन्द गर्न आह्वान गरिएको छ । मानिसहरू मास्क लगाएर हिँडिरहेका भेटिन्छन् । कोरोना संक्रमणका वास्ता नगर्ने जापानी पनि भेटिन्छन् । नेपालीहरू भने अलि चिन्तित देखिन्छन् । डर हुँदाहुँदै पनि विद्यार्थीहरू भने पार्ट टाइम काममा गइरहेका हुन्छन् ।

एनआरएनले हेल्प डेस्क राखेर नेपालीलाई सहयोग गरिरहेको छ
सुवर्ण पराजुली, अस्ट्रेलिया


अस्ट्रेलियामा आंशिक लकडाउन छ । तर रेस्टुरेन्ट भने खुला छन् । रेस्टुरेन्ट खुला भए पनि त्यहीँ बसेर खान भने पाइँदैन । अनलाइन अर्डर गरेर मगाउनुपर्छ ।

लकडाउन भए पनि हिँड्न मिल्छ तर २ जनाभन्दा बढी हिँड्न भने पाइँदैन । २ जनाभन्दा बढी हिँडेमा ११ हजार डलरभन्दा बढी जरिवाना तिर्नुपर्छ । जिमखाना र क्लब सबै बन्द छन् ।

नागरिकता र पिआर भएकालाई सरकारले २\२ हप्तामा १ हजार ५ सय डलर दिने भनेको छ । तर विद्यार्थीले सो सुविधा नपाउने हुनाले नेपाली विद्यार्थीलाई गाह्रो छ । नर्सिङ होम र सुपर मार्केटजस्ता अत्यावश्यक सेवा दिने ठाउँमा काम गर्ने मानिस काममा गइरहेका छन् । अरु ७०\८० प्रतिशत विद्यार्थीले चाहिँ काम गर्न पाएका छैनन् ।

गैरआवासीय नेपाली संघ एनआरएनले हेल्प डेस्क राखेको छ । सोही डेस्कमार्फत् नेपाली विद्यार्थीलाई सहयोग गरिरहेको छ । भर्खर आएका विद्यार्थीलाई धेरै समस्या भएको छ । उनीहरूले यहाँको परिवेश बुझ्नै पाएका हुँदैनन् । व्यक्तिगत रूपमा पनि विद्यार्थीलाई सहयोग गर्ने काम भइरहेको छ ।

विदेशमा रहेका नेपालीको लकडाउन अनुभव (शृङ्खला ६)

लेखक, साहित्यकारको लकडाउन अनुभव (शृङ्खला ५)

विदेशमा रहेका नेपालीको कोरोना कहर (शृङ्खला ४)

विदेशमा रहेका नेपालीको कोरोना कहर (शृङ्खला ३)

लकडाउनको समयमा विदेशमा रहेका नेपालीको अवस्था (शृङ्खला २)

कोरोनाको बारेमा यसो भन्छन् विदेशमा रहेका नेपाली (शृङ्खला १)

Continue Reading

Facebook Comment

2 Comments

You must be logged in to post a comment Login

Leave a Reply

Banner

प्याब्सन डिजिटल क्विज–२०८३ सम्पन्न : सगरमाथा हिमाल दर्शन प्रथम, ज्ञानज्योति दोस्रो, प्रभात किरण तेस्रो

Published

on

निजी तथा आवासीय विद्यालयहरूको अर्गनाइजेसन नेपाल (प्याब्सन) सुन्दरहरैंचाको आयोजनामा पहिलोपटक सञ्चालन गरिएको ‘प्याब्सन डिजिटल क्विज–२०८३’ सम्पन्न भएको छ। नगरका २३ निजी विद्यालय सहभागी प्रतियोगितामा सगरमाथा हिमाल दर्शन बोर्डिङ स्कुल, बेलगाछी प्रथम भएको छ।

प्रतियोगितामा ज्ञानज्योति बोर्डिङ स्कुल, गोठगाउँ दोस्रो, प्रभात किरण माध्यमिक विद्यालय, सलकपुर तेस्रो तथा बाल सदन एकेडेमी, विराटचोक सान्त्वना भएको छ।

विराटचोकस्थित जेसीज भवनमा आयोजित प्रतियोगिता लगातार १२ घण्टासम्म सञ्चालन भएको थियो। विद्यार्थीको ज्ञान, तर्कशक्ति, सिर्जनशीलता, प्रविधिको प्रयोग तथा तत्काल निर्णय गर्ने क्षमताको परीक्षण गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको आयोजकले जनाएको छ।

