Connect with us
Advertisement

विदेशमा रहेका नेपालीको लकडाउन अनुभव (शृङ्खला ७)

Published

on

विराटचोकः कोरोना भाइरसको सङ्क्रमण विश्वका २ सयभन्दा बढी देशमा फैलिएको छ । सो भाइरसको सङ्क्रमणका कारण १ लाख ३ हजारभन्दा बढीले ज्यान गुमाइसकेका छन् । ३ लाख ४३ हजारभन्दा बढी मानिस निको भएर फर्किएका छन् । भाइरस फैलिएसँगै विश्वभरका मानिसमा एक किसिमको त्रास उत्पन्न भएको छ । भाइरसको सङ्क्रमण रोकथाम गर्न यतिखेर विश्वका धेरै देशमा लकडाउन, निषेधाज्ञा र कर्फ्यु लगाइएको छ । यसै क्रममा विभिन्न सिलसिलामा विदेशमा रहेका नेपालीसँग सामाजिक सञ्जालमा गरिएको कुराकानीमा आधारित रहेर यो सामग्री तयार पारिएको छ ।

मार्च १४ देखि लकडाउन जारी छ
विनोद ढकाल, चेक रिपब्लिक

झापाको दमक घर भएका विनोद ढकाल ४ वर्ष अघिदेखि युरोपियन मुलुक चेक रिपब्लिकमा बस्दै आएका छन् । पोल्याण्ड, जर्मनी, स्लोभाक, हंगेरीलगायतका मुलुकबाट घेरिएको भूपरिवेष्ठित देश चेक रिपब्लिकमा लकडाउन मार्च १४ देखि शुरु भएको हो ।

त्यहाँ ५ हजारभन्दा बढी मानिस कोरोनाबाट संक्रमित भए पनि नेपालीहरू भने कसैमा पनि कोरोनाको संक्रमण भेटिएको छैन । त्यहाँ सत्ता पक्ष र विपक्षीबीच संकटको समयमा कसरी अघि बढ्ने भन्ने बारेमा संवाद भइरहेको छ ।
मानिसको जमघट हुने रेष्टुरेन्ट, बार, सपिङ मल सबै बन्द छन् । लिडल अल्बट भनिने खाद्यवस्तु वितरणको सेवा गर्ने (फुड सप्लाई गर्ने) सुपर मार्केट खुला छन् । पञ्जा र सेनिटाइजरको अधिक प्रयोग हुने गरेको छ । बिहान १० देखि १२ बजेसम्म ज्येष्ठ नागरिक (सिनियर सिटिजन) बजारमा गएर आफ्नो लागि सामान किन्छन् । सिनियर सिटिजन भन्नाले ६० वर्षभन्दा माथिका व्यक्तिलाई बुझिन्छ । बाँकी मानिस १२ बजेभन्दा पछि बजारमा निस्कन्छन् । तयारी खानाको लागि अनलाइन अर्डर गर्नुपर्छ ।  चेक रिपब्लिकमा ८ सय भन्दा बढी नेपाली रहेका छन् ।

आपत्काल घोषणा गरिए पनि पूर्ण लकडाउन छैन
फाल्गुनराज नेपाल, जापान

जापानमा ७ ओटा प्रान्तमा आपत्काल घोषणा गरिएको छ । आपत्काल घोषणा गरिए पनि आंशिक लकडाउन छ । मानिसहरूलाई सचेत रहन आग्रह गरिएको छ । तर घरबाहिर निस्कन रोकावट हुँदैन ।

जापानमा प्रत्येक दिन ५ सय जनाको दरले संक्रमित थपिइरहेका छन् । १ करोड २० लाख जनसंख्या भएको टोकियो शहरमा अझै पनि मानिसलाई हिँडडुलमा पूर्ण बन्देज लग(ाइएको छैन ।

पहिलेदेखि नै पब्लिक गाडीमा कमै मानिस चढ्थे । टे«नमा बढी मानिस चढ्ने गर्थे । अहिले पनि बिहान बेलुका ट्रेनमा मानिस धेरै हुन्छन् भने दिउँसो चाहिँ खाली नै हुन्छन् । टोकियोमा चहलपहल कायमै छ । अधिकांश उद्योग सञ्चालनमा छन् । 

मानिसको धेरै भीड हुने रेष्टुराँ, होटल, डान्स बार, सैलुन आदि बन्द गर्न आह्वान गरिएको छ । मानिसहरू मास्क लगाएर हिँडिरहेका भेटिन्छन् । कोरोना संक्रमणका वास्ता नगर्ने जापानी पनि भेटिन्छन् । नेपालीहरू भने अलि चिन्तित देखिन्छन् । डर हुँदाहुँदै पनि विद्यार्थीहरू भने पार्ट टाइम काममा गइरहेका हुन्छन् ।

एनआरएनले हेल्प डेस्क राखेर नेपालीलाई सहयोग गरिरहेको छ
सुवर्ण पराजुली, अस्ट्रेलिया