परम्परागत हाजिरीजवाफ प्रतियोगिताभन्दा फरक शैलीमा सञ्चालन गरिएको क्विजमा र्‍यापिड फायर, अडियो–भिजुअल, स्थानीय सरकार सुन्दरहरैंचा, धर्म–संस्कृति, खेलकुद, विविध ज्ञान र आइक्यूलगायतका विभिन्न चरण समावेश गरिएको थियो।

विशेषगरी ‘स्थानीय सरकार सुन्दरहरैंचा राउण्ड’ मार्फत विद्यार्थीलाई आफ्नो नगर, स्थानीय शासन, विकास, संस्कृति तथा स्थानीय पहिचानबारे जानकारी हासिल गर्ने अवसर प्रदान गरिएको थियो। आयोजकका अनुसार यसले विद्यार्थीमा स्थानीय तहप्रतिको चासो र आफ्नो नगरप्रतिको अपनत्व बढाउन सहयोग गरेको छ।

प्रतियोगिताको अन्तिम चरणमा प्रभात किरण माध्यमिक विद्यालय र बाल सदन एकेडेमी बराबरीमा पुगेका थिए। त्यसपछि निर्णायक प्रश्नमार्फत विजेता छनोट गरिएको थियो। अतिरिक्त चरणमा प्रभात किरणले अग्रता लिँदै तेस्रो स्थान हासिल गरेको हो।

प्रतियोगिताका विभिन्न चरणमा स्क्रिन, अडियो तथा भिजुअल सामग्रीको प्रयोग गरिएको थियो। डिजिटल प्रविधिको प्रयोगले प्रतियोगितालाई थप रोचक र सहभागितामूलक बनाएको सहभागी विद्यार्थीहरूले बताएका छन्।

प्याब्सन सुन्दरहरैंचाका अध्यक्ष दीपक क्षेत्रीले विद्यार्थीलाई किताबको ज्ञानमा मात्र सीमित नराखी प्रविधिसँग जोड्दै तत्काल सोच्ने, निर्णय गर्ने र आफ्ना विचार प्रस्तुत गर्ने क्षमताको विकास गराउनु प्रतियोगिताको मुख्य उद्देश्य रहेको बताए।

कार्यक्रममा प्याब्सन कोशी प्रदेश तथा जिल्ला तहका पदाधिकारीहरूको उपस्थिति थियो। प्याब्सन मोरङका अध्यक्ष जगत बस्नेत, सचिव देवी सिटौलालगायतको उपस्थितिमा सम्पन्न कार्यक्रममा विजेता तथा उपविजेता टोलीलाई ट्रफी, मेडल तथा प्रमाणपत्र प्रदान गरिएको थियो।

आयोजकका अनुसार ‘प्याब्सन डिजिटल क्विज–२०८३’ को पहिलो संस्करणले सुन्दरहरैंचाको शैक्षिक क्षेत्रमा डिजिटल प्रविधिमा आधारित प्रतिस्पर्धाको नयाँ अभ्यास सुरु गरेको छ। ज्ञान, प्रविधि, स्थानीय पहिचान र मनोरञ्जनलाई एउटै मञ्चमा जोडिएको यस प्रतियोगिताले आगामी संस्करणलाई थप व्यवस्थित र प्रविधिमैत्री बनाउन आधार तयार गरेको आयोजकको भनाइ छ।

Continue Reading

Banner

सुन्दरहरैंचामा २४ विद्यालयबीच डिजिटल क्विज प्रतियोगिता हुँदै

Published

on

ज्ञाननाथ ढकाल,सुन्दरहरैंचा मोरङ
सुन्दरहरैंचाका २४ निजी तथा आवासीय विद्यालयका विद्यार्थीबीच ‘प्याब्सन डिजिटल क्विज कन्टेस्ट–२०८३’ हुने भएको छ। प्याब्सन सुन्दरहरैंचा नगर समितिको आयोजनामा आगामी असोज ४ गते विराटचोकस्थित इन्द्रपुर जेसीज हलमा प्रतियोगिता सञ्चालन हुने भएको हो।

प्याब्सन सुन्दरहरैंचा नगर समितिले शुक्रबार पत्रकार सम्मेलन गर्दै प्रतियोगिताको तयारीबारे जानकारी दिएको हो।

नगर समितिका अध्यक्ष दिपक क्षेत्रीले विद्यार्थीको ज्ञान, तर्कशक्ति, आत्मविश्वास र प्रतिस्पर्धात्मक क्षमताको विकास गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागिएको बताए। शिक्षा क्षेत्रमा प्रविधिको प्रयोग बढ्दै गएको अवस्थामा विद्यार्थीलाई डिजिटल माध्यमसँग जोड्न प्रतियोगिताले महत्वपूर्ण भूमिका खेल्ने उनको भनाइ छ।

नगर समितिका सचिव सूर्य दंगालले नगरभित्रका २४ विद्यालयको सहभागिता रहने जानकारी दिँदै सबै विद्यालयलाई समान अवसर प्रदान गर्ने गरी कार्यक्रम व्यवस्थापन गरिएको बताए। प्रतियोगिताले विद्यार्थीबीच स्वस्थ प्रतिस्पर्धाको वातावरण सिर्जना गर्नुका साथै विद्यालयबीचको सम्बन्ध थप मजबुत बनाउने अपेक्षा गरिएको उनले बताए।

कार्यक्रम संयोजक राजन लम्सालका अनुसार प्रतियोगिता पूर्ण रूपमा डिजिटल प्रविधिमा आधारित हुनेछ। प्रश्नोत्तरलगायत प्रतियोगिताका विभिन्न चरणमा आधुनिक डिजिटल प्रणाली प्रयोग गरिनेछ।

प्रतियोगितामा शैक्षिक तथा समसामयिक विषयवस्तुसँग सम्बन्धित प्रश्न समावेश गरिने आयोजकले जनाएको छ। विद्यार्थीको ज्ञान, तार्किक क्षमता, शीघ्र निर्णय क्षमता तथा आत्मविश्वास परीक्षण गर्ने उद्देश्यले प्रतियोगिता सञ्चालन गर्न लागिएको हो।

आयोजकका अनुसार प्रतियोगितालाई व्यवस्थित, निष्पक्ष र प्रविधिमैत्री बनाउन आवश्यक तयारी भइरहेको छ।

Continue Reading

Banner

सुन्दरहरैँचामा क्विज प्रतिस्पर्धा, लभ्ली एन्जल्स प्रथम,सुबिजिमुर दोस्रो, सगरमाथा हिमाल तेस्रो