अस्ट्रेलियामा आंशिक लकडाउन छ । तर रेस्टुरेन्ट भने खुला छन् । रेस्टुरेन्ट खुला भए पनि त्यहीँ बसेर खान भने पाइँदैन । अनलाइन अर्डर गरेर मगाउनुपर्छ ।

लकडाउन भए पनि हिँड्न मिल्छ तर २ जनाभन्दा बढी हिँड्न भने पाइँदैन । २ जनाभन्दा बढी हिँडेमा ११ हजार डलरभन्दा बढी जरिवाना तिर्नुपर्छ । जिमखाना र क्लब सबै बन्द छन् ।

नागरिकता र पिआर भएकालाई सरकारले २\२ हप्तामा १ हजार ५ सय डलर दिने भनेको छ । तर विद्यार्थीले सो सुविधा नपाउने हुनाले नेपाली विद्यार्थीलाई गाह्रो छ । नर्सिङ होम र सुपर मार्केटजस्ता अत्यावश्यक सेवा दिने ठाउँमा काम गर्ने मानिस काममा गइरहेका छन् । अरु ७०\८० प्रतिशत विद्यार्थीले चाहिँ काम गर्न पाएका छैनन् ।

गैरआवासीय नेपाली संघ एनआरएनले हेल्प डेस्क राखेको छ । सोही डेस्कमार्फत् नेपाली विद्यार्थीलाई सहयोग गरिरहेको छ । भर्खर आएका विद्यार्थीलाई धेरै समस्या भएको छ । उनीहरूले यहाँको परिवेश बुझ्नै पाएका हुँदैनन् । व्यक्तिगत रूपमा पनि विद्यार्थीलाई सहयोग गर्ने काम भइरहेको छ ।

विदेशमा रहेका नेपालीको लकडाउन अनुभव (शृङ्खला ६)

लेखक, साहित्यकारको लकडाउन अनुभव (शृङ्खला ५)

विदेशमा रहेका नेपालीको कोरोना कहर (शृङ्खला ४)

विदेशमा रहेका नेपालीको कोरोना कहर (शृङ्खला ३)

लकडाउनको समयमा विदेशमा रहेका नेपालीको अवस्था (शृङ्खला २)

कोरोनाको बारेमा यसो भन्छन् विदेशमा रहेका नेपाली (शृङ्खला १)

Continue Reading

Facebook Comment

2 Comments

You must be logged in to post a comment Login

Leave a Reply

Banner

सहयोगी मनद्वारा गछिया आधारभूत विद्यालयका ९८ विद्यार्थीलाई न्यानो स्विटर वितरण

Published

on

जाडोको चिसो बढ्दै गएका बेला मोरङको गछिया आधारभूत विद्यालयमा अध्ययनरत ९८ जना विद्यार्थीलाई ‘सहयोगी   मनहरु सामाजिक संस्थाले न्यानो स्विटर वितरण गरेको छ।

आइतबार आयोजित कार्यक्रममा संस्थाका अध्यक्ष भीम अधिकारीले विद्यार्थीहरूलाई स्विटर हस्तान्तरण गर्दै शिक्षासँगै बालबालिकाको स्वास्थ्य र सुरक्षामा पनि ध्यान दिनुपर्ने आवश्यकता औंल्याउनुभयो। उहाँले यस्ता सामाजिक अभियानले समुदायमा सकारात्मक सन्देश प्रवाह गर्ने विश्वास व्यक्त गर्नुभयो।

विद्यालय प्रशासनले संस्थाको सहयोगप्रति आभार व्यक्त गर्दै यस्ता कार्यक्रमले विद्यार्थीहरूको नियमित उपस्थिती र मनोबल बढ्ने जनाएको छ। स्थानीय अभिभावकहरू पनि संस्थाको पहलप्रति खुशी देखिएका छन्।

सहयोगी   मनहरु’ संस्थाले आगामी दिनमा पनि शिक्षा, स्वास्थ्य र सामाजिक सेवाका क्षेत्रमा सहयोग निरन्तर गर्ने जनाएको छ।

Continue Reading

Banner

२४३ विद्यार्थीलाई सुकुना क्याम्पसद्वारा २८ लाख ३३ हजार रुपैयाँ छात्रवृत्ति वितरण

Published

on

शुक्रबार एक भव्य कार्यक्रमको आयोजना गरी सुकुना बहुमुखी क्याम्पसले क्याम्पसमा अध्ययनरत आर्थिक कमजोर भएका परिवार, जेहेन्दार तथा वार्षिक परीक्षामा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीहरूलाई छात्रवृत्ति रकमबापत २८ लाख रुपैयाँभन्दा बढी वितरण गरेको छ ।

सो कार्यक्रममा २ सय ४३ जना विद्यार्थीलाई २८ लाख ३३ हजार २ सय रुपैयाँ वितरण गरिएको थियो । अक्षयकोषबाट प्राप्त ब्याज, दाताको सहयोगलगायतबाट विद्यार्थीलाई सो परिमाणको छात्रवृृत्ति वितरण गरिएको थियो ।