Published

on

एउटै मञ्चमा २६ विद्यालयका विद्यार्थी। प्रश्नमाथि प्रश्न, उत्तरका लागि तीव्र प्रतिस्पर्धा र सही जवाफसँगै बढ्दो उत्साह। सुन्दरहरैँचामा आयोजित अन्तरविद्यालयस्तरीय क्विज प्रतियोगिताले विद्यार्थीको ज्ञान, तर्कशक्ति र आत्मविश्वासलाई एउटै मञ्चमा प्रस्तुत गर्ने अवसर दिएको छ।
सुन्दरहरैँचा–५ बाँसबारीस्थित सफल सिद्धार्थ एकेडेमीमा रहेको सृजनशील बाल क्लबको आयोजनामा सम्पन्न ‘इन्टर स्कुल बेसिक लेभल क्विज कम्पिटिसन–२०८३’ मा सुन्दरहरैँचा र इटहरी क्षेत्रका २६ विद्यालय सहभागी भएका थिए।
प्रतियोगिताका विभिन्न चरणमा विद्यार्थीले सामान्य ज्ञानसँगै सिर्जनात्मक क्षमता, तार्किक सोच र तत्काल निर्णय गर्ने क्षमताको प्रदर्शन गरेका थिए। अन्ततः १२० अङ्क प्राप्त गर्दै लभ्ली एन्जल्स इङ्लिस स्कुलले प्रथम स्थान हासिल गर्दै च्याम्पियन बनेको छ।
प्रतियोगितामा १०५ अङ्कसहित सुबिजिमुर मेमोरियल माध्यमिक विद्यालय दोस्रो र ९५ अङ्कसहित सगरमाथा हिमाल दर्शन बोर्डिङ स्कुल तेस्रो भए। ८० अङ्क प्राप्त गरेको शिशिर एकेडेमीले सान्त्वना स्थान हासिल गरेको छ।
विजेता लभ्ली एन्जल्स इङ्लिस स्कुलले नगद ८ हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ। द्वितीय र तृतीय हुने विद्यालयले क्रमशः ६ हजार र ४ हजार रुपैयाँ नगदसहित ट्रफी, मेडल तथा प्रमाणपत्र प्राप्त गरे। सान्त्वना हुने विद्यालयलाई ट्रफी, मेडल तथा प्रमाणपत्र प्रदान गरिएको आयोजकले जनाएको छ।
प्रतियोगितामा सहभागी विद्यार्थीको उत्साहले कार्यक्रमलाई केवल प्रश्नोत्तरमा सीमित राखेन। एउटै मञ्चमा विभिन्न विद्यालयका विद्यार्थीबीच भएको प्रतिस्पर्धाले उनीहरूमा स्वस्थ प्रतिस्पर्धाको भावना विकास गर्नुका साथै आफ्ना ज्ञान र क्षमता प्रस्तुत गर्ने अवसरसमेत प्रदान गर्‍यो।
कार्यक्रमका प्रमुख अतिथि प्याब्सन सुन्दरहरैँचाका अध्यक्ष दीपक क्षेत्रीले यस्ता प्रतियोगिताले विद्यार्थीको प्रतिभा पहिचान र क्षमता अभिवृद्धिमा महत्वपूर्ण भूमिका खेल्ने बताए। पाठ्यपुस्तकको ज्ञानसँगै सामान्य ज्ञान, तार्किक क्षमता, आत्मविश्वास र प्रतिस्पर्धात्मक भावना विकास गर्न विद्यालयस्तरीय क्विज उपयोगी हुने उनको भनाइ थियो।
विद्यार्थीलाई पढाइमा मात्र सीमित नराखी उनीहरूको प्रतिभा प्रस्फुटन हुने वातावरण निर्माण गर्न विद्यालय, शिक्षक र अभिभावकको सहकार्य आवश्यक रहेको क्षेत्रीले बताए। उनका अनुसार यस्ता कार्यक्रमले विद्यार्थीलाई थप मेहनत गर्न प्रेरित गर्नुका साथै विद्यालयहरूबीच स्वस्थ प्रतिस्पर्धाको वातावरण निर्माण गर्छ।
प्याब्सन सुन्दरहरैँचाका सचिव सूर्य दंगालले विद्यालयस्तरबाटै विद्यार्थीको ज्ञान र प्रतिभालाई प्रोत्साहन गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिनु सकारात्मक भएको बताए। विद्यार्थीको क्षमता परीक्षाको अङ्कमा मात्र सीमित नहुने उल्लेख गर्दै उनले अतिरिक्त क्रियाकलापमार्फत व्यवहारिक ज्ञान, नेतृत्व क्षमता र आत्मविश्वास विकास गर्नुपर्नेमा जोड दिए।
विभिन्न विद्यालयका विद्यार्थीलाई एउटै मञ्चमा सहभागी गराएर प्रतिस्पर्धा गराउँदा विद्यालयहरूबीचको सम्बन्धसमेत थप मजबुत हुने दंगालले बताए।
सफल सिद्धार्थ एकेडेमीका फाउन्डर सदस्य गोविन्द कार्कीले विद्यार्थीको प्रतिभा र क्षमता उजागर गर्ने कार्यक्रमले शिक्षालाई थप व्यवहारिक र प्रभावकारी बनाउन सहयोग पुग्ने बताए।
विद्यालयका प्रिन्सिपल राजन लम्सालले सृजनशील बाल क्लबको आयोजनामा भएको प्रतियोगिताले विद्यार्थीलाई आफ्नो ज्ञान र प्रतिभा प्रस्तुत गर्ने महत्वपूर्ण अवसर दिएको बताए। विद्यार्थीलाई किताबको ज्ञानमा मात्र सीमित नराखी सर्वाङ्गीण विकासमा विद्यालयले प्राथमिकता दिँदै आएको उल्लेख गर्दै उनले आगामी दिनमा पनि क्षमता विकास, नेतृत्व सीप, सिर्जनशीलता र आत्मविश्वास अभिवृद्धि गर्ने कार्यक्रमलाई निरन्तरता दिने बताए।
२६ विद्यालयका विद्यार्थीको उत्साहजनक सहभागिताले प्रतियोगितालाई थप रोचक र प्रतिस्पर्धात्मक बनाएको आयोजकको भनाइ छ। विद्यार्थीमा ‘जान्ने, सिक्ने र अघि बढ्ने’ संस्कार विकास गर्ने उद्देश्यले आयोजना गरिएको प्रतियोगिता पुरस्कार वितरणसँगै सम्पन्न भएको हो।
कार्यक्रममा शिक्षक, विद्यार्थी, अभिभावक तथा विभिन्न विद्यालयका प्रतिनिधिको उपस्थिति रहेको थियो।

Continue Reading
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

Trending

सम्पर्क

विराट मिडिया एण्ड एड्भरटाइजिङ प्रालिद्वारा सञ्चालित
निष्पक्ष खबर डट कम

सुन्दरहरैँचा, मोरङ

सूचना विभाग दर्ता नं. १६४२ ०७६।७७

प्रेस काउन्सिल दर्ता नं. ३४३ ०७६।०७७
कम्पनी दर्ता नं. २२७६३९।०७६।०७७
स्थायी लेखा नं. ६०९६५३९४६

सम्पर्क

९८५२०७८८९९,९८४२०३५१६२,९८४२११३१५४

ई–मेल

[email protected]
हाम्रो टिम
सम्पादक ज्ञाननाथ ढकाल
प्रबन्धकः महेश उप्रेति
हाम्रो फेसबुक