प्रमुख अतिथि पूर्वाञ्चल विश्वविद्यालयकी रजिष्ट्रार प्रा. डा. कल्याणी मिश्र त्रिपाठीले क्याम्पसले ठूलो स्रोत जुटाएर धेरै विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरेको प्रशंसनीय भएको बताउनुभयो ।

कार्यक्रमको अध्यक्षता छात्रवृत्ति व्यवस्थापन समितिका अध्यक्ष एवम् क्याम्पस सञ्चालक समितिका उपाध्यक्ष ललितबहादुर श्रेष्ठले गर्नुभएको थियो । कार्यक्रममा छात्रवृत्ति प्राप्त विद्यार्थी, दाताहरू, अक्षयकोष दाताहरू, विभिन्न सङ्घ–संस्थाका प्रतिनिधि, क्याम्पस सञ्चालक समिति, सल्लाहकार, शिक्षक–कर्मचारी तथा स्ववियु प्रतिनिधिहरूको उपस्थिति रहेको थियो ।

क्याम्पस प्रमुख अर्जुनराज अधिकारीले स्वागत मन्तव्य राख्दै क्याम्पसले गरेका गतिविधि र उपलब्धिहरूको संक्षिप्त विवरण प्रस्तुत गर्नुभएको थियो । कार्यक्रममा स्ववियु अध्यक्ष एलिस ओझा, सल्लाहकार तथा दाता गोपालबहादुर थापा, नागरिक स्वावलम्बन विकास (सिड) नेपालका निर्देशक डा. अर्जुनमणि गुरागाईँ तथा क्याम्पस सञ्चालक समितिका अध्यक्ष केशव अधिकारीले आफ्ना भनाइ राख्नुभएको थियो ।

नेपालमा सामुदायिक क्याम्पसका रूपमा प्रतिष्ठित तथा दोस्रो पटक गुणस्तर सुनिश्चितता प्रत्यायन (क्युएए) प्राप्त सुकुना बहुमुखी क्याम्पसमा हाल ७५ लाख रुपैयाँको अक्षयकोष रहेको छ । आगामी वर्ष अक्षयकोषको आकार १ करोड २५ लाख पुर्याउने क्याम्पस प्रमुख अर्जुनराज अधिकारीले बताउनुभयो ।

Continue Reading

Banner

कक्षा १२ को पूरक परीक्षाको नतिजा सार्वजनिक,

Published

on

कक्षा १२ को पूरक परीक्षाको नतिजा सार्वजनिक भएको छ । राष्ट्रिय परीक्षा बोर्डको आज बसेको बैठकले नतिजा सार्वजनिक गरेको हो ।

बोर्डका अनुसार पूरक परीक्षामा ७३ दशमलव ४१ प्रतिशत अर्थात् ७६ हजार ३ सय ६७ जना विद्यार्थी उत्तीर्ण भएका छन् । गएको असोज ७ र ८ गते भएको परीक्षामा १ लाख ४ हजार २६ जना विद्यार्थी सहभागी भएका थिए ।

यसअघि गएको साउन ११ गते प्रकाशित भएको नियमित नतिजामा ६१ दशमलव १७ प्रतिशत विद्यार्थी ग्रेडेड भएका थिए । वैशाख १४ गतेदेखि शुरू भएर २६ गते सकिएको परीक्षामा नियमिततर्फ एक लाख ९६ हजार नौ सय १४ छात्रा र एक लाख ९३ हजार नौ सय ३३ छात्र गरी तीन लाख ९० हजार आठ सय ४७ जना परीक्षार्थी सहभागी थिए ।

परीक्षाको नतिजा राष्ट्रिय परीक्षा बोर्डको वेबसाइट result.neb.gov.np वा neb.gov.np र नेपाल टेलिकमको वेबसाइट https://neb.ntc.net.np बाट हेर्न सकिन्छ । यसैगरी NEB Symbol Number टाइप गरी नेपाल टेलिकमको १६०० मा एसएमएस गरेर नतिजा प्राप्त गर्न सकिन्छ ।

Continue Reading
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

Trending

सम्पर्क

विराट मिडिया एण्ड एड्भरटाइजिङ प्रालिद्वारा सञ्चालित
निष्पक्ष खबर डट कम

सुन्दरहरैँचा, मोरङ

सूचना विभाग दर्ता नं. १६४२ ०७६।७७

प्रेस काउन्सिल दर्ता नं. ३४३ ०७६।०७७
कम्पनी दर्ता नं. २२७६३९।०७६।०७७
स्थायी लेखा नं. ६०९६५३९४६

सम्पर्क

९८४२११३१५४, ९८०४३९४५४७, ९८०४०५३७९९

ई–मेल

[email protected]
हाम्रो टिम
अध्यक्ष टेकराज तिम्सिना
प्रधान सम्पादक ज्ञाननाथ ढकाल
सम्पादक पवन तिम्सिना
प्रबन्धकः शम्भु धमला
हाम्रो फेसबुक